नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
आक्रमणकारी नीति र निर्णयको विरोधमा लडेर, त्यसलाई सदाको निम्ति अन्त्य गरी विश्वमा शान्तिको सन्देश छर्न साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी युगको अन्त्य गरेर समाजवादी युग ल्याउन संसारका न्यायप्रेमी, शान्तिकामी देशभक्त जनता उठ्नुपर्छ, जाग्नुपर्छ र काँधमा काँध मिलाएर, हातमा हात मिलाएर एकजुट हुनुपर्छ; एकजुट भएर लड्नुपर्छ ।
एक राजनीतिज्ञले संसारका विभिन्न देशहरूमा श्रमजीवीवर्गको पक्षमा भइरहेको आन्दोलन, साम्राज्यवादविरुद्धको आन्दोलनको अध्ययनको सार निकाल्दै एक्काइसौँ शताब्दीको युग समाजवादको युग हुने बताएका थिए । अहिले युरोपका पुँजीवादी देशहरूमा सरकारको विरोधमा भइरहेको वामपन्थी शक्ति या कम्युनिस्टहरूको आन्दोलनले त्यही सङ्केत गर्छ । समाजवाद स्थापनाको निम्ति भइरहेको त्यो आन्दोलनले विश्वका जनता साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र पुँजीवादको विरोधमा रहेको देखाउँछ । साम्राज्यवादी र विस्तारवादी देशहरूले गरिरहेको आक्रमण, नाकाबन्दी, राष्ट्रप्रमुखहरूको हत्या, देशको सम्पत्ति ध्वस्त पार्ने, शान्ति भड्काएर युद्ध चर्काउने, हतियार बेच्ने तथा प्राकृतिक स्रोत र साधन कब्जा गर्ने कुत्सित कार्यको सबैजसो स्वाधीन देश र देशका जनताले खुलमखुला विरोध गरेका छन् । विश्वमा साम्राज्यवादविरुद्ध छाएको आन्दोलनको यो लहरले विश्वका देशभक्त र न्यायप्रेमी जनता कम्युनिस्ट या समाजवादको पक्षमा लागेको ज्ञात हुन्छ ।
द्वन्द्वात्मक भौतिकवादको प्रणाली नै माक्र्सवादी–लेनिनवादी विश्व दृष्टिकोणको आधारभूत प्रणाली हो । यो सबै श्रमजीवी, समाजवादी व्यक्तिहरूको विश्व दृष्टिकोण तथा व्यवहारको आधार पनि हो । समाजवादीहरूको विश्व दृष्टिकोण र व्यवहारको आधारभूत प्रणाली ज्ञान–विज्ञानका सबै शाखाहरूको मूल पनि हो । विचारबिनाको कला हुन सक्दैन र दृढ धारणाको अभावमा कलाकारले महान् कलाको रचना गर्न सक्दैन । समाजवादी विचारधाराले कुनै किसिमको मनोगतवादलाई पर राख्ने प्रयास गर्छ । माक्र्सवादी दृष्टिकोणबाट हेर्दा मानवसँग सार्वभौम सम्बन्ध राख्ने वस्तुप्रति बद्ध हुन्छ । अरु देशमा आक्रमण गर्ने, प्राकृतिक स्रोत र साधन कब्जा गर्ने, राष्ट्रप्रमुखहरूको हत्या गर्ने, आन्तरिक द्वन्द्व चर्काएर कमजोर बनाउने, देश–देश जुधाएर आफ्नो हतियार बेचेर धनी बनाउने काम साम्राज्यवादी देशहरूको पर्यात्mैँ भइसकेको छ ।
साम्राज्यवाद अन्त्य विश्वका न्यायप्रेमी र शान्तिकामी जनताको माग हो । अमेरिकाजस्ता साम्राज्यवादी देशको अत्याचारले सीमा नाघिसकेको छ । स्वतन्त्र र सार्वभौम देशलाई ध्वस्त बनाउने साम्राज्यवादी नीतिको विरोधमा विश्वका जनता एकमतले विरोध गर्दै छन् । संसारभर साम्राज्य फैलाउने कुनै पनि खलनायकहरूलाई स्थान दिन नहुने न्यायप्रेमी जनताको अभिमत हो । पुँजीवादी व्यवस्थाको पतनशील चरणमा समाजमा प्रगतिशील र प्रतिक्रियावादी तत्वहरूबिचको सङ्घर्ष स्वाभाविक हो । यो सङ्घर्ष विश्वका विभिन्न देशमा चालू छ । शोषितपीडित जनसमूह सचेत र जागरुक हुँदै आउनु सकारात्मक पक्ष हो । समाजका यथास्थितिवादी तत्वहरूले साहित्यलाई स्वस्थ सामाजिक मूल्यको संवाहक तथा बहुसङ्ख्यक जनताको चेतनालाई विकसित गर्ने माध्यम बन्न नदिने कोशिश मात्र होइन अनेक षड्यन्त्र बुनेर जनता भड्काउने काम गरिरहेका हुन्छन् । प्रतिक्रियावादी चिन्तकहरूले सर्वसाधारण जनताको चेतनालाई मन्द बनाउने, झूट कुरा फलाकेर ध्यान अन्ततिर मोड्ने गरिरहेका हुन्छन् ।
विचारधारा एउटा वर्गविशेषको राजनीतिक पर्याय हो । एउटा वर्गको सामूहिक सङ्घर्षलाई निर्देशन प्रदान गर्ने सैद्धान्तिक निष्कर्षलाई हामीले त्यस वर्गको विचारधाराको एउटा महत्वपूर्ण अङ्ग मान्नुपर्छ । विचारधारा व्यक्तिको अनुभवको कुनै यस्तो अंश होइन, जसलाई हामी उसका अनुभवबाट अलग्याउन सक्दछौँ बरु यो उसको समग्र अनुभवको विशिष्ट र आधारभूत पाटो हो । विचारधारा वर्गीय दृष्टिकोणसम्म सीमित नरहेर तर्कपूर्ण विश्लेषणद्वारा सुव्यवस्थित निष्कर्षसम्म पुग्ने बौद्धिक क्रिया हो । आज प्रतिक्रियावादी, बुर्जुवा, साम्राज्यवादी विचार अवैज्ञानिक, अव्यवहारिक, असङ्गतिपूर्ण बनिसकेको छ । उनीहरू शक्तिको होडबाजीमा डुबेका छन्† संसारका देशलाई आफ्नो मुठीमा राख्ने हुकुमी शासनमा हामफालेका छन् । त्यसविरुद्ध लडेर शान्तिको सन्देश छर्न या परिवर्तित रूप बुझ्न हामीसँग एउटा निश्चित दृष्टिकोण हुनुपर्छ । यो दृष्टिकोण मूलतः हाम्रो वर्गीय भूमिकाद्वारा निर्धारित हुन्छ । हो, यसका लागि हामीमा यथेष्ट मात्रामा बौद्धिक क्षमता आवश्यक हुन्छ । कुनै खास परिस्थितिमा सर्वहारावर्गका अनुभवको केन्द्रीय पक्षलाई ठीकसँग बुझ्ने कार्य सर्वहारावर्गको पार्टीको नेतृत्वले गर्छ । अमेरिकामा देशभरका करोडौँ अमेरिकी जनताले अमेरिकी साम्राज्यको विरोधमा भएको प्रदर्शनले अमेरिकी जनता वर्तमान अमेरिकी सरकारको पक्षमा नरहेको सङ्केत गर्छ । आक्रमण गरेर तेल मात्र कब्जा गर्ने अमेरिकी सरकारको नेतृत्व मात्र होइन साम्राज्यवादी नीति नै तोड्न र तोडाउन एकजुट हुनुपर्छ† एक ठाउँमा उभेर सशक्त विरोध गर्नुपर्छ । माक्र्सवादी चिन्तन पद्धति विशेष गरी अनुभवहरूको द्वन्द्वात्मक गतिशीलता चिनेर अघि बढ्छ । वैज्ञानिक र वस्तुनिष्ठ दृष्टिकोणको अभावमा हामी कुनै पनि अनुभवलाई पूर्णतया पक्रन सक्दैनौँ । तर, सिद्धान्तलाई यान्त्रिक रूपले अनुभवमा लागू गर्नुलाई विचारधारा मान्नु उचित होइन । विचारधारा एउटा वर्गविशेषसँग गाँसिएको चिन्तनपद्धति हो ।
आक्रमणकारी नीति र निर्णयको विरोधमा लडेर, त्यसलाई सदाको निम्ति अन्त्य गरी विश्वमा शान्तिको सन्देश छर्न साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी युगको अन्त्य गरेर समाजवादी युग ल्याउन संसारका न्यायप्रेमी, शान्तिकामी देशभक्त जनता उठ्नुपर्छ, जाग्नुपर्छ र काँधमा काँध मिलाएर, हातमा हात मिलाएर एकजुट हुनुपर्छ† एकजुट भएर लड्नुपर्छ ।
Leave a Reply