भक्तपुर–साँखु सडक निर्मँणमा किन ढिलाइ ?
- कार्तिक १८, २०८३
रास्वपा सरकारले स्वास्थ्य बीमाअन्तर्गत एक डेढसय थरी वितरण हुने औषधि पूर्ण निःशुल्क वितरण हुनुपर्नेमा त्यस्तो भइरहेको छैन । यतिखेर स्वास्थ्य बीमाअन्तर्गतका औषधिहरूको गुणस्तरबारे पनि प्रश्न उठिरहेको छ । उदाहरणको लागि एलर्जीको औषधि फेजा खानुभन्दा भारतीय कम्पनीको एलेग्रा खानु प्रभावकारी भएको बिरामीहरू बताउँदै छन् । यो समस्या देशभरि रहेको जनगुनासो छ ।
अस्पताल प्रशासक र चिकित्सकहरू सरकारी अस्पतालहरूमा औषधि वर्षदिनको लागि टेन्डरमा किन्नुपर्ने, यस्तो औषधि सस्तो कबुल गर्नेसँग किन्नुपर्ने र ती ठेकेदारहरूबाट प्राप्त हुने कतिपय औषधिको गुणस्तर कम हुँदा बिरामीलाई मर्का परेको तर औषधि व्यवस्था विभागले अनुगमन नगरेको भुक्तभोगीहरू बताउँछन् । जनताका यो गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।
– एल. खत्री
Leave a Reply