साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
विद्रोहीद्वारा सत्ता कब्जा
लेबनानमा इजरायल र हेजबुल्लाको युद्ध विरामको घोषणा गत नोभेम्बर २७ मा भयो । त्यसको भोलिपल्टै सिरियाका प्रमुख विद्रोही समूह हयात ताहिर अल सामले सिरिया सरकारविरुद्ध देशको उत्तर पश्चिम क्षेत्र इदलिबबाट अनपेक्षितरूपमा सत्ताविरुद्ध तीव्रगतिमा सशस्त्र आक्रमण सुरु ग¥यो । विद्रोहीहरूले उत्तरी प्रमुख सहर अलेप्पो, हामा गर्दै बा¥हौँ दिनमा डिसेम्बर ८ का दिन राजधानी दमासकसलाई कब्जा गर्न सफल भयो । बाहिरी समाचार हेर्दा यो पक्कै अनपेक्षित घटना थियो । तर, यससँग अन्तरनिहित घटनाक्रमको सूक्ष्म अध्ययनले यस तीव्र आक्रमण सुनियोजित र पूर्वतयारीका साथ भएको देखाउँछ । सिरियाको उत्तर पश्चिम दुई सहरमा र अलेप्पोलाई विद्रोहीहरूले कब्जा गरिसकेपश्चात् प्रमुख विद्रोही समूह हयात ताहिर अल सामका प्रमुख नेता अबु मोहमद अल जोलानीसँग अमेरिकी टेलिभिजन सीएनएनले विशेष अन्तर्वार्ता लिएका थिए ।
अन्तर्वार्ताकारले अल जोलानीसँग “हयात ताहिर अल साम समूह अल कायदा र आइएसआइएससँग निकट सम्बन्ध रहेको भनी अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमा देशहरू तथा संयुक्त राष्ट्र सङ्घले आतङ्कवादी घोषणा गरेको सङ्गठन र तपार्इँ त्यसका नेता माथि अझै पनि अमेरिकाले तपाईँको टाउकोको मूल्य एक करोड डलर तोकेको छ । तथापि, तपाईँहरूको विद्रोहलाई पश्चिमा देशहरूले समर्थन कसरी गरे” भनी सोधेका थिए ।
बशर अल असदको सत्ता ढलेपछि पश्चिमाहरूले एकै स्वरमा आधा शताब्दीको लामो ‘जनविरोधी अत्याचारी सत्ता’ ढलेको प्रतिक्रिया दिँदै गर्दा विद्रोही समूहहरूमध्येको प्रमुख हयात ताहिर अल सामलाई आफूहरूले अझैसम्म आतङ्कवादी भनेर गरेका घोषणालाई यथावत राख्दा आफ्नो तखतमा नबस्ने सरकारलाई आतङ्कवादी समूहले ढाले पनि स्वागत गर्ने नीतिले पश्चिमा ढोङ एकपल्ट फेरि उदाङ्गो भएको देखियो ।
कसरी भयो केही दिनमा विद्रोही सफल
युक्रेनको मोर्चामा हार खाँदै गरेका नाटो सम्बद्ध पश्चिमा देशहरूले रुसविरुद्ध युद्धको अर्को मोर्चा खोल्ने प्रयास केही महिना अघिदेखि गर्दै आएका थिए । यही नीतिअन्तर्गत रुसको कुकर््स क्षेत्रभित्र केही किमि युक्रेनी सेना पसेको थियो । यस घटनालाई दोस्रो विश्वयुद्धपछि विदेशी सेना रुसी भूमिमा पसेको भनी रुसलाई निचा देखाउन अनेकन प्रचारबाजी गरे । अमेरिकी राष्ट्रपतिको कार्यालयबाट बहिर्गमनकै क्रममा बाइडेनले रुसका भित्री भागसम्म मार हान्न सक्ने आफ्ना क्षेप्यास्त्रहरू प्रयोग पनि गराए । यसले पनि तत्काल रुसलाई कमजोर पार्न नसकिने देखियो । त्यस्तै लेबनानमा हेजबुल्लालाई सिध्याउने भन्दै दुई महिनासम्म बमबारीको आतङ्क मच्चाएर इजरायलले करिब ३६०० निर्दोष लेबनानी जनताको हत्या ग¥यो । त्यसपश्चात् हेजबुल्लासँग युद्ध विराम गर्न बाध्य इजरायलको माध्यमले लेबनान र गाजापट्टीमा बमबारी गर्दागर्दै सिरियाको केही सैनिक अखडा र रणनीतिक महत्वका स्थानहरूमा बमबारी गरेका थिए । सिरिया सरकारले त्यसको जवाफमा केही प्रतिक्रिया देखाएनन् । यस घटनालाई धेरैले चासो दिएनन् । सिरियाको बसर अल आसादको सरकार ढाल्न सन् २०११ देखि अरबी क्रान्ति (विद्रोहको) नामले विद्रोहीहरूलाई सहयोग गर्दै छद्मयुद्ध गरिआएका पश्चिमा शक्तिहरूले असदको सरकार कमजोर भएको भेउ पाए । सन् २०१५ देखि असदको सरकारलाई नैतिक र भौतिक समर्थन गर्दै आएका मित्र राष्ट्रहरू रुस र इरान आफ्नै समस्यामा व्यस्त देखिए । यही मौका छोपी केही महिनादेखि रुसको ध्यान युक्रेनबाट मोड्न प्रयासरत पश्चिमा शक्ति
सफल भयो । तर उसको आतङ्कवादविरुद्धको सिद्धान्त र लडाइँलाई तिलाञ्जली दिएर उल्टै आतङ्कवादी समूहहरूलाई सहयोग गरेर आफ्नो अधीन र तखतमा नबस्ने सरकारलाई कुनै पनि उपाय – जायज वा नाजाय तरिकाले सत्ताच्युत गर्ने नीति संरा अमेरिकाले फेरि देख्यो ।
सिरियामा गृहयुद्धको पृष्ठभूमि
अफ्रिकाको उत्तरी राज्य ट्युनिसियाबाट सन् २०१० को डिसेम्बरमा सरकारविरुद्धको आन्दोलन भएको थियो । जनविद्रोहले ठुलो रूप लिएपछि यसलाई अरब विद्रोह पनि भनियो । मध्यपूर्वका धेरै देशमा यस जनविद्रोह फैलिएपछि पश्चिमाहरू विशेषगरी नाटो सम्बद्ध देशहरूले यसलाई आफ्नो पोल्टामा पार्न आगोमा घ्यु थप्दै गए । मध्यपूर्वका देशहरूमध्ये आफ्नो विरोधमा रहेका र आफ्नो तखतमा नबस्ने शासकहरूलाई सताच्युत गर्ने उत्तम उपाएका रूपमा अरब विद्रोहलाई प्रयोग गर्न थाले । नाटो सम्बद्ध देशहरूको सेनाले हवाई हमला सुरु गरी लिबियालाई तहसनहस पारी राष्ट्रपति कर्णल गद्दाफीको निर्मम हत्या गरे । कर्णल गद्दाफी पश्चिमाहरूको हैकमको विरुद्ध निरन्तर लड्दै गरेका अरबी नेता थिए । मिश्रमा हुस्नी मुबारकलाई सत्ताच्युत गरियो ।
यही सिलसिलामा अरब विद्रोहको मोहडामा पश्चिमाहरूले बशर अल असदलाई सत्ताच्यूत गर्ने प्रयास गरे । विभिन्न समूह र स्वार्थमा रहेका विद्रोही समूहरूलाई अमेरिका, इजरायल तथा टर्कीलगायतका देशहरूले उचालेपछि सिरिया पूर्ण गृहयुद्धमा डुब्यो । गृहयुद्धकै क्रममा विशेषगरी सिरियाको उत्तर पूर्वी र पश्चिमका विभिन्न विद्रोही समूहहरूले आफ्नो कब्जामा राखे । अन्ततः पश्चिमाहरूको हैकमलाई नियन्त्रण गर्ने क्रममा रुस र इरानको सहयोगमा असदको सरकारले आफ्नो भूभाग विद्रोहीहरूबाट पुनः प्राप्त गरी आफ्नो सत्तालाई मजबुत गर्दै लान सफल भएका थिए । रुस र इरानको सहयोगले असदलाई कर्णल गद्दाफीको नियति हुनबाट जोगायो र पश्चिमाको एकछत्र हैकमलाई केही हदसम्म पर धकेल्यो ।
शक्तिराष्ट्रहरूको भूराजनैतिक स्वार्थ
मध्यपूर्व त्यसै पनि जटिल भूराजनैतिक सम्बन्धहरूले गाजेको क्षेत्र हो । विभिन्न मुसलमानी साम्राज्य र प्राचीन मानव सभ्यताकै उद्गम भूमि हो । प्राचीन कालमा कहिल्यै युनानी साम्राज्यको प्रभाव त कहिले रोमन साम्राज्यको अधीनमा रहन बाध्य यस क्षेत्रका रैथाने अरबी जनता व्यापार, साहित्य, खगोल विज्ञान, औषधि विज्ञान, गणित र वास्तुकलामा समेत अब्बल भएको इतिहासले बताउँछ । युरोपेली साम्राज्यहरूको जगजगी चलेको बेला अरब राज्यहरू युरोपेली देशहरूको उपनिवेश बन्दै गए । फ्रान्समा नेपोलियनको उदयपश्चात् उनले अठारौँ शताब्दीको उत्तराद्र्धमा अर्थात् सन् १७९८ मा मिश्रमाथि आक्रमण गरेपश्चात् यी मध्यपूर्वका विभिन्न क्षेत्र र देशहरूमा अन्य युरोपेयी शक्तिहरूले बिस्तारै आक्रमण गर्दै आ आफ्नो अधिनमा राखेका थिए । यही क्रममा पहिलो विश्वयुद्धको समाप्तिसँगै मध्यपूर्व अथवा पश्चिम एसियाको अधिकांश क्षेत्र बेलायत र फ्रान्सको अधीनमा रहन गएको थियो । सिरिया फ्रान्सको अधिनस्थ भयो ।
तर देशभक्त जनताले फ्रान्सको शासनबाट सिरियालाई मुक्त गर्न निरन्तर विद्रोह गरिरहे । फ्रान्सेली सेनाले हजारौँ सिरियाली देशभक्तहरूको निर्मम हत्या गरे र उनीहरूको आन्दोलनलाई दबाउँदै गए । फ्रान्सेली सेनाले दबाउन नसकेपछि विस्टन चर्चिलले बेलायती सेनाको समेत प्रयोग गरेका थिए । तर, आखिरमा सन् १९३६ मा फ्रान्सले सिरियालाई स्वतन्त्र गर्न एक सम्झौतामा हस्ताक्षर गर्न बाध्य भए । तर, त्यस सम्झौतालाई लागु गर्न फ्रान्सले आनाकानी गर्दै गए । दोस्रो विश्वयुद्धपछि बल्ल सिरिया आधिकारिक रूपमा स्वतन्त्र भयो ।
तीन महादेशहरू एसिया, अफ्रिका र युरोपको मूल नाका पूर्वी भूमध्यसागरको किनारस्थित सिरिया व्यापारिक र रणनैतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको देश मानिन्छ । यही कारणले हरेक शक्ति राष्ट्रहरूले यस क्षेत्रलाई आफ्नो प्रभावमा राख्न खोजेको देखियो । दोस्रो विश्वयुद्धपश्चात् युरोपेली शक्तिहरू फ्रान्स र बेलायतको शक्ति र वर्चस्व यस क्षेत्रमा कमजोर हँुदै गएपछि त्यसको स्थान बिस्तारै संयुक्त राज्य अमेरिकाले लिन थाल्यो । दोस्रो विश्वयुद्धपश्चात् आधिकारिकरूपमा इजरायलको स्थापना, सन् १९६० को दशकको सुरुआतमा तेलका खानीहरूबाट तेल उत्खनन् गर्नसक्ने प्रविधि पत्ता लागेपछि यस क्षेत्रमा पश्चिमा शक्तिहरूले आफ्नो पकड झन् बलियो बनाउँदै गयो । शीतयुद्ध कालमा अमेरिकालाई यस क्षेत्रमा चुनौती दिनसक्ने सोभियत सङ्घमात्र थियो । तर, सन् १९९१ मा सोभियत सङ्घमा समाजवादको पतन र रुस नै १४ टुक्रामा विभाजन भएपछि मध्यपूर्व क्षेत्रमा फेरि अमेरिकी दबाब बढ्यो । तर, सन् १९७९ मा अमेरिकी कठपुतली इरानी शासक शाह पहल्वीलाई इरानी क्रान्तिबाट सत्ताच्युत गरेपश्चात् आजका दिनसम्म मध्यपूर्वमा अमेरिकी प्रभुत्वलाई निस्तेज पार्न इरान तथा टर्की क्षेत्रीय शक्तिका रूपमा अगाडि देखिँदै आएको छ ।
सिरियाको भविष्य अनिश्चित
सिरियाका विभिन्न सहरहरूमा स्थानीय जनता, देश विदेशमा रहेका सिरियाका जनता असद सरकारको पतनपछि खुसीयाली मनाउँदै गरेका दृश्यहरू टीभीका च्यानलहरू र सामाजिक सञ्जालमा देखाइएका छन् । हिजो लिबियामा कर्णेल गद्दाफी र इराकमा सद्दाम हुसेनको अन्तपछि पनि यस्तै खुसीयाली देखाइएको थियो । तर, ती सत्ता परिवर्तन भएको एक दशक बितिसक्दा पनि लिविया र इराक अझै आन्तरिक द्वन्द्व र राजनैतिक अस्थिरताको दलदलबाट निस्किन सकेको छैन । हिजोको व्यवस्था र बन्दोबस्तलाई सम्झेर आज जनता पछुटाइरहेका छन् । हिजोका ती सत्ता परिवर्तनका घटनाहरू स्थानीय जनताले सुझबुझका साथ गरेका पनि थिएनन् र स्वाभाविक पनि थिएनन् । आफ्नो हैकम कायम गर्न पश्चिमा शक्तिहरूले आतङ्कवादी र अनेकन स्वार्थ समूहहरूलाई उस्काउँदै गराएका विद्रोहरूको परिणामले ती देशहरूको राजनैतिक स्थायित्वलाई धुजाधुजा पार्दै त्यहाँ स्थायी अराजकतालाई स्थापित भयो । यही अस्थिर राजनीति र अराजकताको अवस्थामै पश्चिमहरू आफ्नो स्वार्थसिद्ध गर्दै जाने छन् ।
हाल प्रमुख विद्रोही समूह हयात ताहिल अल सामका नेता अबु मोहमद अल जोलानी हिजो अल कायदासँग आबद्ध थिए । उनले मध्यपूर्वस्थित अमेरिकी कारागारमा पनि धेरै वर्ष बिताएका थिए । सन् २०१६ देखि अल कायदासँग नाता तोडेका भनिएका जोलानीलाई पश्चिमाले अझै आतङ्कवादी घोषणा गरी उनको टाउकाको मोल तोकेको यथावत नै छ । उनै जोलानीलाई नियोजितरूपमा अगाडि सारी सिरियामा गराएका विद्रोहले पश्चिमाहरूलाई केही सफलताको अस्थायी भ्रम त देलान्, तर ती नै समूहपछि उनीहरूमाथि नै जाइलाग्ने छन् भने हेक्का यी पश्चिमा शक्तिहरूले कति राखेका छन् आउने दिनले बताउलान् । तर, अब ती फरक स्वार्थ समूहले आउँदा दिनमा सिरियाको सरकार र राजनीतिलाई नयाँ दलदलमा फसाउने त निश्चित नै छ । साथै सिङ्गो क्षेत्रमा ती अस्थिरताका पराकम्पहरू देखिने अवश्तवी छ भन्दा अतिसयोक्ति नहोला । किनभने, अहिले नै सत्ता परिवर्तन भएको एक दिनपछि नै केही विद्रोही समूहले जनतालाई “धैर्य गर्नुस् हाम्रो यो यात्रा सिरियासम्म मात्र होइन, हामी चाँडै जेरुसेलम र गाजामा पुग्दै छौँ” भनी घोषणा ग¥यो । प्रतिक्रियामा इजरायलले अर्काे अक्टोबर ७ आउन लागेको भनी सिरिया र इजरायल सीमामा बफर जोन घोषणा गरिएको गोलान हाइटमा इजरायली सेनाले कब्जा जमाइसकेको खबर छापामा आइसकेको छ ।
२४ मङ्सिर ,२०८१
Leave a Reply