जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२

अर्थतन्त्रमा बजार शक्तिहरूको नियन्त्रण ठीक या सरकारको नियमन ? अधिकांश देशहरूमा यो बहस चलेकै छ । पछिल्लो समय चीनमा पनि आर्थिक व्यवस्थापनका लागि बजार र सरकारको भूमिकाबारे चिनियाँ अर्थशास्त्रीहरूबिच सघन छलफल या बहस चल्यो । स्रोतसाधनको बाँडफाँड या विनियोजनमा चीनले हाइब्रिड प्रणाली अवलम्बन गरेको कुरा नयाँ होइन । अर्थतन्त्रमा बजार शक्तिहरू (मूल्य, माग र पूर्ति) भन्नाले अदृश्य हातहरूको प्रभाव हुन्छ तर सरकार (देखिने हात) ले ती सबै शक्तिहरूलाई आवश्यक आकार या दिशा प्रदान गर्न सक्रिय भूमिका खेल्छ भन्ने मान्यता चीनको हो । चीनले अर्थतन्त्रका अदृश्य हातहरूलाई पनि नियमन र निर्देशन गर्ने बलियो संयन्त्र खडा गरेको छ । यो नै चीनको समाजवादी बजार अर्थतन्त्रको अवधारणा हो । बजारले स्वतन्त्ररूपमा मूल्य निर्धारण, माग, पूर्ति र वस्तुको विनियोजन गर्न पाउने व्यवस्थाबाट केही व्यापारीलाई मात्र फाइदा मिल्छ, अर्थतन्त्रको सम्पूर्ण हिस्सा उत्पादन, वितरण र उपयोग अदृश्य हातमा जान्छ । त्यसो हुन नदिन बजारलाई राज्य या सरकारले नियमन गर्नुपर्छ, आर्थिक विकासका नीति, कानुन निर्माणमा राज्यको अहम् भूमिका हुन्छ, बजार र सरकारको सहअस्तित्व एवम् सहकार्यमा अर्थतन्त्र बलियो हुन्छ भन्ने विचार चीनको हो ।
आर्थिक विकास भनेको माग र पूर्तिको व्यवस्थापनमात्र होइन, सामािजक विकास, सुरक्षा र स्थायित्वको सवाल पनि हो । चीनको समाजवादी बजार अर्थतन्त्रको चिनियाँ अवधारणाअनुसार सरकारले अर्थतन्त्रका पाँच मुख्य क्षेत्रहरूलाई विशेषगरी हेरेको देखिन्छ । अर्थतन्त्रको बृहत्तर व्यवस्थापन अर्थात् ‘म्याक्रो इकोनोमिक म्यानेजमेन्ट’ गर्ने, मुख्य मुख्य क्षेत्रको नियमन गर्ने, बजार असफलताहरूलाई सच्याउने, सामाजिक स्थायित्व र विकास गर्ने, नयाँ नयाँ उद्योग नीतिहरू एवम् आर्थिक नीतिहरू तयार गर्ने काम सरकारले गर्दछ ।
अर्थतन्त्रमा ‘म्याक्रो म्यानेजेमेन्ट’ भनेको आवश्यक सम्पूर्ण आर्थिक रणनीतिहरू तयार गर्नु हो । वित्तीय र मौद्रिक नीति निर्माण, आर्थिक वृद्धिदर निर्धारण, मुद्र्रास्फीति र रोजगारीको अवस्था तयार गर्नु सबै यसैभित्र पर्छ । यसले आर्थिक विकासको दीर्घकालीन पक्ष प्रतिबिम्बित गर्छ । सरकारले नियमन गर्ने महत्वपूर्ण क्षेत्रहरूमा ऊर्जा, पूर्वाधार र प्रविधिजस्ता राष्ट्रिय सुरक्षा, जनचाहना र रणनीतिक विकासका क्षेत्रहरू पर्छन् । सरकारले आय असमानता र क्षेत्रीय विकास असमानताजस्ता बजार असफलताविरुद्ध पहलकदमी लिनुका साथै जनस्वास्थ्य, शिक्षा, वातावरणीय सुरक्षालगायतका क्षेत्रमा ध्यान दिन्छ । बेरोजगारी समस्या हटाउने, धनी गरिबबिचको खाडल पुर्ने मात्र होइन सामाजिक सुरक्षाका कार्यक्रमहरू आयोजना गरेर बजारका सीमा एवम् असफलताहरू हटाउन सरकार लागिपर्दछ । त्यतिमात्र होइन सरकारले राष्ट्रिय — अन्तर्राष्ट्रिय बजारमा चिनियाँ आधुनिकता र नवीन आविष्कारहरू पु¥याउन आर्थिक—कूटनीतिक भूमिका खेल्छ । नेता सी चिङ फिङले बजारलाई राम्रो भूमिका दिनु भन्ने निर्देशन दिनुभएको थियो । त्यसको अर्थ घरेलु बजारको दीर्घकालीन विकास गर्नु, त्यसका लागि नीतिगत तयारीसँगै समय सुहाउँदो हरित प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, उच्च गतिको रेललगायत आवश्यक पूर्वाधार सरकारले निर्माण गरिदिनु भनिएको हो । बजारलाई प्राथमिकतामा राख्नुको अर्थ खुला या स्वतन्त्र छोड्नु भन्ने होइन । बजार सरकारबाट स्वतन्त्र हुन खोजेको दिन चिनियाँ अर्थतन्त्र लगामबिनाको घोडा बन्ने निश्चित छ । आज अन्य पुँजीवादी अर्थतन्त्रको दुर्भाग्य यही नै हो । चिनियाँ सरकार यतिबेला श्रम बजार, उत्पादन बजार, वित्तीय बजार नियमनमा ध्यान दिँदै छ । यसले बजार असफलताको समस्या न्यूनीकरण गर्ने विश्वास छ । आजभोलि चीनको सिको गर्दै ओइसीडी OECD देशहरूले (जसमा ३८ सदस्य संस्था छन्) अर्थतन्त्रमा सरकारको नियमन हुनुपर्छ भन्दै छन् । विशेषगरी कोभिड महामारीपछिको आर्थिक विचलनले संसारलाई चीनतिर आकर्षित ग¥यो । चीनको आर्थिक नीतिका कारण चिनियाँ अर्थतन्त्रलाई महामारी र मन्दीले छुन नसकेको निष्कर्ष चीनको हो । चीनको अर्थतन्त्र बजारमा आधारित देखिए पनि सरकारको नियमन प्रधान पक्ष हो भन्नेमा चिनियाँ अर्थशास्त्रीहरू एकमत देखिन्छन् ।
चीनमा आर्थिक समस्या देखा नपरेको होइन । पछिल्लो समय घरेलु माग घट्नु सबैभन्दा ठुलो चुनौती अनुभव गरिँदै छ । छोटो समयका लागि पुँजी बजार र घर जग्गा क्षेत्रमा देखिएको संरचनात्मक समायोजनले वास्तविक अर्थतन्त्रमा प्रभाव परेको छ, लगानी र उपभोगमा समस्या देखापरेको छ । यो घरेलु समस्या समाधानका लागि केही वित्तीय परिमार्जनका साथै राष्ट्रिय नीति तय भएका छन् । अहिलेको समस्या उपभोगको हो । उपभोग वृद्धिका नीति आवश्यक छन् । बैङ्क ऋणमा लचिलोपनले व्यापार व्यवसायमात्र बढाउने र ‘ओभर क्यापासिटी’ अर्थात् बढी उत्पादनको समस्या निम्तिन सक्छ । त्यसैले उपभोग वृद्धिका लागि चिनियाँ सरकारले अक्टोबर १ देखि ७ सम्म राष्ट्रिय बिदा घोषणा ग¥यो । कम आय भएका परिवारलाई सहयोग र अनुदान दिने, विद्यार्थीलाई छात्रवृत्ति, सेवा निवृत्तहरूलाई पेन्सन बढाउने नीतिले उपभोगमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
चीनको अहिलेको अवस्थालाई केही पक्षले सन् १९९० मा सुरु भएको जापानको अवस्थासँग तुलना गरेका छन् । जापानले त्यस अवस्थालाई ‘गुमेका ३० वर्ष’ पनि भनिन्छ । अर्थतन्त्रमा कुनै हलचल नभएका तीन दशक, अर्थतन्त्रमा एक किसिमको संतृप्तिको अवस्था थियो त्यो । चीनको समस्या उस्तै देखिए पनि महत्वपूर्ण भिन्नता छन् । सर्वप्रथमतः चीन आज पनि विकाशील देश नै हो । जसको प्रतिव्यक्ति आम्दानी जम्मा १३,४०० अमेरिकी डलरमात्र छ । चिनियाँहरू यत्तिमै सन्तुष्ट पक्कै छैनन् बरु आप्mनो जीवनस्तर उठाउन, धनआर्जनका निम्ति मिहिनेत गर्न तयार छन् । त्यसकारण, आर्थिक वृद्धिको उत्प्रेरणा चीनमा बलियो छ । दोस्रो, चीनमा अझै सहरीकरणको ठुलो सम्भावना बाँकी छ । लाखौँ जनता अझै गाउँमा बस्छन् । सहरी जीवनको भोक अझै बाँकी छ चीनमा । तेस्रो, चीन विश्वव्यापीरूपमा चलेको प्रविधि र औद्योगिक क्रान्तिको प्रवाहबाट अछुटो छैन । नयाँ डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स, आविष्कार र प्रयोगतिर अघि बढ्दै छ चीन । त्यतिबेला जापानमा त्यो अवसर थिएन । त्यसकारण, चीनले सामना गरिरहेका केही समस्यालाई बढी प्रचार गर्नु र कुनै देशको असफलतासँग तुलना गर्नु मनासिव होइन ।![]()
चीनले फेरि पनि सुधार र खुलापनलाई नै जोड दिँदै छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय वृत्तसँग राम्रो सम्बन्धको पहलमा चीनले कुनै कञ्जुस्यार्इँ गरेको देखिन्न । चीनले घरेलु उपभोग बढाउन गरेको राष्ट्रिय बिदा घोषणाले साँच्चै नै राम्रो प्रतिफल मिलेको तथ्याङ्क छ । आन्तरिक पर्यटनको विकास भएको देखिन्छ । संस्कृति तथा पर्यटन मन्त्रालयको आँकडाअनुसार ७ दिने राष्ट्रिय बिदामा देशभरि ७ करोड ६५ लाख घरेलु भ्रमण भएको तथ्याङ्क छ । जुन सन् २०१९ को तुलनामा १०.२ प्रतिशतले बढी हो । ७ दिनमा देशभर आन्तरिक पर्यटकले ७ खर्ब युआन (९९ अर्ब डलर) खर्च गरेको तथ्य छ । विशेषगरी सांस्कृतिक सहरहरूमा आन्तरिक पर्यटक ओइरिएको देखियो । एउटा अनलाइन ट्राभल एजेन्सी ली.कमले करिब १०० काउन्टीमा ५० प्रतिशतभन्दा बढी बुकिङ भएको र उच्च स्टार होटलहरूमा ५० प्रतिशतले बुकिङ बढेको देखायो । काउन्टीस्तरमा पर्यटन विकास पछिल्लो ४ वर्षमा २९.८ प्रतिशतले बढेको तथ्याङ्क छ । ७ दिनमा अन्तर्राष्ट्रिय हवाई बुकिङ अघिल्लो वर्षको तुलनामा दोब्बर बढेको छ । १४४ देशका १५९७ सहरमा चिनियाँ पर्यटक पुगेको आँकडा छ । यो ‘होलिडे इकोनोमी’ अर्थात् बिदाको अर्थनीतिले चीनको बृहत् बजार सम्भावना र बलियो आर्थिक आत्मनिर्भरता उजिल्याएको छ । आन्तरिक पर्यटन विकास घरेलु बजार सन्तुलनका निम्ति हितकर देखियो । यद्यपि, दीर्घकालीन विकल्पको खोजी जारी छ ।
चीन बीउबिजनमा नयाँ नयाँ आविष्कार गर्दै छ । १ अर्ब ४० करोड जनसङ्ख्या त्यो भन्नाले विश्वको १८ प्रतिशत जनसङ्ख्यालाई खुवाउनुपर्ने चीनसँग जम्मा विश्वको ९ प्रतिशतमात्र स्थल जमिन छ । त्यसकारण, बीउबिजन, खेतीपाती, उत्पादनमा नवीनतम प्रयास जारी छ । सन् १९८७ अगस्टमा चीनले पहिलो पटक अन्तरिक्षमा बीज प्रजननको प्रयोग गरेको थियो । करिब १ हजार नयाँ र फरक बिरुवा अन्न, तरकारी, फलफूलका प्रजाती आविष्कार भए । प्रविधिको सहयोगमा हरेक वर्ष २ लाख टनले उत्पादन वृद्धि भयो र अर्थतन्त्रमा १ खर्बले नाफा भएको थियो । अहिले पनि अन्तरिक्षमा बीज प्रजननलाई जोड दिइँदै छ । यसले खाद्य सुरक्षाको चुनौतीविरुद्ध काम गर्नेछ । थोरै जमिनमा धेरै उत्पादन, गुणस्तरीय उत्पादनमा जोड मिल्नेछ । विशेषतः धान, गहुँ, भटमास, गोलभेडा, खुर्सानी, खर्बुजालगायतका अन्न उत्पादनमा नयाँ प्रविधि प्रयोग हुँदै छ । चीनमा बीउबिजनको उद्योग नै छ । चीनमा वार्षिक १ करोड २५ लाख टन बीउ माग हुन्छ । चीनभित्र मात्र होइन अन्तर्राष्ट्रिय बजारमा चिनियाँ बीउको माग छ । अन्तर्राष्ट्रिय मागको १० देखि २० प्रतिशत चीनले आपूर्ति गर्छ । कृषिमा आधुनिकीकरणको अर्थ बीउदेखि फसल उठाउनेसम्मको सबै प्रक्रियामा वैज्ञानिक उपलब्धि हो । रैथाने बीउबिजनको संरक्षणदेखि हाइब्रीड बीजको आविष्कारसम्म चीनको प्राथमिकता हो ।
चीनले अध्ययन अनुसन्धान र विकासमा ठुलो लगानी गरेको छ । सन् २०२३ मा चीनले खोज र विकास (आरएन्डडी) मा ३३ खर्ब ४० अर्ब युआन (४ खर्ब ७२ करोड डलर) खर्च ग¥यो । हरेक वर्ष ८ देखि १० प्रतिशतले खर्च वृद्धि गर्दै छ । आर्थिक र सामाजिक विकासका क्षेत्रमा खोज अनुसन्धान केन्द्रित देखिन्छ । विज्ञान, प्रविधि र अहिलेको हकमा आर्टिफिसियल इन्टेलिजेन्समा लगानी बढी छ । विश्वव्यापीरूपमा खोज र विकासमा खर्च गर्ने देशमा द्वितीय स्थान चीनको छ । यद्यपि आरएन्डडीले कुल गार्हस्थ उत्पादनमा पारेको प्रभाव अनुपातका आधारमा चीन अझै संरा अमेरिका, जापान र केही युरोपेली देशभन्दा पछाडि नै छ । चीन आप्mनो अनुसन्धानलाई उत्पादन अनुपातसँग जोड्न प्रयासमात्र होइन अत्यधिक खर्च गर्दै छ, निकट भविष्यमा यसको प्रतिफल मिल्ने पक्का छ ।
गएको वर्ष, सन् २०२३ अक्टोबरमा पश्चिमा देशहरूले चीनविरुद्ध नयाँ व्यापार संरक्षणवादी नीति लिएको स्मरण छ । चीनको विद्युतीय उत्पादनमाथि भन्सार बढाएर संरा अमेरिकाले त्यो मौन युद्धको नेतृत्व ग¥यो । विद्युतीय गाडीमा भन्सार दर १७.४ प्रतिशतदेखि ३७.६ प्रतिशतसम्म बढायो । गाडीको ब्याट्रीमा ४५ प्रतिशतभन्दा बढी कर थोप्यो । तब चीनले पनि ‘एन्टी डम्पिङ’ अर्थात् आयात गरिने वस्तुमा घरेलु उद्योगको सुरक्षाका लागि कर वृद्धि ग¥यो । यसलाई युरोपेली देशसँग चीनले रिसइवी साँध्न खोजेको भन्न मिल्दैन बरु आप्mनो व्यापार युद्धको प्रतिकार गरेको भनिन्छ । चीनले क्यानडाको ‘क्यानोला’ सेतो तोरीदेखि युरोपेली ब्रान्डी, पोर्कलगायतका वस्तुहरूमा भन्सार कर वृद्धि ग¥यो । डब्लुटीओ सम्झौताको धारा ११.१ अनुसार विशेष परिस्थितिमा अनुदान र प्रतिकारात्मक उपाय शीर्षकमा घरेलु उत्पादनमा बाह्य बजारको नकारात्मक प्रभाव रोक्न सकिने प्रावधान छ । त्यसको निम्ति भन्सार कर वृद्धि एउटा उपाय हो । यद्यपि, व्यापार संरक्षणवाद र व्यापार प्रतिबन्ध भने डब्लुटीओको अवधारणाविपरीत छ । युरोपमा भन्सार र व्यापार सम्झौता ग्याट (Gatt) अवधारणाले पनि यही भन्छ । यसर्थ, पश्चिमको व्यापार संरक्षणवादी नीतिविरुद्ध चीनले प्रतिकार गर्न पाउनु चीनको अधिकार हो । चीनले एन्टी डम्पिङको नीति लिइसकेपछि क्यानडा र युरोपको अर्थतन्त्रमा प्रभाव प¥यो । चीन क्यानडाको क्यानोला अर्थात् सेतो तोरी आयात गर्ने सबैभन्दा ठुलो देश हो । युरोपको पोर्क, ब्रान्डी र दुग्ध पदार्थ आयात गर्ने महत्वपूर्ण देश हो चीन । यसर्थ चीनको प्रतिक्रिया ठीक निशानामै परेको अनुभव हुन्छ । चीन फेरि पनि भन्दै छ, “हामी व्यापार युद्ध चाहन्नौँ । यसले कसैको भलो हँुदैन ।” चीनले युरोप, पश्चिमा देशहरूसँग राम्रो सम्बन्ध कायम राख्न हरेक प्रयास जारी राखेको छ । यद्यपि, प्रहारको बदला प्रतिकार नै हुन्छ, सानै सही । डब्लुटीओकै विचार र अवधारणाको आधारमा, आप्mनो मूल्य र सैद्धान्तिक स्पष्टताको आधारमा चीन अगाडि बढ्दै छ ।
चीनबारे यस्तो महत्वपूर्ण जानकारीको लागि पेइचिङ रिभ्युका हरेक अङ्कहरू पठनीय छन् । चीनको अर्थतन्त्र, राजनीति र समाजशास्त्र बुझ्न यो बुलेटिन उपयोगी छ । वर्तमान चीन, आधुनिक चीनको प्रतिबिम्ब पेइचिङ रिभ्युमा भेटिन्छ । चिनियाँ अर्थतन्त्र र जीवनस्तरको तथ्याङ्क र तस्बिरहरूले बुलेटिन अझ मूल्यवान् अनुभव हुन्छ । यो पटक पेइचिङ रिभ्युको अक्टोबर १७ र २४ मा प्रकाशित दुई अङ्कभित्रका महत्वपूर्ण विचार र जानकारीबारे चर्चा गरियो । प्रकाशकप्रति हार्दिक आभार !
Leave a Reply