भर्खरै :

नेपालमै पहिलोपटक जापानी खेल केन्दमा प्रतियोगिता सम्पन्न

भक्तपुर, ८ असार । नेपाल केदम नेटवर्कको आयोजनामा नेपालमै पहिलोपटक जापानी ऐतिहासिक खेल केन्दमा प्रतियोगिता सम्पन्न भयो । नेटवर्कका नेपाल संयोजक पुण्यराम कवांको सभापतित्वमा भएको कार्यक्रममा जापानी राजदूतावासका सहायक राजदूत योशिवोकाले विधिवत उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा चम्पक विद्यापीठले समग्रमा ६ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरी केन्दामाको रनिङ्ग सिल्ड जित्न सफल भएको थियो । ६ अङ्क प्राप्त गरी दोस्रो स्थान पारागन एकेडेमीले हासिल गरेको थियो ।
तीन चरणमा सम्पन्न उक्त प्रतियोगितामा केन्दामा दौडमा पारागनका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरी स्वर्ण पदक जिते । त्यसैगरी मोशिकामे चुनौती प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान चम्पक विद्यापीठले हासिल गरेका थिए ।
केन्दामा त्रिक प्रतियोगितामा पारागनका नवराज श्रेष्ठ र चम्पक विद्यापीठका गिरिश संयुक्त प्रथम स्थान हासिल गरी स्वर्ण पदक जित्न सफल भएको थियो ।
विश्वविजेता कुबोताले कार्यशाला गोष्ठीमा विभिन्न विद्यालयका शिक्षकहरूलाई केन्दामा बारे प्रशिक्षण दिनुभएको थियोे । उक्त कार्यक्रममा जाइकाका नेपाल च्याप्टर प्रमुख आसकुमा, ओसाका हिरानो क्लव जापान रोतरिएन र क्वान्सेइ गाकुइन युनिभर्सिटीका प्रोफेसर डाक्टर ताकेशी सेकियाले केन्दामा खेलबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *