युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
विश्व एन्टिबायोटिक जागरूकता सप्ताह प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइन्छ । यो विश्वव्यापी अभियानले एन्टिमाइक्रोबियल प्रतिरोधको खतराबारे सचेतना फैलाउन र यसको रोकथामका लागि उत्तम अभ्यासको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छ । ‘एक स्वास्थ्य’ दृष्टिकोणलाई प्राथमिकता दिँदै यस अभियानले मानव, पशु र वातावरणीय स्वास्थ्यबिचको सम्बन्धलाई उजागर गर्दछ ।
एन्टिबायोटिकः जीवन रक्षाका लागि एक क्रान्तिकारी औषधि
सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फङ्गसबाट पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाएर आधुनिक औषधि विज्ञानमा क्रान्ति ल्याए । यस खोजका लागि उनले नोबेल पुरस्कार पनि प्राप्त गरे । यसपछि, विभिन्न प्रकारका एन्टिबायोटिकहरू विकास भएका छन् । एमोक्सिसिलिनजस्ता सामान्य एन्टिबायोटिकहरू दैनिक जीवनमा चिकित्सकहरूले धेरै प्रयोग गर्छन् ।
एन्टिबायोटिकले ब्याक्टेरियाको विकास रोक्छ वा नष्ट गर्छ । यसले टाइफाइड, निमोनिया, ब्रोंकाइटिस र घाउ सङ्क्रमणजस्ता गम्भीर रोगहरूको उपचारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
एन्टिबायोटिकको जथाभावी प्रयोग : जोखिमपूर्ण स्थिति
दुर्भाग्यवश, हाम्रो समाजमा एन्टिबायोटिकको जथाभावी प्रयोग एक सामान्य व्यवहार बनेको छ । मानिसहरू चिकित्सकको सल्लाहबिना औषधि पसलबाट एन्टिबायोटिक सजिलै खरिद गर्छन् । यसले निम्न समस्या उत्पन्न गरेको छ –
१. एन्टिबायोटिक रेसिस्टेन्ट
एन्टिबायोटिकको अनावश्यक र अत्यधिक प्रयोगले ब्याक्टेरियाप्रतिरोधी बन्न सक्छ । यस अवस्थामा, एन्टिबायोटिकले ब्याक्टेरियालाई मार्न सक्दैन, जसले गर्दा साधारण सङ्क्रमण पनि खतरनाक बन्छ ।
२. औषधिको प्रभावशीलता घट्नु
बारम्बार प्रयोग गर्दा औषधिको शक्ति कम हुँदै जान्छ ।
३. अनावश्यक साइड इफेक्टहरू
एन्टिबायोटिकको दुरूपयोगले शरीरमा विभिन्न प्रतिकूल असर पार्न सक्छ । जस्तै :–पाचनसम्बन्धी समस्या, एलजी र कलेजो वा मिर्गौलामा नकारात्मक प्रभाव ।
सप्ताहको महत्व
विश्व एन्टिबायोटिक जागरूकता सप्ताहको मुख्य उद्देश्य एन्टिमाइक्रोबियल प्रतिोध रोक्नका लागि मानिसहरूलाई जानकारी दिनु र सही अभ्यासहरू गर्न प्रेरित गर्नु हो । यस वर्षको अभियानले निम्न विषयलाई प्राथमिकता दिएको छ –
– चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक प्रयोग नगर्ने ।
– पशुपालन र कृषि क्षेत्रमा एन्टिबायोटिकको अत्यधिक प्रयोग रोक्ने ।
– वातावरणीय प्रदूषण रोक्न एन्टिमाइक्रोबियलका सही व्यवस्थापनबारे सचेतना फैलाउने ।
यस अभियानले एक स्वास्थ्य दृष्टिकोणमार्फत मानिस, पशु र वातावरणीय स्वास्थ्यलाई सन्तुलनमा राख्न जोड दिन्छ ।
पश्चिमा देशको अभ्यास र हाम्रो समाजको चुनौती
पसिचमा देशहरूमा एन्टिबायोटिक खरीद गर्न चिकित्सकको प्रेस्क्रिप्सन अनिवार्य छ । तर, नेपालमा, यो नियम कार्यान्वयन गर्न सकिएको छैन । औषधि पसलहरूले ग्राहकको मागअनुसार एन्टिबायोटिक दिने प्रचलनलाई नियन्त्रण गर्न सकिएको छैन ।
एन्टिबायोटिक प्रयोगमा सावधानी अपनाऔँ
– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्नुहोस् ।
– औषधि पसलले प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक बिक्री रोक्नुपर्छ ।
– अभिभावकहरूले बालबालिकाको लागि औषधि उपयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्छ ।
निष्कर्ष
एन्टिबायोटिक भनेको जीवनरक्षक औषधि हो । तर यसको गलत प्रयोगले यो औषधिलाई शक्तिहीन बनाउँछ । यो अभियानजस्तै पहलहरूले एएमआरको गम्भीरताबारे जानकारी फैलाउन महत्वपूर्ण भूमिका खेल्छन् ।
यदि हामी समयमै सचेत भएनाँैं भने भविष्यमा गम्भीर स्वास्थ्य सङ्कटको सामना गर्नुपर्नेछ । एन्टिबायोटिकको सही प्रयोगबारे सबैले जानकारी लिनु र सधैं चिकित्सकको सल्लाहअनुसार मात्र यसको उपयोग गर्नु अत्यावसयक छ ।
(बालरोग विशेषज्ञ डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् ।)
Leave a Reply