भर्खरै :

संरा अमेरिकाले विश्व विविधताको वास्तविकतालाई अस्वीकार गर्न सक्दैन

संरा अमेरिकाले विश्व विविधताको वास्तविकतालाई अस्वीकार गर्न सक्दैन

सिङ्गापुरमा अमेरिकी र चिनियाँ रक्षा प्रमुखहरूको पछिल्लो बयानले विश्व र क्षेत्रको बदलिँदो अवस्थाका साथै तिनीहरूको पछाडि रहेको ‘कार्यकारी आदेश’ मा दुई देशको पछिल्लो स्थितिको झल्को दिएको छ । हिजोआज वाशिङ्गटन नयाँ अर्डरमा जोड दिन्छ, जुन गठबन्धनको नयाँ र नजिकको प्रणालीमा आधारित छ । इतिहासले देखाउँछ कि विश्व राजनीतिमा गहिरो परिवर्तनको समयमा, अमेरिकी मूल्य र नियमहरूको विशेषगरी अमेरिकी प्रणालीको म्याद थप गर्ने अर्को प्रयास हो ।
अमेरिकी अधिकारीहरूका इन्डो–प्यासिफिक (हिन्द प्रशान्त) रणनीति र विश्व व्यवस्थाबारेका हालैका कथनहरूप्रति विश्वका जनताले चरम प्रतिक्रिया दिनु आवश्यक छैन । समयलाई ध्यानमा राख्दै अमेरिकीहरूद्वारा ‘विश्व/क्षेत्रीय व्यवस्था’ को ‘पुनव्र्याख्या’ र ‘पुनस्र्थिति’ को विचारमा भने गम्भीर ध्यान दिन जरुरी छ ।
संरा अमेरिकाले पहिले नै विश्वव्यापी चुनौतीहरू सम्बोधन गर्न गठबन्धनहरू र साझेदारीहरूलाई नवीकरण र गहिरो बनाउँदै छ । तिनीहरूलाई एकसाथ, नयाँ गठबन्धनहरू निर्माण गर्दै र पुरानो र नयाँ गठबन्धनहरूसँगै ल्याउँदै छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले केही दिनअघि सिंगापुरमा दिएको बयानमा यी नै गठबन्धन र पहलहरू प्रतिध्वनित गरेका थिए ।
२० औँ शताब्दीको सुरुदेखि अमेरिकी विदेश नीतिको सङ्क्षिप्त समीक्षाको माध्यमबाट हामीले यो थाहा पाउन सक्छौँ कि अमेरिकी विदेश नीतिको लक्ष्य निरन्तररूपमा नयाँ विश्व व्यवस्था निर्माण गर्ने रहेको छ । त्यसको लागि अहिलेसम्म लगभग तीनवटा प्रयास भइसकेका छन् ।
पहिलो प्रयास पहिलो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय समुदायको स्थिरता कायम राख्न लीग अफ नेसन्सको प्रयोग गर्ने आदर्शवादी विचार थियो । जुन तत्कालीन अमेरिकी राष्ट्रपति उड्रो विल्सनले अगाडि राखेका थिए । दोस्रो प्रयास, दोस्रो विश्वयुद्धको अन्त्यपछि अन्तर्राष्ट्रिय समुदायको स्थिरता सुनिश्चित गर्न संयुक्त राष्ट्रको आधारको रूपमा ठुला शक्तिहरूबिचको सहयोग प्रयोग गर्ने विचार थियो, जुन तत्कालीन अमेरिकी राष्ट्रपति एफडी रुजवेल्टले अगाडि सारेका थिए । तेस्रो प्रयास, शीतयुद्धको अन्त्यपछि आयो । यस युद्धले विश्व र धेरै क्षेत्रहरूमा नाटकीय परिवर्तनहरू ल्याए, जसले बर्लिन पर्खाल ढाल्नुका साथै खाडी सङ्कटको प्रकोप समेत ल्यायो । संरा अमेरिकाले शीतयुद्ध पछिको नयाँ युद्धको योजना निर्माण ग¥यो ।
माथिको ऐतिहासिक बहस र तर्कलाई पछ्याउँदै गएपछि बाइडेन प्रशासनको शीतयुद्धपछिको विश्व व्यवस्थालाई त्याग्ने वा विघटन गर्ने र अमेरिकी दृष्टिकोण र चासोअनुसार नयाँ विश्व व्यवस्थाको कल्पना वा ‘निर्माण’ गर्ने प्रयासको पछाडिको कदम स्पष्ट हुन्छ ।
अमेरिकी राजनीतिक कुलीनवर्गको दृष्टिकोणबाट, विगत तीन दशकहरूमा विश्व परिस्थितिको द्रुत विकास र विशेषगरी विगत १० वर्ष वा सोभन्दा बढी अवधिमा अन्तर्राष्ट्रिय प्रणालीमा भएका केही संरचनात्मक परिवर्तनहरू (जसमा चीनको व्यापक सहभागितालगायत तर यतिमै सीमित छैन ।) ले अन्तर्राष्ट्रिय प्रणाली र यस प्रणालीभित्र यसको द्रुतवृद्धि र विकासले अमेरिकी रणनीतिक र नीतिगत स्रोतहरूलाई असान्दर्भिक पुष्टि गर्दै छ । अमेरिकी रक्षामन्त्री ल्योड अस्टिनको भाषणमा उल्लेख गरिएका सङ्कट र चुनौतीले सर्वप्रथमतः विद्यमान अन्तर्राष्ट्रिय प्रणाली र व्यवस्थाको आधारभूत तत्वहरूलाई नराम्ररी हल्लाएको छ ।
कम्तीमा एउटा कुरा स्पष्ट हुन्छ, अमेरिकी राष्ट्रिय शक्तिको पुनरुत्थान र वृद्धिको आधारमा विश्वभर अमेरिकी नेतृत्वलाई बलियो बनाउने सधैँ नै अमेरिकी विदेश नीतिको लक्ष्य रहेको छ । यसबाहेक, यदि अमेरिकी मूल्यमान्यता र चासोसँग मेल खाँदैन भने पुरानो व्यवस्थालाई ध्वस्त गर्नु र नयाँ ‘निर्माण’ गर्नुबाहेक अर्को कुनै बाटो छैनजस्तो अमेरिकी राजनीतिज्ञहरू गर्छन् । त्यसोभए आउँदा वर्ष वा दशकहरूमा अमेरिकाले कस्तो प्रकारको नयाँ विश्व व्यवस्था निर्माण गर्ने प्रयास गर्दै छ ? यो अन्तर्राष्ट्रिय राजनीतिमा पछ्याउनको लागि नयाँ र अत्यन्त महत्वपूर्ण विषय हुनेछ ।
कुनै पनि अवस्थामा, विश्व व्यवस्थालाई विघटन गर्ने र ‘निर्माण’ गर्ने अमेरिकाको लक्ष्य, शक्ति र इच्छालाई सहजै आकलन गर्न सकिँदैन । तपार्इँ मनपराउनुहोस् वा नपराउनुहोस्, जब संरा अमेरिकाले त्यसो गर्ने निर्णय गर्छ, धेरै देशहरू, विशेषगरी अमेरिकी सहयोगीहरूले समायोजन र अनुकूलन गर्ने तरिकाहरू खोज्नुपर्छ ।
यी सबै देशहरूका लागि, चाहे तिनीहरू पाँच आँखा (फाइब आई) गठबन्धनका अन्य एङ्ग्लो–स्याक्सन (पश्चिम युरोपेली) सदस्यहरू हुन् वा पूर्वी एसियामा दक्षिण कोरिया र जापानजस्ता क्षेत्रीय प्रमुख सहयोगीहरू, तिनीहरूले आफ्नो मूल, शुद्ध राष्ट्रियताको आधार या आधारभूत हितको समायोजन र अनुकूलन कसरी गर्ने भनेर छनोट गर्नुपर्नेछ । उदाहरणका लागि पूर्वी एसियामा, हुनसक्छ धेरै हदसम्म, हामी पुरानो व्यवस्थाको विघटन भइरहेको र नयाँ व्यवस्था बनाउनको लागि आह्वान रहेको अवधिको साक्षी हुनेछौँ ।
दुर्भाग्यवश संरा अमेरिका र चीन ‘रणनीतिक प्रतिस्पर्धा’ मा सीमित हुँदा, हामीलाई कस्तो प्रकारको विश्व र क्षेत्रीय व्यवस्था चाहिन्छ यो अमेरिकाको मात्र होइन, सबै राष्ट्रहरूको साझा चिन्ताको विषय हो । विविधताले भरिएको संसारमा, तथाकिथत ‘विशेष’ संस्थागत व्यवस्थाको सट्टा ‘समावेशी’ विश्व व्यवस्था आवश्यक छ, जुन व्यवस्थाले दीर्घकालीनरूपमा विश्व र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिलाई दिगो बनाउन सक्छ । संरा अमेरिकाले नयाँ विश्व व्यवस्थाको स्थापनाको लागि मात्र नेतृत्व गर्ने कुरामा जोड दिए पनि विश्व विविधताको आधारभूत यथार्थलाई कहिल्यै अस्वीकार र बेवास्ता गर्न सक्दैन ।
(लेखक पेइचिङस्थित थिंक ट्याङ्क– ग्लोबल गभर्नेन्स इन्स्टिच्युटको सेन्टर फर अमेरिकन स्टडिजका उपनिर्देशक र वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।)

– ग्लोबल टाइम्सबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *