भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–२ –क्रान्ति –निर्माण –सुधार

महान क्रान्तिको आँधीबेहरीलाई निमन्त्रणा
स्थापनाकालमा चिकपा एउटा सानो सङ्गठनमात्र थियो । केही दर्जन, करिब एक सय पार्टी सङ्गठनहरू चीनको राजनीतिक मैदानमा आ–आफ्नो विशेष भूमिकामा सक्रिय थिए । ती सङ्गठनहरूमध्ये कुनचाहिँले इतिहासको अग्नि परीक्षामा सफलता पाउँछ भन्ने कुरा कसले चिनियाँ राष्ट्रको साक्षात्कार गर्दै ऐतिहासिक उद्देश्य प्राप्त गर्ने बाटो पहिल्याउँछ र त्यस लक्ष्यको निम्ति बृहत् जनपरिचालन एवम् जनसङ्गठन गर्छ भन्नेमा भरपथ्र्यो ।
सन् १९२२ मा चिकपाको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले चिनियाँ कम्युनिष्ट पार्टीको विधान पारित ग¥यो । महाधिवेशनमा पहिलोपटक साम्राज्यवाद र सामन्तवादविरुद्ध व्यवस्थित प्रजातान्त्रिक क्रान्तिकारी कार्यक्रम प्रस्ताव गरिएको थियो । युद्ध सरदारहरूको अन्त गर्नु, अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिलाई परास्त गर्नु, चीनको पूर्ण राष्ट्रिय स्वाधीनता प्राप्त गर्नु र एक साँचो प्रजातान्त्रिक गणतन्त्रअन्तर्गत चीनलाई एक बनाउनु क्रान्तिको लक्ष्य थियो । चिकपाको विधानले चिनियाँ जनताको धोको र मागहरू प्रतिविम्बित गर्नुको साथै सङ्घर्षको निम्ति स्पष्ट बाटो देखाएको थियो ।
चिकपाले अन्य कुनै राजनीतिक पार्टीहरू वा घटकले स्वीकार नगरेको वा ध्यानै नदिएको एक नितान्त नयाँ क्रान्तिकारी गतिविधि अगाडि बढाउने शैली अपनायो । चिकपाले समाजको सबभन्दा तल्लो तप्काका जनता बीचमा जाने नीति लियो । चिकपा कारखाना, कोइलाखानी र बन्दरगाहमा पुग्यो । साथै मजदुरहरूको परिचालन र जनआन्दोलनको तयारी ग¥यो । चिकपाको नेतृत्वमा सन् १९२२ को जनवरीमा हङ्गकङ्गको सिमेन हड्ताल एउटा सुरुवात थियो । साम्राज्यवादी र युद्धसरदारहरूको शासनको विरोध र आफ्नो अधिकारको रक्षाको निम्ति चिनियाँ मजदुरहरू धेरै हडतालमा सहभागी भए । चिनियाँ मजदुर आन्दोलन ठूलो उचाइमा पुग्यो । ते¥ह महिनाभित्र देशभर एक सयवटा सानाठूला श्रृङ्खलाबद्ध हड्ताल भए । ती हडतालमा ३ लाखभन्दा बढी मजदुर प्रत्यक्ष सहभागी भए । ती हडतालमध्ये आन्यान रेलमार्ग र खानी मजदुर हडताल तथा काईलुआन कोइलाखानी हडतालले सङ्गठित मजदुरवर्गको शक्तिको व्यापक रूप प्रस्ट देखाएका थिए । सन् १९२३ फेबु्रअरी ४ को दिन पेकिङ्ग–हान्काऊ रेलमार्गका ३० हजार मजदुरले अत्यन्त ठूलो हडताल गरे, यो नै शिखरमा पुगेको पहिलो मजदुर आन्दोलन थियो । तर युद्धसरदारहरूले यो हडताललाई निर्दयीतापूर्वक दबाए । त्यसले गर्दा देशभरको मजदुर आन्दोलन पछि हट्यो ।
पेकिङ्ग–हान्काऊ रेलमार्ग हडतालको असफलताले चिनियाँ कम्युनिष्टहरूलाई एक महत्वपूर्ण पाठ सिकायो । साम्राज्यवाद र सामन्ती युद्धसरदारहरूलाई परास्त गर्न मजदुर वर्गको एक्लो प्रयासमात्रले पुग्दैन भन्ने उनीहरूले स्पष्ट बुझे । उनीहरूले मजदुरवर्ग र प्रगतिशील प्रजातान्त्रिक शक्तिसँगको संयुक्त मोर्चा गठन गर्नुपर्ने अनुभव गरे । चिकपाले सन यात–सेनको नेतृत्वमा रहेको चिनियाँ राष्ट्रवादी पार्टी (कोमिङताङ) सँग मोर्चा बनाउन सकारात्मक पाइला चाल्ने निर्णय ग¥यो । त्यतिबेला कोमिङताङको सङ्गठन कमजोर थियो, यद्यपि त्यो चिनियाँ राजनीतिक दबुमा सबभन्दा प्रभावशाली पार्टी थियो । त्यसका नेता सन यात–सेन जनताको मनमा राष्ट्रिय प्रजातान्त्रिक क्रान्तिको एक प्रतीक बनेका थिए ।
त्यतिबेला सन यात–सेन पनि कठिनाइको सामना गर्दैथिए । सन् १९११ को क्रान्तिका उपलब्धिहरूको रक्षाको क्रममा निरन्तर भइरहेको हारले गर्दा उनलाई आफ्नो लक्ष्य साकार बनाउन एक अर्को बाटो अवलम्बन गर्नुपर्ने टुङ्गोमा पु¥यायो । चिकपाको सहयोगमा उनले चिनियाँ राष्ट्रवादी पार्टीको पुनर्गठन गरे तथा ‘जनताका तीन सिद्धान्त’ को एक नयाँ व्याख्या अगाडि सारे । त्यसमा सोभियत सङ्घसँग सम्झौताको नीति लिने र मजदुर र किसानको समर्थनमा काम गर्ने ठहर पर्दथे । चिकपा र चिनियाँ राष्ट्रवादी पार्टीबीचको पहिलो सहकार्यले चिनियाँ राष्ट्रवादी पार्टीमा उत्साहको सञ्चार ग¥यो र चिकपालाई देशभर प्रभाव आर्जन गर्न सहयोग पुग्यो ।
सन् १९२४–१९२७ मा चिकपा र चिनियाँ राष्ट्रवादी पार्टीको सह–नेतृत्वमा देशव्यापी क्रान्तिकारी आन्दोलन उठ्यो । चीनबाट साम्राज्यवादी शक्तिहरू र उत्तरी युद्धसरदारहरूलाई परास्त गर्नु नै आन्दोलनको उद्देश्य थियो । त्यो सामान्यतः महान ‘विशाल क्रान्ति’ को रूपमा चिनिन्छ ।
देशभरका क्रान्तिकारी शक्तिहरू ग्वाङचाओमा भेला भए र एउटा क्रान्तिकारी आधारको स्थापना गरे । सन् १९२६ को मध्यमा राष्ट्रिय क्रान्तिकारी सेनाले उत्तरी अभियान युद्ध थाल्यो । मजदुर र किसानको बृहत र जुझारु सहयोगमा क्रान्तिकारी सेनाले युद्धसरदारहरूलाई परास्त गर्दै चीनको दक्षिणमा याङ्सी नदीसम्मका अधिकांश भूमि कब्जा ग¥यो । त्यही समयमा चिकपाको नेतृत्वमा मजदुर र किसानको आन्दोलनले पनि उल्लेखनीय सफलता पायो । त्यसले बेलायती उपनिवेशलाई हान्को र चिउचियाङ्गबाट हटाउन राष्ट्रिय सरकारलाई उत्साहित ग¥यो । चीनमा साम्राज्यवादी शक्तिहरूमाथि त्यो एक कडा प्रहार थियो ।
क्रान्तिकारी आन्दोलनको विकासले तीव्रता पाएसँगै चिनियाँ राष्ट्रवादी पार्टीको दक्षिणपन्थी समूहले कम्युनिष्टविरोधी तरङ्ग फैलायो । सन् १९२७ को अप्रिलदेखि जुलाईसम्म चिनियाँ राष्ट्रवादी पार्टीको कम्युनिष्टविरोधी धाराका नेता चियाङ काइसेकले थुप्रै प्रतिक्रियावादी गतिविधि गरे तथा उनी चिकपाविरुद्ध औपचारिक रूपमै लागे । कम्युनिष्ट तथा क्रान्तिकारीहरूको व्यापक पक्राउ र हत्याको परिणामस्वरुप चिकपा र चिनियाँ राष्ट्रवादी पार्टीबीचको सहकार्य टुट्यो । ‘महान क्रान्ति’ तीन वर्षसम्म चल्यो तर असफल परिणाम आयो ।
सहरलाई गाउँले घेर्ने नीतिको सुरुवात
‘महान क्रान्ति’ को बेला चिकपाले राजनीतिक क्षेत्रमा प्रगति ग¥यो तर यसले चीनमा राम्ररी जरा गाडेको थिएन । ‘महान क्रान्ति’ को असफलताबाट सोभियत सङ्घको अनुसरण गरिएको सहरकेन्द्रित क्रान्तिले काम गर्दैन भन्ने निश्चय भयो । सहरहरूमा क्रान्तिकारी शक्तिभन्दा प्रतिक्रियावादीहरूको शक्ति बलियो थियो र प्रतिक्रियावादीहरूले साम्राज्यवादीहरूको समर्थन गरिरहेका हुन्थे । ‘महान क्रान्ति’ को असफलतापछि चिनियाँ राष्ट्रवादी पार्टीले एक–पार्टी तानाशाही चलायो र कम्युनिष्ट र क्रान्तिकारीहरूका निरन्तर नृशंस दमन, हत्या गर्नथाल्यो । चिकपा र चिनियाँ क्रान्तिले ठूलो क्षति व्यहोर्नुप¥यो ।
गम्भीर क्षति व्यहोर्नु परे पनि युवा कम्युनिष्टहरूले आफ्नो लक्ष्यलाई त्यागेनन् । सन् १९२७ को अगष्ट १ को दिन चाउ एनलाइ र चु तेहको नेतृत्वमा उत्तरी अभियान सेनाका २० हजार फौजले चियाङ्गसी प्रान्तको नान्चाङ सहरमा विद्रोह गरे । यो अर्को नयाँ सुरुवात थियो । विद्रोह जनसेनाको जगको प्रतीक बन्यो । साथै यो चिकपाको कृषि क्रान्ति युद्धको नेतृत्वको पनि प्रतीक बन्यो । चिकपाले निरन्तर विद्रोहहरूको सङ्गठन गर्दै गर्दा पनि सबै असफल भए । त्यसले चिनियाँ कम्युनिष्टहरूलाई चीनजस्तो एउटा विशाल र पछाडि परेको देशको क्रान्ति सहरकेन्द्रित गर्न नहुने निर्मम वास्तविकता अनुभव गरायो । चीनको राष्ट्रिय परिस्थिति सुहाउँदो नयाँ बाटोको खोजी गर्नु पनि थियो ।
सन् १९२७ को अक्टोबरमा माओ त्सेतुङले सैनिक टोलीहरू परिचालन गरी ‘शरद्को बाली काट्ने विद्रोह’ को नेतृत्व गरे र हुनान र चियाङ्सि प्रान्तको बीचमा पर्ने चिङकाङ पहाडहरूमा सेनाको अगुवाइ गरे । तिनीहरूले सहरभन्दा पर पहिलो क्रान्तिकारी आधार निर्माण गरे । राष्ट्रवादी पार्टीको शासन रहेको केन्द्रीय क्षेत्रबाट दुर्गम, टाढा र प्रतिक्रियावादी शक्तिको पहुँच नपुगेको पहाडी क्षेत्रमा चिङकाङका पहाडहरू थिए । नान्चाङ विद्रोहको बाँकी सेनाको नेतृत्व गर्दै छिटै चु तेह र केही किसान फौज माओको फौजमा मिसिए । यसरी चिनियाँ मजदुर र किसानको लालसेनाको गठन औपचारिक रूपमा भयो । गुरिल्ला युद्धको कौशलको कारण चिनियाँ राष्ट्रवादी पार्टीको ‘दमन’ चक्रको बारम्बारको प्रयासविरुद्ध मजदुर र किसानको लालसेनाले निरन्तर लड्दै विजय प्राप्त गर्दै गयो ।
क्रान्तिकारी आधार क्षेत्रमा जनताको राजनीतिक शक्ति बनाउन, कृषि क्रान्ति गर्न, गरिब किसानहरूको आफ्नो जग्गामाथि स्वामित्व पाउन र किसानहरूको सामाजिक तथा जीवनस्तर बढाउन लालसेनाले किसानहरूको व्यापक परिचालन ग¥यो । चिकपाको नेतृत्वमा अगाडि बढेको क्रान्तिकारी युद्धले गरिब किसानहरूको समर्थन प्राप्त ग¥यो । चिङकाङ पहाडका यी सफल नीतिहरूले महान क्रान्तिको असफलतापछि अप्ठेरो जञ्जालमा परेका चिनियाँ कम्युनिष्टहरूलाई आगामी नीतिको निर्माण लागि मार्गदर्शन गरेको थियो । चीनका विभिन्न क्षेत्रमा लालसेना र लालसेनाको आधार क्षेत्रको निरन्तर विकास र वृद्धिले चिनियाँ क्रान्तिको पुनःउत्थान भयो ।
लालसेनाले कम्युनिष्टहरूलाई घेराहाली सिध्याउने दमनविरुद्धको अभियानमा सफलता प्राप्त गर्नुको साथै क्रान्तिकारी आधारभूमिहरू बलियो र व्यापक बनाएपछि चिकपाको केन्द्रीय समितिले चीनमा क्रान्तिकारी केन्द्रीय सरकार गठन गर्ने निर्णय ग¥यो । सन् १९३१ को नभेम्बरमा चियाङ्गसिको रुइचिनमा पहिलो राष्ट्रिय सोभियत महाअघिवेशन भयो । चिनियाँ सोभियत गणतन्त्रको अस्थायी केन्द्रीय जनसरकारको घोषणा भयो । संविधान र भूमि ऐन कानुन, श्रम ऐन कानुन र महिला ऐन कानुन पारित गरिए । यो नै चिकपाको जनसरकार स्थापना गर्ने पहिलो प्रयास थियो । यससँगै साङ्गठनिक एवम् व्यवस्थापकीय प्रतिभा सम्पन्न नेतृत्व तयार भयो ।
ग्रामीण क्षेत्रहरूमा कम्युनिष्टहरूले सैनिक सङ्घर्ष, सैन्य निर्माण, गाउँको राजनीतिक कार्य र सरकार निर्माणबारे स–साना तर अमूल्य अनुभव प्राप्त गरे । सबभन्दा महत्वपूर्ण कुरा त माओ त्सेतुङले प्रतिनिधित्व गर्ने कम्युनिष्टहरूले चिनियाँ समाजमा कसरी जग बसाउने र विकास गर्ने भन्ने सिके र चीनको वास्तविक परिस्थितिअनुसारको क्रान्तिकारी बाटो खोल्ने काम गरे । त्यो बाटो यस्तो थियो ः क्रान्तिलाई सहरबाट गाउँतिर लैजाने किसानलाई परिचालन गर्ने र तिनमै भर पर्ने, गाउँमा क्रान्तिकारी आधार निर्माण गर्ने, कृषि क्रान्तिलाई कार्यान्वयन गर्ने र विकासका गतिविधि सञ्चालन गर्ने, किसानहरूलाई मुख्य सहभागीको बनाई क्रान्तिकारी युद्धलाई अगाडि बढाउने, क्रान्तिकारी शक्तिहरू विकास गर्ने र तिनलाई बलियो बनाउने अन्तिममा सहर कब्जा गरी देशभर विजयी प्राप्त गर्ने । ‘गाउँबाट सहर घेर्ने र सशस्त्र बलहरूबाट राजनीतिक शक्ति प्राप्त गर्ने’ चिनियाँ क्रान्तिको बाटोले विजय प्राप्त ग¥यो ।
सन् १९३१ पछि चीनको परिस्थितिमा महत्वपूर्ण परिवर्तन आयो । असमान सन्धिको कारण सेप्टेम्बर १८ को दिन जापानी सेनाले उत्तरपूर्वी चीनमा अड्डा जमायो । विदेशी सेनाको आक्रमण भए तापनि चियाङ काइसेकले ‘विदेशी सेना धपाउन’ अघि नै आन्तरिक स्थिरता’ को नीति कायम राखे । जापानी आक्रमणको प्रतिकार गर्न छोडेर चियाङ काइसेकले चिकपाको नेतृत्वमा रहेका आधार इलाकामाथि ‘घेरा हाल्ने र दमन गर्ने अभियान’ चालू राखे ।
‘घेरा हाल्ने र दमन गर्ने अभियान’ को प्रतिरोध गर्ननसक्दा चिकपा र यसको नेतृत्वको लालसेनाले आफ्ना आफ्ना आधार इलाका छोड्नप¥यो र पछाडि हट्ने रणनीति अपनायो । चिकपा र लालसेनाले चीन र विश्वमा चर्चित २५ हजार ली. (एक ली . आधा किलोमिटर) को ‘लामो हिँडाइ’ सुरु गरे । यात्रामा चिनियाँ मजदुर र किसानहरूको लालसेनाले सामान्य मानिसको निम्ति अकल्पनीय कठिनाइ पार ग¥यो । मानिसले मुस्किलले हिँड्ने सकिने हिउँले ढाकेका पहाडहरू, सिमसार क्षेत्र भएर तिनीहरू हिँदे । तिनीहरूले चिनियाँ राष्ट्रवादी पार्टीका सयौं–हजारौं सेनाको पिछा र अवरोधको सामना गरे । ‘लामो हिँडाइ’ को क्रममा चिकपा केन्द्रीय समितिले चुनयीमा सम्मेलन ग¥यो । सम्मेलनले माओ त्सेतुङको नेतृत्व स्थापित ग¥यो । सन् १९३५ को अक्टोबरमा लालसेनाले सान्सी प्रान्तमा जापानविरुद्ध अन्तिम प्रतिरोध मोर्चामा लड्यो ।
चिकपाको केन्द्रीय समितिको नेतृत्वमा लालसेना उत्तरी सान्सी र कान्सु पुगेको बेला जापानी सेनाले उत्तरी चीनमा थप आक्रमण गर्न थाल्यो । बढ्दो राष्ट्रिय सङ्कट र आन्तरिक परिस्थितिमा महत्वपूर्ण परिवर्तन भएको बेला चिकपाको केन्द्रीय समितिले जापानविरोधी संयुक्त मोर्चा बनाउने नीतिको निर्णय लिने ग¥यो र सबैलाई जापानविरुद्धको युद्धमा सामेल हुन आह्वान ग¥यो । भूमिगत चिकपाको नेतृत्वमा पैचिङमा सन् १९३५ को डिसेम्बर ९ मा जापानविरोधी विशाल प्रदर्शन भयो, तर चिनियाँ राष्ट्रवादी पार्टीको प्रहरी र सेनाले त्यसलाई दबायो । त्यो घटनापछि देश जोगाउने जापानविरुद्धको आन्दोलन राष्ट्रिय जनआन्दोलनमा विकास भयो ।
सन् १९३६ को डिसेम्बर १२ को दिन जापानविरोधी राष्ट्रिय आन्दोलन र चिकपाबाट प्रभावित भई चिनियाँ राष्ट्रवादी पार्टीका दुई जेनरलहरू झाङ चुलियाङ र याङ हुचेङले जापानी आक्रमणविरुद्ध लड्न चियाङ काइसेकलाई आग्रह गर्दै ‘सशस्त्र विरोध’ गरे । तिनीहरूले सियानमा चियाङ काइसेकलाई पक्राउ गरे र देशव्यापी टेलिग्राफ पठाई ‘गृहयुद्ध बन्द गर्न र जापानविरुद्धको लडाईंमा एक हुन’ आह्वान गरे । डिसेम्बर १७ मा चिकपाको केन्द्रीय समितिले चाउ एनलाइलाई सियान पठायो । चीन र अन्तर्राष्ट्रिय स्थितिको विश्लेषण गरी चिकपाले सियान घटनालाई चिनियाँ राष्ट्रको स्वार्थको व्यापक आधारमा शान्तिपूर्ण तरिकाबाट समाधान गर्ने निर्णय ग¥यो । त्यही नीतिअनुसार चाउ एनलाइले चाङ्ग सुलियाङ र याङ हुचेङ्गसँग काम गरे । वार्तापछि तिनीहरूले चियाङ काइसेकलाई ‘कम्युनिष्टहरूलाई दमन गर्न बन्द गर्ने र जापानविरुद्ध लालसेनासँग मोर्चा बनाउने’ मा सहमत गराए । चाउ एनलाइको मध्यस्थतामा सियान घटना शान्तिपूर्ण रूपमा सल्टाइयो । यसरी गृहयुद्ध बन्द गर्न र चिकपा र चिनियाँ राष्ट्रवादी पार्टी बीचको दोस्रो सहकार्य निर्माण गरियो ।
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको नेपाली अनुवाद क्रमशः प्रकाशित गरिनेछ । –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *