जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
मनिषा श्रेष्ठ
हरेक वर्ष,
भन्दिहुन् निर्मला
आमा,
आज त भाइटीका,
सप्तरङ्गी टीका खोइ ?
सयपत्री फूलको माला खोइ ?
मेरा दाइ भाइको लागि चाहिने सबै सर सामग्री खोइ ?
हरेक वर्ष,
हतार हतारमा,
आफ्ना दाइ भाइको लागि
सामान जुटाउने निर्मला आज
सायद कत्तै भौतारिरहेकी,
छटपटाइरहेकी,
चिच्याइरहेकी होलिन् ।
अनि यो वर्ष,
उसलाई माया गर्ने दाजु
उसलाइ अँगाल्ने भाइ
रित्तो निधार
अनि निभ्न नसक्ने आक्रोश बोकी
भाइटीका मनाउनेछन् ।
अनि
उसको बलात्कारी ?
उसको बलात्कारीको निधार
यो वर्ष पनि
निर्मलाजस्तै एक अबोध
बालिकाले रङ्ग्याउनेछ
यता निर्मला छटपटाउनेछिन्
उसका दाजु भाइ रित्तिने छन्
उता त्यो बलात्कारीको निधार
फेरि एकपटक
रङ्गिने छ
नेपालभरिका
यस्ता थुप्रै निर्मलाहरू ?
यसरी नै बलात्कृत हुन्छन्
सरकार अझै संरक्षण दिन्छ
अनि भाइटीकाको दिन
फेरि ती बलात्कारीहरु
निर्धक्क भई एक अबोधको हातबाट निधार रङ्ग्याउछन् ।
Leave a Reply