राज

दक्षिण पूर्वी एसियाको एक सानो देश भियतनामको स्वतन्त्रताको निम्ति भियतनामी जनताले पहिले फ्रान्सेली साम्राज्यवादसँग र पछि अमेरिकी साम्राज्यवादसँग लगभग ५० वर्ष लड्नुप¥यो । फ्रान्सेलीहरूले सन् १८६८ मा सैगोन कब्जा गरेका थिए । स्वतन्त्रताको निम्ति लड्ने एक किसान योद्धा वेन त्रुंग त्रुकले मृत्युदण्ड पाउनु पहिले भनेका थिए “जबसम्म यो देशमा घाँस उम्रिन्छ, आक्रमणकारीहरूको विरुद्ध लड्नेहरू पनि जन्मिरहन्छन् ।” यही परम्पराको आधारमा भियतनामी देशभक्तहरूले सङ्घर्षका हरेक किसिमका रूपहरूको अवलम्बन गरे । ३ मे, १९३० मा भियतनामका तीन कम्युनिष्ट समूहहरूको एकीकरण सम्मेलन हङ्गकङ्गमा भयो, जसको पहलकदमी का. हो ची मिन्हले गरेका थिए । यसभन्दा अघि ती समूहहरूसँगै मिलेर लड्ने कुरामा सहमत थिएनन् । यसै कारणबाट फ्रान्स ती तीनै वटा पार्टीहरूलाई दमन गर्न सफल भइरहेको थियो । का. हो ची मिन्हको अथक प्रयासबाट ती गुटफुटमा विभाजित पार्टीहरूको एकता सम्भव भयो र एउटा बृहत जनतामा आधारित भियतनामी कम्युनिष्ट पार्टीको स्थापना भयो । पछि यसको नाम बदली हिन्द चीन कम्युनिष्ट पार्टी रहन गयो ।
पार्टीले क्रान्तिको ११ सुत्रीय कार्यक्रम बनायो । यसपछि कम्युनिष्टहरूको प्रभाव तीव्रत्तर रूपमा बढ्यो । तिनीहरूले १९३०–३१ को क्रान्तिकारी उभारको नेतृत्व गरे । नअन र हा–निन्ह प्रान्तहरूमा जनताले सत्ता आफ्नो हातमा लिई गाउँ परिषद्हरू स्थापना गरे । तर, यो जनवादी सरकार फ्रान्सेली सेनाको बर्बरताको कारण ६–७ महिनामात्र टिक्न सक्यो । का. हो ची मिन्हले हङ्गकङ्गबाटै यस आन्दोलनलाई यथासम्भव निर्देशन दिएका थिए । क्रान्तिको त्यस असफलतापछि उनले यसको कारणसहित एक पत्र लेखे । का. होसँग बेलायत, फ्रान्स, चीन र मस्कोमा भियतनामीहरू एवं जनवादी आन्दोलनहरूमा गरेको कामको गहिरो अनुभव थियो । उनलाई कम्युनिष्ट विचारधारा भियतनामको राष्ट्रिय परिस्थितिहरूमा कसरी लागू गर्नुपर्दछ भन्ने राम्रो ज्ञान थियो ।
सन् १९३६ मा फ्रान्समा पपुलर फ्रन्टको सरकार बन्यो । जसको कारण हिन्द चीनमा साम्राज्यवादी दमनमा कमी आयो । यसबाट लाभ उठाई कम्युनिष्ट पार्टीले प्रचारका अनेकौं साधन अपनायो र ‘हिन्द चीन महाकङ्ग्रेस’ नामको एक आन्दोलन चलायो । यसका मुख्य मागहरूमा जनवादी सुधार लागू गर्नु, जनताको जीवनस्तर उकास्नु र स्थानीय परिषद्हरूको चुनावमा सबै बालिग जनतालाई भोट खसाल्ने अधिकार प्रदान गर्नु थियो । मजदुरहरूका ठूलठूला हड्तालहरू भए । किसानहरूका प्रदर्शनहरू भए । १ मई, १९३८ को मई दिवसमा ५ हजार मानिसहरूले एक जुलुस निकाले । ती दिनहरूमा का. हो ची मिन्ह चिनियाँ क्रान्तिमा जापानविरोधी युद्धमा काम गरी लडाइँका अनुभव हासिल गरिरहेका थिए ।
सन् १९३९ मा दोस्रो विश्व युद्ध छेडियो । फ्रान्सले तुरुन्त भियतनामीहरूका बचेखुचेका अधिकारहरू पनि जफत ग¥यो । मनपरी पक्राउ हुनथाल्यो । यस्तैमा का. होसँग सम्पर्क गर्न फम वान डाङ्ग र वो वेन जियाप्प चीन पुगे । यी मानिसहरूले का. होसँग विचारविमर्श गरी भियतमिन्ह (भियतनाम स्वाधीनता मोर्चा) गठन गरे । यसले फासिस्टवादको विरुद्ध लड्ने आह्वान ग¥यो । साथै फ्रान्सेलीहरूलाई भगाउने कार्यक्रमको नेतृत्व पनि त्यसले लियो । का. होले आफ्नो एक पर्चामा लेखे– “फ्रान्सेली साम्राज्यवाद एवं जापानी फासिस्टवाद दुवै राष्ट्रिय स्वाधीनता एवं विश्व क्रान्तिका शत्रु हुन् ।”
राष्ट्रियता एवं अन्तर्राष्ट्रियताको आधारमा बनेको त्यस कार्यक्रमले भियतनामी जनताको हृदयमा सुतेको सिंह बिउँझ्यो । उनीहरूले छिमेकी देशहरूविरुद्ध फौजमा भर्ती हुन इन्कार गरे । टोंकिनको बाकसन, अन्नमको डो लौंगमा र कोचीन नाइनाको इलाकामा विद्रोहहरू हुनथाले । साम्राज्यवादीहरूबाट भयानक दमन चक्र चलाइयो । निहत्था जनतालाई मेसिनगनबाट भुटियो, गाउँहरू जलाइए, मानिसहरूलाई चिहानहरू खन्न लगाएर फेरि तिनीहरूलाई नै त्यसमा जिउँदै पुरिदिए । उता युरोपमा जर्मनीले फ्रान्सलाई हरायो र यता भियतनाममा जापानीहरूले प्रवेश पाए । का. हो ची मिन्हले सन्देश पठाए कि जापानीहरूविरुद्ध गुरिल्ला युद्ध सुुरु गरिनुपर्छ ।
का. हो १९४१ जनवरीमा ३१ वर्षको प्रवासपछि भियतनाम फर्के र फर्कने बित्तिकै उनले आन्दोलनको नेतृत्व आफ्नै हातमा लिए । उनले एक प्रचारसेना र एक राजनैतिक सेना बनाउन जरुरी देखे । पार्टीको अखबार सुरु भयो, जसको नाम ‘भियत लैप’ (स्वतन्त्र भियतनाम) राखियो । सन् १९४१ को अन्तसम्ममा काओ वांग क्षेत्रमा कम्युनिष्टहरूले निकै आधार क्षेत्रहरू कायम गरे । का. होले ‘गुरिल्ला दाउपेच’, ‘रुसमा गुरिल्ला युद्धको अनुभव’ र ‘चीनमा गुरिल्ला युद्धको अनुभव’ नामका पुस्तकहरू लेखे । उनले चिनियाँ नेता सन यात सेनका ‘चिनियाँ युद्ध कला’ र ‘रुसको कम्युनिष्ट पार्टीको इतिहास’ नामक दुई पुस्तकहरूको अनुवाद गरे । उनले भियतनाममाथि फ्रान्सेली कब्जाको इतिहास पनि लेखे, जसमा देशभक्तिपूर्ण आन्दोलनलाई प्रमुखता दिइएको थियो । यही पुस्तकको अन्तिम भागमा का. होले भियतनाम सन् १९४५ मा मुक्त हुने भविष्यवाणी गरेका थिए ।
बिस्तारै बिस्तारै क्रान्तिकारी आधार क्षेत्र विकसित हुँदै लामसनसम्म पुग्यो । भियतमिन्हले मित्र राष्ट्रहरूसँग सहयोग लिने फैसला गरे । का. हो च्यांग काई शेकसँग भेटने बहाना बनाई एक प्रतिनिधिमण्डलको साथ चीन पुगे र त्यहाँका कम्युनिष्टहरूसँग उनले सम्पर्क गर्ने कोसिस गरे । का. होलाई गिफ्तार गरियो ।
१४ महिनापछि च्याङ सरकारले निकै केरकारपछि रिहा ग¥यो । जेल जीवनका यातनाहरूबाट का. होको स्वास्थ्य बिग्रियो । उनले चीनमा रहेका भियतनामीहरूको सङ्गठनहरूलाई आफ्नो कामको केन्द्र भियतनामलाई नै बनाउन र जति सकिन्छ उति स्वदेश फर्कन अनुरोध गरे । दुई वर्षपछि अर्थात् सन् १९४४ मा का. हो पनि भियतनाम फर्के ।
भियतमिन्हले धेरै पटक फ्रान्ससमक्ष जापानविरुद्ध मिलेर लड्ने प्रस्ताव राखे तर फ्रान्सले कम्युनिष्टहरूको विरुद्ध जापानलाई साथ दिने काम जारी राख्यो । जनतामा आतङ्क फैलाई तिनीहरूलाई भियतमिन्हमा सामेल हुनबाट रोक्न प्रयास गरियो तर जहाँ–जहाँ दमन भयो, त्यहाँ–त्यहाँ आन्दोलन अझ उठ्यो । फ्रान्समा देगालको विजयपछि हिन्द–चीन फ्रान्स र जापानबीच मतभेद बढ्यो । यसबाट क्रान्तिकारी आन्दोलन विकास हुने मौका मिल्यो । का. होले राष्ट्रिय मुक्ति सेना गठन गर्ने प्रस्ताव राखे र जियाप्पलाई यसको जिम्मा दिए । ३४ लडाकूहरूको पहिलो दस्ता बनाइयो, जसमा धेरैले चीनमा फौजी शिक्षा लिएका थिए । त्यसलाई ‘प्रचार एवं मुक्ति–दस्ता’ भनियो । यसको भोलिपल्टै पाए खाट र ना नाममा पहिलो विजय हासिल भयो । १९४५ मार्च ९ मा जापानीहरूले फ्रान्सेलीहरूलाई पूर्णतः सत्ताबाट निकाले । फ्रान्सेली नागरिकहरूलाई गिरफ्तार गरियो ।
सन् १९४५ मार्च १ मा भियतमिन्हले फ्रान्सेलीहरूसँगको शत्रुता अन्त गरी उनीहरूलाई शरणार्थीको दर्जा दिए । गुरिल्लाहरूले फ्रान्सेली सैनिकहरूलाई जापानीहरूको कैदबाट छुटाउन हमलासम्म गरे । जापानले ‘दाएभियत’ (विशाल भियतनाम) पार्टीको माध्यमबाट आफ्नो कठपुतली सरकार बनायो र एक फौज जुटाई भियतमिन्हको विरुद्ध पठायो । भियतमिन्हले त्यस फौजलाई सजिलै हराए । उनीहरूको हतियार जफत गरे र आफूलाई अझ मजबुत बनाए । ३५ व्यक्तिहरू, तीन राइफल र एक पिस्तोलबाट सुरु भएको मुक्ति सेना अब १० हजार सिपाहीँ भर्ती भइसकेका थिए र त्यसका थुप्रै गुप्त दस्ताहरू देशभर फैलिएका थिए ।
१५ अगष्ट, १९४५ मा भियतनामी कम्युनिष्ट पार्टीको जनकाङ्ग्रेस तान त्रावको आधार इलाकामा भयो । १६ अगष्टको दिन जापानीहरूले विश्व युद्धमा आफ्नो पराजय स्वीकार गरे । जनकाङ्ग्रेसले सशस्त्र क्रान्तिको आह्वान ग¥यो र राष्ट्रिय मुक्ति समितिको चुनाव ग¥यो । क्रान्ति सुरु भयो । जनमुक्ति सेनाले जापानी चौकीहरू ध्वस्त गरे । १४ अगष्टको दिन हनोइमा त्यसले कब्जा जमायो । सेप्टेम्बर २ को दिन अस्थायी सरकार बन्यो । का. हो ची मिन्हले स्वतन्त्रताको घोषणापत्र पढे ।
तर, भियतनामलाई अझ साम्राज्यवादविरुद्ध लडाइंँको पर्याप्त उद्देश्य तय गर्नु थियो । मित्र राष्ट्रहरूले जापानीहरूलाई निःशस्त्र गर्ने नाममा भियतनामलाई दुई भागमा बाँडिदिए । दक्षिणी भाग ब्रिटिश सेनालाई सुम्पियो र उत्तरी भाग च्याङ्ग काई शेकको सेनालाई सुम्पियो । २३ सेप्टेम्बरमा ब्रिटिश सैनिकहरूले सैगोनलाई घेरामा पारे । यो एक नयाँ हथकण्डा थियो । पहिले जहाँ पनि जापानी सेना पठाइन्थ्यो र फेरि उनीहरूबाट हतियार लिने नाममा अङ्ग्रेज एवं उनको आदेशमा भारतीय सैनिक पुग्दथ्यो । भियतनामीहरूले यी अप्ठ्याराहरू भएर पनि कडा प्रतिरोध गरे र उत्तरबाट भियतनामी देशभक्तहरू आई दक्षिणमा लड्न थाले । उनीहरूको रगतबाट त्यहाँको धर्ती रातो भयो । उत्तर भियतनाममा का. हो ची मिन्हलाई च्याङ काई शेकका जनरलहरूको हथकण्डाहरूको जवाफ दिनुप¥यो । ७ जनवरी, १९४७ मा का. होले चुनाव गराए र जीत हासिल गरे ।
देशलाई युद्धबाट बचाउन र पुनःनिर्माणको लागि समय निकाल्नको लागि का. होले ६ मार्च, १९४७ मा फ्रान्सेलीहरूसँग सन्धि गरे । यसको निम्ति उनले केही आलोचना झेल्नुप¥यो तर उनी जनतालाई सम्झाउन सफल भए । ३१ मईमा उनी फ्रान्स गए तर त्यहाँ उनले इन्साफ पाएनन् । १४ डिसेम्बरमा फ्रान्सेली सेनाले सन्धिलाई तोडी हनोइ एवं अरु सहरहरूमा हमला गरे । उनलाई सफलता त मिल्यो तर भियतनामी देशभक्तहरूले पनि सङ्घर्ष गरे, जसबाट निकै सङ्ख्यामा फ्रान्सेलीहरू मारिए । एकपटक फेरि मुक्ति युद्ध थालियो, यो ७ मई १९५४ सम्म चल्यो । डिन बीन फूँको ५५ दिनको युद्धमा मुक्ति सेनाले फ्रान्सेलीहरूलाई अन्तिमरूपमा परास्त गरे । जेनेवा सम्मेलन बोलाइयो, जसमा अढाई महिनासम्म बहस भयो । २० जुलाई १९५४ मा युद्ध स्थगनको सम्झौतामा दस्तखत भयो तर अमेरिकाले यो सन्धिमा दस्तखत गरेन ।
अमेरिकीहरूले न्यू जर्सीमा रहेका नो दिन्हलाई दक्षिणमा कठपुतली सरकारको प्रधानमन्त्री बनाए । अमेरिकाको २ सय फौजी अधिकारीहरूले ‘सैनिक सहायता परामर्श दलको पर्दा पछाडिबाट युद्ध’ सञ्चालन गर्नथाले । बिस्तारै बिस्तारै अमेरिकीहरूले हरेक क्षेत्रमा फ्रान्सेलीहरूको स्थान लिन सुरु गरे । एक वर्षदेखि साढे एक वर्षमा उनीहरूले दक्षिण भियतनामलाई आफ्नो उपनिवेश बनाए । जेनेवा सम्झौतामा स्वतन्त्र आम चुनावको माध्यमबाट दुवै भियतानामको एकीकरण गर्ने शर्त थियो तर अमेरिकी कठपुतली सरकारले दक्षिण भियतनामलाई स्वतन्त्र राज्य घोषणा ग¥यो । २० जुलाई, १९५६ मा जेनेवा सम्झौताअनुसार आम चुनाव हुनुपथ्र्यो तर अमेरिकाले ४ मार्च, १९५६ मा केवल दक्षिणमा चुनाव गरी १२३ सदस्यीय संविधान सभा खडा ग¥यो ।
दक्षिणको अमेरिकी कठपुतली सरकारले न भूमि सुधार ग¥यो, न त ठीक तरिकाले शासन ग¥यो । आन्तरिक भ्रष्टाचार एवम् जनदमनको कारण त्यो अलोकप्रिय भयो । कम्युनिष्टहरूले त्यहाँ भियतकांग नामको सङ्घर्ष सुरु गरे । उत्तरबाट पहिले भियतकांगलाई केवल आर्थिक एवं नैतिक मद्दत मिलेको थियो । पछि दक्षिणमा अमेरिकी कठपुतली सरकारविरुद्ध लड्न उत्तरबाट सैनिक सहयोग पनि प्राप्त भयो । अमेरिकी राष्ट्रपति केनेडीले चार हजार अमेरिकी सैनिक भियतकांग र उत्तरी भियतनामविरुद्ध पठाए । सन् १९६५ सम्म अमेरिकी विमानहरूले विभिन्न बहानामा उत्तरमाथि बमवारी गर्नथाले । सन् १९६६ सम्ममा २ लाख अमेरिकी फौज प्रयोग गरियो । संरा अमेरिका आफ्नो नीतिको कारण एक्लिँदै गयो । फ्रान्सले आफूलाई त्यस नीतिबाट अलग्ग भएको घोषणा ग¥यो । सन् १९६७ मा अमेरिकी रक्षामन्त्री माकनामाराले भियतनामको सिलसिलामा अमेरिकी नीतिको जाँच गरे, जसको नतिजा सन् १९७१ मा आयो । सन् १९६८ मा राष्ट्रपतिमा चुनिएका निक्सनले बमबारी गरी भियतनामलाई ध्वस्त गर्ने पूरा कोसिस गरे तर अमेरिकी शक्तिले भियतनामी सङ्कल्पलाई तोड्न सकेन । हार खाई सन् १९७२ मा निक्सन आफ्नो फौज भियतनामबाट फिर्ता बोलाउन बाध्य भयो । तथाकथित संसारको सबभन्दा शक्तिशाली देशको यो ठूलो अपमानजनक पराजय थियो ।
अब अमेरिकीहरूले नयाँ हथकण्डा अपनाउन थाले । उनीहरूले युद्धलाई भियतनामीकरण गर्ने कोसिस गरे । जनरल थियूको रूपमा आफ्नो एक कठपुतलीको माध्यमबाट त्यसले भियतकांग र उत्तर भियतनामविरुद्ध लडार्इं चलायो तर अप्रिल १९७५ मा कम्युनिष्टहरूको फौजले सैगोनलाई घे¥यो । थियू भाग्यो । सैगोनको नामकरण भियतनामीहरूले आफ्नो महान नेताको नाममा ‘हो ची मिन्ह नगर’ राखे । १९७५ नोभेम्बरमा दक्षिण र उत्तर भियतनामको एकीकरणको घोषणा भयो ।
यसरी भियतनामी किसानहरूले विश्वको इतिहासमा सबभन्दा लामो युद्ध जिते । उनीहरूले फ्रान्सेली, जापानी, बेलायती एवम् अमेरिकी साम्राज्यवादी शक्तिलाई आफ्नो स्वतन्त्र हुने दृढ सङ्कल्पबाट पराजित गरे ।
स्रोत ः नौलो आयाम, वर्ष १, अङ्क ४