साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, १० माघ । ‘‘आफ्नो र आफ्नो परिवारको मात्र हित हेर्नु पुँजीवाद हो । नेपाल मजदुर किसान पार्टी समाज र देशको हित हेर्छ । पार्टीले उत्पादनका मुख्य मुख्य साधन र सामाजिकीकरण गर्नुपर्ने आवाज राख्दै आएको छ । नेका, एमाले र माओवादी निजीकरणको कुरा गर्छन् । नेमकिपा निजीकरणको बाटोमा हिँडदैन ।’’
उक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पार्टी स्थापना दिवसको अवसरमा नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार सम्पन्न विचार गोष्ठीमा व्यक्त गर्नुभएको हो ।
घरको परिवारले बच्चालाई हुर्काएजस्तै नेपाली कामदार वर्गले नेमकिपालाई हुर्काउनु आवश्यक भएको चर्चा गर्दै उहाँले नेपाली कामदार वर्ग सचेत र शिक्षित हुँदै आएपछि नेमकिपाको विस्तार हुन्छ भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘बौद्ध दर्शनलाई बदनाम गर्न चाहेका प्रतिक्रियावादीहरूले भिक्षुको पोशाकमा मासु बेच्ने, मदिरा खाएर सडकमै सुत्ने, जुवा खेल्ने गलत काम गरेका थिए । कम्युनिष्ट दाबी गरेका एमाले–माओवादी वाइडबडीलगायत भ्रष्टाचारमा लागे । आजको सामाजिक विकृतिमा एमाले, नेका र माओवादी दोषी छन् । नेमकिपाले विसं २०२६ सालमै भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर बजार घुमाएको थियो ।
‘‘नेमकिपा स्थापनाको ४५ वर्षमा नेमकिपाले कर्णालीजस्तो क्षेत्रमा कम्युनिष्ट विचार पु¥यायो । झापा काण्डलगायत व्यक्तिहत्याको विरोध ग¥यो । सुस्तामाथि भारतीय हस्तक्षेपको विरोध ग¥यो । माक्र्सवाद–लेनिनवादबारे जनतालाई प्रशिक्षित ग¥यो । पुँजीवाद र समाजवादको भिन्नताबारे जनतालाई सचेत ग¥यो । संसदमा जितेर पुँजीवादी सरकारको भागवण्डामा नफस्ने क्रान्तिकारी संसदबारे एमाले र माओवादीलाई पाठ सिकायो’’, उहाँले भन्नुभयो ।
‘‘भक्तपुर आएका अमेरिकी पिस्कोर स्वयम्सेवकहरूसँग भियतनाममाथि अमेरिकी हस्तक्षेपको विरोध ग¥यौँ । अमेरिकी स्वतन्त्रता आन्दोलनबाट बेलायती साम्राज्यवादको विरोध गर्नुपर्ने पाठ सिकेको बतायौँ । उनीहरूले अमेरिका लान खोज्दा क्रान्ति पछि आउने जवाफ दियौँ । विसं २०४६ को आन्दोलनपछिको पहिलो संसदमा अमेरिकी स्नातकहरू ल्याएर सांसदहरूलाई सिकाउन लगाइँदा हामीले विरोध ग¥यौँ”, अध्यक्ष रोहितले भन्नुभयो ।
‘‘संरा अमेरिकाको संसदमा विधेयकबारे समितिमा विस्तृत छलफल गरी पारित गरिन्छ । यो विषय हामीले पहिले नै अध्ययन गरी जानकारी राखेका थियौँ’’, उहाँले भन्नुभयो ।
“संविधान बनाउनेमा अहिलेका मुख्यमन्त्री पनि थिए । अहिले मुख्यमन्त्री भएपछि उनले अधिकार नपुगेको गुनासो गरे । प्रदेशलाई अधिकार पुगेन भन्नु स्थानीय तहलाई अधिकार नदिने भन्नु हो”, उहाँले भन्नुभयो ।
भारतको विदेशमन्त्रीसमेत भएका जर्ज फर्नान्डिजले सूचीसहित भारतको संसद्लाई चोर डाँकूको बताएको स्मरण गर्दै अध्यक्ष रोहितले नेपालमा पनि त्यही स्थिति देखिँदै छ भन्नुभयो ।
नेपालको कम्युनिष्ट पार्टीभित्र गलत तत्व घुसेका छन्, विसं २०३३ सालमा डकैटी गर्ने प्रस्ताव पार्टीभित्र ल्याएकाहरुलाई विरोध गरेपछि त्यसको भोलिपल्ट हामीलाई गोली हानेको बताउँदै उहाँले नेमकिपाले व्यक्तिहत्या र डकैटीको स्थापनाकालदेखि विरोध गर्दै आएको चर्चा गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘सुस्तामाथिको अतिक्रमणदेखि नै नेमकिपाले भारतीय विस्तारवादको विरोध गर्दै आएको हो । भारतीय विस्तारवादले नै प्रचण्डलाई तयार ग¥यो । भारतको आशीर्वादमै ओली सरकार गठन भएको हो ।’’
शुभलाभका चिन्तकहरू मालसामान बिकेन भने झिलिमिली बढी गर्ने चर्चा गर्दै उहाँले एमाले र माओवादीमा लाग्नेहरू त्यही झिलिमिलीजस्तै केही पाउनकै निम्ति गएको बताउनुभयो ।
बहुदल पुनःस्थापनापछिका सरकारहरूले ट्रलिबसदेखि सार्वजनिक संस्थानहरू बेचेर खाए । एमाले, नेका र माओवादीमा पैसा खानकै लागि मन्त्री बन्ने होडबाजी हुन्छ । नेमकिपाले ती पार्टीहरूलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने संस्कृति सिकायो’’, उहाँले भन्नुभयो ।
‘‘बहुदल पुनःस्थापनालगत्तैको पहिलो संसदमा नेमकिपाले साम्राज्यवादी देशहरूको लागि लड्ने गोर्खा भर्तीकेन्द्र राष्ट्रिय कलङ्क भएको हुँदा बन्द गर्नुपर्ने आवाज राख्यो । त्यसपछि नेकाबाट सांसद भएका एक भूपू गोर्खा सैनिकले ३ प्रतिशत मत प्राप्त नगरेकालाई राष्ट्रिय मान्यता नदिने बताए । अहिले एमाले र माओवादीसमेत नेमकिपालाई ३ प्रतिशत मत नआएको राष्ट्रिय मान्यता प्राप्त पार्टी नभएको कानुनी प्रावधान राख्न लागिपरे’’, अध्यक्ष रोहितले भन्नुभयो ।
‘‘युरोपका देशहरू रूसलाई युरोपको पिछडिएको देश मान्थे । रूस र चीनको सैद्धान्तिक भिडन्तपछि युरोपका देशहरूले मस्कोको पछि नलाग्ने निहुँमा युरो कम्युनिजम् ल्यायो । युरोपको अलग्ग कम्युनिजम् दाबी गरिए पनि यो चुनावबाट सरकारमा जाने र वर्गसङ्घर्षलाई त्याग्ने संशोधनवादी र अवसरवादी नीति नै हो’’, उहाँले भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘ कम्युनिष्टहरूले माक्र्सवाद–लेनिनवादलाई सधैँ बोकेर हिंड्नुपर्छ । एमालेले नेमकिपाको प्रथम राष्ट्रिय सम्मेलन भैरहवामा अतिथि बन्न आएर विनोद शाहीलगायतलाई चो¥यो । यसकारण एमाले र माओवादी पार्टीमा सदाचार छैन । नाम कम्युनिष्ट काम पुँजीवादी हो ।’’
मजदुर वर्गको निम्ति हार्नको लागि बाँधिएको सिक्रीबाहेक केही नभएको बताउँदै उहाँले यसैलाई मुख्य ठानेर नेमकिपाका कार्यकर्ताहरू जिल्ला–जिल्लामा जनताका सङ्गठन गर्न पुग्नु आवश्यक छ । ‘नेकपा’सँग नेमकिपा नैतिक र चारित्रिक रूपमा कति फरक छ जनतालाई बताउनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले पञ्चायतलाई क्रान्तिकारी उपयोग गरी पञ्चायतका जालिफटाहा र भ्रष्टहरूलाई उदाङ्ग्याउने काम नेमकिपाले गरेको बताउनुभयो ।
जनमतसङ्ग्रहको बेला नेमकिपाले बहुदलको पक्षमा प्रचारप्रसार गरेको चर्चा गर्दै उहाँले पञ्चायतले राज्यस्तरको षड्यन्त्र रची नेमकिपालाई नष्ट गर्न खोज्यो तर त्यही षड्यन्त्रमा पञ्चायत प¥यो र समाप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बहुदलीय प्रजातन्त्र पुनःस्थापनालगत्तै नेमकिपाले बहुदलको एक चम्चा पानीले जनताको प्यास नमेटिने स्पष्ट ग¥यो । तर, वाममोर्चाको नामबाट सरकारमा गएका पार्टीहरू भ्रष्टाचार र कमिसनमा लागे ।’’
‘‘प्रम ओलीले गएको पुस २२ गते संसदमा बहुमतको पुनःस्थापनापछि सांसदहरूविरूद्ध सुत्केरी महिलाको औषधिसमेत खाएको आरोप लगाउँदा ‘असोज १८’ र ‘माघ १९’ को घटना घटेको बताएको झूटा हो । सङ्कटकालमा देउवाले २०५९ माघ १८ गते संसद विघटन र देउवाको प्रतिगामी सरकारमा एमाले प्रतिगमन आधा सच्चियो, अब पूरै सच्याउने भनी सरकारमा गएकोले २०६१ माघ १९ को घटना घटेको हो’’, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रपतिको लागि १८ करोडको बुलेट प्रुफ गाडी खरिद, महाराजगञ्ज प्रहरी प्रतिष्ठान स्थानान्तरण, काठमाडौंमा घर हुने सांसदले घर भाडा लिएको र मन्त्रीले दुई ठाउँबाट तेल खर्च लिंदा भएको जनताको विरोधलाई प्रम ओलीले गणतन्त्रकै विरोध बताउनु गणतन्त्रमा राजश्री छाँट नै हो ।’’
एमाले र माओवादीले पैसाकै भरमा निर्वाचन जितेको वाइडबडी, सुन तस्करी, खराब ठेकेदार काण्डबाट पुष्टि गर्छ, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता विधेयक, २०६३ को जन्मको आधारमा नागरिकता दिने प्रावधानअनुसार धेरै भारतीयले नेपाली नागरिकता पाएको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नु आवश्यक छ । अहिले भारतमा विवाह भएका नेपाली महिलाले भारतको नागरिकता त्यागेमा छोराछोरीसहितले नेपाली नागरिकता पाउने, नेपाली पुरूषसँग विवाह भएलगत्तै भारतीय महिलाले नेपाली नागरिकता पाउने, आमा र बुबा ठेगान नभएका नेपालभित्र फेला परेका बच्चालाई वंशजको नेपाली नागरिकता दिने र जन्मको आधारमा अङ्गीकृत (कृत्रिम) नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने गरी पेश भएको संशोधन नेपाली जनताको हितमा छैन ।’’
सचिव सुवालले भन्नुभयो, ‘‘देशको सन्तुलित विकासको लागि काठमाडौँमा जस्तै राम्रो विद्यालय, कलेज, अस्पताल, सडक जिल्ला–जिल्लामा बनाउनुपर्ने, कर्मचारी समायोजनमा देखिएको अराजकता अन्त्य गर्न र तत् स्थानमा रोजगारीको व्यवस्था गर्न प्रदेश र स्थानीय तहमा सोही ठाउँमा नागरिकलाई कर्मचारी बनाउनुपर्ने, मुसाले दुःख दिएकै आधारमा घर जलाउन नहुने भएजस्तै भ्रष्टाचार अन्त्य नगरी सार्वजनिक संस्थान निजीकरण गर्न नहुने भनी संसद्मा उठाएका हौँ ।’’
नेमकिपाका केन्द्रीय सदस्य जयबहादुर शाहीले सङ्गठन विस्तारका लागि कार्यकर्ताहरूमा त्यागको भावना हुनुपर्ने बताउँदै सिद्धान्तहीन अवसरवादी पार्टीहरूले देश र जनताको हितभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गरेको हुनाले तिनीहरू विदेशी शक्तिसामु झुक्नुपरेको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले सिद्धान्त र विचारमा अविचलित रही वैज्ञानिक समाजवादको पक्षमा वकालत गर्दै निरन्तर देशको सार्वभौमिकता – भूअखण्डता रक्षाको लागि सङ्घर्षरत नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रकाशस्तम्भका रूपमा कामदार जनतालाई मार्ग प्रशस्त गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका पाण्डव सुवाललगायतले नेमकिपा स्थापनाका आधारहरूबारे बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेमकिपा कालीकोट जिल्ला समितिले बिहीबार खाडाचक्र नगरपालिकामा ¥याली तथा खुला सभा आयोजना ग¥यो । स्थानीय जिरो प्वाइन्ट चोकबाट सांस्कृतिक टोलीसहित सुरु भएको ¥याली नरहरिनाथ चोकमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपा वर्गीय राजनीतिको विश्वविद्यालय भएको बताउँदै गरिब निमुखालाई मुक्ति दिने एकमात्र बाटो माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा भएको प्रस्ट पार्नुभयो ।
उहाँले नेमकिपालाई ‘सानो पार्टी’ भनी हेप्ने तर नेमकिपाबाट प्रशिक्षित कार्यकर्ताहरूलाई आप्mनो पार्टीमा चोर्ने प्रवृत्ति पाखण्डी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपामा रहेर व्यक्तिगत स्वार्थ पूरा गर्न नपाएका लोभी एवं नेमकिपाले अनुशासनको कारबाही गरेका कार्यकर्ताहरूलाई पनि पुँजीवादी पार्टीहरूले सम्मानसाथ हुलेका छन् ।”
वर्तमान सरकार जनविरोधी भएको चर्चा गर्दै केन्द्रीय सदस्य शाहीले पाकेको बालीमा बाँदर हुलेर बालीको संरक्षण हुने भ्रममा नपर्न आग्रह गर्नुभयो ।
सभाका सभापति एवम् नेमकिपा कालीकोट जिल्ला अध्यक्ष नवराज कोइरालाले पञ्चायती बर्बरताविरुद्धको सङ्घर्षको क्रममा पार्टीको स्थापना भएको जानकारी दिंदै लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी संस्थाभित्र पसेर पनि नेमकिपाका प्रतिनिधिहरूले जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले शासक दलहरूले नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख गरे तापनि हात्तीको देखाउने दाँतको रुपमा मात्र प्रयोग गरिरहेको बताउनुभयो । साँचो अर्थमा गरिब कामदार जनताको पक्षमा संविधानमा प्रावधानहरू उल्लेख गराउन नेमकिपाका सभासद्हरूले सङ्घर्ष गरेको उहाँको भनाइ थियो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले सर्वसाधारण जनताले पञ्चायत, संवैधानिक राजतन्त्र र पुँजीवादी गणतन्त्रमा तात्विक भिन्नता नदेखेको चर्चा गर्दै शासक दलहरूले नेपाली जनतालाई सत्तामा जाने भ¥याङमात्र बनाइरहेको बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदिप शाहीले पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै राज्यले शिक्षामा विभेदीकरणको नीति लिएकोमा विरोध गर्नुभयो ।
पार्टी कालीकोट जिल्ला समितिका सचिव खड्गराज शाही, पार्टी सदस्य हरिप्रसाद बासुकला, नेक्राविसङ्घका केन्द्रीय सदस्य ईश्वर शाही, नेक्रायुुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटा र धनञ्जय अधिकारीले नेमकिपा निरन्तर रुपमा काम गरी खाने जनताको बीचमा रही शोषणको विरुद्ध सङ्घर्षरत रहेको बताउनुभयो । सभामा कलाकार कुश्मिला रोकायाले प्रगतिशील गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
दैलेख
नेपाल मजदुर किसान पार्टी नगर समिति चामुण्डा विन्द्रासैनीको आयोजनामा बिहीबार चामुण्डा विन्द्रासैनीको जम्बुकाँधमा जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपा स्थापना हुनुमा नेपाल कम्युनिष्ट आन्दोलनमा देखिएका खोटा विचारहरूको खण्डन र रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतनजस्ता प्रमुख सैद्धान्तिक आधार रहेको बताउनुभयो ।
जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद व्यवस्था स्थापना गर्ने लक्ष्यका साथ नेमकिपाका नेता तथा कार्यकर्ताहरू जनताको राजनीतिक चेतनास्तर विकास गर्ने कार्यमा लागिरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य बजिरसिंह विकले समाजवादी व्यवस्था स्थापना नभएसम्म शिक्षा–स्वास्थ्य निःशुल्क नहुने र बेरोजगारी समस्या समाधान नहुने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले वर्तमान ओली सरकारले गरिब जनतालाई अन्योलमा राखिरहेको चर्चा गदै सरकार कामदार वर्गका जनताको हितमा भन्दा अहितमा लागिरहेको बताउनुभयो ।
सत्तामा जाने पार्टीहरूले जनताको समस्या नुबझिदिएकै कारण देशको स्थिति अन्योल भएको उहाँले बताउनुभयो ।
नेमकिपा चामुण्डा विन्द्रासेनी नगर समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कानुन अध्ययन समाजका केन्द्रीय संयोजक रामप्रसाद प्रजापति, पार्टीका नीरकबहादुर शाही, इन्द्रप्रसाद चौलागाईं, गोमा सावद, पुरे कामी, तिलक आचार्य, कुमारीरूमा गुरूङ, नीरक शाही, शिवराज जोशी, लक्ष्मीकुमार विकलगायतले बोल्नुभएको थियो ।
बारा
नेमकिपा स्थापना दिवसको अवसरमा बारा जिल्लाको कलैयामा पनि स्थानीय पार्टी कार्यकर्ता र समर्थकको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपा तराई, पहाड र हिमालका कामदार जनताको पार्टी भएको चर्चा गर्दै कामदार जनतालाई शोषणबाट मुक्ति गर्नु नै नेमकिपाको लक्ष्य भएको बताउनुभयो । उहाँले जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादको स्थापना नै नेमकिपाको लक्ष्य भएको धारणा राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सृजना सैंजूले नेमकिपा स्थापनाका आधारबारे चर्चा गर्दै नेमकिपा भारतीय विस्तारवाद र एकाधिकार पुँजीसामु कहिल्यै आत्मसमर्पण नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बारालगायत तराईका जिल्लामा भएका किसान आन्दोलनको जगमा नेमकिपा स्थापना भएको हो ।”
नेमकिपाको स्थापना नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन संशोधनवादी भासमा फस्ने चर्चा गर्दैै संशोधनवाद र अराजकतावादविरोधी सैद्धान्तिक सङ्घर्षमा नेमकिपा सधैं अग्रसर रहेको धारणा राख्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले कुनै पनि कम्युनिष्ट पार्टीले पद, पैसा र शक्तिको लागि भन्दा पनि व्यापक कामदार जनताको हितमा काम गर्ने विचार राख्नुभयो ।
उहाँले सत्तासीन नेकपा संशोधनवादी पार्टी भएको चर्चा गर्दै संशोधनवाद कम्युनिष्ट आन्दोलनभित्रको पुँजीवादी विचार भएको बताउनुभयो ।
नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवको सभापतित्वमा भएको कार्यक्रममा इन्जिनियर समाजका उपाध्यक्ष नरेश खत्री, कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारी, नेक्राकिसङ्घका केन्द्रीय सदस्य रेन्जुदेवी साह, नेक्रामजदुरसङ्घका सरल मियाँ र राजन यादवले पनि बोल्नुभएको थियो ।
कैलाली
नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको प्रथम जिल्ला सम्मेलन लम्कीचुहा नपाको लम्की बजारमा बिहीबार सम्पन्न भयो ।
सम्मेलन उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले पार्टी स्थापनादेखि नै पार्टीका नेता–कार्यकर्ताहरूले निरन्तररूपमा व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताको हितमा सङ्घर्ष गर्दै आइरहेको प्रस्ट पार्नुभयो ।
पार्टीका अग्रज नेता–कार्यकर्ताले पद र पैसाको लोभमा नफसी पार्टीको निर्देशनमा इमानदारीपूर्वक काम गर्दा भूमिगत जीवन र जेल–नेलको कष्टसाध्य जीवन बिताएको चर्चा गर्दै उहाँले नयाँ पुस्तालाई देश र जनताप्रति समर्पित हुन राजनीतिक गतिविधिमा लगाउन आवश्यक रहेको औँल्याउनुभयो ।
प्रमुख अतिथि महर्जनले देशमा नक्कली कम्युनिष्टहरू सरकारमा भएकाले देश र जनताले दुःख पाएको बताउँदै भन्नुभयो, ‘‘कम्युनिष्टको नाममा कम्युनिष्टविरोधी गतिविधि गर्दै कामदार जनतालाई झुक्याउनेहरूलाई जनताले नै तह लगाउनुपर्छ ।’’
पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको मात्र हित हुने भएकोले समाजवाद स्थापनाको लागि व्यापक जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउन उहाँले जोड दिनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्थामा शिक्षा–स्वास्थ्य निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर, रोजगारीको बन्दोबस्तलगायत जनताका आधारभूत आवश्यकतासम्बन्धी व्यवस्थाको जिम्मेवारी राज्यले लिने भएकोले कामदार वर्गको ‘स्वर्ग’ समाजवाद भएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले वर्गीय समाजमा महिलाहरू पनि वर्गमा विभक्त हुने भएकोले कामदार वर्गको सेवा गर्ने भावना नभएका जुनसुकै महिला देशको नीति निर्माण तहमा पुगे पनि व्यापक काम गरी खाने महिलाको हक–हितको लागि आवाज नउठाउने र नीति नबनाउने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘देशको सर्वोच्चदेखि मन्त्री÷सांसद पदमा महिला पुगे पनि कामदार वर्गका महिलाका लागि कुनै काम नगर्नु पुँजीवादी चरित्र नै हो ।’’
उहाँले कामदार वर्गका महिलाहरू राजनीतिक रूपमा सचेत र सङ्गठित नभएसम्म समाजमा विद्यमान अन्धविश्वास, कुप्रथाको अन्त्य नहुने उल्लेख गर्दै विभिन्न देशको इतिहास, क्रान्तिकारी नेता र नेतृहरूको जीवनी अध्ययनसँगै पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रियामा जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले पैसा खर्च गरी, भोज खुवाई, सामान बाँडी जनतालाई अनेक झूटा आश्वासन दिएर मत लिएकाहरूले प्रतिबद्धता पूरा नगर्दा जनता आक्रोशित बन्दै गएको बताउनुभयो ।
नेक्रामसङ्घ कैलालीका संयोजक लक्ष्मी पुन मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रामसङ्घ भक्तपुरका सरस्वती सिंख्वालले कम्युनिष्ट घोषणापत्रबारे चर्चा गर्नुभयो भने नेक्रामसङ्घ कैलालीका जानकी शाहीले पनि बोल्नुभएको थियो ।
सम्मेलनको बन्द सत्रले लक्ष्मी पुन मगरको अध्यक्षतामा १० सदस्यीय नेक्रामसङ्घ कैलाली जिल्ला समिति निर्वाचित गरेको छ ।
Leave a Reply