भर्खरै :

नेटोको ‘इन्डो–प्यासिफिक’ विस्तारमा वैधानिकता र सामान्य ज्ञानको कमी

नेटोको ‘इन्डो–प्यासिफिक’ विस्तारमा वैधानिकता र सामान्य ज्ञानको कमी

दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले हालै सम्पन्न नाटोका रक्षामन्त्रीहरूको बैठकमा आफ्ना रक्षामन्त्री पठाएका छन् । उनीहरूका राष्ट्र प्रमुख र अरू पनि यसअघि नाटोको बैठकमा उपस्थित भइसकेका छन् । तर, यी देशका रक्षामन्त्रीहरू सामेल भएको यो पहिलोपटक हो ।
नाटो बैठकमा सैन्य–सञ्चालकहरूको उपस्थितिले के सङ्केत गर्दछ भने नाटो यस क्षेत्रमा आफ्नो विस्तारको लागि गम्भीर छ । राजनीतिक–मनोवैज्ञानिक कोणबाट हेर्दा यसले विस्तारको निम्ति विस्तार नै यस समयको रक्षा गठबन्धनको आधार बनेको देखाउँछ । ३३ वर्षअघि सोभियत सङ्घ र वार्सा सम्झौता विघटन भएदेखि नै नाटोले अस्तित्वको यस्तो कारण खोजिरहेको छ र तर्कका आधारमा नाटो त्यतिबेलै बन्द गरिनुपथ्र्याे ।
१९४९ को नाटोकोे सन्धिको उल्लङ्घन गरी यस सङ्गठनको विस्तार भइरहेको छ । त्यो सन्धि संयुक्त राष्ट्र सङ्घको बडापत्रको एक ‘प्रतिलिपि’ दाबी गरिएको थियो, संयुक्त राष्ट्र सङ्घको बडापत्रमा विवादको सन्दर्भलाई उल्लेख गरेको छ र धारा ५ मा भनिएको छ कि यदि कुनै सदस्य देशलाई गठबन्धन बाहिरको देशले आक्रमण गरेमा गठबन्धनका सदस्यहरूलाई कुनै पनि सदस्यको समर्थन गर्नको लागि बाध्य छ ।
आज, नाटोमा ३२ सदस्यहरू छन् । अहिले विश्वव्यापी साझेदार देशहरू ३८ पु¥याएको छ । एउटा सामान्य ज्ञान र कानुनी प्रश्न उठ्छ ः सम्भावित गैरकानुनी आचरणको लागि अनुसन्धान नगरी संस्थाले आफ्नो कानुनी आधारबाट कतिसम्म टाढा जान सक्छ र त्यसमाथि अनुसन्धान गर्ने अधिकार कुन संस्थासँग छ ?
नाटोका अनुसार, ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा यसको ‘आवश्यक विस्तार’ लाई उत्प्रेरित गर्ने ‘सुरक्षा विकासहरू’ मध्ये एक चीनका ‘विभिन्न डोमेनहरूमा व्यक्त महत्वाकाङ्क्षा र जबरजस्ती नीतिहरू’ हुन् । साझेदारी सञ्जालले नाटोलाई आफ्नो क्षेत्र बाहिर पनि सुरक्षा बलियो बनाउँछ, जसले नाटो आफैलाई सुरक्षित बनाउँछ ।
अफसोचको कुरा, नाटोको होमपेजमा कुनै पनि तर्कसङ्गत, अनुभवजन्य ठोस, बहु–आयामी विश्लेषण छैन जसले नाटोका सदस्यहरूका लागि चीन ‘धम्की’ वा ‘चुनौती’ हो भनेर प्रमाणित गर्छ । नाटो गठबन्धन पुरानो आक्रामक प्रतिरोध र सैन्य सोचअनुसार चल्छ । साझेदारी सञ्जाल नाटो क्षेत्र बाहिर सुरक्षा बलियो बनाई नाटोलाई सुरक्षित बनाउन चीन समस्या हो किनभने यससित फरक मूल्य र चासो छ ।
नाटो गठबन्धनका सदस्यहरूका लागि चीन ‘धम्की’ वा ‘चुनौती’ हो । निर्णय गर्न नाटोसित कुनै पनि तर्कसङ्गत, अनुभवजन्य ठोस, बहु–आयामी विश्लेषण छैन । गठबन्धन आज ‘चीन समस्या हो । यसको भिन्न मूल्य र चासो छ’ भन्ने म्याद नाघेको र पुरानो आक्रामक प्रतिरोध र रक्षा सोचमा चलिरहेको छ ।
पश्चिमको स्थायी र बढ्दो नौसेना उपस्थितिको लागत र अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकाबिचको त्रिपक्षीय साझेदारी – अउकसको ठुलो लागत बढेको छ ।
अउकस सम्झौताबमोजिम अस्ट्रेलियाले आणविक शक्तिबाट चल्ने आक्रमणकारी पनडुब्बीहरू प्राप्त गर्ने र अमेरिका र बेलायतबाट त्यस्ता पनडुब्बीहरू आफ्नो क्षेत्रमा भिœयाउने हो । त्यसको पिलर–२ भने समुद्रमुनि क्षमताहरू, क्वान्टम प्रविधिहरू, एआई र स्वायत्तता, उन्नत साइबर, हाइपरसोनिक र काउन्टर–हाइपरसोनिक क्षमताहरू, साथै इलेक्ट्रोनिक युद्धबारेमा र उच्च–प्रविधि क्षेत्रहरूमा गहन सहयोगको बारेमा हो ।
विश्वव्यापी सैन्यवादी साम्राज्यलाई कायम राख्ने लागतहरू अकल्पनीयरूपमा उच्च र आत्म–विनाशकारी साबित भइरहेका छन् । २०२३ मा अमेरिकी सैन्य खर्च ९१६ अर्ब अमेरिकी डलर पुग्यो, जुन यसको जीडीपीको ३.४ प्रतिशत बराबर छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार यो क्रमशः अर्को नौ शीर्ष स्थानका देशहरूको संयुक्त बजेटभन्दा ठुलो छ ।
संरा अमेरिकाले चीनको विरूद्ध तनाव सिर्जना गरेको छ । चीन कुनै तरिकाले पश्चिमलाई वा कसैलाई पनि धम्की दिँदैन । संरा अमेरिका र नाटोले चीनलाई ‘चीन धम्की’ वा ‘चुनौती’ हो भनेर मान्ने कुनै आधार छैन । यो सापेक्ष गिरावटको अस्वीकृत भावना र सेनाको लोकतान्त्रिक नियन्त्रणको अस्तित्वलाई वैधानिक बनाउन शत्रुहरूको स्थायी आवश्यकताबाट बढ्दै गएको एक मनो–राजनीतिक पागलपन हो ।
साम्राज्यवादी देशहरु पतनको बाटोमा छन् । अति–सैन्यकरण, अरूको नजरमा वैधता सङ्कुचन, अन्य सबै शक्ति आयामहरूमा गिरावट भएको देखिन्छ ।
(लेखक स्वीडेनस्थित थिङ्क ट्याङ्क ट्रान्सनेसनल फाउन्डेसन फर पिसका निर्देशक हुनुहुन्छ ।)

– ग्लोवल टाइम्स अनलाइनबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *