भर्खरै :

क्रान्तिकारी नैतिकताबारे

हो चि मिन्ह
१) पार्टी र क्रान्तिको लागि सङ्घर्ष गर्नमा आफ्नो जीवन अर्पण गर्नु,
२) पार्टीको लागि कठिन काम गर्नु, पार्टीको अनुशासन मान्नु र पार्टीका कार्यदिशा र नीतिहरू कार्यान्वित गर्नु,
३) पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो हितभन्दा पहिले र माथि राख्नु, दिलोज्यानले जनताको सेवा गर्नु, जनता र पार्टीको लागि निःस्वार्थरूपले सङ्घर्ष गर्नु र हरेक कुरामा दृष्टान्त बन्नु,
४) आफ्नो सैद्धान्तिक स्तर उठाउन, आफ्नो काममा सुधार ल्याउन र आफ्ना कमरेडहरू सँगसँगै प्रगति गर्नको लागि माक्र्सवाद लेनिनवादको अध्ययन गर्न र निरन्तररूपमा आत्म आलोचना र आलोचना गर्न प्रयास गर्नु ।
– क्रान्तिकारी नैतिकता पार्टी र जनताप्रति निरपेक्ष निष्ठामा रहेको छ ।
– पार्टीको उद्देश्य प्राप्त गर्नको लागि प्रयास गर्नु, मजदुर वर्ग र श्रमजीवी वर्गको इमानदारीतापूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नहुनु नै क्रान्तिकारी नैतिकता हो ।
– जस्तोसुकै परिस्थितिमा पनि सबै शत्रुहरूको विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु, आफ्नो चनाखोपन कायम राख्नु, लड्न तत्पर रहनु र झुक्नु तथा शिर निहुराउन इन्कार गर्नु क्रान्तिकारी नैतिकता हो ।
– जनतासित एक ढिक्का भएर मिल्न विश्वास प्राप्त गर्न र उनीहरूको रायप्रति ध्यान दिनुमा क्रान्तिकारी नैतिकता रहेको छ ।
– आफ्ना कुरा र कामद्वारा पार्टी र श्रमिक युवक सङ्घका सदस्य र कार्यकर्ताहरूले जनताको विश्वास, सम्मान र माया प्राप्त गर्दछन्, पार्टी वरिपरि उनीहरूलाई घनिष्टरूपले एकताबद्ध पार्छन् र उनीहरूलाई सङ्गठित, शिक्षित र परिचालन गर्छन्, जसले गर्दा उनीहरूले पार्टीका नीति र प्रस्तावहरूलाई उत्साहपूर्वक कार्यान्वित गर्छन् ।
हाम्रा शत्रुहरू तीन किसिमका छन् –
क) साम्राज्यवाद र पुँजीवाद, असह्य खतरनाक शत्रु
ख) पिछडिएका बानी र परम्पराहरू
ग) व्यक्तिवाद, निम्न पुँजीवाद मनोवृत्ति – जुन माथिका दुई खाले शत्रुको सहयोगी हो ।
– पार्टी र वर्गबाट छुट्टै रहेर कुनै पनि व्यक्तिले जतिसुकै प्रभावशाली भए पनि केही चिज प्राप्त गर्नसक्दैन ।
– आफ्नो काममा कुनै गल्ती नगर्न गा¥हो छ, हामीहरू गल्तीहरूदेखि डराउँछौँ ।
– व्यक्तिवाद सहयोगी शत्रु
– पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष व्यक्तिवाद हो । यो क्रान्तिकारी नैतिकताविपरीत छ ।
– समाजवादको निर्माणको लागि व्यक्तिवाद ठूलो बाधक हो । त्यसैले व्यक्तिवादको उन्मूलनको लागि चलाइने सङ्घर्षको सफलताबाट समाजवादको सफलतालाई अलग्ग पार्न सकिदैन ।
– व्यक्तिको हित समाजको हितसित घनिष्ठरूपले गाँसिएको हुन्छ । ती दुईबीच कुनै अन्तरविरोध भएमा क्रान्तिकारी नैतिकताले के अपेक्षा गर्छ भने व्यक्तिको हितले सामूहिक हितसामु आत्मसमर्पण गरून् ।
– व्यक्तिवादले सयौं खतरानाक रोगहरू पैदा गर्छ– नोकरशाही, हुकुमवाद, सङ्कीर्णवाद, मनोगतवाद, फजुल खर्च आदि । व्यक्तिवाद समाजवादको कठोर शत्रु हो ।
– पार्टी र श्रमिक युवक सङ्घका सबै सदस्यहरूले पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरूले पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्न दृढ सङ्कल्प गरून् । यो क्रान्तिकारीको उच्च गुण हो । यो क्रान्तिकारी नैतिकता हो, पार्टी र वर्गीय भावना हो र यसले पार्टी र जनताको विजयको लागि सुनिश्चित गर्छ ।
– क्रान्तिकारी नैतिकता आकाशबाट त्यसै खस्दैन, प्रयत्न गरेर नै यो दरिलो र विकसित बन्छ । नीलो पत्थरझैँ, जति जति पालिस लगायो उति उति यो चम्किन्छ, सुनझैँ जति पगाल्यो उति यो शुद्ध हुन्छ ।
– आफ्नो क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा सुख र गौरवको ठूलो स्रोत अरु के हुनसक्छ, जसले गर्दा समाजवादको निर्माण र मानव जातिको मुक्तिको लागि उचित योगदान गर्न सकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *