भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १६ कार्तिक । मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ । उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार त्ी कारबाट शङ्कास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका छन् ।
सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बाग्मती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा EV कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको फन्दामा परेको थियो । चेकजाँचको क्रममा शङ्कास्पद नगद बरामद भएपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लियो । त्यसलगत्तै नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिई घटनास्थलमा ल्याइएको छ ।
कारबाट ३३ लाख रुपैयाँ बरामद भएको छ । सो रकम घिमिरेले घुसबापत लिई व्यवस्थापनको लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने घुस लिएको इन्कार गरेका छन् । हाल मुचुल्का तयार पार्ने काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
Leave a Reply