भर्खरै :

गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’

– तारानाथ आचार्य
बलेवा, १९ असार । ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो ।
आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय थियो । रसाइलीले भन्नुभयो, “एक÷दुई घण्टामा अस्पताल पु¥याउँछ, आश गर्ने ठाउँ बनेको छ ।”
ऊ बेलाको जस्तो सिटामोल नै नपाउने अवस्था त अहिले छैन तर पनि खुंखानीका महिलालाई अझै पनि बच्चा जन्माउने सुरक्षित ठाउँको अभाव नै थियो । गर्भवती, नवजात शिशु र सुत्केरीहरूले सामान्य स्वास्थ्य सल्लाहसम्म नपाएका कारण जिल्लाको तमानखोला, निसीखोला र ढोरपाटनका कैयौँ महिला तथा बालबालिकाले ज्यान गुमाएको यथार्थ गाउँलेहरू अहिले सम्झन्छन् ।
एक–दुई महिना पहिला पनि खुंखानीका गर्भवती महिलाका लागि सामान्य समस्या पहिचान गर्नसक्ने स्वास्थ्य संस्था थिएन । गर्भवतीको चेकजाँच गर्नका लागि आवश्यक सामान्य प्रयोगशाला, बच्चा र गर्भवतीका लागि सहयोग गर्ने आवश्यक जनशक्ति र ‘बर्थिङ सेन्टर’ को अभावलगायतका समस्या त्यहाँका महिलाले भोग्दै आएको निसीखोलाकी स्थानीय ज्ञानकुमारी बुढाले बताउनुभयो ।
सदरमुकाम बागलुङ बजारदेखि ९१ किलोमिटरको दूरीमा रहेको बुर्तिबाङ स्वास्थ्य चौकीले मात्रै सामान्य अवस्थामा गर्भवती महिलालाई बच्चा जन्माउन सघाउँथ्यो । धेरै गा¥हो भयो भने त्यहाँबाट बागलुङ बजार र पोखरा पुग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो । अहिले भने निसीखोलाको सामुदायिक स्वास्थ्य क्लिनिक, तमानखोलाको खुंखानी स्वास्थ्य चौकी र ढोरपाटन सामुदायिक स्वास्थ्य क्लिनिकमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् ।
बर्थिङ गराउन सक्ने जनशक्ति उपलब्ध हुँदाहुँदै प्राविधिक सामग्रीका कारण सेवा उपलव्ध गराउन नसकेका तीन वटा स्वास्थ्य केन्द्रमा प्रयोगशाला स्थापना भएका छन् भने दुई वटा प्रयोगशालाको स्तरोन्नति गरिएको छ । निसी, तमान र ढोरपाटनमा अहिले मातृशिशु मृत्युदर घटाउने अभियान चलेको छ । अभियानमा स्थानीय सरकार सहभागी भएका छन् । उनीहरूलाई फेयरमेड फाउन्डेसन नेपाल नामक गै¥हसरकारी संस्थाले सघाएको छ । स्थानीय साझेदार संस्था भिमापोखरा युवा क्लव बागलुङले जिल्लाकै दुर्गम मानिने निसी, तमान र ढोरपाटनमा अभियानको सहजीकरण गरिरहेको छ ।
“अहिले धेरै सहज भएको छ, गाउँमै सुत्केरी गराउन पाउँदा गाउँलेहरू खुसी छन्”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “हामी स्वास्थ्य सेवालाई अझै सहज बनाउन सहकार्यमा काम गर्छौं ।” बागलुङको सबैभन्दा दुर्गम मानिने निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरू परिवर्तन हुनथालेपछि सर्वसाधारणले राहत महसुस गर्न थालेका छन् ।
“हामीले त ! कम्ता दुःख पाइएन”, खुंखानीकी आशकुमारी रसाइलीले भन्नुभयो, “अहिले यतै बच्चा जन्माउने ठाउँ बनाएका छन्, अब मर्नुपर्दैन ।” गाउँमा खुलेका ‘बर्थिङ सेन्टर’ ले स्वास्थ्यकर्मीलाई पनि खुसी बनाएको छ । “यहाँ आउने गर्भवतीलाई सामान्य चेकजाँच गरेर बुर्तिवाङ जानुस् भन्नुपर्दथ्र्यो, अब त्यो समस्या रहेन”, बोङ्गादोभान स्वास्थ्य चौकीका अहेब राजनकुमार थापाले भन्नुभयोे, “तीन–चार घण्टाको बाटो हिँडेर जानुभन्दा आफंंंंैलाई अप्ठयारो लाग्थ्यो ।” प्रसूति गराउनका लागि आवश्यक सामग्री, प्रसूतिका चरणमा देखिने खतराको पहिचान गर्न प्रयोगशाला नभएका कारण पहिले–पहिले सीधै बुर्तिबाङ पठाउने गरेको उहाँले बताउनुभयो ।
फेयरमेडले ‘बर्थिङ सेन्टर’ का लागि आवश्यक सामग्री, यन्त्र उपकरण, औषधिका साथै स्वास्थ्य स्वयंसेविकालाई तालिम, बच्चा जन्मेपछि हुने सङ्क्रमणबाट बचाउन स्वास्थ्यकर्मीलाई तालिम र नर्स नभएका ठाउँहरूमा प्यारामेडिक्र्सहरूलाई सुरक्षित प्रसूतिको विषयमा तालिम, बच्चालाई सिताङ्ग हुनबाट जोगाउन ‘बेबी वार्मर’ मेशिन दिएको छ ।
स्वास्थ्य संस्थामा उपलब्ध रहेको जनशक्तिलाई परिचालन गरेर सेवा दिन स्थानीय तहहरूले व्यवस्था मिलाएका छन् । ‘बर्थिङ सेन्टर’ स्थापना भइसकेपछि गाउँका अधिकांश गर्भवती महिला प्रसूति हुन स्वास्थ्य चौकी आउने गरेको उहाँले बताउनुभयो । “पहिलेको तुलनामा अहिले धेरै सुधार भएको छ, पहिले धेरै महिलाहरू घरमै सुत्केरी हुनुहुन्थ्यो”, थापाले भन्नुभयोे, “अहिले धेरै महिला दिदीबहिनीहरू प्रसूति हुन स्वास्थ्य संस्थामा आउनुहुन्छ, गाउँमा यदाकदा अझै पनि घरमै सुत्केरी हुने चलन छ ।”
तमानखोलामा बोङ्गादोभान, खुङ्खानी र तमान स्वास्थ्य चौकी गरी तीन वटा बर्थिङ सेन्टर रहेका छन् । निसीखोलामा बोहरागाउँ, देविस्थान, निसी र राजकुट स्वास्थ्य चौकीमा गरी चार वटा बर्थिङ सेन्टर छन् । ढोरपाटन बुर्तिबाङमा बर्थिङ सेन्टर स्थापन हुँदा गर्भवती महिलाहरूलाई सहज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *