नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
साम्राज्यवाद, पुँजीवादले पीडित बहुसङ्ख्यक जनतालाई कला साहित्यको माध्यमबाट वर्गीय चेतना दिन र देशमा आमूल परिवर्तन गर्ने उद्देश्यले स्थापित नेपालभाषा साहित्य तःमुंज्या ४५ वर्षपार गरी ४६ औँ वर्षमा प्रवेश गर्दै छ । ४६ आँै तःमुंज्या यसपालि कार्तिक ६ र ७ गते भक्तपुरको गोमारी टोलमा हुँदै छ । तःमुंज्याले यो वर्ष नयाँ कदम चालेको छ । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या सभ्य र भव्य रूपमा सम्पन्न गर्न तःमुंज्याले सम्मेलनको प्रचारार्थ गत असोज २५ गते घटस्थापनाको दिन भक्तपुरको दरबार क्षेत्रमा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत ग¥यो । उक्त सांस्कृतिक कार्यक्रममा डेढ सत्न्दा बढी ६/७ वर्षदेखि ८०/८५ वर्षका वाद्यवादकहरू तथा हाकुपटासी र गरगहनाको सांस्कृतिक पोसाकमा सजिएका बहिनीहरूले सामूहिक सुन्दर नृत्य प्रस्तुत गरे । यो भन्दा अगाडिको तःमुंज्यामा यस्तो प्रचारार्थ सांस्कृतिक कार्यक्रम भएको थिएन ।
तःमुंज्याको यो सांस्कृतिक कार्यक्रमले भक्तपुरको सांस्कृतिक उन्नयनमा थप मद्दत गर्छ । यसले भक्तपुरका भर्खरका नयाँ पुस्ताको बाल बच्चा, युवा, युवतीदेखि ८०/९० वर्षका वृद्ध अनि भक्तपुर घुम्न आएका स्वदेशी विदेशी पर्यटक पाहुनाहरूलाई मनोरञ्जन दिए । यसलाई कला, संस्कृति साहित्य र सांस्कृतिक धरोहरप्रति माया, गौरव भएका दर्शकहरू अनि स्वदेशी तथा विदेशी पर्यटक पाहुनाहरूले आफ्नो ठाउँ–ठाउँ र देशमा सामाजिक सञ्जालमार्फत फोटो खिचेर प्रत्यक्ष प्रसारण गरे । यसले एकातिर नयाँ पुस्ताको मन जितेको र आकर्षित गरेको छ भने अर्कोतिर तःमुंज्याको प्रचारप्रसार देश विदेशमा पु¥याउने काम गरेको छ ।
सांस्कृतिक कार्यक्रमलाई सुनमाथि सुगन्ध बनाउने काम कलाले भरिपूर्ण सुन्दर ठाउँ भक्तपुर दरबार क्षेत्रले ग¥यो । पृष्ठभूमिमा रहेको नृत्य वत्सला मन्दिर, यक्षश्वर महादेव मन्दिर, लामो पाटी, च्यासिंमण्डप, पचपन्न झ्याले दरबार, स्वर्णद्वारलगायतका सम्पदाले सुन्दर र आकर्षक बनायो । बाँसुरी बाजाको सुरिलो धुन, बहिनीहरूको आकर्षक सामूहिक नृत्य र त्यस्तै अति सुन्दर सांस्कृतिक सम्पदाको दृश्यले सबैको मन जित्यो । दरबार र मन्दिरहरूको छानामा सजाइएको रातो झलरले दरबार क्षेत्रलाई परीजस्तो सुन्दर नारीको, निधारको रातो टीका र ओठको लाली र झ्यालहरूले आँखीभौ, परेला र गाजलको काम गरेको र स्वर्णद्वारले गरगहनाको प्रतिबिम्बित गरेको भान सबैलाई दिएको छ ।
डेढ सत्न्दा बढी वाद्यवादकले बजाएको बाँसुरी बाजाको सुरिलो धुनले सङ्गीत विश्वविद्यालयको झझल्को दिएको छ । त्यस्तै डेढ सत्न्दा बढी बहिनीहरूको सामूहिक नृत्यले मौलिक नृत्य कक्षाको स्मरण गराएको छ । त्यसैले संस्कृतिविद्, इतिहासविद्, बुद्धिजीवीहरूले भक्तपुर आफै विश्वविद्यालय हुन् त्यसै भनिएको होइन होला । यसले एकातिर बाजा र सङ्गीतमा रमाउने नयाँ पुस्ता र अर्कोतिर नृत्यमा पनि त्यस्तै पुस्ताको आकर्षण अझ बढ्दै जानेछ । यो खुसीको कुरा हो । तःमुंज्याले यसलाई समयअनुसार निरन्तरता दिनु आवश्यक छ । यसले नाचगानको राजधानी जीवित सङ्ग्रहालय भनेर चिनिएको भक्तपुर र तःमुंज्याको पनि विश्वमा प्रचारप्रसार हुनेछ । यो देशको लागि गौरव पनि हो । यसले देशमा आन्तरिक तथा बाह्य पर्यटक पाहुनाहरूलाई आकर्षित गर्न मद्दत गर्दछ । यसले वर्गीय चेत, नेपालभाषा, साहित्य कला, संस्कृतिको, शिक्षा, स्वास्थ्य र आर्थिक विकास गर्न पनि मद्दत गर्दछ । जुन तःमुंज्याको उद्देश्य पनि हो । तःमुंज्याको यो साङ्गीतिक, सांस्कृतिक प्रस्तुतिले सबैलाई सांस्कृतिक विश्वविद्यालयको स्मरण गराएको छ ।
कार्तिक ६ र ७ गतेको दुईदिने तःमुंज्याको कार्यक्रमले विगतमा जस्तो साहित्यिक, बौद्धिक विश्वविद्यालयको झझल्को दिनेमा दुईमत छैन । विगतमा त्यसलाई सबैले अनुभव गरेकै हुन् । विभिन्न गाउँ र सहरबाट विभिन्न भाषा, भेषमा साहित्य श्रवण गर्न र गराउन आउने विज्ञ साहित्यकारहरूले आफ्नो बोझिलो साहित्य पस्किने नै छन् । बिचबिचमा गीत, सङ्गीत, राजनीति, संस्कृति, भाषा, कला, इतिहास, भूगोल, अर्थ, कूटनीति, चिकित्सा, संविधान, कानुन, विज्ञान, प्रविधि रक्षा, भूराजनीति आदिमा विज्ञहरूले दिने अभिव्यक्तिहरूले पनि विश्वविद्यालयको स्मरण गराउनेछन् ।
गत वर्ष प्रस्तुत तःमुंज्याको कार्यक्रममा एक प्रगतिशील साहित्यकारले गहकिलो मन्तव्यको साथमा वाचन गर्नुभएको साहित्यको केही अंश यहाँ प्रस्तुत गर्दछु । हिमाली नदीको यात्रा रोकेको कहाँ छ र ?
आँधीबेहरी आयो भन्दैमा हिमाल झुकेको कहाँ छ र ?
एउटा घर ढल्यो भने अर्को तुरुन्तै खडा गर ।
रात लामो भयो भन्दैमा बिहान कहिल्यै आउँदैन र ?
मान्छेलाई निरासाले बचाएको कहाँ छ र ?
विश्वासमै अडेको छ, हाम्रो राम्रो संसार होइन र ?
तःमुंज्याले हरेक वर्ष देशका बहुसङ्ख्यक गरिब, मजदुर, किसानमाथि विभिन्न बहाना र आवरणमा भइरहेको विभेद अन्याय, अत्याचार, भ्रष्टाचार, शोषण, दमन आदिको विरोधमा आवाज उठाउँदै आएको सबैले देखेकै कुरा हुन् । विश्वमा विकसित र धनी देशहरूले अविकसित र गरिब देशहरूमाथि भइरहेको अपहरण, हत्या, लुट, हस्तक्षेप, आक्रमण आदिको विरोध गरेर साहित्यले जनतालाई सचेत पार्दै आएको छ । त्यस्तै प्यालेस्टिन, सिरिया, क्युवा, भेनेजुयला, अफ्रिका, इरान, उत्तर कोरिया अािद देशमाथि अमेरिकालगायतका पश्चिमी साम्राज्यवादी देशहरूले गरिरहेको नाकाबन्दी, हस्तक्षेप, आक्रमणको विरोध गरेर जनतालाई दीक्षित पार्दै आएको घामजत्तिकै छर्लङ्ग छ । त्यस्तै गत वर्षको भदौ २३ र २४ गतेको उपद्रव र आगजनी, भदौ १० गतेको भोटेकोसीमा अचानक आएको भेलबाढीले भएको ठुलो धनजनको क्षति, त्यसका कारण र समाधानका विषयमा पनि बहस र छलफल हुने नै छ । दुवै दिन राति प्रस्तुत हुने गीत, सङ्गीत र नाटकले पनि दर्शकको मन जित्नुका साथै वर्गीय चेतना दिएर सचेत पार्नेछ । त्यसैले, यो दुई दिन समयमै उपस्थित भएर कार्यक्रम सफल पार्नुपर्छ । देशमा आमूल परिवर्तन गर्न समाजवाद ल्याउने काममा इँटा थप्ने काम गर्नु जरुरी छ ।
Leave a Reply