चीनमा नेपाली वैज्ञानिकको ख्याति
- पुष २८, २०८१
(भनपाका प्रमुख एवम् भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले कार्तिक २८ गते भएको पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्ति – सं.)
१. परिचय :
नेपालकै सानो जिल्ला (११९ वर्ग कि.मि.) भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरूमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिकामध्ये एक हो । नेपालको राजधानी काठमाडौँबाट १३ कि.मि. पूर्वमा अवस्थित भक्तपुर नगर भौगोलिकरूपमा सानो नगर (६.८८ वर्ग कि.मि.) भए पनि नेपालकै एक महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक नगर हो । २०७८ को जनगणनाअनुसार भक्तपुर जिल्लामा कुल ४ लाख ३२ हजार १ सय ३२ जनसङ्ख्या रहेको छ भने भक्तपुर नगरपालिकाभित्र ७९ हजार १ सय ३६ जनता बसोबास गर्दछन् । यस नगरमा आदिवासी नेवारहरूकोे बाहुल्यता रहेको छ । मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरू विश्व प्रसिद्ध छन् ।
भक्तपुरकोे मौलिक सांस्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्रलगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको हो । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सांस्कृतिक केन्द्रको रूपमा परिचित छ । यहाँका शताब्दीऔँ पुराना मठ–मन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछेँ, दरबार, सत्तल, पाटीपौवा र ढुङ्गेधारा विश्वस्तरकै वास्तुकलाका नमुना हुन् । वार्षिक लाखौँ स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँका मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित भएर फर्किन्छन् । भक्तपुर नगरपालिकाले पुर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरूकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको छ ।
कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धनमा जनपरिचालन गर्दै आएको छ । नयाँ पुस्तालाई भक्तपुरको मौलिकतासँग परिचित गराउँदै यसको महत्व बुझाउन नगरका कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको लागि स्थानीय पाठ्यक्रम तयार गरेको छ । भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई आत्मसात गर्दै यहाँका मूर्त तथा अमूर्त सम्पदामा आधारित पर्यटन उद्योगको विकास गरी सहरको आर्थिक विकासमा सहयोग पुगेको छ । यसबाट भक्तपुरलाई सरसफाइ, सम्पदा संरक्षण र सामाजिक विकासमा नमुना नगरको रूपमा अगाडि बढाउन स्थानीय जनसहभागितामा कला, संस्कृति र सम्पदा संरक्षण कार्य अगाडि बढाइरहेको छ । पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, सिद्ध पोखरी, लक्ष्मी नरसिंह मन्दिर, न्हुःपुखु (रानी पोखरी), भाजु पुखु, चतुर्ब्रह्म महाविहार, झौरबहि, बेताल मन्दिर, इन्द्रायणी द्योछेँ, छुमा गणेश द्योछेँलगायत टोल–टोलका पाटी, सत्तल, मठ, ढुङ्गेधारा, इनार, पोखरी, बहाबहीसहित सयौँ सम्पदाहरू जीर्णाेद्घार र पुनः निर्माण सम्पन्न गरेको छ ।
भक्तपुर नगरपालिकाले पर्यटन उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न विदेशी भाषा तालिम, कम्प्युटर र पाक शिक्षालगायतका सीपमूलक तालिमहरू नियमित सञ्चालन गर्दै आइरहेको छ । स्थानीय पथप्रदर्शकहरूलाई तालिम दिई परिचालन समितिमार्फत अनुशासित र मर्यादित गरी भक्तपुरको पर्यटन उद्योगलाई व्यवस्थित गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले यहाँको पुरानो सांस्कृतिक क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउँदै आएको छ । प्रवेश शुल्कको व्यवस्था संसारका धेरै सहरहरूमा छन् । त्यसबाट उठेको आम्दानीलाई भक्तपुर नगरपालिकाले सरसफाइ, कला, संस्कृति एवं सम्पदा संरक्षण, स्वास्थ्य सेवा र शिक्षामार्फत जनताको सेवा गर्दै आएको छ । शिशु स्याहारदेखि कलेज तहसम्म सञ्चालन गरी देशभरका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नगरपालिकाद्वारा सञ्चालित ७ वटा (विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा, कानुन र इन्जिनियरिङ सङ्काय) का कलेजहरूमा ७७ वट्टै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू न्यून शुल्कमा अध्ययनरत छन् । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल र विभिन्न वडाहरूमा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नर्सिङ सेवामार्फत ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगीलगायत सर्वसाधारण नागरिकलाई घरघरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
भक्तपुर नगरपालिकाले व्यवस्थित सहरीकरणको लागि तीनवटा आवास योजना सम्पन्न गरिसकेको छ भने देको मिवा इटापाके आवास योजना सञ्चालनमा रहेको छ । भक्तपुरको पुरानो क्षेत्र विश्व सम्पदा सूचीमा परेको हुँदा नगरकोे पुरानो स्वरूप र सम्पदा संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो । तसर्थ, परम्परागत शैलीको घर निर्माणलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था र निर्माणसम्बन्धी तालिम दिँदै आएको छ ।
सांस्कृतिक नगर भक्तपुर, सफा नगर भक्तपुर, नाचगानको राजधानी भक्तपुर, शैक्षिक गन्तव्य भक्तपुर, ज्ञान विज्ञानको केन्द्र भक्तपुर, जीवित सङ्ग्रहालय भक्तपुर, नेपालकै नमुना नगरको रूपमा अगाडि बढिरहेको नगर हो । आर्थिक अनुशासन, पारदर्शिता, इमानदारिता र जनसहभागिता भक्तपुरको मौलिक विशेषता हो । राज्य र समाजलाई सुदृढ र सबल बनाउँदै समाजलाई सभ्य, सुसंस्कृत र बुद्धिजीवीकरण गर्दै ‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनालाई सार्थक बनाउन पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरूको आर्थिक गतिविधि बढाउँदै आय आर्जनमा समेत टेवा पु¥याउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गर्दै छौँ ।
२. भक्तपुर महोत्सव २०८१
भक्तपुर कला, संस्कृतिको जीवन्त सहर हो । हरेक पन्ध्र दिन र महिना दिनमा आउने यहाँको सांस्कृतिक पर्व, दाफाभजन, परम्परागत नाचगान र परम्परागत सीप–मृत्तिकाकला, वास्तुकला, हस्तकला आदिको कारण भक्तपुरलाई ‘जीवन्त कला–संस्कृति’ सहितको महोत्सवै महोत्सवको सहरको रूपमा चिनिन्छ । भक्तपुर नगरपालिकाले समय समयमा ठुला र साना महोत्सवहरूको आयोजना गर्दै आएको छ । वि.सं. २०५४ साल कार्तिक ६–१० गतेसम्म पाँच दिनको ‘भक्तपुर महोत्सव’ र २०६९ साल असोज ६ गते एकदिने ‘भक्तपुर सडक महोत्सव – २०६९’, २०७६ पुस १६ गते ‘सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन’, २०७९ चैत १८–१९ गते ‘सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला’, २०८० साउन २० गते ‘भक्तपुरका पोखरीहरूको पदयात्रा मेला’ र २०८० पुस १४ गते ‘बहाबही पदयात्राका साथ योमरी उत्सव’ सफलतापूर्वक सम्पन्न ग¥यौँ । भक्तपुर नगरपालिकाकै आयोजनामा २०५६ सालमा युनेस्को कल्चर हेरिटेज म्यानेजमेन्ट एन्ड टुरिजम विषयक अन्तर्राष्ट्रिय सम्मेलन (‘UNESCO Culture, Heritage, Management and Tourism’ International Conference) सम्पन्न भएको छ । यसर्थ, भक्तपुरका जनता महोत्सवबारे परिचित छन् ।
३. महोत्सवको उद्देश्य :
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरी पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको छ । महोत्सवका अन्य उद्देश्यहरूमा यहाँका नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरी यसलाई आर्थिक गतिविधिसँग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि रहेको छ ।
४. महोत्सवका मुख्य आकर्षणहरू :
१. सांस्कृतिक कार्यक्रम : बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक सांस्कृतिक नाच
२. प्रदर्शनी : पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रङ्ग्याउने, कुमारी (जीवित देवी), दीपङ्कर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिकाकला, परम्परागत खेलकुद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमुना आदि ।
३. मेला/महोत्सव : खाना महोत्सव, व्यापार मेला, दही महोत्सव
४. मनोरञ्जनात्मक गतिविधि : नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकुद
५. महोत्सवको संरचना :
भक्तपुर महोत्सवलाई व्यवस्थित र भव्यताका साथ सञ्चालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरू, निजी क्षेत्रका सङ्घ संस्थाका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र १ सचिवालय समिति गठन गरिएको छ ।
६. महोत्सवको बजेट :
भक्तपुर महोत्सवलाई व्यवस्थित र भव्यरूपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको छ । महोत्सव सञ्चालनको क्रममा विभिन्न गतिविधिमार्फत रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
७. महोत्सव सञ्चालन हुने अवधि : जम्मा ५ दिन
२०८१ मङ्सिर २८ गते देखि २०८१ पुस २ गतेसम्म
नेपाल संवत् ११४५ थिंलाथ्व त्रयोदशी निसेँ थिंलागा द्वितीया तक
ज्ञघतज – ज्ञठतज म्भअझदभच द्दण्द्दद्ध
अन्तमा, भक्तपुर महोत्सव – २०८१ भव्यताका साथ सम्पन्न गर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।
धन्यवाद !
थप आकर्षणहरू :
१. सांस्कृतिक कार्यक्रम – लाय्कू, क्वाठण्डौ, दत्तात्रय, टौमढी र नगरको विभिन्न स्थानमा प्रगतिशील भजन प्रदर्शनी
२. नगरा वादन – लाय्कू
३. पौभा र तस्बिर प्रदर्शनी – तब सत्तः, पचपन्न झ्याल चोक (लायकु) र वाँचु त्वः
४. चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी – लायकू, थथुबहि र कुथुबहि (मिनिबस पार्क)
५. परम्परागत पोशाक प्रदर्शनी – लायकू, टौमढी, दत्तात्रय र तः पुखू (सिद्धपोखरी)
६. खाना महोत्सव – यातुबारे पुखू (कमलविनायक), नाग पुखू, खलाँ, जेलाँ, खौमा र भाज्या पुखू
७. हलिमलि – छुमागणेश (चोछेँ), वाकुपतिनारायण, दत्तात्रय, गोल्मढी, याछेँ र टौमढी
८. परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी – मुलाछेँ र वाकुपतिनारायण
९. परम्परागत धागो रङ्गाउने – थालाछेँ (नागपुखू), गोल्मढी र तुलाछेँ
१०. कुमारी (जीवित देवी) प्रदर्शनी – प्रशन्नशील महाविहार, क्वाठण्डौ
११. दीपङ्कर बुद्ध प्रदर्शनी – प्रशन्नशील महाविहार, झौरबहि, चतुर्ब्रह्म महाविहार, थथुबहि र कुथुबहि
१२. नवदुर्गा प्रदर्शनी – नवदुर्गा द्यःछेँ, (गछेँ)
१३. शैक्षिक प्रदर्शनी – स्वप कलेज (देकोचा) र ख्वप इन्जिनियरिङ कलेज (लिबाली)
१४. नौका विहार – यातुबारे पुखु (कमलविनायक), तःपुखु, न्हुःपुखु र भाज्या पुखु, नःपुखुमा साइक्लिङ
१५. मृत्तिकाकलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी – सूर्यमढी र तालाक्व
१६. परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता – ब्यासी, भोलाछेँ, लाकुलाछेँ, तलातुंछी (वातिकुथि)
१७. नेवार जीवन शैलीको गतिविधि प्रदर्शनी – ब्यासी, ब्रह्मायणी द्यःछेँ, गछेँ, जेलाँ, नाग पुखू, गलसी पुखू, चोछेँ, देगमना, दुमलाचा र तपालाछी
१८. नौ बाजा प्रदर्शनी – सूर्यमढी (वाकुपतिनारायण), सःकोलान÷दत्तात्रय, याछेँ, टौमढी र वंशगोपाल
१९. दही महोत्सव – याछेँ, लालाछेँ, जेलाँ र स्वंगः लोहँ (चोर्चा)
२०. दीपावली – यातुबारे पुखू (कमलविनायक), तःपुखू र नगरभित्रका पोखरीहरू
२१. बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी – झौरबहि (गोल्मढी)
२२. सहकारीहरूको गतिविधि प्रदर्शनी – याता (गोल्मढी)
२३. बालबालिका मैत्री गतिविधिहरू/सांस्कृतिक कार्यक्रम – सहिद स्मृति उद्यान र ल्योसिं ख्यः (खःलाँ)
२४. कृषि उत्पादनको व्यावसायिक प्रदर्शनी – पसिखेल (तरकारी बजार)
२५. घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी – नासमना, तेखापुखू र नःपुखू
२६. व्यापार मेला – ब्यासी (भनपा भवन अगाडि) र महेश्वरी खेल मैदान (पाँचाख्यः)
२७. पुस्तक प्रदर्शनी – लाँम्हुगः (कमलविनायक)
२८. बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शनी – मुनिविहार (खँचा)
२९. विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी – सहिद स्मृति खेल मैदान
३०. परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी – सःकोलान र इचाडोल
३१. सांस्कृतिक जात्रा/पर्व संस्कृतिको नमुना प्रदर्शनी – गःहिति
३२. परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनी – प्रदक्षिणा मार्ग
Leave a Reply