पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
एसिया महादेशको सुदूर पूर्वमा कोरिया देश छ र कोरिया उत्तर र दक्षिण गरी दुई देशमा विभाजित छ । उत्तर कोरिया अर्थात् प्रजातान्त्रिक जनगणतन्त्र कोरिया एक जनताकेन्द्रित समाजवादी देश हो । त्यस देशकोे राजनीतिक आदर्श, दर्शन र मिशन “जनताहरू भगवान हुन्” र राजनीति भनेको उनीहरूको भलाइको लागि समर्पित सेवा हो ।
प्रजग कोरियामा राज्यले जनतालाई कुनै पनि कुराभन्दा अगाडि राख्छ र जनताका माग र हित पूरा गर्नका लागि उनीहरूका पक्षमा नीतिहरू बनाउँछ । नीतिहरू कार्यान्वयन गर्न यथार्थपरक उपायहरू लिइन्छ र जनताको भाग्य र जीवनको जिम्मेवार हेरचाह गर्न कार्य प्रणाली र व्यवस्था गरिएको छ ।
कोरिया एक वास्तविक जनताको देश हो जहाँ सबै चीजहरू जनताको अधीनमा छन् र राज्य सम्पूर्ण जनताको सुरक्षा र अधिकार र हितहरूको रक्षा गर्न उन्मुख छन् । जनताको सुरक्षा र हितको लागि पूर्ण र ठोस ग्यारेन्टी प्रदान गर्नु सबै राज्य मामिलाहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ जुन कुनै पनि अवस्थामा र असफलताबिना पूरा गर्नुपर्छ भन्ने मान्यता त्यहाँ रहेको छ ।
त्यहाँ जनताभन्दा मूल्यवान् र निरपेक्ष केही छैन, देशको आधार र हितभन्दा पवित्र केही छैन भन्ने राज्यको अटल दृष्टिकोण र अडान रहेको छ ।
यो तथ्यहरूबाट प्रमाणित हुन्छ कि जनता उन्मुख नीतिहरू सधँै खराब चुनौतीहरूको सामना गर्दै पनि व्यापक आधारमा लागु हुन्छन् र देशले विश्वव्यापी स्वास्थ्यबाट जनताको सुरक्षाको रक्षा गर्न उच्चस्तरीय आपत्कालीन महामारीविरोधी अभियानमा विजय हासिल गरेको छ । विभिन्न प्राकृतिक सङ्कट र विपत्ति पीडितहरूलाई बचाउन आपत्कालीन हवाई अपरेसनहरू गरिन्छ ।
कोरियाली जनता देशलाई एक महान आमाको अङ्गालो मान्छन् र देशले पनि जनताको दृढतापूर्वक रक्षा गर्दछ र सम्पूर्ण जनताको हाँसो र खुशीलाई महसुस गर्छ । उनीहरूलाई पर्याप्त कल्याणपूर्ण, सुखी र सुसंस्कृत जीवन प्रदान गर्न पार्टी र राज्यका सबै गतिविधिहरू सञ्चालन गरिन्छ । जनताका लागि सबै कुरा र जनतामै भर परेर उत्पादन गरिन्छ । यसले कोरियाको मजदुर पार्टी र प्रजग कोरिया सरकारले राखेको जनताप्रतिको अटल दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ ।
केही महिनाअघि उत्तरी फ्योन्गान प्रान्तका केही भागमा इतिहासकै सबैभन्दा ठुलो वर्षाले वर्षाले त्यहाँका बासिन्दाहरूलाई घरबारविहीन बनाएको थियो । यस विपत्तिग्रस्त समयमा राज्य नेतृत्वले बाढी पीडितहरूलाई बचाउन सशक्त आपत्कालीन उपायहरू लिन देशको नेतृत्वले पीडित क्षेत्रहरूको तुरुन्तै भ्रमण ग¥यो र आवश्यक उपाय लागु ग¥यो ।
यस वर्षको सुरुवातमा सुरु भएको क्षेत्रीय उद्योग क्रान्तिले अहिले हल्का औद्योगिक कलकारखानाको निर्माणसँगै जनस्वास्थ्य, विज्ञान र शिक्षालाई समेटेर व्यापकरूपमा विकास गरेको छ । यसले जनताको हितका लागि काम गर्दा कहिल्यै सन्तुष्ट नहुने राज्यको जनमुखी चरित्रलाई उजागर गर्छ । प्रजग कोरिया र समाजवादविरोधी तत्वहरूले दुष्प्रचार गरेभन्दाविपरीत प्रजग कोरिया कोरियाली जनताको अनन्त घर हो जसले उनीहरूलाई उज्ज्वल र थप समृद्ध भविष्यको प्रतिज्ञा गर्दछ ।
त्यस देशमा राज्यका सबै कार्यदिशा र नीतिहरू यसको समृद्धिलाई तीव्रता दिन र जनतालाई नयाँ आदर्श र उज्ज्वल भविष्य प्रदान गर्नका लागि काम गरिन्छ ।
राजधानी प्योङयाङमा हरेक वर्ष १०,००० भन्दा बढी फ्ल्याटहरू निर्माण भइरहेका छन् र देशभरका ग्रामीण समुदायहरूलाई आधुनिक र सांस्कृतिकरूपमा रूपान्तरण भइरहेको छ । यो ठूलो र उल्लेखनीय सफलताहरू र जनताले प्रतिक्षा र स्वागत गरेको परिवर्तनहरू हासिल गरेर जनतालाई नयाँ जीवन र सभ्यता प्रस्तुत गर्ने विशाल आवास निर्माण अभियानको एक भाग हो ।
बालबालिकाको पालनपोषण, शिक्षा र सम्पादनलाई राज्यको प्रमुख मामिला मानिन्छ । बालबालिकाको शिक्षा र सर्वाङ्गीण विकासका निम्ति आवासीय विद्यालय सञ्चालन गर्न विशाल विशाल बाल दरवारहरू रहेका छन् । भर्खरै बाढीपीडित परिवारका बालबालिका र विद्यार्थीहरूलाई राज्यले गहिरो चासो राख्यो र छात्रावास र नियमित शिक्षा अवरुद्ध नहोस् भनी तत्काल अस्थायी प्रशिक्षण स्थल निर्माण गरी हेरचाह र शिक्षा दिइएको छ ।
यसैले कोरियाली जनताले समाजवादलाई पूर्ण रूपमा समर्थन र विश्वास गर्छन् र आफ्नो जीवन र खुशीको मूल कोरियाली–शैलीको समाजवादको रक्षा र चमक वृद्धिका लागि आफ्नो सर्वश्व समर्पण गर्न तत्पर छन् । त्यहाँ नेतृत्व र जनताबिच एकमनको दुर्लभ एकता देख्न सकिन्छ ।
Leave a Reply