नेपालको मौलिक तथा धार्मिक साहित्य स्वस्थानी व्रतकथा
- माघ १, २०८१
भक्तपुर, ५ कार्तिक । ३८ औं नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भयो । दोस्रो दिनको तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सांस्कृतिक गुरूहरू र समाजसेवीको सम्मान गर्नुभयो ।
स्थानीय वाद्यगुरू मीनबहादुर सुवाल र पुनवीर गैंडा तथा लामो समयदेखि सार्वजनिक समारोहमा पानी खुवाउन सेवा गर्दै आउनुभएका समाजसेवी लतंभक्त प्रजापतिलाई उहाँले सम्मान गर्नुभयो ।
साहित्य सम्मेलनमा नेमकिपाका अध्यक्ष बिजुक्छेंले जनताको भावना नबुझ्ने लेखक कदापि जनताको लेखक र साहित्यकार बन्न नसक्ने बताउनुभयो ।
उहाँले अन्धविश्वासमा आधारित चालचलनलाई निरुत्साहित गर्नुपर्ने धारणा राख्दै नेपालभाषाकै माध्यमबाट पत्रिका प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसर जोडिएको तःमुंज्यामा उहाँले माक्र्स सिद्धान्त र विचारधाराको मामिलामा सधैं अडिग रहनुभएको बताउनुभयो ।
कुनै पनि साँचो कम्युनिष्ट पार्टीले निवेदन दिनेबित्तिकै पार्टी सदस्यता नदिने भन्दै गलत प्रवृत्तिका मानिसलाई कम्युनिष्ट पार्टीले सदस्यता नदिने प्रस्ट पार्नुभयो । अध्यक्ष रोहितले सरसफाइ आन्दोलनमा जनता स्वयं सक्रिय भई नागरिक भावना विकास गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संविधानमा सबै भाषालाई समान स्थान र अधिकार प्रदान गरिएकोले राज्यले भाषाहरूबीच कुनै पनि प्रकारको भेदभाव गर्न नपाउने बताउनुभयो ।
उहाँले संविधानमा प्रत्येक नेपालीलाई निःशुल्क शिक्षा उल्लेख भएको तर कक्षा १२ सम्म निःशुल्क हुनुपर्नेमा कक्षा ८ सम्मलाई मात्र निःशुल्क हुने बन्दोबस्त गर्दा धेरै जनताका छोराछोरी आधारभूत शिक्षाबाट वञ्चित हुनुपर्ने बताउनुभयो ।
‘‘सरकारले अझै पनि नेपाली युवालाई खाडी र अरू पुँजीवादी देशमा श्रम बेच्न जान बाध्य बनाइरहेको छ ।’’, उहाँले भन्नुभयो ।
देशको ७१ भन्दा बढी स्थानमा भारतीय विस्तारवादले सिमाना अतिक्रमण गर्दा पनि आफूलाई राष्ट्रवादी भनी दाबी गर्ने ओली सरकारले पनि रोक्न नसकेको बताउनुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले दुईतिहाइ बहुमत प्राप्त सरकार बनेपछि विकासको गति तीव्र हुने जनताको अपेक्षाविपरीत विकास झन् जमेको बताउनुभयो ।
उहाँले नेपालमा आज बोल्नुपर्नेले नबोलेको र काम गर्नेले धेरै बोल्ने गरेको विचार राख्दै प्रधानमन्त्रीले कामभन्दा बढी बोल्ने गरेको बताउनुभयो ।
चढ्दो उमेरबीच पनि आफ्नो कलम अथक रुपमा चलाइरहनुभएका श्रमिक साप्ताहिकका नियमित लेखक पत्रकार रिसालले युवा उमेरमा विभिन्न ठाउँमा भ्रमण गर्न युवाहरूलाई उत्साहित गर्नुभयो ।
पूर्वन्यायाधिवक्ता लक्ष्मीबहादुर निरालाले देशको विभिन्न भाषाको संवद्र्धनको लागि राज्यले नयाँ पुस्ताबीच भाषा प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्दै नेपाली भाषाबाहेकका अरु भाषालाई दोस्रो दर्जाको रुपमा व्यवहार गर्नु राज्यको विभेदकारी नीति भएको बताउनुभयो । देशको सिमानाजस्तै देशभित्रका भाषा र संस्कृतिको संरक्षण पनि आवश्यक भएको उहाँको भनाइ थियो ।
लेखक तथा चिकित्सक डा.सरोज धितालले जनताको सेवामा अहोरात्र लाग्ने भावना भएका नेतृत्व रहेसम्म जनताले निराश हुन नपर्ने धारणा राख्नुभयो ।
त्रिभुवन विश्वविद्यालय नेपालभाषा विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले त्रिविअन्तर्गत नेपालभाषामा पढाइने ९० प्रतिशत पाठ भक्तपुरसँग सम्बन्धित भएको जानकारी दिंदै आफ्नै मातृभाषामा कुनै पनि कुरा व्यक्त गर्दा आफूले भन्न खोजेको कुरा अझ प्रस्ट हुने गरेको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कवयित्री सुलोचना मानन्धरले भक्तपुरले देशमै एउटा उदाहरण स्थापित गरेर निराशालाई चिरिरहेको धारणा राख्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा.आरती शाहले थरीथरी बिरामी भएजस्तै नेपालमा थरीथरीका चिकित्सक पनि भएको विभिन्न उदाहरणसहित प्रस्ट बनाउनुभयो ।
उहाँले पैसाकै लागि मात्र डाक्टरी पेशामा लाग्ने डाक्टरले जनताको सेवामा कहिल्यै ध्यान नदिएको भन्दै डाक्टरी पेशालाई सेवाको रुपमा लिने चिकित्सक पनि धेरै भएको बताउनुभयो ।
उहाँले काठमाडांै उपत्यकामा बढ्दो मानव बस्ती र सहरीकरणका कारण यहाँको प्राकृतिक सौन्दर्य विरुप हुँदै गएको बताउनुभयो ।
क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले चलचित्र र टेलिश्रृङ्खलामा क्यान्सरलाई अवस्तुगत रुपमा क्यान्सरलाई खतरनाक रोगको रुपमा प्रस्तुत गर्दा समाजमा नकारात्मक असर परिरहेको धारणा राख्नुभयो ।
उहाँले क्यान्सर रोग समयमै उपचार सुरू गरिए निको हुनसक्ने रोग भएको जानकारी दिनुभयो ।
लेखक शिशिर वैद्यले नेपालभाषाको विकास र विस्तारको लागि घर–घरमै अभिभावकले आफ्ना सन्तानलाई नेपालभाषाबाटै कुराकानी गर्ने चलन चलाउन जरुरी भएको बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्लाका पूर्वसांसद कृष्णराज श्रेष्ठले भक्तपुरले कला र संस्कृति रक्षामा खेलिरहेको भूमिका उपत्यका बाहिरका नेवार समुदायको लागि उत्साहप्रद भएको बताउनुभयो ।
सिन्धु नेवा खलः का अध्यक्ष माधवलाल कर्माचार्यले नेपाली कला र संस्कृतिको सम्पन्नताबारे चर्चा गर्दै नेपाल संसारकै सांस्कृतिक गतिविधिको केन्द्र बन्न सक्ने विचार राख्नुभयो ।
प्राध्यापक सर्वज्ञभक्त मल्लले स्थानीय तहले पाठ्यक्रम बनाउन पाउने कानुनी बन्दोबस्तअन्तर्गत भक्तपुर नपाले पाठ्यक्रम बनाएकोमा आभार व्यक्त गर्दै स्थानीय तहलाई आफ्नो परिस्थितिअनुसार काम गरेर देखाउने अवसर भएको बताउनुभयो ।
इतिहासका प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेवार समुदायमा रहेको गुठी प्रथाको ऐतिहासिक महŒवबारे चर्चा गर्नुभयो ।
नेपाली लोकगीतको विषयमा विद्यावारिधि गरेका संरा अमेरिकी अध्येता आना स्टीरले नेपाली समाजमा लोकभाकामा सन्देश दिंदा जनताबीच भन्न खोजेको सन्देश अझ प्रभावकारी तरिकाबाट प्रवाहित हुने गरेको बताउनुभयो । उहाँले नेपालको कला र सांस्कृतिक क्षेत्रमा अझै पनि दलगत राजनीति हावी भएको धारणा राख्नुभयो ।
इतिहासकार योगेन्द्रमान श्रेष्ठले नेपालको इतिहासका विविध आयामबारे चर्चा गर्नुभयो ।
साहित्यकार डिल्लीराज जोशीले न्यायका लागि जीवनभर लडेका माक्र्सको स्मरण गर्दा देशको बिग्रँदो अवस्था देख्दा दुःख लागेको भन्दै कला साहित्य र संस्कृतिको अनुभूति गर्न भक्तपुर सधैं उपयुक्त थलो भएको चर्चा गर्नुभयो ।
साहित्य सम्मेलनमा कवि पूर्ण वैद्य, सीता सुवेदी (पन्थी), दामोदर सुवाल, टेकबहादुर रानालगायत लेखक–कविहरूले कविता वाचन गर्नुभएको थियो । साहित्य सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुनिल दुवाललगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
तःमुंज्याको दोस्रो दिनको सभापतित्व प्रदेश नं ३ का सभासद् तथा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सिर्जना सैंजूले गर्नुभएको थियो ।
कार्यक्रममा तःमुंज्या आयोजक समितिका उपाध्यक्ष कृष्णबहादुर प्रजापतिले स्वागत, कोषाध्यक्ष जितेन्द्र मुनंकर्मीले आर्थिक हिसाब प्रस्तुत र सचिव सुन्दर राजचलले धन्यवादज्ञापन गर्नुभएको थियो ।
तःमुंज्यामा भएको साहित्यिक प्रतियोगितामा कवितातर्फ प्रथम केशव तमखू, द्वितीय शिवप्रसाद श्रेष्ठ र तृतीय मदन श्रेष्ठ हुनुभयो । कथातर्फ एलके सुन्दर प्रथम र श्रीभक्त जोशी द्वितीय हुनुभयो ।
तःमुंज्यामा सिन्धु नेवा खलः, कमलविनायक सांस्कृतिक पुचःलगायतका सांस्कृतिक समूहले सांस्कृतिक प्रस्तुति गरेका थिए ।
तःमुंज्याको दुवै दिन ढिला रातिसम्म सांस्कृतिक कार्यक्रम भएको थियो ।
Leave a Reply