नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री अन्य पाहुनाभन्दा अगाडि विशेष कुर्सीमा बसेको तस्वीर यतिबेला चर्चामा छ । राष्ट्रिय वृक्षरोपण कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रमको मञ्चमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलगायतका विशिष्ट पाहुना पछिल्लो पङ्क्तिमा बस्नुभएको छ भने एक्लो प्रधानमन्त्री अघिल्लो पङ्क्तिमा राखिएको एउटा विशेष कुर्सीमा बस्नुभएको छ ।
तस्वीर हेरेर धेरै पर्यवेक्षकले इतिहासको कुनै कालखण्डमा राजा र राजपरिवारको लागि अलग्ग कुर्सीको बन्दोबस्त गरिने प्रचलन स्मरण गरे । कुनै बेला जनताभन्दा राजा र राजपरिवार विशेष मानिन्थ्यो । त्यसकारण अन्य नागरिक सामान्य कुर्सीमा बस्थे, राजा र राजपरिवार मलमल कपडा मोडेको राजसी छाँटको कुर्सीमा बस्थे । जनता (प्रजा) भन्दा आफू माथि र उपल्लो देखाउने मनोविज्ञान नै त्यस्तो बन्दोबस्तको निहीतार्थ हुन्थ्यो । शनिबारको मञ्च व्यवस्थापन र प्रधानमन्त्रीको आसनले पनि प्रधानमन्त्री आम नागरिकभन्दा माथि वा विशेष भन्ने भान पार्न खोजेजस्तै देखियो । अन्य केही कार्यक्रममा राष्ट्रपतिको सन्दर्भमा पनि यस्तै बन्दोबस्त गरिएको देखिन्छ । अनि न राष्ट्रपति न प्रधानमन्त्रीले यस्तो विशेष बन्दोबस्तमा कुनै किसिमको आपत्ति पोख्नुभएको सुनियो । के वास्तवमै राष्ट्रपति र प्रधानमन्त्री जनताभन्दा माथि र विशेष हुनुहुन्छ ?
प्रस्टतः जनताको बुझाइमा गणतन्त्र त्यस्तो व्यवस्था हो जहाँ जनताकै छोराछोरी राजकीय पदमा पुगेका हुन्छन् र जनताकै मतअनुसार शासन चलाउँछन् । जनताकै मतले शासक बनेका जनताकै छोराछोरी जनताभन्दा कसरी विशेष हुनसक्छन् ? उनीहरू पनि त जनता नै भए । हिजो शासक बन्न रानीको कोखबाट जन्मिनुपथ्र्यो । राजाकै रगत शरीरमा बग्नुपथ्र्यो । तर, गणतन्त्रमा जनताको कोही पनि छोराछोरी शासक बन्न सक्छन् अर्थात् गणतन्त्रमा जनताकै शासन हुन्छ । जनता नै शासक हुँदा उनी कसरी राजाजस्तै कुनै अलग्ग र विशेषको सौखिन हुनसक्छन् ?
तर, प्रधानमन्त्रीलाई ‘अलग्ग र विशेष’ व्यवस्था गरेर उहाँलाई जनताभन्दा माथि र अलग्ग देखाउन खोजियो । प्रधानमन्त्रीलाई अलग्ग मञ्च व्यवस्थापन गर्नेहरू व्यक्तिहरूमा त शक्तिको भक्ति गर्ने भूत सवार भएकोमा कुनै विवाद भएन । बलेको आगो ताप्ने, पदको पूजा गर्ने चाकडी प्रथाको आधुनिक संस्करणहरूबाटै त्यस्तो बन्दोबस्त गरिएकोमा कुनै शङ्का भएन । विडम्बना त जनताको प्रतिनिधिको रूपमा प्रधानमन्त्री बन्नुभएका ओलीले मञ्च व्यवस्थाप्रति आपत्ति नजनाउनुले उहाँमा पनि सामन्ती चिन्तन रहेको प्रस्ट हुन्छ । ज्ञान, उमेर र विद्वताको हिसाबमा मञ्चको पछिल्लो पङ्क्तिमा बस्नुभएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रधानमन्त्रीले भ्याउन गा¥है होला । तथापि शासक भएकै नाताले जोशीभन्दा आफू विशेष देखिने प्रधानमन्त्रीको चाहनाले गणतन्त्रको खिल्ली उडाइरहेको छ ।
आत्माश्लाघा लोकतान्त्रिक व्यवस्थाको लागि घातक हुने गरेको छ । जब जनताका छोराछोरीभन्दा नेतृत्वको छोराछोरीलाई उचाइमा राख्ने प्रवृत्ति मौलाउँछ, त्यहाँ क्रमशः नयाँ रूपको सामन्तवाद हुर्किरहेको हुन्छ । मङ्गलबार राजधानीमा आयोजित अर्काे एउटा कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना छोरा प्रकाश दाहालबारे दिनुभएको अभिव्यक्तिले देशमा नजानिंदो गरी नयाँ खालको सामन्तवाद हुर्किरहेको देखिंदै छ । नेपाली जनताका हजारौँ छोराछोरीको बलिदानले दाहाललाई आजको राजनीतिक उचाइमा पु¥याएको हो । कलिलो उमेरमा गोली छातीमा थपेर सहिद बन्ने जनताको छोराछोरीभन्दा आफ्नो छोरामा विशेष देख्नु दाहालभित्रको स्वार्थी चिन्तनको द्योतक हो । प्रकाश दाहाल प्रचण्डको छोरा भएकैले अमर र विशेष हुने अनि जनताको छोराछोरीको बलिदानको गन्तीसमेत नहुनुले देशमा नजानिंदो पाराले हुर्किरहेको सामन्तवादको सङ्केत गर्छ ।
Leave a Reply