भर्खरै :

पानी नियन्त्रण विपत्तिको नियन्त्रण हो

पानी नियन्त्रण विपत्तिको नियन्त्रण हो

पानी सबै जीवनको स्रोत हो र मानिसहरूको दैनिक र आर्थिक जीवनको लागि अपरिहार्य बहुमूल्य वस्तु हो । पानी औद्योगिक प्रतिष्ठानहरू, सहरहरू, जलविद्युत् स्टेसनहरू, खेत बारीहरू, जल यातायात, माछापालनसहित सबै ठाउँ र क्षेत्रहरूमा प्रयोग गरिन्छ । त्यसैले परापूर्वकालदेखि नै वन र जल संरक्षणलाई सबैथोकको मुख्य आधार मानिन्छ ।
पानीको व्यवस्थित प्रयोगले सुखद भाग्य ल्याउँदछ, होइन भने अकल्पनीयरूपमा ठुलो विपत्ति ल्याउने हुन्छ । नेपाललगायत धेरै एसियाली देशहरू पानी राम्ररी नियन्त्रण गर्न नसक्दाको विपत्तिमा परेका छन् । नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड, भियतनाम, लावस, दुवै कोरिया र चीनमा समेत यस वर्ष पानीजन्य विपत्तिले ठुलो धनजनको क्षति भएको छ । नेपालजस्तो कमजोर अर्थतन्त्र भएका देशको निम्ति प्राकृतिक विपत्ति ठुलो विध्वंसकारी युद्धमा पर्नुजत्तिकै हो ।
बाढीले पृथ्वीमा धेरै प्राकृतिक प्रकोपहरूको बिचमा विनाशकारी परिणामहरू निम्त्याएको छ । हालका वर्षहरूमा खडेरी र बाढीले प्रजग (उत्तर) कोरियालाई एकपछि अर्को गरी प्रहार गरेको छ । त्यसले गर्दा त्यहाँको आर्थिक निर्माण र जनताको जीवनस्तरमा सुधार गर्न कठिनाइहरू सिर्जना भएको प्रजग कोरियाली सरकारले स्वीकार गरेको छ । बाढीबाट हुने क्षति अवश्य पनि टार्न नसकिने प्राकृतिक विपत्ति हो, तर प्रजग कोरियासँग जलउत्पन्न प्रकोपविरुद्धको लडाइँ जित्ने स्पष्ट रणनीति छ ।
कोरियाली मजदुर पार्टीका महासचिव एवं प्रजग कोरियाको राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले नदी सुधार र अन्य जल नियन्त्रण कार्यलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । उहाँले आफ्नो कृति “अन ब्रिङिङ अफ ए रिभोलुसनरी टर्न इन ल्यान्ड म्यानेजमेन्ट इन लाइन इन द डिमान्ड्स फॉर द थ्रिभिङ सोसलिस्ट नेसन इन लाइन’ मा जल, जमिन र जङ्गलको सदुपयोगबारे विस्तृत विधि र योजनाहरू उल्लेख गर्नुभएको छ । उहाँले देशमा धेरै ठुला–साना नदी र जलाशय भएकाले, जलस्रोतको वरदान भएकोले पानीको उचित व्यवस्थापन गर्न सके देश र जनताको पानीको माग पूरा गर्न सकिने, बाढी र खडेरीबाट हुने क्षतिलाई रोक्न सकिने र देशको परिदृश्य अझ सुन्दर बनाउन सकिने उल्लेख गर्नुभएको छ ।
पानी नियन्त्रण गर्न सजिलो छैन । तर, प्रजग कोरियामा कोरियाली मजदुर पार्टीको लक्ष्य वर्षालाई नियन्त्रण गर्ने र जनताका लागि भूमिलाई परिवर्तन गर्ने रहेको छ । त्यसमा सरकार र जनताको एकमनको एकता र कार्यमा इमानदारीताका कारण प्रजग कोरियाले लक्ष्त्न्दा कैयौँ गुणा बढी प्रगति हासिल गरिसकेको छ । बाढी, खडेरी र दैनिक उपभोगका लागि पानीको व्यवस्था गरी विभिन्न क्षेत्रमा एकीकृत जल व्यवस्थापन नीतिको कार्यान्वयन, सञ्चालन र कार्यान्वयनका लागि एकीकृत जल व्यवस्थापन प्रणाली स्थापना गर्न राष्ट्रिय जल व्यवस्थापन प्रणाली स्थापना गरी व्यावसायिक निकायहरू गठन र परिचालन गर्ने प्रजग कोरियाको विधिबाट नेपाललगायत धेरै देशहरूले सिक्न जरूरी छ ।
देशका विभिन्न भागमा निर्माण भएका जलाशय, ब्यारेज, ठूला स्तरको जलमार्ग र सिँचाइ प्रणालीलगायतका ठोस भौतिक आधारहरू जलउत्पन्न प्रकोपलाई परास्त गर्ने बहुमूल्य अस्त्र हुन् । जमिन, जङ्गल र जलसंरक्षणका मध्यम र दीर्घकालीन योजना बनाई तिनलाई सही ढङगले तर्जुमा गरी निरन्तर अगाडि बढाउनुपर्छ । देशका सबै नदी र खोलाको अवस्थालाई होसियारीपूर्वक बुझेर वैज्ञानिक दीर्घकालीन, चरणबद्ध र वार्षिक योजना तर्जुमा गरी नदी किनारामा तटबन्धका लागि बहुवर्षे योजना तर्जुमा गर्न आवश्यक छ । भू–क्षय नियन्त्रणका लागि नारामा मात्र सीमित नरही डाँडापाखा, खाली जमिनमा वृक्षरोपण र नदी सुधार योजना कार्यान्वयन गर्नुपर्छ ।
मौसम पूर्वानुमानको शीघ्रता सुनिश्चित गर्न वैज्ञानिक अध्ययन पद्धतिमा सम्भव भएसम्म बढी सुधार ल्याउनु पनि जलउत्पन्न प्रकोप नियन्त्रणमा सफलता हासिल गर्ने एक महत्वपूर्ण कदम हो । निरन्तर बढ्दै गइरहेको विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले नेपाललगायत धेरै देशको जलवायु चक्रमा गम्भीर नकारात्मक प्रभाव पारेको छ । फलस्वरूप विश्वमा बारम्बार विनाशकारी जलवायु देखिएको छ । विश्वव्यापी जलवायु परिवर्तनको परिणामस्वरुप हाम्रो देशमा फेरि कस्तो प्रकोप आउनेछ भनेर भविष्यवाणी गर्न सक्दैनौँ तर त्यसबाट हुने जनधनको क्षति कम गर्ने उपायहरूमा ध्यान दिने र बलिया संरचनाहरू निर्माण गर्ने कार्य आजैबाट गर्नसक्छौँ । के नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको ध्यान यसतर्फ केन्द्रित होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *