वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
१. सरसफाई राख्ने
– खाना छुँदा र खाना बनाउँदा सफा हुनेगरी हात धुने ।
– चर्पी गइसकेपछि साबुन पानीले हात धुने ।
– खाना बनाउँदा प्रयोग गरिने सामग्रीहरू सफा हुने गरी धुने ।
– भान्सा र खानेकुरामा किरा, मुसा तथा अन्य जीव छिर्न नदिने ।
२. पकाएको र नपकाएको खाद्य वस्तुहरूलाई छुट्टाछुट्टै राख्ने
– नपकाएको माछा तथा मासुजस्ता खाद्य वस्तुहरूलाई छुट्टाछुट्टै राख्ने ।
– नपकाएको खानेकुराका निम्ति प्रयोग गरिने चक्कु, चपिङवोर्डजस्ता सामाग्रीहरू छुट्टाछुट्टै प्रयोग गर्ने ।
– पकाएको र नपकाएको खाद्य वस्तुहरूलाई नमिसिनेगरी छुट्टाछुट्टै भाडामा राख्ने ।
३. राम्ररी पकाउने
– माछा, मासु तथा अण्डाजस्ता खानेकुरालाई राम्ररी पकाउने ।
– तरकारी, सुप तथा अन्य पेय खाद्य वस्तुहरूलाई ७० डि. से. तापक्रमभन्दा बढी तताउने ।
– माछा, मासुलाई राम्ररी पाक्ने गरी पकाउने ।
– खानालाई राम्ररी तताएरमात्र खाने ।
४. खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने
– सामान्य तापक्रममा खानालाई दुई घण्टाभन्दा बढी नराख्ने
– पकाएको तथा चाँडै बिग्रने खानालाई ५ डि. से. भन्दा कम तापक्रममा रेफ्रिजिरेटरमा राख्ने ।
– ६० डि. से. भन्दा तातो खाना खाने र अरुलाई दिने ।
– रेफ्रिजिरेटरानसमेत खानालाई लामो समयसम्म नराख्ने ।
– चिसोमा राखेको खानालाईतत्काल नै तताउने र सामान्य तापक्रममा नराख्ने ।
५. सुरक्षित पानी र खाद्य वस्तु मात्र प्रयोग गर्ने
– सुरक्षित पानी प्रयोग गर्ने तथा प्रशोधन गरी सुरक्षित बनाउने ।
– ताजा र पौष्टिक खाद्यवस्तुहरू प्रयोग गर्ने र खानेबानी बसाल्ने ।
– प्रशोधन गरी सुरक्षित गरिएका पाश्चुराईज्ड दूधजस्ता खाद्यवस्तु सेवन गर्ने ।
– फलफूल तथा तरकारी जस्ता नपकाई खाने खानालाई सफा र सुरक्षित पानीले धुने ।
– उपभोग्य मिति नाघिसकेका खानेकुराहरू नखाने ।
Leave a Reply