पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
विश्वमा झैँ नेपालमा पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । संयुक्त राष्ट्र सङ्घको साधारणसभाले निर्णय गरेअनुसार १९९१ अक्टोबर १ देखि यो दिवस मनाइँदै आएको हो । संयुक्त राष्ट्र सङ्घको साधारणसभाले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी सिद्धान्त स्थापित गरेको थियो । यो वर्ष ज्येष्ठ नागरिक अधिकारमा सम्मान र स्याहार तथा हेरविचारको सिद्धान्तलाई जोड दिएको पाइन्छ । नेपालले पनि कानुनमा ज्येष्ठ नागरिकहरूको निम्ति सेवा सुविधाको कुरा उल्लेख गरेको पाइन्छ । कतिपय अधिकारका कुरा देखावटी मात्र भएका छन् । ज्येष्ठ नागरिकप्रति जस्तो सेवा गर्नुपर्ने हो, सुविधा दिनुपर्ने हो त्यो सरकारले दिइरहेको देखिँदैन ।
हरेक ज्येष्ठ नागरिकको जीवन सुनिश्चित गर्ने जिम्मा सरकारले लिनुपर्छ । उनीहरूको स्वास्थ्य सेवा सबै निःशुल्क हुने व्यवस्था गर्नुपर्छ । उनीहरूले अनाहकमा कुनै दुःख पीडा नपाऊन् । कति ज्येष्ठ नागरिकहरू निरास छन् । उनीहरूको बासको ठेगान निश्चित छैन । उनीहरूको आवश्यक सबै व्यवस्था राज्यले गर्नुपर्छ । तर, राज्यले एउटा सुनिश्चित जीवन बनाउने आदर निकेतन पनि व्यवस्था गर्न सकेको छैन । देशमा कति ज्येष्ठ नागरिक छन् भन्ने कुरा सरकारसँग तथ्याङ्क छ । त्यस तथ्याङ्कको आधारमा आवश्यकताअनुसार जिल्लाका नगर र गाउँहरूमा आदर निकेतन खोल्दै जानुपर्ने हो । तर, त्यतातर्फ सरकारको ध्यान गएको देखिँदैन ।
ज्येष्ठ नागरिकहरूलाई मनोरञ्जन पनि आवश्यक हुन्छ । उनीहरूलाई हलुका शारीरिक कसरतको जरुरी हुन्छ । उमेरअनुसार उनीहरूको खानपिन हुनुपर्छ । अस्पताल पुग्दा होस् या यातायातका साधन उपयोग गर्दा या कुनै सरकारी या गैरसरकारी संस्थामा पुग्दा होस् उनीहरूको दैनिकी कार्य गर्न या सेवा गर्न सरोकारवाला निकायले प्राथमिकतामा राख्नुपर्छ । देशभरिका नगरपालिका र गाउँपालिकाले यसतर्फ ध्यान पु¥याउनुपर्छ । ज्येष्ठ नागरिक दिवस मनाइने तर उनीहरूको सेवा हुने काम कुनै नगरेपछि ज्येष्ठ नागरिक दिवस मनाउनुको के अर्थ ?
शासकहरू ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपको कुनै मतलब राख्दैनन् उनीहरूको अनुभव र ज्ञान बटुलेर नयाँ पुस्ताले धेरै सिक्नुपर्छ । ज्येष्ठ नागरिकहरू धेरै ज्ञान बाँड्न सक्छन्; मार्ग निर्देश गर्न सक्छन् । यसरी अनुभव र ज्ञानका भण्डार रहेका ज्येष्ठ नागरिकहरूको सम्मान हुँदैन† जीवन सुनिश्चित हुँदैन । सरकारले ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ । त्यो भत्ताले उनीहरूको जीवन सुनिश्चित हुँदैन । यसकारण, कुनै पनि दिवस भाराटार्ने ढङ्गले मनाउने होइन; त्यसको सार हुनुपर्छ ।
सरकारले देशभर आदर निकेतन स्थापना गर्ने प्रतिबद्धता जनाउनुपर्छ । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आदर निकेतन स्थापना गरेको दुई वर्ष भयो । भक्तपुर नगरपालिकाले बनाइरहेको आदर निकेतन अन्तिम चरणमा पुगेको छ । एउटा सहकारी र भक्तपुर नगरपालिकाले स्थापना गर्न सक्ने आदर निकेतन राज्यले स्थापना गर्न सक्दैन ? मुख्य कुरा चाहना या इच्छा हो । इच्छै नै भने सरकारले आदर निकेतनको स्थापना कसरी गर्ला ? सन्दर्भ आदर निकेतनमात्र होइन† जीवन सुनिश्चित गर्नुपर्ने अन्य पाटाका कुराबारे पनि सरकारको ध्यान गएको छैन ।
ज्येष्ठ नागरिकहरू पीडित हुनु या दुःखको आँसु पिएर बिताइरहनुको कारण घर परिवारका सन्तान, छोरी र बुहारीहरू बिदेसिनु पनि हो । पैसा भन्ने जति पठाएर के गर्ने ? घरमा हेरविचार गर्ने, पालनपोषण गर्ने, स्वास्थ्य उपचार गर्ने कोही हुँदैन भने उमेर पुगेको ज्येष्ठ नागरिकहरूले कसरी सहज ढङ्गले जीवन बिताउन सक्छन् ? आज घरमा परिवारका सदस्य नभएर कति प्रताडित छन् । हेर्ने, खुवाउने र उपचार गर्ने नभएर लडेर, खसेर अन्ध अपाङ्ग मात्र होइन निधन भइरहेका छन् । कति गाउँ युवाविहीन भएको समाचार बेलाबखत प्रकाशमा आइरहेको यथार्थ हो । गाउँ बुढाबुढीहरूको जिम्मामा छोडेर गाउँ कसरी विकास हुन्छ ? गाउँको आवश्यकता कसरी पूरा हुन्छ ? ज्येष्ठ नागरिकहरूको जीवन कसरी सुनिश्चित हुन्छ या सहज ढङ्गले बित्छ ?
Leave a Reply