भर्खरै :

महिला नेतृ सिलभिया पानख्रुस्ट

महिला नेतृ सिलभिया पानख्रुस्ट

बीसौँ शताब्दीको सुरुतिर युरोपमा भोट राख्ने अधिकारको निम्ति महिलाहरूले धेरै सङ्घर्ष गर्नुप¥यो । राजनीतिक अधिकार प्राप्त गर्ने सङ्घर्षको सिलसिलामा महिलाहरूले पुँजीवाद र साम्राज्यवादविरुद्ध लड्न अति आवश्यक रहेको बुझे । सिलभिया पानख्रुस्ट साम्राज्यवादविरुद्ध लड्ने एक महिला नेतृ हुन् ।
डा. रिचार्ड पानख्रुस्ट (Dr. Richard Pankhurst) र इमिलाइन पानखु्रस्ट (Emmeline Pankhurst) । छोरी सिलभिया पानखु्रस्टको जन्म सन् १८८२ मा बेलायतको म्यानचेस्टरमा भएको थियो । सानै बेलादेखि सिलभिया आफ्नो बुबासँग धेरै नजिक थिइन् । उनी आफ्नी आमा इमिलाइन र दिदी क्रिस्टेबलभन्दा अलिक भिन्न विचारकी थिइन् । सानैमा आफ्नो बुबाले सिकाएको समाजवादी धारणा उनमा पछिसम्म पनि यथावत् रह्यो ।
सन् १९०० मा सिलभिया दक्षिण केन्सिङटनको रोयल कलेजमा कला विषय लिइ भर्ना भइन् र एक ।ुशल चित्रकार बनिन् । यद्यपि, तिनले आफ्नो धेरै भन्दा धेरै समय आफ्नी आमाले सन् १९०३ मा स्थापना गरेको सामाजिक र राजनैतिक महिला सङ्घ (Women’s school and Political Union WSPU) मा समय खर्चिन् ।
त्यसपछि सिलभिया मजदुर पार्टीमा क्रियाशील भएर काम गर्न थालिन् । सन् १९०६ मा सिलभियाले आफ्नो पढाइ छोडी पुरै समय WSPU मा दिन थालिन् । यसरी उनी एक अमाजवादी नेतृको रूपमा अगाडि बढिन् । तिनले बीसौँशताब्दीमा महिला मताधिकारसम्बन्धी सभियान सुरु गरेकी थिइन् । आफ्नो राजनैतिक क्रियाकलापमा सहभागी हुँदा पछिल्लो वर्षमा तिनले धेरै समय भोकभोकै बसी जेल जीवन पनि बिताउनुपरेको थियो । बिस्तारै तिनले पूर्वी लन्डनमा महिला सङ्गठनहरू पनि खोलिन् र उक्त सङ्गठनहरूमा कामदार महिलाहरूलाई पनि समेटेकी थिइन् । समूहले सन् १९१२ देखि १९२० सम्म मताधिकार र सामाजिक परिवर्तनलाई मूल उद्देश्य राखी अभियान चलायो ।
सिलभिया एक कशल लेखिका पनि थिइन् । उनीद्वारा सम्पादित साप्ताहिक पत्रिका The Women’s Dreadnought ले लन्डनभरि र बाहिर पनि उत्तिकै चर्चा पाएको थियो । सिलभियाको सिद्धान्तमा वर्गीय असमानता र लिङ्गभेदलाई बढी जोड दिइएको पाइन्छ । त्यसैले तिनको सिद्धान्त अरु प्रसिद्ध मताधिकार सङगठनहरू (Suffragette Organization) जस्तै WSPU सँग मिल्दैनथ्यो । यसैले बेमेलको कारण सिलभियालाई WSPU बाट सन् १९१४ मा निष्कासित गरिएको थियो ।
सन् १९०७ मा मजदुर आन्दोलनसँगको सम्बन्धलाई WSPU ले छोड्यो । सन् १९१४ मा प्रथम विश्व युद्धको आरम्भसँगै WSPU ले मताधिकारसम्बन्धी आन्दोलनलाई पनि त्याग्यो । इमिलाइन र क्रिस्टेबलले युद्धलाई समर्थन गरे तथा सम्पूण महिलालाई समर्थन गर्न आग्रह गरे । तर, सिलभियाले उनीहरूको आग्रहलाई बेवास्ता गरिन् । मताधिकारको निम्ति लड्ने सङ्गठनहरूमा सिलभियाको सङगठन पनि एक थियो ।
सिलभिया पानखु्रष्ट विभिन्न पक्षमा प्रखर थिइन् । तिनको लामो र क्रियाशील जीवनमा तिनले चारवटा पत्रिकाको संस्थापन एवम् सम्पादन, २२ वटा किताबको लेखन, महिला र मजदुर आन्दोलन एवम् अन्तर्राष्ट्रिय सङ्गठनहरूका सक्रिय व्यक्ति र संस्थापको रूपमा कार्यरत थिइन् । उनी जातिभेद र वर्गभेद विरुद्धको आन्दोलनमा ३० वर्षसम्म अनवरतरूपमा दृढ भई लागिपरिन् । यससम्बन्धी उनले इथोपियामा आन्दोलनसमेत गरेकी थिइन् । त्यो देश तिनको जीवनको अन्तिम चार वर्षको लागि आफ्नै घर बनेको थियो ।
इथोपियाको स्वतन्त्रताको अन्त सन् १९३५ मा इटालीका राष्ट्रवादी र साम्यवादविरोधी तानाशाहहरूले आक्रमण गरी आफ्नो अधीनमा राखेपछि भएको थियो । त्यसको विरुद्ध लड्नेमा सिलभिया पनि थिइन् । सन् १९३६ मा तिनले ‘New Times and News’ भन्ने साप्ताहिक पत्रिकाको पहिलो संस्करण निकालिन् र सो पत्रिका २० वर्षसम्म प्रकाशित भएको थियो । यो पत्रिका हप्तामा ४०,००० प्रति पनि बिक्री भएको थियो । त्यसले पश्चिम अफ्रिका र वेस्ट इन्डियाभरि प्रचार प्रसार गर्न ठुलो टेवा पु¥याएको थियो । इथोपियाली स्वतन्त्रताको निम्ति इटालियाली र बेलायती उपनिवेशवादविरुद्ध सिलभियाको अथक आन्दोलनलाई सबैले सम्मान गरेका थिए । त्यसपछि सन् १९५३ मा ७४ वर्षको उमेरमा उनले इथोपिया सरकारको आमन्त्रणलाई स्वीकार गरी उनी इथोपियामै बसिन् । तिनी त्यहाँकी एक प्रतिष्ठित पाहुना थिइन् । सन् १९६० मा ७८ वर्षको उमेरमा उनको देहान्त भयो । उनको शवलाई इथोपिया सरकारले राजकीय अन्त्येष्टिका साथ सम्मान दिएको थियो ।
इथोपियामा तिनले गरेको योगदानलाई वर्गभेद र साम्राज्यवाद विरुद्धको रूपमा सूचित गरिए तापनि ब्रिटेनमा उनको खासै चर्चा भएन तर उनको कामलाई अफ्रिकाका काला जातिहरूले र आदिवासी जनताका एक प्रख्यात नेता W.E.B. Dubois ले उच्च आदरका साथ सम्मान गरेका थिए । ती नेताले सिलभियाको प्रशंसा गर्दै उनको बारेमा यसरी आफ्नो विचार व्यक्त गरेका थिए,“मैले महसुस गरेअनुसार सिलभिया पानख्रुस्टको ठुलो काम भनेकै काला इथोपियालीहरूलाई गोराहरूको बेलायतसामु उभ्याउनु र काला जातिहरू पनि समान मानव अधिकार भएका मानव जातिहरू हुन् भनेर बेलायती समक्ष चिनाउनु नै हो ।”
बेलायतले सिलभियाको भूमिकालाई बेवास्ता गरेर इमिलाइन र क्रिस्टबल पानख्रुस्टले महिलाहरूलाई मताधिकार दिलाउन गरेको देन भनी प्रचार गरी उनीहरूको सम्मानमा उनीहरूको प्रतिभा संसद्बाहिर स्थापना गर्नु यहाँ व्यङ्ग्यपूर्ण देखिन्छ ।
सिलभिया ।हिल्यै पनि आफू स्मारक बन्न चाहिनन् । उनी हजारौँ ।ामदार महिलाको मताधिकार र समाजवादको निम्ति सङ्घर्ष गर्दै वीरङ्गना बनिन् ।

– विश्वका क्रान्तिकारी महिलाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *