भर्खरै :

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङको महत्व

नरेश खत्री
आजको युग सूचना तथा सञ्चार प्रविधि (Information Communication Technology – ICT) को युग हो । यसलाई ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ’ पनि भनिन्छ । हामी सबै आ–आफ्नो क्षमताअनुसार सूचना प्रविधिको पहुँचमा छौँ । प्रायः सबैको हातमा मोबाइल फोन छ । अधिकांशको घरमा कम्प्युटर छ । धेरैजनाको झोलामा ल्यापटप हुन्छ । इन्टरनेट, वाई–फाई, ए डी एस एल, राउटर, वेभसाइट, फेसबुक र ट्वीटरजस्ता सूचना प्रविधिका शब्दावलीहरू थोरैमात्र पढेलेखेका सर्वसाधारणका निम्ति पनि सामान्य भइसकेको छ ।
– ICT ले संसारलाई धेरै सानो आकारमा खुम्च्याइसकेको छ । अर्को शब्दमा सूचना प्रविधि हाम्रो दैनिक जीवनको साथी भएको छ ।
– सूचना प्रविधि हाम्रो जीवन पद्धति भइसकेको हुनाले यसको व्यवस्थित प्रयोग गरी उत्पादनमूलक बनाउनु आवश्यक छ । सकारात्मक र नकारात्मक पक्ष सबैको हुन्छ । त्यस्तै सूचना तथा सञ्चार प्रविधिका नकारात्मक पक्षलाई निरुत्साहित गरी सकारात्मक पक्षको अधिकतम उपयोग गर्न आवश्यक छ । यसको लागि सूचना प्रविधि इन्जिनियरिङ्गबारे ज्ञान अभिवृद्धि गर्नु आजको आवश्यकता हो ।
– सबैजसो सरकारी, गैरसरकारी, शैक्षिक र सामाजिक सङ्घ–संस्थाहरूले ICT को प्रयोगबाट सेवा सूचनाहरू उपलब्ध गराइरहेको पाइन्छ । सबैले आफ्नो आधिकारिक वेभसाइट र सामाजिक सञ्जालमार्फत सूचना र सेवा उपलब्ध गराएको पाइन्छ । बैङ्कहरूले इन्टरनेट र मोबाइल बैङ्किङ्गको सुविधा दिइरहेका छन् । बिजुली र टेलिफोनको बिल इन्टरनेट र मोबाइलबाट भुक्तानी गर्न सकिने व्यवस्था भएको छ । इन्टरनेटमार्फत सामानहरू किनबेच गर्ने ई–कमर्स र ई–विज्नेसको थालनी भएको छ । विद्यार्थीहरूले इन्टरनेटबाट विद्यालय र कलेजहरूको सम्पूर्ण जानकारी पाउनुका साथै इन्टरनेटमै परीक्षाफल प्रकाशित हुने गरेको छ । इन्टरनेटबाटै कुनै पनि ठाउँको नक्सा र मौसमसम्बन्धी जानकारी लिन सकिने भएको छ । श्रम मन्त्रालयले मोबाइलबाटै श्रम स्वीकृतिको जानकारी उपलब्ध गराउँदछ । चुनावको बेला निर्वाचन आयोगले वेबसाइट र सामाजिक सञ्जाल फेसबुकबाट चुनाव सामग्री उपलब्ध गराएको थियो । इ–गभर्नेन्स्, एम–गभर्नेन्स् र पेपरलेस कार्यालयबारे धेरै शोधहरू गरिएका छन् ।
– प्राविधिक दृष्टिकोणबाट हेर्दा नेपाल तेस्रो पुस्ताको सूचना प्रविधिमा छ । हालसालै चौथो पुस्ताको प्रयोग सुरु भएको छ । विकसित देशहरू पाँचाँै पुस्ताको विकासमा लागिरहेका छन् । पाँचौँ पुस्ताको प्रविधि कृत्रिम बौद्धिकता (Artificial Intelligence – AI ) मा आधारित छ । ब्क्ष् को अनुसन्धान र शोधमा चीन विश्वमा सबैभन्दा अगाडि देखिन्छ ।
– हाम्रो मोबाइल फोनमा हजारौँको सङ्ख्यामा टेलिफोन नम्बर सुरक्षित राख्न सकिन्छ । डिजिटल क्यामेराको एउटा सानो चीपमा हजारौँ तस्वीरहरू अट्छन् । माबाइलको मेमोरी कार्ड र एउटा सानो पेन ड्रात्मा अडियो, भिडियोलगायत हजारौँ पन्नाका तथ्याङ्क र किताबहरू राख्न सकिन्छ । यसरी हामीसँग मोबाइल फोन, मेमोरी कार्ड, पेन ड्रात् आदि साधनहरूमा अथाह तथ्याङ्क र सूचनाहरू हुन्छन् । कम्प्युटर र ल्यापटपका हार्डडिस्कमा दशकौँदेखिका फाइलहरू राखिएका हुन्छन् ।
– कुनै पनि तथ्याङ्क र तथ्याङ्क भएका साधनमा अनाधिकारिक पहुँचलाई रोक्नु, तथ्याङ्कलाई अनाधिकारिक प्रयोग हुनबाट जोगाउनु, सूचनालाई बिग्रिनबाट जोगाई यथावत राख्नु र नष्ट हुनबाट जोगाउनु आवश्यक हुन्छ । सूचनाको गोप्यता भङ्ग हुन नदिनु, आवश्यक परेको बेला सूचनाको उपलब्धता र सूचनाको सत्यतथ्यलाई जीवित राख्नु सुरक्षाको उद्देश्य र मर्म हो ।
– प्रविधिलाई नकारात्मक प्रयोग गर्नेहरूले भाइरसमार्फत सूचनाको गोप्यता, उपलब्धता र तथ्यतालाई नष्ट पार्नसक्ने खतरा हुन्छ । कम्प्युटर प्रयोग गर्ने सबैलाई भाइरसले दुःख दिएको अनुभव छ । जसरी रोगका जीवाणुहरू हामीले नदेख्ने गरी हाम्रो शरीरमा प्रवेश गर्छ, त्यसैगरी कम्प्युटरमा भाइरसले बिगार्छ ।
– सूचनाको स्रोत नै भाइरसको पनि स्रोत हुने भएकोले हामीले सूचनाका स्रोतलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । विज्ञहरूले यो युगलाई साइवर युद्धको युग पनि भनेका छन् । हामीलाई थाहै नदिइकन हाम्रा कम्प्युटरहरू भाइरसद्वारा सङ्क्रमित हुनसक्छन् र अदृश्य ठाउँबाट कुनै ह्याकरले हाम्रो कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । हाम्रा ल्यापटपका डाटाहरू साइवर अपराधीहरूले चोर्ने खतरा छ ।
– सामाजिक सञ्जालहरूलाई एउटा देश मान्ने हो भने त्यो विश्वको सबैभन्दा ठूलो देश हुनेछ । विश्वमा करिब ३ अर्ब मानिस विभिन्न सामाजिक सञ्जालको प्रयोगबाट सूचना आदानप्रदान गरिरहेको तथ्याङ्क प्रकाशित छ । ६३ प्रतिशत नेपालीले इन्टरनेट प्रयोग गर्ने तथ्याङ्क छ ।
बाँकी पृष्ठ ५ मा
इलेक्ट्रोनिक्स…
– इन्टरनेटमा खोजेको सबै कुरा भेटिन्छ । ICT को ज्ञान नहुनु आँखा नहुनुजस्तै हुने भएको छ ।
– यी सबै विषयहरूबारे सूचना तथा सञ्चार प्रविधि÷इलेक्ट्रोनिक्स एण्ड इन्फोमेसन कम्युनिकेसन इन्जिनियरिङमा पढाइ हुन्छ ।
– सूचना तथा सञ्चार प्रविधि÷ इलेक्ट्रोनिक्स एण्ड इन्फोमेशन कम्युनिकेशन इन्जिनियरहरूले देशको सूचना तथा सञ्चार मन्त्रालय, दूरसञ्चार कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, विभिन्न हार्डवेयर, सफ्टवेयर कम्पनीहरू, वेबसाइट बनाउने कम्पनीहरू, रेडियो टेलिभिजनहरू, स्याटेलाइट कम्पनीहरू, उड्डयन कम्पनीहरू, विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय र स्थानीय निकायहरूमा सूचना तथा सञ्चार प्राविधिकको रूपमा कार्य गरिरहेका छन् ।
– नेपालका धेरै सूचना तथा सञ्चार प्रविधि÷इलेक्ट्रोनिक्स एण्ड इन्फोमेसन कम्युनिकेसन इन्जिनियरहरू युरोप अमेरिकामा पलायन भएका छन् ।
– नेपालमा रोजगारी छैन भन्ने हल्ला छ ।
– नेपालमा सूचना सञ्चारसम्बन्धी धेरै कार्यहरू विदेशी कम्पनीहरूलाई ठेक्का दिइएको पाइन्छ । धेरैजसो चिनियाँ कम्पनीहरू छन् । विदेशी कम्पनीहरूलाई ठेक्का दिंदा नेपाली इन्जिनियरहरूलाई पनि अनिवार्यरूपमा काम गराउनु पर्ने प्रावधान राखे नेपाली इन्जिनियरहरूले विदेशी आधुनिक प्रविधिहरू सिक्न सक्नेछन् र विदेश पलायन कम गर्न सकिन्छ ।
– नेपाली विद्यार्थीहरूले सिभिल इन्जिनियरिङलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । सिभिल इन्जिनियरले सजिलै रोजगारी पाउने र धन कमाउन सकिने धेरै अभिभावकको सोच रहेको पाइन्छ । त्यसैले इलेक्ट्रोनिक्स एण्ड इन्फोमेसन कम्युनिकेसन इन्जिनियरिङलाई दोस्रो प्राथमिकतामा राखेको पाइन्छ ।
(लेखक इलेक्ट्रोनिक्स इन्जिनियर हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *