वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
काठमाडौँ, १५ वैशाख । ‘बेल्ट एन्ड रोड सहकार्य ः उज्यालो भविष्यको आकार दिँदै’ नाराका साथ चीनको राजधानी पेइचिङमा भएको बेल्ट एन्ड रोड मञ्चको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन ३८ बुँदे संयुक्त वक्तव्य जारी गरी शुक्रबार सम्पन्न भयो । जारी वक्तव्यमा ३९ विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
वक्तव्यमा संयुक्त राष्ट्र सङ्घको दिगो विकाससम्बन्धी २०३० योजनामा पुनः प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र सङ्घीयको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई आफ्नो जिम्मेवारी मान्ने घोषणा गरेको छ ।
वक्तव्यमा भनिएको छ, “प्राचीन रेशम मार्गले आपसी सम्बन्ध (कनेक्टिभिटी) लाई बलियो बनाउनुको साथै विश्व अर्थतन्त्रलाई विस्तार गरेको छ । शान्ति र सहकार्य, खुलापन, समावेशिता, समानता, आपसी सिकाइ र आपसी हितको भावनाका साथ यी काम भए । हामी बेल्ट एन्ड रोड परियोजना र अरू सहकार्यको कार्यक्रम तथा परियोजनामार्फत यो भावनाको पुनस्र्थापना र पुनर्जागरण गर्न चाहन्छौँ ।”
बीआरआईले सबै देशमा सिर्जना गरेका अवसरको प्रशंसा
बाँकी पृष्ठ २ मा
दोस्रो…
गर्दैै विकास नीति, पूर्वाधार लगानी, आर्थिक क्षेत्र, आर्थिक र व्यापार सहकार्य क्षेत्र, औद्योगिक पार्क, वित्तीय तथा व्यापार सहकार्य, अनुसन्धान र प्रविधि, समुद्री सहकार्य, व्यापारिक सम्बन्ध, जनस्तरको सांस्कृतिक सम्बन्धमा यस्ता अवसर सिर्जना हासिल भएको बताइएको छ ।
त्यस्ता सहकार्यले विकासका नयाँ स्रोतको खोजी गर्नुका साथै आर्थिक र सामाजिक क्षमताको उजागर गर्नेछ । फलतः दिगो विकास लक्ष्य हासिल गर्न योगदान हुने वक्तव्यमा भनिएको छ ।
बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत देश–देशबीचको सहकार्य खुला, वातारणमैत्री र स्वच्छ हुने प्रस्ट पार्दै सो वक्तव्यमा सबै हस्ताक्षरकर्ताहरू खुला तथा समावेशी अर्थतन्त्र र विभेदरहित विश्व बजारको पक्षमा रहने लेखिएको छ । संरा अमेरिकाको नवसंरक्षणवादी नीतिप्रति लक्षित गर्दै वक्तव्य त्यस्तो बुँदा राखिएको हो ।
मञ्चमा अरू पनि देशलाई सदस्य बन्न आह्वान गर्दैै जलवायु परिवर्तन सम्बन्धमा पेरिसमा भएको सम्झौताको कार्यान्वयनको लागि सबै देशले सहकार्य गर्ने उल्लेख छ ।
मञ्च आबद्ध देशले उच्चस्तरीय, जनमुखी र दिगोको विकासलाई जोड दिँदै वक्तव्यमा देशको कानुन, नियमकारी ढाँचा, अन्तर्राष्ट्रिय कर्तव्य र व्यवहारिक मूल्य–मान्यतालाई ध्यान दिइने बताइएको छ ।
बहुपक्षीय वक्तव्यमा भनिएको छ, “व्यापार र लगानीमा उदार नीति अङ्गाल्ने प्रतिबद्धता व्यक्त गर्दै हामी सबै खुला बजारको पक्षमा छौँ, संरक्षणवाद र एकात्मकतालगायत विश्व व्यापार सङ्गठनका नीतिविपरीतका कानुन अस्वीकार गर्छौँ । हामी विश्व व्यापार सङ्गठनको सम्झौताअनुसारका विशेष र भिन्न कार्य व्यवहारको महत्वमाथि जोड दिन चाहन्छौँ ।”
विदेशी प्रत्यक्ष लगानी र साझा लगानीको सन्दर्भमा सबैका राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नै सहकार्य विस्तार गरिनेमा जोड दिंदै वक्तव्यमा लगानी तथा नयाँ व्यापार अवसर विस्तार गर्न उपयुक्त वातावरणको लागि उत्साहित गरिने बताइएको छ । वक्तव्यमा दोहोरो कर हटाउने सम्झौतालाई प्रजद्र्धन गर्दैै मैत्रीपूर्ण कर नीतिको विकास गरिने उल्लेख छ ।
नेपालजस्तो भूपरिवेष्ठित देशप्रति लक्षित गर्दै वक्तव्यमा भूपरिवेष्ठित देशलाई भूसम्बन्धित देशमा रूपान्तरित गरिने उल्लेख छ । भूपरिवेष्ठित देशहरूमा ट्रान्सिटको व्यवस्था र पूर्वाधारको विकासमार्फत भूसम्बन्धित गरिने वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा ककेसियासहित मध्य एसिया, युरोप, अफ्रिका, दक्षिण तथा दक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्रमा यातायात र सूचना क्षमता विस्तार गर्नुको महत्वलाई जोड दिइने बताइएको छ ।
बेल्ट एन्ड रोड मञ्चले दिगो र न्यून कार्बनयुक्त विकासलाई जोड दिने चर्चा गर्दै हरित प्रविधिको विकासमा ध्यान केन्द्रित गरिने उल्लेख छ ।
उक्त वक्तव्यमा भूपरिवेष्ठित देशहरूमा भित्री जलमार्ग, बाटो, रेलमार्ग सञ्जाल, वायु, भूमि र समुद्री बन्दरगाह तथा पाइपलाइनको विकास अन्तर्राष्ट्रिय कानुन र सम्बन्धित देशका कानुनअनुसार बनाइने, अन्तदेशीय फाइबर–अप्टिक राजमार्गलगायत अन्तरदेशीय विद्युत्तीय पूर्वाधारको विकासलाई प्रवद्र्धन गरिने लेखिएको छ ।
दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सम्मेलनको लागि चीनप्रति आभार व्यक्त गर्दै सो वक्तव्यमा तेस्रो सम्मेलनको प्रतिक्षा रहने बताइएको छ । अप्रिल २५ देखि सुरू भएको सम्मेलनको क्रममा अन्तर्राष्ट्रिय पुष्प मेला पनि आयोजना गरिएको थियो ।
Leave a Reply