भर्खरै :

मालीमा बन्दूकधारी आक्रमणकारीद्वारा ५० जनाको हत्या

बामाको, माली, २७ मङ्सिर ः मालीको नाइजरसँगको सीमानामा बन्दूकधारीहरूको आक्रमणबाट करिब ५० जना सर्वसाधारणको मृत्यु भएको मालीका अधिकारीहरू र टौरेग समूहले बिहीबार जनाएका छन् ।
मोटरसाइकलमा आएका बन्दूकधारी एक समूहले दक्षिणी माली, मेनका क्षेत्रका केही बस्तीहरूमा प्रबेश गरी इदाकसाहक समुदायका सर्बसाधारण ४७ व्यक्तिहरूलाई गोली हानी हत्या गरिएको ‘मुभमेन्ट फर द साल्भेसन अफ अजावद’ (एमएसए) ले जारी एक विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय अधिकारीले आक्रमण बुधबार विहानै भएको जनाउँदै उक्त घटनामा दर्जनौँ व्यक्तिहरूको हत्या भएको पुष्टि गरेका छन् ।  (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *