झूटको खेतीले उद्देश्य पूरा नहुने
- कार्तिक २२, २०८१
तर, यसपालि त्यसको ठाउँ जापानले लिएको छ । जापानमा लोग्नेमान्छेहरूको आयु ७४.२ वर्ष पुगेको छ भने स्वास्नीमान्छेहरूको आयु ७९.७८ पुगेको छ । जापानीहरूको सालाखाला आयु ७६.९० पुगेको छ । अर्थात्, संसारमा हाल सबभन्दा लामो आयु जापानीहरूको छ ।
त्यस्तै, विकसित देशहरूको सम्पन्नता, शिक्षा, स्वास्थ्य र उपचारको बन्दोबस्तले त्यहाँका मानिसहरूको आयु लम्बिनु पनि स्वाभाविक छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार चीनका जनताको सरदर आयु ६४ वर्ष छ भने भारतको ५१ वर्ष छ । तर, विकसित देशका मानिसहरूको सरदर आयु ७३ वर्ष छ भने विकासशील अथवा कम विकसित देशका जनताको आयु ५८ वर्षमात्रै छ । नेपाली जनताको सालाखाला आयु ४५–४६ वर्ष मात्रै छ ।
औषधोपचारको बन्दोबस्त राम्रो नभएको देशमा केटाकेटीको मृत्युदर बढेको, महामारीजन्य रोगलाई रोकथाम गर्न नसकिने र मानिसहरूको सरदर आयु कम हुँदा जनसङ्ख्या नियन्त्रणमा बढी जोड दिनु कम डरलाग्दो हुन्न । जनसङ्ख्या नियन्त्रणमा तेस्रो विश्वका मुलुकमध्ये ठुलो सफलता प्राप्त गरेको देश चीन मानिन्छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार सन् १९६० पछिका वर्षहरूमा चीनको जनसङ्ख्या वृद्धिदर ३ प्रतिशत थियो† सन् १९७९ मा १.२ प्रतिशतमा झ¥यो । त्यही समयमा भारतको जनसङ्ख्या वृद्धिदर २.२ प्रतिशत रह्यो । हरेक १ हजारमा भारतको वृद्धिदर ३८ थियो र त्यो अहिले ३५ मा झरेको छ तर चीनको भने १ हजारमा १८ मा झरेको छ ।
त्यस्तै, बाल मृत्युदर चीनमा भन्दा भारतमा बढी छ । भारतमा १ हजार केटाकेटीमा १४ जना मर्छन् भने चीनमा ६ जना मात्र मर्छन् । चीनमा १३ लाख ५३ हजार डाक्टर, ५ लाख ९६ हजार नर्स छन् । डाक्टर र वैद्यको काम गर्ने पेशेवर स्वास्थ्य कार्यकर्ताको सङ्ख्या ३२ लाख ५३ हजार छ । त्यस हिसाबले चीनमा ७,३९० जनतामा एक चिकित्सक अर्थात् ८ हजार जनताको निम्ति एक डाक्टर र झन्डै ३–४ हजार जनताको निम्ति एक स्वास्थ्य कार्यकर्ता उपलब्ध छन् ।
यसको तुलना नेपालसँग गर्दा फरक प्रस्ट हुन्छ । नेपालमा जम्मा ५४९ डाक्टर र २३१ कविराज वैद्य छन् । अर्थात्, ३२ हजार ३६७ मानिसको निम्ति एक डाक्टर; ३३ हजार मानिसको निम्ति एक स्वास्थ्य कार्यकर्ता छन् ।
संयुक्त राष्ट्रसङ्घको बालकोषअन्तर्गत चीनको हुपै प्रान्तका २५ सहर र जिल्लामा ‘७ वर्षमुनिका केटाकेटीको निम्ति एक स्वास्थ्य कार्यकर्ता’ लागु गरिएको छ । त्यसअनुसार सन् १९७९ देखि बालरोग घट्दै गएको छ । स्थिति यसप्रकार छ :
१) भ्यागुते रोग – १ लाखमा १५ प्रतिशतबाट ०.४ प्रतिशतमा घट्यो ।
२) लहरे खोकी – १ लाखमा ३२ प्रतिशतबाट १०.८४ प्रतिशतमा झ¥यो ।
३) दादुरा – १ लाखमा ११८.३१ बाट ६२.२९ सम्म झ¥यो ।
तेस्रो विश्वमा जनसङ्ख्या नियन्त्रण वा परिवार नियोजनमा सफलता हासिल गरेको अर्को देश थाइल्यान्ड मानिन्छ । स्वास्थ्यमा त्यहाँ सन् १९७५ मा प्रतिव्यक्ति ४ डलर अर्थात् ६४ रूपियाँको दरले खर्च गरिएको थियो र उपचार सुविधाको दृष्टिले थाइल्यान्ड नेपालभन्दा अगाडि छ । उपचार सुविधाको स्थिति यसप्रकार छ :
१) प्रसूति केन्द्रहरू – २००० ओटा
२) स्वास्थ्य केन्द्रहरू – ४००० ओटा
३) स्वास्थ्य कार्यकर्ता – २,२०,००० जना
उपचार सुविधाले मृत्युदर घट्दै गएको छ । सन् १९५०–१९५५ तिर हरेक १ हजार केटाकेटीमध्ये १३२ जनाको मृत्यु हुन्थ्यो । सन् १९८०–१९८५ मा मृत्युदर १९.२ मा घटेको छ । सन् १९५०–१९५५ तिर जनसङ्ख्या १ हजारमा मृत्युदर ५१ थियो भने सन् १९८०–१९८५ मा ७७ मा घटेको छ । त्यस्तै, सन् १९५०–१९५५ तिर थाइ जनताको सरदर आयु ४७ वर्षमात्रै थियो भने अहिले ६२.७ वर्ष पुगेको छ ।
थाइल्यान्डको तुलनामा नेपालको उपचार सुविधाको स्थिति यसप्रकार छ :
१) अस्पताल : ७५ ओटा
२) स्वास्थ्य केन्द्र : २७ ओटा
३) स्वास्थ्य चौकी : ७४४ ओटा
४) स्वास्थ्य डिस्पेन्सरी : ८५ ओटा
५) आयुर्वेदिक औषधालय : ११३ ओटा
जम्मा : १०४४ ओटा
अस्पताल, प्रसूति गृह, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, औषधालय सबै गरेर १०४४ मात्रै पुगेको छ भने थाइल्यान्डको प्रसूति केन्द्र नै २००० र स्वास्थ्य केन्द्रहरू ४००० छन् । त्यसमा अस्पताल र स्वास्थ्य चौकीहरूको हिसाब गरिएको छैन । थाइल्यान्डमा स्वास्थ्यमा प्रतिव्यक्ति ६४ रुपियाँभन्दा बढी खर्च गरिएको छ भने आ.व. २०४१–२०४२ को नेपालको बजेटअनुसार स्वास्थ्यमा खर्च हुने सम्पूर्ण रकम हिसाब गर्दा प्रतिव्यक्ति ११ रुपियाँ चानचुन मात्र पर्छ । ठुलो घरेलु बजार तथा देशको चौतर्फी विकासमा थप श्रम शक्तिको आवश्यकता हुनाले मलेसियाले जनसङ्ख्या घटाउने होइन बढाउने नीति लिएको छ भने ज्येष्ठ नागरिकको पालन–पोषणको निम्ति जापानले परिवार नियोजनको नीतिमा पुनर्विचार गर्नुपर्ने अनुभव गरेको छ ।
टिपोटहरू :
१) विश्व विकास सूचक (विश्व बैङ्क, सन् २०२१) अनुसार
२) कालापानी, लिम्पियाधुरासहित नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर छ ।
३) विसं २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।
४) विसं २०७८ को जनगणनाअनुसार नेपालको जनघनत्व १९८ प्रतिवर्ग किलोमिटर छ ।
५) आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार नेपालको कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टरमध्ये ५८ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध छ ।
६) आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार हाल नेपालमा कालोपत्रे १७,४८० कि.मि., ७,९५६ कि.मि. ग्राभेल र कच्ची सडक ८,६६४ कि.मि. गरी जम्मा ३४,१०० कि.मि. सडक सुविधा उपलब्ध छ ।
७) नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९) अनुसार हाल नेपालमा जयनगर–जनकपुर–बिजलपुरा रेलमार्ग ५१ कि.मि. छ । आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार हाल नेपालमा ५६ कि.मि. रेलमार्ग छ ।
८) अहिले यो रज्जुमार्ग बन्द छ । तर, छोटो दूरीका रज्जुमार्ग वा केबलकारहरू व्यापारिक तथा पर्यटकीय दृष्टिले थपिएका छन् ।
९) अहिले पर्यटकीय दृष्टिले हवाई र हेलिकप्टर सेवाको विस्तार भएको छ ।
१०) युद्धको नयाँ शैली र असर इराक र युगोस्लाभियामा संरा अमेरिका र नेटो सेनाको आक्रमणले देखायो । इराक र युगोस्लाभियामा हमला गर्दा साम्राज्यवादीहरूले सेना र सैनिक क्षेत्रमात्र होइन जनताका बस्ती, अस्पताल, स्कूल, विद्युत्, खानेपानी, टेलिफोन, चर्च, पुल, उद्योग, ढल आदिलाई तारो बनाए । नागरिक जीवन अस्तव्यस्त र ध्वस्त पारे । आणविक विकिरण फैलिने गोली र बम बर्साएर लाखौँलाख महिला, बालबालिका र वृद्धवृद्धाको हत्या गरे । पुस्तौँसम्म अपाङ्ग हुने, गर्भ तुहिने र क्यान्सरजस्ता डरलाग्दा रोग लाग्ने रासायनिक अस्त्रशस्त्र प्रयोग गरे । एक तथ्याङ्कअनुसार इराकमा नाकाबन्दीअघि मृत्युदर १८.७ थियो भने पछि सन् १९९६ मा ३२ पुग्यो । विद्यालय छोड्नेहरूको सङ्ख्या पहिले ७ प्रतिशत थियो भने पछि २२.६ प्रतिशत पुग्यो । हिरोसिमामा भन्दा ७ गुणा बढी विस्फोटक पदार्थ विस्फोटन भएको इराकमा अहिले ७४ प्रतिशत केटाकेटी झाडापखाला र ४३ प्रतिशत श्वासप्रश्वासको रोगले मर्छन् । त्यहाँ ५ लाख ६७ हजार केटाकेटी बर्सेनि मर्ने गरेको तथ्याङ्क प्रकाशमा आएको छ ।
११) विश्व बैङ्कको सन् २०२४ को प्रतिवेदनअनुसार सन् २०२१ मा क्युवाको शिशु मृत्युदर १ हजारमा ५ छ भने औसत आयु ७३.६८ वर्ष छ । सन् २०१८ मा त्यहाँ ११८.६७ जनाका लागि १ डाक्टर उपलब्ध थिए । तर, आर्थिक सर्वेक्षण (२०७९÷२०८०) अनुसार नेपालमा ८६९.५७ जनाका लागि १ जना डाक्टर उपलब्ध छन् ।
१२) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा विश्वमा १ हजार जीवित जन्मेका शिशुमध्ये २८.४ जना तथा नेपालमा २२.८ जना शिशुको मृत्यु हुने गरेको छ ।
१३) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा आइसल्यान्डमा लोग्नेमान्छेको आयु ८१.८, स्वास्नीमान्छेको आयु ८४.५ र सालाखाला आयु ८३.१२ वर्ष छ ।
१४) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा त्यहाँ लोग्नेमान्छेको आयु ८१.४७, स्वास्नीमान्छेको आयु ८७.५७ र औसत आयु ८४.४५ वर्ष छ ।
१५) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा सरदर आयु चीनमा ७८.२१ वर्ष, भारतमा ६७.२४ वर्ष छ ।
१६) नेपालीको सरदर आयु ६८.४५ वर्ष छ ।
१७) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा चीनको वार्षिक जनसङ्ख्या वृद्धि दर ०.०९ प्रतिशत छ ।
१८) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२० मा चीनमा ४१८.९४ जनाको लागि एक डाक्टर पर्छ ।
१९) आर्थिक सर्वेक्षण (२०७९/८०) अनुसार सरकारी क्षेत्रमा कार्यरत डाक्टर ६ हजार १३८, कविराज ६७४, वैद्य ६९३, नर्स/अ.न.मी. २७ हजार ६८३ जना, स्वास्थ्य सहायक १५ हजार ८९६ जना, महिला स्वास्थ्य स्वयंसेविका ५१ हजार ४२३ जना छन् । नेपालको मेडिकल काउन्सिलमा दर्ता भएका मेडिकल चिकित्सक २७ हजार ८०५, दन्त चिकित्सक ४ हजार ४१३, विशेषज्ञ चिकित्सक १ हजार ८०, नर्स विशेषज्ञ १ हजार ३२६, नर्स ७३ हजार ८८९, अ.न.मी. ३७ हजार १८३ छन् ।
२०) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२१ मा थाइल्यान्डको औसत आयु ७८.७२ वर्ष छ ।
२१) आर्थिक सर्वेक्षण (२०७९/८०) अनुसार वि.सं. २०७९ फागुनसम्म नेपालमा स्वास्थ्य संस्थाहरू निम्न बमोजिम छन् :
(अ) अस्पताल : २१५ ओटा
(आ) प्राथमिक स्वास्थ्य केन्द्र : २०१ ओटा
(इ) स्वास्थ्य चौकी : ३,८२० ओटा
(ई) उपस्वास्थ्य चौकी/आधारभूत स्वास्थ्य सेवा केन्द्र : ३,१९६ ओटा
उ) आयुर्वेदिक औषधालय : ४२६ ओटा
जम्मा : ७,८५८ ओटा
२२) विश्व बैङ्क (सन् २०२४) अनुसार सन् २०२० मा स्वास्थ्यमा नेपालले प्रतिव्यक्ति ५८.३१ अमेरिकी डलर खर्च गरेको छ ।
समाप्त
Leave a Reply