भर्खरै :

जर्मनीका राष्ट्रपति चीनमा

पेकिङ, १० डिसेम्बर । चीनको भ्रमणमा रहनुभएका जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमियर र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच समग्र रणनीतिक सहकार्य थप बलियो बनाउने विषयमा सोमबार सहमति भएको छ । उहाँहरूबीच दुवै देश, दुवै देशका जनता र विश्व शान्ति तथा समृद्धिको लागि फलदायी नतिजाको लागि द्विपक्षीय सहकार्यलाई विस्तार गर्ने सहमति भएको छ । विश्वको जटिल बन्दै गएको परिस्थितितिर सड्ढेत गर्दैै सीले चीन र जर्मनीबीच धेरै विषयमा समान वा निकट धारणा विकास गर्नसक्ने बताउनुभयो ।
दुवै देशका जनताको हित तथा विश्वमा स्थायित्वको लागि चीन र जर्मनीबीच द्विपक्षीय र बहुपक्षीय सहकार्यको विकास गर्नुपर्ने सीको भनाइ थियो । भविष्यमा चीन र जर्मनीबीचको सहकार्यको लागि उहाँले विभिन्न प्रस्ताव राख्नुभएको थियो । ‘गहिरिंदो दुईपक्षीय सम्बन्धको आधार नै आपसी समझदारी र विश्वास हो’, सीले भन्नुभयो । भेटमा जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमियरले चीनजस्तै जर्मनी पनि व्यापार संरक्षणवादको पक्षमा रहेको बताउृनुभयो । चीन र जर्मनीबीचको सम्बन्धमा भइरहेका प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आपसी संवाद र समझदारीको विकास, सहमतिको विस्तार, मतभिन्नता कम गर्दै लाने, अन्तर्राष्ट्रिय मामिलामा गहिरो समन्वय र स्वतन्त्र व्यापारको लागि दुई देशले काम गर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति स्टिनमियर चीनको क्वानचाओ र छेन्दु पनि पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *