शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने
- पुष २८, २०८१
भक्तपुर, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको हितमा लड्ने, आन्दोलन र सङ्घर्षमा भाग लिने कार्यकर्ता र देशभक्त जनता तयार गर्नुपर्ने बताउनुभयो ।
४४ औँ नेपालभाषा साहित्य तःमुंज्यामा प्रस्तुत ख्याल (व्यङ्ग्य), नाटक, नृत्यमा उत्कृष्ट कलाकार र टोली, तःमुंज्या ¥यालीमा सहभागी विद्यालय, सहकारी, सामाजिक सङ्घ–संस्था, मूल्याङ्कनकर्ता तथा अन्य सहयोगी महानुभावहरूलाई शिल्ड, मायाको चिनो तथा प्रमाणपत्र वितरण गरिएको सो समारोहमा शनिबार अध्यक्ष बिजुक्छेँले समाजका सही र खराब पात्रहरू चिनेर अघि बढ्नुपर्ने बताउनुभयो ।
हरेक पार्टीका कार्यकर्ता, समाजसेवी, शिक्षक तथा अगुवा कार्यकर्ताहरूले साहित्यिक, राजनीतिक तथा देश विदेशका पुस्तकहरू अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले सभ्य र समुन्नत समाज निर्माण गर्न समाजका नागरिकहरू दक्ष, योग्य र समाजसेवी हुुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नाचगान, वाद्यवादन, पर्वमात्र संस्कृति होइन । शिष्ट र नम्र बोली बोल्नु, नागरिक भावना दिएर सांस्कृतिकस्तर उठाउने काम गर्नु पनि संस्कृति हो । यस कार्यमा राजनीतिक कार्यकर्ता, सामाजिक अगुवा र शिक्षकहरू अग्रसर हुनुपर्छ । अनिमात्र समाज अघि बढ्छ ।”
गलत नीति, गलत कार्यको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशघाती र देशविरोधी कार्यको हरेक देशभक्त जनताले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले भक्तपुरलाई सफा–स्वच्छ, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल बनाउने हामी सबैको आकाङ्क्षा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०५६ सालमा ‘एक घर एक स्नातक’ तयार गर्ने प्रस्ताव गर्नुभएको थियो । यो प्रस्तावलाई कार्यान्वयन गर्न भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप माध्यमिक विद्यालय सञ्चालन ग¥यो । २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज सञ्चालन गराउन त्रिभुवन विश्वविद्यालयले आनाकानी गरेकोले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङ कलेज सुरू गर्नुप¥यो । नर्सिङ कलेज स्वीकृति प्राप्त गर्न पनि कठिन भयो ।”
सल्लाघारी तीनकुनेस्थित भक्तपुरकै जनताको १०८ रोपनी जग्गा हाल नेपाल ट्रस्टको नाममा रहेको ख्वप विश्वविद्यालय सञ्चालन गर्न माग गरेको ८–१० वर्ष भइसकेको तर सरकारहरूले राजनीतिक पूर्वाग्रह राखी ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित गर्न पेस नगरेको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “१०८ रोपनी जग्गा पनि भक्तपुर नगरपालिकालाई उपयोग गर्न दिनुपर्छ । ख्वप शैक्षिक संस्थाहरूमा ७७ वटै जिल्लाका विद्यार्थीहरू विनाराजनीतिक पूर्वाग्रह अध्ययन गर्ने अवसर पाइरहेका छन् ।
“बहुदलीय व्यवस्था पुनःस्थापनाको ३५ वर्ष यताका सरकारहरूले नेपालका नदीनाला भारतको साझा हुनेलगायत टनकपुर, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, तल्लो अरूण, अरूण चौथो, पश्चिम सेती, सेती १, मुगु कर्णाली, तिला १, तिला २, फुकुट कर्णाली भारतलाई दिए । १७ वर्षदेखि माथिल्लो कर्णाली लिएको भारतको जीएमआर कम्पनीले केही महिना अगाडि भारतको इरेडा र सतलज कम्पनीलाई ६० प्रतिशत सेयर बिक्री ग¥यो । नेपालको एक नदीलाई भारतीय कम्पनीले अर्को दुई भारतीय कम्पनीलाई बेचेकोलाई वर्तमान सरकारले समर्थन ग¥यो । यसले आजसम्म सरकारका गएकाहरू नेपाली जनताको सरकार नभई भारतीय एकाधिकार पुँजीको कठपुतली भएको पुष्टि भयो”, उहाँले स्पष्ट पार्नुभयो ।
“टनकपुर मामिलामा एमालेले २०४८ सालमा ‘देशघाती गिरिजा हैजाले लैजा’ भनी सडक र संसद्मा नारा लगाएको तर २०५३ सालमा टनकपुरसहित महाकाली नदी भारतलाई दिन एमालेले पनि साथ दियो”, सचिव सुवालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “३५ वर्ष यताका सरकारहरूले देशलाई २६ खर्ब ऋणमा डुबाएर सडक, पुल, भवन, विद्युत् र टेलिफोन विस्तार गरेको अहिले पुष्टि भइरहेको छ । विदेशीसँग ऋण ल्याएर खर्बौँ भ्रष्टाचार गरेका सरकारहरूको अनुहार महालेखा परीक्षकको प्रतिवेदनमा देखिन्छ । देशको सन्तुलित विकास नगरी काठमाडौँ उपत्यकामा घर भत्काएर सडक चौडा गर्दैमा समस्या समाधान हुँदैन ।”
सचिव सुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेसले एमसीसी सम्झौतामा अनुदान पाएको उल्लेख गर्दै बीआरआईसँग ऋण नलिने दाबी ग¥यो । अहिलेको सरकारले पहिरो र डुबानमा परेको सडक, पुल निर्माण गर्न विश्व बैङ्कसँग २० अर्ब ऋण लिने निर्णय ग¥यो ।”
बीआरआई मानव जातिको साझा हितसँग सम्बन्धित भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क, डब्लुटीओ पश्चिमा साम्राज्यवादीहरूको नङ्ग्रासहितको पञ्जा भएको र यी संस्थाहरूको ऋणमा देश डुबेपछि तिनको उपनिवेश हुनेछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरूले ख्वप विश्वविद्यालय स्वीकृति दिन सरकारले आलटाल गरिरहेको बताउनुभयो ।
सम्पदा संरक्षित सहर, सांस्कृतिक नगर भक्तपुर संसारकै एक उदाहरणीय जीवित सङ्ग्रहालयको रूपमा रहेको उल्लेख गर्दै उहाँले विदेशी आयस्रोत भरपर्दो नभएको हुँदा भनपा आफ्नै आन्तरिक आयस्रोत बढाउनेतर्फ लागिरहेको बताउनुभयो ।
आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बढाउन स्थानीय जनतामा सम्पदा र कला संस्कृतिप्रति आस्था र विश्वास जगाउन सडक महोत्सव, सांस्कृतिक पदयात्रा, स्थानीय उत्पादित सामग्रीको प्रदर्शन, पोखरी र बहाबही चिन्ने र चिनाउने पदयात्राका साथै यो वर्ष मङ्सिर २८ देखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव गर्न लागेको जानकारी दिनुभयो । जनतामा राजनीतिक र सांस्कृतिकस्तर उठाउने काम गरिरहेको उल्लेख गर्दै उहाँले पार्टीले सिद्धान्त र विचारको आधारमा इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
आ–आफ्नो स्थानबाट निःस्वार्थपूर्वक काम गरिरहेको कारण भक्तपुर हरेक क्षेत्रमा अगाडि परेको छ† हाम्रो मेहनत खेर गएको छैन, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले साहित्यिक, सांस्कृतिक, वैचारिक आन्दोलनले जनतालाई सुसूचित पारिरहेको औँल्याउँदै साहित्य राजनीतिको भरपर्दो सशक्त हतियार हो भन्नुभयो ।
शोषण, अन्याय, दमन, असमान सन्धि सम्झौता, देश र जनताको अहितको विरोधमा आन्दोलित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षा, चेतना र सांस्कृतिकस्तरको कमीले कर्णालीका महिलाहरूको स्थिति अहिले पनि दयनीय भएको बताउनुभयो ।
गाउँ–ठाउँको गरिबी देखाएर डलर झार्ने र डलरमा रमाउने असामाजिक तत्वहरूले फाइदा लिइरहेको उल्लेख गर्दै उहाँले जनताको समस्या समाधानमा सरकारको खासै ध्यान नगएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्ज्वल चालिसेले क्यान्सर रोगीहरूको निम्ति थप सेवा सुविधा दिन आवश्यक सामग्रीहरूको व्यवस्था गरिरहेको चर्चा गर्दै क्यान्सरबाट बच्ने उपायप्रति समयै सचेत भए क्यान्सर रोगबाट मुक्त हुन सकिने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवं समारोहका सभापति आशाकुमार चिकंबञ्जारले आ–आफ्नो ठाउँबाट हरेकले कर्तव्य निर्वाह गरेर समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।
४४ औँ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष कृष्णभक्त लवजुले राजनीति नराम्रो भएसम्म देश र समाजको स्थिति राम्रो नहुने बताउनुभयो ।
भाषा उत्थानको साथै कामदारवर्गका जनतालाई राजनीतिक र वैचारिकरूपले सुसूचित पार्ने काम तःमुंज्याले गरिरहेको उल्लेख गर्दै उहाँले जनताले स्थापना गरेको तःमुंज्याले देश र जनताको हितमा सङ्घर्ष गर्ने जनतालाई स्थान दिइरहेको बताउनुभयो ।
तःमुंज्या आयोजक समितिका सचिव सञ्जय मानन्धरले कार्यक्रमको आवश्यकताबारे जानकारी दिनुभयो ।
Leave a Reply