चिनियाँ राष्ट्राध्यक्ष सी र साङ्घाई आयात एक्स्पो
- कार्तिक २२, २०८१
लि छिङसी
विकिलिक्सका संस्थापक जुलियान असान्जले बेलायती अदालतमा आफ्नो सम्भावित सुपुर्दगीविरुद्ध कानुनी सङ्घर्ष गर्नेछन् । संरा अमेरिकी न्याय विभागले असान्जमाथि अमेरिकी रक्षा कार्यालय पेन्टागनको कम्प्युटर प्रणालीका गोप्यता तोड्न पूर्वगुप्तचरी सूचना विश्लेषक सेलिया मेनिङलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । संरा अमेरिकी सरकारले बेलायतसमक्ष असान्जलाई सुपुर्दगी गर्न औपचारिक पत्राचार गरिसकेको छ ।
असान्ज सन् २०१२ देखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा राजनीतिक शरण लिएर बसेका थिए । हालै इक्वेडरको सरकारले उनलाई दिंँदै आएको राजनीतिक शरण फिर्ता लिने घोषणा गरेपछि गएको अप्रिल ११ मा इक्वेडरको दूतावासबाटै लन्डन प्रहरीले उनलाई पक्राउ गरेको हो । जमानत उल्लङ्घन गरेको आरोपमा बेलायतको अदालतले उनलाई ५० हप्ताको कारागार सजाय पैmसला गरिसकेको छ ।
वाशिङ्टनसँग टक्कर लिएकोले धेरै मानिस विकिलिक्सका संस्थापक असान्जलाई नायकको रूपमा पनि चर्चा गर्छन् । अफगानिस्तान र इराक युद्धसम्बन्धी संरा अमेरिकाका धेरै गोप्य दस्तावेज उनले सार्वजनिक गरेका थिए । ती दस्तावेज सार्वजनिक हुँदा अमेरिकी सरकारको छवि धमिलिइएको थियो ।
संरा अमेरिकाले असान्जलाई आफ्नो साइबर स्पेस ‘कब्जा’ गरेको आरोप लगाउँदै आएको छ । विशेषतः अमेरिकी गुप्तचर संस्था सीआईएका गतिविधिसम्बन्धी समावेश दस्तावेज विकिलिक्सले भल्ट ७ साङ्केतिक नाममा खुलासा गरेकाले असान्जप्रति संरा अमेरिकी सरकार आक्रोशित छ । तथापि संरा अमेरिकी न्याय विभागको असान्जलाई पक्राउ गर्ने प्रयासलाई धेरैले एकजना सचेतकमाथि आक्रमण गरेको बुझेका छन् ।
संरा अमेरिकी न्याय विभागले असान्जलाई पक्राउ गर्ने निर्णयका मूलतः तीन पक्ष छन्ः पहिलो, ऊ संरा अमेरिकाको छवि थप भत्केको चाहँदैन । उदाहरणको लागि सन् २०१७ को अप्रिलमा सीआईएका तत्कालीन निर्देशक माइक पम्पेओले विकिलिक्सका गतिविधि कुनै शत्रु पक्षधर गुप्तचर निकायसँग तुलनायोग्य भएको बताएका थिए । उनले असान्ज र उनीजस्ता मानिसहरूले समाजमा आफ्नो व्यक्तिगत लोकप्रियता बढाउन पश्चिमी मूल्यमान्यता भत्काउन खोजिरहेको बताएका थिए ।
दोस्रो पक्ष भनेको संरा अमेरिका ल्याटिन अमेरिकामा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ । संरा अमेरिकी विदेश विभागका वर्तमान सचिव माइक पम्पेओले ल्याटिन अमेरिकी देश इक्वेडरलाई संरा अमेरिकी आर्थिक र वित्तीय सहयोग दिन असान्जलाई सन् २०१२ देखि दिंदै आएको राजनीतिक शरण अन्त्य गर्न सर्त अघि सारे ।
तेस्रो पक्ष भनेको संरा अमेरिकी सरकार आगामी सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको लागि सम्भावित अवरोध पन्छाउन चाहन्छ । सन् २०१६ को संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको आशङ्कित संलग्नताको अनुसन्धान समाप्त भएपछि संरा अमेरिकी सरकारले असान्जविरुद्ध कारबाही गरेर सम्भावित छिद्रहरू टाल्न खोजेको हो । त्यसो गर्दा रिपब्लिकनमाथि डेमोक्रेटहरूको हमला भुत्ते हुनेमात्र होइन, बरु संरा अमेरिकी दस्तावेज थप चुहिने सम्भावना पनि रहँदैन ।
बेलायतका लेबर पार्टी नेता जेरेमी कोर्बिनले असान्जलाई सुपुर्दगी गर्न संरा अमेरिकाले गरेको आग्रहको भत्र्सना गर्दै भने, “संरा अमेरिका असान्जलाई सकेसम्म चाँडो सुपुर्दगी गराउन हतार गरिरहेको छ किनभने असान्जले संरा अमेरिकाले इराक र अफगानिस्तानमा गरेका युद्ध अपराधका हजारौं हजार गोप्य कागजात सार्वजनिक गरिदिए ।”
इक्वेडरका पूर्वराष्ट्रपति राफेल कोरेयाले वर्तमान राष्ट्रपति लेनिन मोरिनोले संरा अमेरिकालाई खुसी बनाउन र अन्तर्राष्ट्रिय मुद्राकोषबाट ऋण लिन असान्जलाई दिइएको राजनीतिक शरण अन्त्य गरेको बताए ।
असान्जले संरा अमेरिकी सेनाले गरेका नृशंस र आपराधिक गतिविधिका धेरै घटना उजागर गरेकै कारण संरा अमेरिकाले उनलाई आफ्नो क्षेत्राधिकारभित्र सुपुर्दगी गराउन चाहनुले वाशिङ्टनले भन्दै आएको ‘इन्टरनेटको स्वतन्त्रता’ कागजमा मात्र सीमित रहेको प्रस्ट हुन्छ । कोरेयाले असान्जको गिरफ्तारीले पश्चिमा देशको दोहोरो मापदण्ड उजागर गरेको बताएका छन् ।
संरा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्वएजेन्ट तथा विसलब्लोअर (सचेतक) इडवार्ड स्नोडेनको तुलनामा असान्जको कथा निकै वियोगपूर्ण बनेको छ । स्नोडेनले रुसमा राजनीतिक शरण पाएका थिए । उनीहरू दुवैको घटनाले पश्चिमा देशका सरकारहरूका कालाकर्तुत उदाङ्गो पार्ने व्यक्तिले कुनै पश्चिमा देशमा राजनीतिक शरण नपाउने पुष्टि गरेको छ ।
इन्टरनेट स्वतन्त्रताको सन्दर्भमा विकिलिक्सले पश्चिमा देशहरूका पाखण्डी उदाङ्ग बनाएको छ । संसारमा भएका १३ वटा इन्टरनेट सर्भरमध्ये ११ वटा संरा अमेरिकाको नियन्त्रणमा छन् र बाँकी सर्भर पनि उसकै सहयोगी देशसँग छन् भने इन्टरनेट स्वतन्त्रतामाथि नै प्रश्न उठेको छ । संसारमा यदि इन्टरनेट स्वतन्त्रता छ नै भने पनि संरा अमेरिकाको निगरानीमा त्यो स्वतन्त्रता छ ।
संरा अमेरिकाले व्यापार सम्बन्ध गहिरो बनाउने वा सुधार गर्ने भन्दै आफ्नो इन्टरनेट सञ्जालको लागि बजारको ढोका खोल्न अरु देशलाई दबाब दिने गर्दछ । यतिबेला चीन र संरा अमेरिकाबीचको व्यापार सम्झौता गम्भीर मोडमा आइपुगेको छ । यस्तो परिस्थितिमा संरा अमेरिकाले चीनविरुद्ध यस्तै चालबाजी गर्ला र चीनको साइबर स्पेस खुल्न आग्रह गर्ला, यो हेर्नै बाँकी छ ।
लेखक चीनको रेनमिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका प्राध्यापक र विकास तथा रणनीति राष्ट्रिय प्रतिष्ठानका अनुसन्धानकर्ता हुनुहुन्छ ।
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुशिला
Leave a Reply