भर्खरै :

‘द एकेडेमी’ सरसरती हेर्दा

प्रधान
प्राध्यापक समाजको नेतृत्व परिवर्तनको वर्षौँपछि बल्ल बल्ल ‘द एकेडेमी’ (त्जभ ब्अबमझथ) पहिलो अङ्क प्रकाशित भयो । पुरानो नेतृत्वका साथीहरू कक्षा सञ्चालनमा सक्रिय हुनु राम्रो पक्ष हो भने आफ्नो मुखपत्र प्रकाशित गर्न पछि पर्नुलाई के भन्ने ? बेफुसर्तिला, अल्छी वा आँट नगर्नु वा झन् झन् कर्तव्यमा बाँधिने सम्भावनाको डर ? जे होस्, ढिलो भए पनि ‘द एकेडेमी’ तपाईं हाम्रो हातमा छ ।
सामान्यतया नयाँ नयाँ विचारबाट पृष्ठ सुरू हुनेमा ‘प्रतिनिधिसभामा अध्यक्ष का. रोहितका सान्दर्भिक विचारहरू’ ले पाठकहरूलाई बितेका दिनहरूमा पु¥याए ।
एल. जोशीको ‘अन्तर्राष्ट्रवादी देशभक्त नेमकिपा’ शीषर्कले नेमकिपा देशभक्त र जनताको हितमा सजग रहेको तथा सर्वहारा अन्तर्राष्ट्रवादी विचार बोकेको राजनैतिक दल भएको प्रस्ट्याउँछ ।
सनकमान महर्जनको ‘प्रतिगमनविरोधी आन्दोलन र नेमकिपाको अडान’ मा नेमकिपा सामन्तवादसँग सम्झौता नगर्ने र आन्दोलनलाई बीचमै नछोड्ने दलको रूपमा प्रस्तुत गरिएको छ ।
‘महिला मुक्तिबारे नेमकिपा’ शीर्षकमा अम्बिका न्याइच्याईले २०४५ सालको भक्तपुर काण्डबाट नेमकिपालाई समूल नष्ट गर्न खोज्ने पञ्चायती सामन्तवादको विरोधमा महिलाहरूको भूमिकाबारे सिलसिलेवार ढङ्गले बयान गर्नुभएको छ ।
नेमकिपा सारमा जोताहा किसानहरूको आन्दोलनको जगमा उभिएको कामदार वर्गको राजनैतिक दल हो । मोहियानी हक कायम गर्न भर्पाई आन्दोलन, आ–आफ्नो खेतको बाली साँढेबाट जोगाउन साँढे धपाउने आन्दोलन जोताहा किसानहरूकै हितसँग सम्बन्धित छ । सुरेश बखुन्छेंको ‘साँढे धपाउने आन्दोलन’ लाई किसान आन्दोलनकै एक पाटोको रूपमा उल्लेख गर्नु स्वाभाविक हो ।
सुस्तामा भारतीय आक्रमणको विरोध, असमान सन्धि–सम्झौताको विरोध, महाकाली सन्धिविरूद्ध भक्तपुरदेखि काठमाडौँसम्मको पैदल ¥यालीजस्ता नेमकिपाका सुरूदेखिको गतिविधिले नेपाल मजदुर किसान पार्टी देशको सार्वभौमिकता रक्षाको निम्ति सङ्घर्षरत दल भन्ने प्रस्ट हुन्छ । सार्वभौमसत्ताविना कुनै देश स्वतन्त्र हुन्न यसकारण नेमकिपाको सार्वभौमिकता प्राप्तिको दृष्टिकोण राज्यको महत्वपूर्ण तत्वसँग सम्बन्धित छ । त्यस्तै संविधान निर्माणमा भारतको हस्तक्षेप, नागरिकता विधेयकको विरोध, बिप्पा सम्झौता र भारतीय नाकाबन्दीको विरोधमा नेमकिपाको दृष्टिकोण र गतिविधिले नेमकिपा एक देशको स्वतन्त्रताको निरन्तर पक्षमा सङ्घर्षरत छ भनी सन्दर्भ सामग्रीहरूका साथ हरिसुन्दर सुवालको निष्कर्ष अनुसन्धानमूलक छ ।
कृपाराम विश्वकर्मा (पीएचडी) को ‘नेपालको राजनीतिक परिवर्तनमा नेपाल मजदुर किसान पार्टीको योगदान’ शीर्षक एक अनुसन्धानमूलक रचना हो । विषय प्रवेशदेखि निष्कर्षसम्म नेमकिपाका गतिविधि र विचार प्रामाणिक छ भनी प्रस्ट्याएर लेखकले विषयवस्तुलाई राम्रो र बलियो जगमा उभ्याउनुभएको छ ।
सुन्दर राजचल र ग्याहेन्द्रप्रसाद दाहालको ‘कार्ल माक्र्स सङ्क्षिप्त जीवन परिचय’ सान्दर्भिक र मननीय छ ।
राजन फाजूको ‘वस्तुको मूल्य निर्धारणमा माक्र्सवादी अवधारणा’ र रोशनराज तुइतुईको ‘कार्ल माक्र्स ः जनसङ्ख्या सिद्धान्त’ जस्ता लेखहरूले कार्ल माक्र्स र माक्र्सवादबारे अध्ययन गर्ने उत्सुकता जगाउने काम गर्नेछ । सुनिल दुवाल, सुजन माक, रत्नशोभा प्रजापतिको ‘द्वन्द्वात्मक भौतिकवाद’ लेखले पनि विषयवस्तुमा गहिरिएर अध्ययन गर्ने उत्साहलाई जगाउनेछ ।
एडवार्ड सइदको ‘बुद्धिजीवीको भूमिका निर्वाह गर्दा भोग्नुपरेको चार बाधा’ दोहो¥याएर पढ्नुपर्ने र छलफल गर्ने विषय हो । सुन्दर सुवाल र किशोर हाकुदुवाल (विद्यावारिधी) को ‘अतिरिक्त मूल्यको सिद्धान्त’ लेखमा प्रुफ रिडिङ राम्रो हुनुपर्ने माग गर्छ । संयुक्त राष्ट्र सङ्घमा क्युवाली राष्ट्रपति सम्भाषणमा पनि प्रुफ रिडिङको गुनासो छ । यसमा सम्पादकजीको ध्यान आकर्षित गर्नु उचित हुन्छ ।
नेपाल प्राध्यापक समाजको जानकारी र समाजका गतिविधिहरू ‘द एकेडेमी’ को राम्रो पक्ष हो । भारतीय नाकाबन्दीको विरोधमा ‘भारतीय प्रधानमन्त्री मोदीलाई विरोधपत्र’, ‘उच्चस्तरीय राजनीतिक समितिलाई ज्ञापनपत्र’ र नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय सम्मेलनबाट पारित प्रस्तावहरू’ आदि दस्तावेजहरूको सङ्कलन उपयुक्त छ ।
भन्ने उखान छ अबेला घर फर्केकोलाई हरायो भन्न मिल्दैन । ढिलै भए पनि ‘द एकेडेमी’ प्रकाशित भयो । साधुवाद छ–समितिका साथीहरूलाई । पहिलो अङ्कले राम्रो सुरूवातको सङ्केत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *