भर्खरै :

झन् परिस्कृत हुँदै ४४ औँ तःमुंज्या

झन् परिस्कृत हुँदै ४४ औँ तःमुंज्या

पीप्यकगु (४४ औँ) नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या २०८१ असोज २८ र २९ गते भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामुगः टोलमा भव्यरूपमा सम्पन्न भयो । प्रत्येक वर्ष कौला द्वादशी र त्रयोदशीको दिनमा सम्पन्न हुने तःमुंज्याको निरन्तरता ४४ वर्षदेखिको जनताको आवाज बुलन्द गर्ने दबुको रूपमा उपयोग हुँदै आएको छ ।
४४ जनाको ग्वसाखल निर्माणका साथ अगाडि बढेको यस वर्षको तःमुंज्या केही नौलो अभ्यासका साथ भव्यरूपमा सम्पन्न भएको छ । उक्त दुई दिनको औपचारिक कार्यक्रम सफल पार्न विगत १/२ महिनादेखि दर्जनौँ कार्यकर्ताहरू दिनरात खतिनुभएको थियो । त्यसैको परिणाम विगतमा झैँ यस वर्ष सभ्य, भव्य र व्यवस्थित कार्यक्रम भएको देखिन्छ । तःमुंज्या कला, साहित्य, संस्कृति, राजनीतिक, शैक्षिक दबुमात्र नभई राष्ट्रिय स्वाधीनताको बेजोड आवाज पनि हो । यस दबुलाई दीर्घकालसम्म कायम राख्नु भक्तपुरका कर्मठ योद्धाहरूको जिम्मेवारी हो ।
यस वर्षको तःमुंज्यामा केही सकारात्मक अभ्यासहरू पनि भएको छ । तःमुंज्या स्थल लामुगःमा दबु निर्माण, बगैँचा निर्माण, कार्यक्रम स्थल वरिपरिको वातावरण सुधारजस्ता कार्यले यसको आकर्षण बढाएको छ । अर्कोतर्फ कलात्मक २ वटा मञ्चको साथै छुट्टै पर्दा (Screen) ले सकारात्मक प्रभाव परेको देखिन्छ । ठुलो चौरमा आधुनिक पालसहित दर्शकको लागि राम्रो बन्दोबस्त कम चुनौतीको विषय थिएन । सालिनरूपमा हजारौँ दर्शकले हेर्न मिल्ने स्थान छनोट तःमुंज्या मुःगुठीको सुझबुझपूर्वक गरिएको निर्णय सम्झनुपर्दछ ।
४४ औँ तःमुंज्याको एउटा पहिचान कार्यविभाजनसहित १÷२ महिनादेखि साथीहरू आ–आफ्नो जिमेवारी निर्वाह गर्न खटिनु हो । गोष्ठी, भेला, बैठक यस तःमुंज्याको तयारी स्वरूप व्यापकरूपमा विगतभन्दा यस वर्ष केही अगाडि बढेको देखिन्छ ।
करोडौँ रूपयौँ खर्चेर पनि सम्पन्न गर्न नसक्ने तःमुंज्या भक्तपुरका जनताको एकताले सभ्य र भव्यरूपमा सम्पन्न गरेको छ । यस वर्षको तःमुंज्याको दबु इजरायलद्वारा प्यालेस्टिनमाथि गारिएको क्रूर नरसंहार दमन र नेपाली युवाहरूको विदेश पलायनविरूद्ध सशक्त युवा आवाज बुलन्द गरिएको देखियो ।
२ दिन १४/१४ घण्टाका दरले सञ्चालित उक्त कार्यक्रमको सांस्कृतिक कार्यक्रम राती १ बजेभन्दा ढिलोसम्म सञ्चालन गर्नुपर्दा केही असहजता महसुस गरिएको छ । स्वास्थ्य, सुरक्षा तथा अन्य विविध पक्षमा ख्याल गरी राती १०/११ बजेभित्र सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नसकेमा राम्रो हुन्थ्यो भने शुभचिन्तकहरूको धारणा रहेको पाइन्छ । कतिपयले यतिका मेहनत साथ तयार गरेको तःमुंज्याको मञ्च २ दिने साहित्यिक कार्यक्रम र १ दिन दिउँसो छुट्टै सांस्कृतिक कार्यक्रम र गर्नसके सुनमा सुगन्ध हुन्छ भने सुझाव छ ।

– विवेक र साथीहरू
२०८१/०६/३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *