भर्खरै :

श्रीलङ्काको चुनावलाई लिएर भारतको चिन्ताले उसको आधिपत्यवादी मानसिकतालाई उजागर गरेको छ

श्रीलङ्काको चुनावलाई लिएर भारतको चिन्ताले उसको आधिपत्यवादी मानसिकतालाई उजागर गरेको छ

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायकेले जीत हासिल गरेपछि सोमबार श्रीलङ्काको नयाँ राष्ट्रपतिको शपथ लिनुभएको छ । यो देशको इतिहासमा पहिलोपटक माक्र्सवादी नेताले राष्ट्रप्रमुखको भूमिका ग्रहण गरेको हो ।
केही भारतीय र पश्चिमी सञ्चारमाध्यमहरूले भारतप्रति श्रीलङ्काको सम्भावित मनोवृत्तिलाई डरलाग्दो रूपमा विश्लेषण गर्न थालेका छन् । टाइम्स अफ इन्डिया र डेक्कन हेराल्डजस्ता पुराना मिडियाहरूले समेत दिसानायकेको नेतृत्वमा रहेको जनता विमुक्ति पेरामुना (जेभीपी) ले पनि ‘भारतविरोधी पुरानो अभिलेख र चीन समर्थक झुकाव’ रहेको टिप्पणी गरेको छ । चीन र श्रीलङ्काको बिचमा फाटो ल्याउन, इन्डियन एक्सप्रेसले श्रीलङ्काको ऋण समस्याको मुद्दा पनि बनाए, भारत श्रीलङ्काको ऋणको पुनर्संरचनाको लागि इच्छुक साझेदार भएको दाबी पनि गरिएको छ ।
भारतको चासो र तथाकथित ऋणको जालमा चीन–श्रीलङ्का सम्बन्धलाई कमजोर पार्ने प्रयासले ठूलो शक्ति प्रतिस्पर्धाको मानसिकता झल्काउँछ, जसले यसको क्षेत्रीय आधिपत्यवादी महत्वाकाङ्क्षा र दक्षिण एसियामा यसको प्रभाव घट्ने चिन्तालाई उजागर गर्दछ, सिचुआन इन्टरनेसनल स्टडीज युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धको स्कूलका प्राध्यापक लङ सिङ्चुनले ग्लोबल टाइम्सलाई बताउनुभयो ।
भारतले लामो समयदेखि दक्षिण एसियालाई आफ्नो प्रभावको क्षेत्रको रूपमा हेर्दै आएको छ, यस क्षेत्रका देशहरूले ‘भारत पहिलो’ नीतिलाई पालना गर्न जोड दिँदै आएको छ । तर, यस्तो आधिपत्यवादी मानसिकता दक्षिण एसियाका श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश, नेपाल र भुटानका हित र विकासका आवश्यकतासँग मेल खाँदैन । यी राष्ट्रहरूलाई सबैभन्दा बढी चाहिने कुरा भनेको आफूलाई बलियो बनाउन र आफ्नो अर्थतन्त्रमा सुधार गर्नु हो र चीनसँगको सहकार्य निस्सन्देह अनुकूल विकल्प हो ।
चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई स्वागत गर्ने र यसमा सामेल हुने पहिलो देशहरूमध्ये श्रीलङ्का पनि एक थियो । पोर्ट सिटी कोलम्बो र हम्बनटोटा बन्दरगाह, जुन बीआरआई सहयोग ढाँचाअन्तर्गत प्रमुख परियोजनाहरू हुन्, श्रीलङ्काको आर्थिक विकास र सुधारिएको जीवन स्तरमा उल्लेखनीयरूपमा प्रवद्र्धन गरेको छ, देशको आधुनिकीकरण प्रक्रियालाई सहज बनाउँदै छ । स्पष्टरूपमा, एक जीत–जीत दृष्टिकोण भनेको सही दिशा हो, जसमा सबै पक्ष वा देशको हितमा हुने छ र सबैजना यही दृष्टिकोणको समर्थनमा आउने छन् ।
पारस्परिक सम्मान, समानता र पारस्परिक लाभमा मात्रै सामान्य, स्वस्थ र सुदृढ राज्य–राज्य सम्बन्ध निर्माण गर्न सकिन्छ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सोमबार दिसानायकेलाई श्रीलङ्काको राष्ट्रपति पदमा सम्हालेकोमा बधाई दिँदै चीन र श्रीलङ्काले विभिन्न आकारका देशहरूबिचको मैत्रीपूर्ण सहअस्तित्व र पारस्परिक लाभकारी सहयोगको राम्रो उदाहरण बनाउनुभएको छ ।
“दक्षिण एसियाली देशहरूलाई दबाबको युक्तिहरूमार्फत अरूसँग सहकार्य गर्नबाट रोक्ने प्रयासहरू अस्वस्थ, अव्यावहारिक र सफल हुने सम्भावना छैन,” लङले भन्नुभयो ।
दोस्रो विश्वयुद्धपछि दक्षिण एसियाबाट बेलायती साम्राज्य फिर्ता भएदेखि सार्वभौम समानताको अवधारणाले जरा गाडेर दक्षिण एसियाली राष्ट्रहरू आधुनिक राष्ट्र–राज्यहरूमा विकसित भएका छन् । कुनै पनि देश भारतको प्रभावको क्षेत्रमा भएको स्वीकार गर्न चाहँदैन, न त छिमेकी देशहरूमा कुनै पनि राजनीतिक अभिजात वर्गले आफूलाई नयाँ दिल्लीको अधीनमा राख्छन् । श्रीलङ्काको चुनावी नतिजालाई लिएर भारतको चिन्ता, श्रीलङ्काको कूटनीतिको बारेमा यसको विभिन्न निराधार चिन्ताहरू र चीन–श्रीलङ्का सम्बन्धलाई कमजोर पार्ने प्रयासहरू आफूलाई एकमात्र क्षेत्रीय प्रभुत्वको रूपमा स्वीकार गर्ने धारणाबाट उत्पन्न भएको हो, जुन धारणाले भारतलाई अत्यधिक दबाब दिन्छ ।
हालैका वर्षहरूमा दक्षिण एसियाली देशहरूबिच ‘इन्डिया आउट’ अभियानको उदय भएको साक्षी छ, जुन भारतको गलत नीति र दक्षिण एसिया र हिन्द महासागरलाई आफ्नो प्रभावको क्षेत्र मान्ने मानसिकताको परिणाम हो ।
विज्ञहरू सुझाव दिन्छन् कि, एक स्वतन्त्र सार्वभौम राज्यको रूपमा, आफ्नो स्वार्थ कायम राख्नु श्रीलङ्का सरकारको लागि सर्वोपरि छ, जसले सन्तुलित कूटनीतिक दृष्टिकोण जारी राख्ने अपेक्षा गरिएको छ । दिसानायकेले एक अन्तर्वार्तामा औँल्याउनुभएझैँ, “श्रीलङ्का त्यो भूराजनीतिक लडाइँमा प्रतिद्वन्द्वी हुनेछैन, न त हामी कुनै पार्टीसँग गठबन्धन गर्नेछौँ । हामी विशेषगरी चीन र भारतबिच स्यान्डविच हुन चाहँदैनौँ । दुवै देशहरू मित्र देश हुन् र मूल्यवान छन् ।”
श्रीलङ्काको नयाँ राष्ट्रपतिलाई लिएर भारतको चिन्ताले उसको आधिपत्यवादी मानसिकता मात्र प्रकट गर्छ । एक क्षेत्रीय शक्तिको रूपमा, भारतले श्रीलङ्काको सार्वभौमसत्ता र आफ्नो स्वार्थमा आधारित विदेशी विकास विकल्पहरूको सम्मान गर्नुपर्छ । यसले श्रीलङ्काको बाह्य सहयोगमा दबाब दिन वा हस्तक्षेप गर्ने आफ्नो आधिपत्यवादी आवेगबाट अलग रहनुपर्छ ।

– ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *