अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
सरकारमा पुग्ने हरेक राजनैतिक दलले एकै मुखले भन्दै आएका छन् नेपालमा विदेशी पुँजीको लगानी ल्याउन सके यहाँका उद्योगधन्दाको विकास हुनेछ, रोजगारी बढ्नेछ र समृद्ध समाजको निर्माण हुनेछ ।
पञ्चायतकालमा अर्थात् राजा महेन्द्रको पालामा केही उद्योगधन्दाको स्थापना गरियो, समाजवादी देशहरूको सहयोगमा । नेपाली काङ्ग्रेसको सरकारले एकपछि अर्काे उद्योगधन्दा कौडीको मोलमा बेच्दै निजीकरण ग¥यो र निर्वाचन जित्दै गयो ।
एमालेले आफ्नै सरकारको नेतृत्व र संयुक्त सरकारहरूको बेला फेरि त्यही नारा घन्कायो र काममा भने उद्योग, संस्थान र सेवाहरू निजीकरण गर्दै गयो । आज फेरि दुईतिहाइ भनिएको ओली – प्रचण्डको सरकारले घाँटी सुकाइ – सुकाइ समृद्धिको निम्ति विदेशी पुँजीको नारा घन्काउँदैछ ।
वर्तमान सरकार र हिजोका सरकारहरूका सबै सल्लाहकारहरू एकै हुन् वा शासक दलहरूलाई व्यङ्ग गर्दैछन् भन्नेबारे सरकारलाई हेक्का पनि नहुनु अर्काे विडम्बना छ ! नेपालको दायाँ–बायाँका देशहरू उद्योगधन्दा र सेवामा नेपालभन्दा अगाडि छन् र तिनीहरूको पूर्वाधार पनि अगाडि छ, बजार ठूलो छ आदि । त्यसो भए अन्त नगई नेपालमै किन आउँछ विदेशी पुँजी ? नेपाल जहाँका राजनैतिक दलहरूले देश त के गाउँ र नगरपालिकासमेत चलाउन जानेका छैनन् । चार वर्षसम्म ‘विदेशी मित्रहरू’ कै सल्लाहमा सङ्घीय व्यवस्था अङ्गाली तीन वर्षदेखि प्रदेश सरकारहरू चलाउँदैछन् तर आधा बजेट पनि खर्च गर्न सकेनन् वा तिनीहरूलाई खर्च गर्न आउँदैन । सरकारको तल–माथि, दाया – बायाँ र चारैतिर ठगहरू, भ्रष्टाचारीहरू र पप्पु कन्स्ट्रक्सनजस्ता देशै ‘अँगालेका’ ठेकेदारहरू छन् । यहाँ पक्षपात र गुण्डागर्दीको कुनै सीमा छैन भने विदेशी पुँजी देशमा आउँछ किन ?
नेपालका मित्रहरू पनि अनेक रूप र रङ्गका छन्, जुन स्वाभाविक हो । केही मित्रहरू गुरु बनेर हाम्रा शासकहरूका कानमा समृद्धिको एक सूत्रीय मन्त्र फुक्छन् । कोही आफ्नो देशको मात्रै अनुभव बताउँछन् । कुनै देशले हामै्र देशका विश्वविद्यालयलाई गुरु देखाउँछन् । केही मित्र मुखले केही नभनी आफ्ना देशका विभिन्न स्तरका समाज र क्षेत्रहरूमा एकपछि अर्काे प्रतिनिधिमण्डल बोलाएर देखाउँछन् । नेपाली प्रतिनिधि मण्डलहरू न हेर्छन् राम्रो, न बुझ्छन् राम्रो ! तीमध्ये कतिले त आ–आफ्नो झोलामा होटल र सत्कार गृहका टुथब्रश, साबुन, चप्पल, लुगा र रुमालदेखि अटेसम्म कोचेर ल्याउँछन् ।
न प्रजातान्त्रिक व्यवहार गर्ने न समाजवादको सिद्धान्त बुझ्ने नेता भई टोपलेकाहरू ‘प्रजातान्त्रिक समाजवाद’ र ‘समाजवादी प्रजातन्त्र’ सिक्न काशी–जगन्नाथ पुग्छन् र आ–आफ्नो प्रदेश र गाउँमा ‘रेड लाइट एरिया’ तथा ‘वेश्यालयहरू’ खोल्ने र समृद्धिको महान् वाणी सिकेर आउँछन् !
शिष्टताले दिने भए वा व्यक्ति किटेर करामतहरू उल्लेख गरेर ‘सहयोग’ हुने भए त्यस्ता जानकारहरूका कमी आ–आफ्ना दलहरूमा तलदेखि माथिसम्म नभएका होइनन् । देशमा विदेशी पुँजी र विचार ल्याउनुभन्दा पनि संसदीय विकास रकम चुनाव खर्चको रूपमा प्रयोग नगरी पारदर्शी ढङ्गले खर्च गर्ने बानी बसाले नेपाल र नेपालीले अरूसँग नमागेर पनि देश चलाउन सकिन्छ भन्ने पाठ सिक्ने थिए ।
Leave a Reply