पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
– धनबहादुर भण्डारी
डडेल्धुरा, १५ वैशाख । सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षात्को समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो ।
डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा खेती गरिँदै आइएको भटमासलाई आधुनिक खेतीमार्फत उत्पादन बढाई प्रशोधनका लागि उद्योग स्थापना गर्ने अवधारणा अघि सारिएको हो ।
करीब ६० करोड रुपैयाँको लागतमा सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरामै भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि उद्योग खोल्न सकिने अवधारणासहित केही दिनअघि सरोकारवालासँग छलफल गरिएको छ । उद्योग सञ्चालनमा ल्याउन सकिए प्रत्यक्ष रूपमा ५० हजारभन्दा बढी कृषकले रोजगार पाउने बताइन्छ । स्थानीयका अनुुसार १५ करोड रुपैयाँ जनसाधारणबाट शेयर लगानी, २० करोड रुपैयाँ बैंकबाट कृषि ऋण र २५ करोड रुपैयाँ सरकारी अनुदान प्राप्त गर्न सकिए उद्योग सञ्चालनमा आउँछ ।
चौध वटा कृषि फार्म वा सहकारीमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ५० हजार किसानलाई व्यावसायिक रूपमा भटमास खेतीमा आबद्ध गराई भटमास प्रशोधन उद्योग खोल्दा पर्ने एक हजारभन्दा बढी युवालाई रोजगार सिर्जना गर्न सकिन्छ भने ३५ हजार मेट्रिक टन भटमास र ५ हजार मेट्रिक टन मकैको आपूर्ति गर्न सकिन्छ ।
व्यावसायिक कृषिमार्फत रोजगारीका अवसर प्रदान गर्ने भिजन डडेल्धुराको नीतिअनुरुप डडेल्धुरामा भटमास उत्पादन तथा प्रशोधन उद्योगका लागि पहिलोपटक पहलकदमी लिइएको हो । सुदूरपश्चिमका पहाडी जिल्लाबाट हुने बढ्दो आयात कम गर्न भटमास उत्पादन, प्रशोधन तथा बजारीकरणको अवधारणा अघि सारिएको हो ।
अध्ययनअनुसार दाल र खाजाका लागि मुख्य बालीका रूपमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा भटमासको उत्पादन गरिन्छ ।
परम्परागत रूपमा भइरहेको भटमास उत्पादन सबैभन्दा कम मूल्यको चामलसँग बिक्री भइरहेको छ । वर्षात्को समयमा मकैसँगै गरिने परम्परागत भटमास उत्पादनको ठूलो हिस्सा सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको छ । यहाँका स्थानीय बासिन्दाले प्रायः चामलसँग भटमास साट्ने गरेका छन् । थोरै कृषकले मात्रै चामलसँगै अन्य दैनिक खाद्यवस्तु, लत्ताकपडा र अन्य घर खर्च चलाउने गरेका जोशी बताइन्छ ।
पोषणका हिसाबले भटमास महत्वपूर्ण अन्न मानिन्छ । गरीबको मासु भनेर पनि चिनिने भटमास उत्पादनतर्फ किसानको आकर्षण बढ्दो छ । व्यावसायिक भन्दा पनि निर्वाहमुखी रूपमा भटमास खेती गरिने भएकाले उत्पादनलाई उल्लेख्य रूपमा बढाउन नसकिएको कृषि विज्ञहरूको भनाइ रहेको छ ।
डडेल्धुरा लगायत पहाडी जिल्लाहरूमा भटमासका लागि उर्बर माटो रहेको भए पनि कृषकहरूलाई यसका बारेमा ज्ञान नहुँदा परम्परागत खेतीमै सीमित रहेका कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । कृषकलाईृ भटमासका बारेमा प्रशिक्षण दिई उत्पादन बढाउन सकिने विष्टको भनाइ रहेको छ ।
बसाइसराइका कारण मध्य पहाडी भेगमा अधिकांश खेतीयोग्य जमीन बाँझो रहेको छ । बाँझो जमीनलाई उपयोग गर्न कृषि उत्पादनको विकल्प खोज्न लागिएको हो । कृषि उत्पाद मार्फत रोजगारीका अवसर सिर्जना गर्न खेतीयोग्य बाँझो जमीनको खोजी गरी उत्पादन छनौट गर्न लागेको सरोकारवालाले जनाएका छन् । परम्परागत रूपमा गरिँदै आइएको कृषिलाई आधुनिक प्रविधिमार्फत व्यावसायिक रूपमा खेती गर्न अध्ययन थालिएको छ ।
भटमासबाट विभिन्न खाद्य वस्तु उत्पादन गर्न सकिन्छ । यससँग सम्बन्धित कृषक र व्यवसायीहरूसँगको सहकार्यमा राज्यले भटमासको उत्पादन र प्रशोधन गर्ने योजना निर्माण गर्नुुपर्ने वरिष्ठ पत्रकार डिआर पन्त बताउनुहुन्छ । उत्पादनकर्तालाई सहुलियत प्रदान गरी भटमास खेती प्रवद्र्धन गरिए प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै युवाका लागि रोजगारी सिर्जना हुनसक्छ ।
भटमासबाट हरियो बिन, सोयाबिन, तेल, दूध, टोफु, कुखुरा दाना र ह्याचरी उत्पादन गरी बजारीकरण गर्न सकिए यो देशकै सबैभन्दा ठूलो कृषि उद्योग बन्ने बताइन्छ । यसले आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउँछ र कृषकलाई पनि उचित मूल्य दिलाउँछ । उद्योग सञ्चालनका लागि डोटीको जोरायल गाउँपालिकाको गैरामा ५०० रोपनी जमीनमा भटमास खेती गर्ने प्रक्रिया अघि बढाइएको छ । यससँगै जोरायल क्षेत्र र वीपीनगर क्षेत्रमा उपयुक्त जमीन छनोटको काम भइरहेको बताइएको छ । अन्य पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, अछाम, कालीकोट, सुर्खेत र अन्य भटमास हुने जिल्लामा पनि उद्योग स्थापनाका लागि छलफल गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेशले भटमासको व्यावसायिक उत्पादनका लागि डडेल्धुरालाई पकेट क्षेत्र घोषणा गरी कार्यालय स्थापना गर्न लागिएको छ ।
Leave a Reply