भर्खरै :

भक्तपुरमा दसककै सर्वाधिक वर्षा र डुबानबारे

-राजाराम प्रजापति
CEO, Smart Phones For Water Nepal (54w- Nepal) 
१२ जुलाई को दिन बिहानी पख १९६६ को विश्वकप बिजेता इङ्गल्याण्डलाई हराउँदै क्रोयसियाले विश्व फूटबल इतिहास रचेको क्षणकै बेला भक्तपुरमा दशककै उच्च वर्षाको इतिहास बन्यो । बुधबार साँझदेखि परेको भीषण वर्षाका कारण हनुमन्ते खोला वरपरका क्षेत्र डुबानमा परे । हनुमन्ते खोलामा आएको बाढीका कारण जगाती, बाराही स्थान, राधे–राधे, ठिमीलगायतका स्थानहरू बिहीबार बिहानसम्म पनि जलमग्न थिए । बाढीका कारण सयौं घर डुबानमा परे, यातायात अस्तव्यस्त बन्यो ।

विगत केही वर्षदेखि भक्तपुरमा बाढीको समस्या बढ्दै गइरहेको छ । भक्तपुरमा पछिल्लो ४ वर्षमा बिहीबारको सहित दुईवटा ठूला बाढीका घटना भएका छन् । यसअघि सन् २०१५ अगष्ट २७ मा हनुमन्तेमा ठूलो बाढी आएको थियो । नेपालमा जल तथा मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन तथा सूचना सम्प्रेषण गर्दा आधिकारिक संस्था नेपाल सरकारको ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग हो । करिब सय वर्ष कि।मि।मा फैलिएको हनुमन्ते जलाधार क्षेत्रमा जल तथा मौसम विज्ञान विभागको भक्तपुर, चाँगु, नंखेल र नगरकोट गरी ४ स्थानमा वर्षा मापन केन्द्र रहेको छ । तर खोलाको सतह र बहाव नाप्ने केन्द्र भने यस जलाधारमा एउटा पनि छैन । बिहीबार विभिन्न सञ्चारमाध्यमहरूले भक्तपुरमा ४ फिटसम्म बाढी आयो भनी प्रचार गरे तर यो कुनै आधिकारिक तथ्याङ्क नभई अनुमानित अङ्कमात्र हो । देशको राजधानीसँग जोडिएको यस क्षेत्रमा विगत केही वर्षदेखि बाढीको समस्या चुलिादा समेत खोलाको सतह, बहाव र धिग्रेनी (secliment) सम्बन्धी अध्ययनमा सम्बन्धित निकायले चासो नदिनु दुःखद कुरा हो ।
नेपालको जलस्रोतसम्बन्धी अनुसन्धानमा विगत केही वर्षदेखि सक्रिय संस्था Smart Phone For Water Nepal (54w-Nepal  काठमाडौं उपत्यकामा गरेको अनुसन्धानका अनुसार बिहीबार भक्तपुरबाहेक काठमाडौं उपत्यकाका अन्य स्थानमा वर्षा १०० मिमिभन्दा कम नै रह्यो । उपत्यकाको दक्षिणी भेग लेलेमा ५६ मिमि वर्ष भयो भने उपत्यकाको मध्य र पश्चिमी भेगमा ५० मिमि वर्षा भयो । उपत्यकाको उत्तरी भेग बुढानीलकण्ठमा ७९ मिमि वर्षा हुँदा भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रबाहेक अधिकांश क्षेत्रमा बिहीबार १०० मिमि भन्दा बढी वर्षा भएको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कअनुसार भक्तपुरको चाँगुनारायणमा ४५ मिमि, नगरकोटमा ११३ मिमि, ताथलीमा १४० मिमि, सिपाडोलमा १३५ मिमि, भक्तपुरमा नगर ११५ मिमि, ठिमीमा ११३ मिमि वर्षा मापन भएको छ ।
सन् २०१५ अगष्टको बाढीको तुलना गर्नुपर्दा दुवै घटना मध्य रातीदेखि बिहानसम्म १० घण्टाको वर्षा भएको देखिन्छ । स्न २०१५ को वर्षाको तथ्याङ्क नियाल्दा भक्तपुर नगरमा ४५ मिमि वर्षा भएको थियो भने नंखेलमा १३५ मिमि र चाँगुनारायणमा ११५ मिमि वर्षा मापन गरिएको थियो । भक्तपुर नगर र मध्यपुरमा ५० मिमिभन्दा कम वर्षा भए पनि हनुमन्ते खोलाको माथिल्लो क्षेत्रमा भीषण वर्षाका कारण हनुमन्ते आसपासका भक्तपुर र मध्यपुरका बस्ती तथा खेतहरू जलमग्न भएका थिए । बिहीबार भने हनुमन्ते जलाधार क्षेत्रको उत्तरी भेगमा तुलनात्मक रुपमा कम वर्षा भए पनि अन्य सबै भेगमा १०० मिमिभन्दा बढी वर्षा भएको थियो ।
के बिहीबार वर्षा भक्तपुरमा अहिलेसम्मकै उच्च वर्षा हो त रु होइन, विगत ५ दशकको तथ्याङ्क नियाल्दा एकदिने उच्च वर्षा औसतमा ८० मिमि रहेको छ । भक्तपुरमा हालसम्मकै उच्च वर्षा मापन सन् १९९० मा २६० मिमि भएको थियो । त्यस्तै, सन् २००१, २००२ र २०१५ मा पनि भक्तपुरमा १०० मिमिभन्दा बढी वर्षा भएको थियो । विगतमा लामो समयसम्म तर थोरै मात्रामा वर्षा हुने गरेकोमा अचेल छोटो समयावधिमा धेरै मात्रामा वर्षा हुन गएकोले पनि वर्षास“गै बाढी पहिरोको जोखिम बनेको हो ।
वर्षासँगै खोलाको सतह र बहाव बढ्नु स्वाभाविक हो । तर वर्षाकै कारणमात्र बाढी आएको हो भन्नु गलत हुनसक्छ । बाढी एक स्वाभाविक प्राकृतिक प्रक्रिया हो, अहिले बाढीका कारण जनधनको क्षति बढ्दै गएकोले यसलाई हामीले निकै चासो दिइरहेका छौं । तथ्याङ्क हेर्दा विगतमा यस्ता उच्च वर्षाहरू नभएका होइनन् तर उतिखेर ्र्र्र्र्र्र्र्  क्षति न्यून हुन्थ्यो । काठमाडौं उपत्यकका नेवारहरूको परम्परागत बस्तीको ढा“चा एकदम व्यवस्थित र वैज्ञानिक छ । अग्लो ठाउँमा बस्ती अनि होचोमा खेतीपाती, बाढीले बस्ती नहुने अनि खोलाको जल सतह बढे पनि खेती योग्य जमिनलाई आवश्यक मलिलो माटो थुपार्ने । तर अहिले परिस्थिति नितान्त फरक छ, बर्सेनि हजारौं मान्छे उपत्यका पस्छन् । यहाँ घर ठड्याउँछन् । एक अध्ययनअनुसार प्रत्येक वर्ष उपत्यकामा दश हजार नयाँ घर बन्छन् र यही क्रम जारी रहने हो भने अबको ३० वर्षपछि वर्षाको पानीले प्राकृतिक जमिन भेट्टाउन मुस्किल हुनेछ । भक्तपुर जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर २।९६ प्रतिशत रहेको छ भने अस्थायी बसोबासको कुनै लेखाजोखा छैन । बढ्दो जनसङ्ख्यासँगै यहाँको भू–उपयोग शैली दु्रतगतिमा परिवर्तन हुादैछ । तीन दशकमा हनुमन्ते जलाधार क्षेत्रको ६० प्रतिशतभन्दा बढी कृषियोग्य जमिनमा अव्यवस्थित बस्ती बसाइएको छ । यसरी कृषि योग्य जमिन मास्दै यो क्षेत्र कङ्क्रिट जङ्गल बन्दै गइरहेको छ । जथाभावी बस्तीहरू बढ्दै छन्, त्यसमा पनि पानी बग्ने व्यवस्थित नाली नहुनु ठूलो समस्या हो । यसकारण मध्यम वर्षामा पनि यहाँका सडकहरू जलमग्न हुन्छन् । खोलाको प्राकृतिक जलमार्ग मिचेर विकासको नाउँमा अवैज्ञानिक रुपमा भौतिक संरचना बनाउँदै हामी आफ्नै सुरक्षालाई चुनौती दिंदैछौं ।
जल उत्पन्नको क्षति न्यूनीकरण गर्न भूउपसतहबाट प्राप्त हुने जलसम्बन्धी तथ्यहरू र अन्य स्रोतद्वारा उपलब्ध हुने जल तथा मौसमसम्बन्धी तथ्य÷तथ्याङ्कलाई उपयोग गरी बाढी जोखिम नक्साङ्कन ९ँयियम ःबशबचम (Food Mazard Mapping) गर्न सकिन्छ । त्यस्तै, विभिन्न हाइरोलोजिकल मोडल (Hyorological model) गरी बाढीसम्बन्धी पूर्व सूचना प्रवाह गर्न र सतर्कता अपनाएर जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायलाई आवश्यक सूचना प्रदान गर्न सकिन्छ ।
प्रसिद्ध व्रिटिस वैज्ञानिक लर्ड केल्भीन (Lord Kelvin) का अनुसार ’ “You cannot man age a resource, You donot measure.”
वैज्ञानिक अनुसन्धानको महत्वपूर्ण हिस्सा आवश्यक तथ्य/तथ्याङ्क सङ्कलन हो । नेपालजस्तो जल उत्पन्न प्रकोपले ग्रस्त देशमा जल तथा मौसमसम्बन्धी तथ्य/तथ्याङ्कको महत्व अझ बढी हुन्छ । नेपालमा जल तथा मौसम विज्ञान विभागले स्थापना गरेका जल तथा वर्षा मापन केन्द्रहरू सीमित सङ्ख्यामा भएकाले स्थानीय मौसमको विशेषता र विस्तृत जानकारी पाउन कठिन छ । भू–उपग्रहबाट प्राप्त हुने जल तथा मौसमका तथ्यहरूबाट पनि स्थानीय स्तरको मौसमबारे विस्तृत जानकारी पाउन सक्दैनौं । बजेट अभावका कारण विभागले आवश्यक सङ्ख्यामा नापन केन्द्रहरू स्थापना गर्न सकिरहेको छैन । यस्तो अवस्थामा जल तथा मौसमसम्बधी आवश्यक तथ्याङ्क सङ्कलन गर्ने वैकल्पिक उपाय भनेको Citizen science  अवधारणा हो । सम्बन्धित विषयका विशेषज्ञ र शोधकर्ताको रोहबरमा स्थानीय नागरिकलाई परिचालन गरी गरिने विज्ञानिक अनुसन्धान नै Citizen science  हो । एक जना नागरिकले पनि आफ्नो क्षेत्रबाट वैज्ञानिक अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यसरी वैज्ञानिक अनुसन्धानमा सतभागी हुने स्थानीय नागरिकलाई citizent scientist  ।  Smart Phone For Water Nepal (54w-Nepal) काठमाडौं उपत्यकामा विगत २ वर्षदेखि जल तथा मौसमसम्बन्धी अनुसन्धान गरिरहेको छ । युवा शोधकर्ताहरूको सक्रियता र स्थानीय Smart Phone For Water Nepal (54w-Nepal ले उपत्यकामा ५० भन्दा बढी स्थानमा वर्षा मापन, १५ स्थानमा जल सतह र वहाब मापन तथा ४० स्थानमा भूमिगत जल सतह मापन गर्दै आएको छ । उपत्यका बाहिर पोखरा, हेटौडा, धरान र विराटनगरमा समेत वर्षा मापन यस वर्षबाट सुरु गरिएको छ ।
देश विकेन्द्रीकरणतर्फ अघि बढ्दै गर्दा मौसम तथा प्राकृृतिक प्रकोप सम्बन्धी अध्ययन अनुसन्धानमा केन्द्र सरकार ९जल तथा मौसम विज्ञान विभाग० को मात्र भरपर्नु बुद्धिमानी पक्कै होइन । यो समयमा स्थानीय सरकारले यस्ता विषयलाई प्राथमिकतामा राखेर जल तथा मौसम विज्ञान विभागसहित अनुसन्धानमा संलग्न अन्य सङ्घ संस्थालाई समेटेर अघि बढ्नु आजको परिस्थितिको आवश्यकता हो ।
(पुनश्च लेखको निम्ति आवश्यक तथ्य जानकारी उपलब्ध गराई सहयोग गर्नुहुने आदरणीय दाजुहरू डा।रक्की ताल्चा भडेल (Kyoto University) भेषराज थापा (IWMI) प्रति आभार व्यक्त गर्दछु । त्यस्तै प्र्राविधिक सहयोग गर्नुहुर्ने 54W-Nepal अनुषा पाण्डे र सुरभी उपाध्यायलाई धन्यवाद व्यक्त गर्दछु ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *