लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
गत वर्षदेखि संरा अमेरिकी सरकारले एकतर्फीरूपमा चीनविरुद्ध व्यापार युद्ध भड्काउने र लम्ब्याउने काम गर्दै आइरहेको छ । यसको छाया दुई देशबीचको व्यापार सम्बन्ध र विश्व अर्थतन्त्रको विकासमा प्रत्यक्ष परिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रकाशन छिशी (Quishi) जर्नल २०१९ को १२ औँ अङ्कमा प्रकाशित लेखले चीन–संरा अमेरिकी व्यापार विवादबारेका प्रश्नहरूको जवाफ समेटेको छ । लेखको महत्वपूर्ण अंश यहाँ प्रस्तुत छ –
एउटा जिरो–सम गेम (शून्य–योग खेल) ?
अन्तर्र्राष्ट्रिय आर्थिक सहकार्यमा, एउटा सामान्य व्यापारसम्बन्ध आपसी हितको मान्यतामा निर्माण गरिन्छ, बराबर आदानप्रदानको आधारमा खडा गरिन्छ, शून्य–योग खेलको आधारमा होइन । शून्य–योग खेलमा एक पक्षको प्राप्तिमा अर्को पक्षले गुमाउनैपर्ने हुन्छ अर्थात् एकको जितका लागि अर्कोले हार्नुपर्ने नियम छ ।
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापारिक सम्बन्धको ऐतिहासिक विकास अवधिभर दुई देशले एक अर्काको फाइदामा परिपूरक बनी, आवश्यकीय वस्तुहरू आदानप्रदान गरी आफ्नो आर्थिक विकास र औद्योगिक संरचना अनुकूलन र उत्पादन वृद्धिमा जोड दिए । दुईपक्षीय व्यावसायिक आदानप्रदान वास्तवमै परस्पर लाभदायक थियो । त्यसकारण अमेरिकाबाट चीनले मात्र फाइदा लिइरहेको कुरा गलत हो ।
अन्तर्राष्ट्रिय व्यापारले सहभागी देशहरूको नाफा वृद्धि ग¥यो तर सहभागी देशहरूबीच नाफाको वितरण भने असमान भएको हुनसक्छ । उच्च उत्पादकत्व क्षमता भएका संरा अमेरिकी इन्टरप्राइजेजहरूले विश्वव्यापी पूर्ति चक्र (supply chain) मा उच्च स्थान प्राप्त गरेका छन् । त्यसैले अन्तर्राष्ट्रिय आदानप्रदानमा संरा अमेरिकी इन्टरप्राइजेजहरू अत्यधिक नाफा प्राप्त गर्छन् । चीनले बोइङ हवाई विमानका लागि १० करोडभन्दा बढी सर्तहरू (shirts) निर्यात गर्नुपर्ने अनुमानित तथ्याङ्क छ । यो साँचो किस्सा आश्चर्यजनक छ तर यसले अन्तर्राष्ट्रिय व्यापारको प्रकृति उजागर गर्दछ । धेरै लामो समयदेखि संरा अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा अस्वाभाविक (para normal) नाफा आर्जन गरिरहेको छ । यसको कारण मुद्रा, प्रविधि, बजार र औद्योगिक स्तरमा संरा अमेरिकाको एकाधिकार नै हो ।
संरा अमेरिकी कम्पनी र जनता चीनलगायत विकासशील देशहरूबाट सस्तो र गुणस्तरीय वस्तुहरू आयातमा आनन्द लुट्छन् । पक्कै पनि चीनले चीन र संरा अमेरिकी आर्थिक तथा व्यापार सहकार्यबाट लाभ जरुर लिएको छ तर त्यो आर्जन चिनियाँ जनताको मेहनतपूर्वक गरिएको कामको प्रतिफल हो । विश्वव्यापी पूर्ति–चक्रमा मध्यम र न्यूनतम मूल्यका वस्तुहरूको निर्यातकर्ताको रूपमा उभिएर चीनले अन्तर्राष्ट्रिय व्यापार आदानप्रदानमा महत्वपूर्ण योगदान पु¥याइरहेको जगजाहेर छ ।
के ‘पारस्परिक व्यापार’ निष्पक्ष छ ?
अन्तर्राष्ट्रिय व्यापारमा विकासका फरक–फरक चरण, विशेष परिस्थिति र नाफाका आकाङ्क्षाहरूले भूमिका खेल्दछन् । समान परामर्शको आधारमा अन्तर्राष्ट्रिय समुदायले व्यापार नियमहरूका सिद्धान्त स्थापित गर्दछ । त्यसकारण व्यापार निष्पक्षता कुनै एक देशले निर्णय र निर्धारण गर्ने विषय होइन । व्यापार नियमहरू कुनै एउटा देशको नाफाका आधारमा निर्माण गरिइँदैन । व्यापार निष्पक्षता बहुपक्षीय समतामूलक परामर्शद्वारा निर्णय गरिनु आवश्यक छ ।
संरा अमेरिकाका केहीले दाबी गरेको तथाकथित ‘निष्पक्ष व्यापार’ अन्तर्राष्ट्रिय नियमहरूमा आधारित छैन तर ‘अमेरिका पहिलो’ को पूर्वानुमान गरियो जसले संरा अमेरिकाको नाफा अझ बढाउने उद्देश्य राख्यो । यसको मूख्य आशय तथाकथित ‘पारस्परिक’ व्यापार नै हो, जसले कुनै विशेष उत्पादनको भन्सार करमाथि प्रत्येक देश र प्रत्येक उद्योगको बजार पहुँचमाथि संरा अमेरिकासँग पङ्क्तिबद्ध हुनुपर्ने अथ्र्याउँछ ।
निरपेक्ष परस्पर व्यवहारलाई पछ्याउनु भनेको ढोङ्गी (ostensible) ‘निष्पक्षता’ नै हो तर जबदेखि यसले विकासशील देशहरूका लागि विकासको अधिकारको उपेक्षा ग¥यो तबबाट यो अचाक्ली अनुचित बन्यो ।
लामो समयदेखि अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीररूपले अन्यायी घटना देखिइँदै छन् । संरा अमेरिका र केही विकसित देशहरूले आफ्नो प्राविधिक फाइदा र एकाधिकार शक्ति, विकासशील देशहरूबाट न्यून मूल्यका स्रोतहरू, श्रम र सामानहरूमाथि अधिकार जमाइराख्न प्रयोग गर्छन् । यस्तो अनुचित व्यापार पद्धतिले एकातर्फ संरा अमेरिकाका लागि अत्यधिक नाफा आर्जन हुन्छ भने अर्कोतर्फ स्वाभाविकरूपले विकासशील देशहरूले ठूलो मात्रामा नोक्सान र क्षति बेहोर्नुपर्ने हुन्छ ।
विश्व व्यापार सङ्गठन (WTO0 का नियमहरू सम्पूर्ण अर्थतन्त्रहरूबीच छलफल, कुराकानीबाट सम्झौतामा बनेका हुन् । यदि विश्व व्यापार सङ्गठनका सदस्य देशहरूबीच व्यापार विवाद उठेमा यसको आधारभूत नियम भनेको समान आर्थिक तथा व्यापार सम्बन्धहरू कायम राख्न विश्व व्यापार सङ्गठन संरचनाभित्र रही विवाद सुल्झाउनु हो । विश्व व्यापार सङ्गठनका एक संस्थापक देश संरा अमेरिकाले विश्व व्यापार सङ्गठनका आधारभूत नियम पालन गर्नुपथ्र्यो तर संरा अमेरिकाका केही कम्पनीहरूले नियम पालना गरेको देखिएन । ती संरा अमेरिकी कम्पनीहरू विश्व व्यापार सङ्गठनलाई बेवास्ता गर्दै, विश्व व्यापार सङ्गठनका नियमहरूको उल्लङ्घन गर्दै व्यापार प्रभुत्व र बदमासीमा रमाइरहेका छन् ।
के एकपक्षीयवादले काम गर्ला ?
एकपक्षीयवाद भूमण्डलीकरणविराधी (deglobalization) तथा विश्वव्यापीकरणविरोधी विचार र पृथकतावादको एक मानकको रूपमा लिइन्छ । तथापि यो यसको एउटैमात्र पक्ष हो । अझ महत्वपूर्ण कुरा त समान सहकार्यको विशेषतासहितको बहुपक्षीयवादले संरा अमेरिकाको हातखुट्टा बाँधेको, अमेरिका पहिलोको रणनीतिविरुद्ध काम गरेको, प्रभुत्व बनाइराख्ने संरा अमेरिकी नीतिमाथि प्रतिकूल असर पर्ने संरा अमेरिकाले दाबी ग¥यो । त्यसकारण संरा अमेरिका आक्रामक एकपक्षीय उपायहरू लाद्न अधीर देखिन्छ । ती एकपक्षीय उपायहरूले प्रतिद्वन्द्वीहरूलाई दबाउने, एक एक गरी आपूmतिर तान्ने, अमेरिका पहिलोको सिद्धान्तसँग नजिकबाट एकाकार र सहमत हुनेहरूको अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्ने र उदीयमान देशहरूलाई प्रगति गर्नबाट रोक्ने जस्ता कामहरू गर्दै छन् ।
आजको विश्वमा प्राविधिक क्रान्ति र उत्पादनशील क्षेत्रको विकासले विश्वव्यापी विशिष्टीकरणतर्फ बढी धकेल्छ । आर्थिक विश्वव्यापीकरण अपरिहार्य प्रक्रिया हो जसले व्यापार, लगानी र उत्पादन क्षेत्रको तरलताको विश्वव्यापीकरणलाई अझ तीव्रता प्रदान गर्छ ।
राष्ट्रहरूबीच अन्तरनिर्भरतालाई गहिरो र बलियो बनाउँदै उदीयमान बजार देशहरू र विकासशील देशहरू सामूहिकरूपले उठ्दै छन् र विश्वको विद्यमान प्रवृत्ति परिवर्तन गर्दै छन् । अन्तर्राष्ट्रिय सम्बन्धको विश्वव्यापी बहुध्रुवीकरण र प्रजातान्त्रीकरण नै यो युगको अनुकरणीय र आकर्षक व्यवस्था हो ।
अन्तर्राष्ट्रिय मामिलामा एकाधिकार स्वीकार्ने मानसिकताले अत्यन्त पुरानो अर्थात् युग नसुहाउने विचार उजिल्याउँछ र साथमा एकाकार भई काम गर्ने भावनालाई तुहाउँछ ।
के प्राविधिक प्रभुत्ववाद सफल होला ?
विज्ञान र प्रविधि मानव समाजका साझा भाग्य हुन् । तथापि संरा अमेरिकी प्रविधिलाई विशेष ढङ्गले नियन्त्रण र आपूm अनुकूल प्रयोग गर्न पाउने अधिकार हुनुपर्छ भन्ने दावा गर्छ । अर्थतन्त्रमा आफ्नो प्रभुत्ववादी स्थान सुरक्षित गर्न संरा अमेरिकी सरकारले चीनमा निर्यात हुने उच्च प्रविधिमाथि नियमनकारी नीति लियो । हालको व्यापार विवादबीच चिनियाँ इन्टरप्राइजेजको प्रविधिमा नाकाबन्दीको अगुवाइद्वारा संरा अमेरिकाले आफ्नो राज्य शक्तिको दुरुपयोग ग¥यो ।
प्रविधि प्रभुत्ववाद सफल बनाउन छुट दिनुहुन्न ।
नयाँ प्राविधिक खोज तथा आविष्कार र प्रगतिलाई विकास गर्नु कुनै पनि देशको वैध उन्नति हो । प्राविधिक सहकार्य र सञ्चारलाई बलियो बनाउनु भनेको मानव विकासको प्रमुख चालक हो । गुणस्तरीय जीवनका लागि मानिसको बढ्दो माग पूरा गर्नु र चिनियाँ जनता तथा सम्पूर्ण विश्वका जनताको सेवा गर्नु नै हाम्रो उद्देश्य हो । प्राविधिक खोज र आविष्कारको गम्भीर विकास गर्नु, प्राविधिक सहकार्यलाई बलियो बनाउनु र प्राविधिक प्रभुत्ववादविरुद्ध लड्नु पनि हाम्रो अधिकार र उद्देश्य दुवै हुन् ।
दीर्घकालीन र लगातारको मेहनतपछि चीनले प्राविधिक विकासमा ठूलो सफलता हासिल गर्न सफल भयो । ती सफलता न ‘चोरिएका’ हुन् न त ‘जबरजस्ती प्रविधि हस्तान्तरण’ का उपज नै हुन् । त्यो सफलता प्राविधिक व्यावसायिक स्वतन्त्रताको लाखौँको नतिजा र परिश्रमी कार्यको फल हो, परस्पर लाभदायक र जीत–जीत सिद्धान्तको आधारमा अन्तर्राष्ट्रिय प्राविधिक सहकार्यको उपज हो ।
के ‘अत्यधिक दबाब’ ले काम गर्ला ?
सहकार्यले सिद्धान्तका मुद्दाहरूको परामर्श परस्पर फाइदाजनक, समान र इमानदारीपूर्वक हुनुपर्नेमा जोड दिन्छ । त्यसकारण चीन मुख्य सिद्धान्तमा कहिल्यै चुक्नेछैन । चीनमाथि जबरजस्ती ‘अत्यधिक दबाब’ मार्पmत दमन गर्न खोज्ने संरा अमेरिकी कम्पनीहरू अन्ततः बर्बादी बेहोर्दै असफल हुनेछन् । चीनलाई एक्ल्याउन खोज्ने हरेक प्रयासमाथि प्रतिकार हुनेछ । चीनलाई निशाना बनाई लादिएको दबाबबाट चिनियाँ जनताको तीव्र घृणा र कडा प्रतिकार क्षमता वृद्धि हुने निश्चित छ ।
आपसी सम्मान, समानता र आपसी लाभ नै अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता हुन् । तथापि संरा अमेरिकी अत्यधिक दबाबको रणनीति यी मान्यताविपरीत छन् । यसले विश्व व्यापार सङ्गठनको मान्यता र नियममाथि गम्भीर अवरोध खडा गर्छ र अन्तर्राष्ट्रिय व्यवस्था विथोलिन्छ । इतिहासले बताउँछ, दबाबमार्पmत सम्झौतामा पुग्ने प्रयासले दुई देशको दुईपक्षीय सहकार्य र सम्बन्धमाथिको विश्वास ढल्छ र सहकार्य गर्ने ऐतिहासिक अवसर गुम्छ । संरा अमेरिकाका यी उपायहरू विवाद समाधान गर्न बेफाइदाजनक या अनुपयोगीमात्र भएका होइनन् यसले वास्तवमै दुवै पक्षको नाफामा असर पुग्दै छ ।
के संरक्षणवादले उत्पादन र निर्माण क्षेत्र पुनः प्राप्तितर्पm नेतृत्व गर्ला ?
आर्थिक विश्वव्यापीकरणको प्रक्रियामा संरा अमेरिकी टा«न्सनेसनल कम्पनीहरूले धेरैभन्दा धेरै उद्योगहरू अधिकतम नाफाका लागि विकासशील देशहरूमा स्थानान्तरण गरे । तिनले औद्योगिक स्थानान्तरणमार्पmत पुँजीको नाफाको सीमा वृद्धि गरे । लागत न्यूनीकरण, बजार विस्तारीकरण र प्रदूषण स्थानान्तरणको कार्य तीव्र ढङ्गले अगाडि बढाइयो । यसैबीच धेरै पुँजी, न्यून नाफाको वास्तविक अर्थतन्त्रबाट अनुमानका लागि वित्तीय क्षेत्रतर्पm सर्यो ।
अहिलेको अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा, संरा अमेरिकी मुद्रा (डलर) नै विश्वव्यापी मुद्रा हो जसमा अन्तर्राष्ट्रिय आर्थिक प्रक्रिया निर्मित छ । संरा अमेरिकाले मुद्रा पूर्ति गर्दा अन्य देशहरू विशेषगरी चीनसहितका विकासशील देशहरूले वस्तु प्रदान गर्नुपर्ने हुन्छ । संरा अमेरिकाले अत्यधिक आयात गर्छ फलस्वरुप व्यापार घाटा बढ्छ । अन्य देशहरूले निर्यात बढी गर्छन् र व्यापार नाफा पनि हासिल गर्छन् । संरा अमेरिकाको व्यापार घाटा न्यूनीकरण गर्न उत्पादनमा पुनः प्राप्तिको कुनै पनि प्रयासले संरा अमेरिकी डलरको प्रभुत्वमाथि हानी पु¥याउँछ । वास्तवमा, संरा अमेरिकाको उत्पादनशील क्षेत्रमा भएको वृद्धिले उसको कुल गार्हस्थ उत्पादनमा ११.४ प्रतिशतले योगदान गर्छ । जबकि वित्तीय बीमा, घरजग्गा र लिज उद्योगले २०.७ प्रतिशत अंश ओगट्छ । यसले औद्योगिकीकरण र वित्तीयकरणको विश्व वित्तीय मन्दीभन्दा अगाडि अर्थात् सन् २००७ को भन्दा नाजुक अवस्था चित्रण गर्छ । त्यसकारण संरा अमेरिकालाई उत्पादन र निर्माण क्षेत्रमा पुनः प्राप्ति गर्न सजिलो हुने छैन ।
के व्यापार युद्धले संरा अमेरिकी आर्थिक विकासलाई बढावा दिन्छ ?
केही सूचकाङ्कका अनुसार संरा अमेरिकी अर्थतन्त्र हुर्किरहेको छ र बढिरहेको छ । तथापि माथितिरको गति दिगो हुन्छ कि हुन्न भन्ने निर्णय पुँजी सञ्चयको अवस्थाले निर्धारण गर्छ । सन् २०१९ को पहिलो चौथाइमा निजी क्षेत्रमा स्थिर लगानीको मौसमी समायोजित वृद्धिदर (Seasonally adjusted grown rate) जम्मा १ प्रतिशत पुग्यो । यो सन् २०१७ र २०१८ भन्दा निकै थोरै हो । टिकाउ सामानको माग अप्रिल महिनामा २.१ प्रतिशतले घटेको देखिन्छ । यो अनुमानितभन्दा २ प्रतिशत बढीले घटेको तथ्याङ्क हो । यसका अलावा, मुख्य पुँजीगत वस्तु ढुवानी अर्थात् आर्थिक विस्तारका लागि सबैभन्दा महत्वपूर्ण नापो सोही महिना ०.९ प्रतिशतले घट्यो । जहाँसम्म विकास प्रक्रियाको चासो छ, अर्थशास्त्रीहरू संरा अमेरिकी अर्थतन्त्रको भविष्यमाथि विरोधी विचार राख्दै छन् – संरा अमेरिकी राष्ट्रिय व्यवसाय तथा आर्थिक समाजले भर्खरै विश्लेषण ग¥यो । सन् २०२० अगाडि संरा अमेरिकामा आर्थिक पतन अर्थात् मन्दीको स्थिति पैदा हुने सम्भावना दोब्बर बढेको अर्थशास्त्रीहरूले पूर्वानुमान गरे । यो मुख्यतः संरा अमेरिकी सरकारको संरक्षणवादी उपायको प्रतिफल हुनेछ ।
के भन्सार करले संरा अमेरिकी उपभोक्तालाई फाइदा गर्छ ?
आर्थिक तथा व्यापार असमझदारीले सर्वसाधारण संरा अमेरिकी उपभोक्ताको बढी मारमा पर्छन् । चीनबाट नियमित ठूलो मात्रामा आयात हुने उत्पादन संरा अमेरिकी जनताको उपभोग्य वस्तु नै हुन् । संरा अमेरिकी प्रशासनले भन्सार कर वृद्धि गरेका प्रमुख चिनियाँ वस्तुहरू संरा अमेरिकी सर्वसाधारण उपभोग्य वस्तु हुन् । त्यसकारण करको भार स्वाभाविकरूपले अमेरिकी उपभोक्ताको टाउकोमा सर्छ ।
आर्थिक तथा व्यापार विवाद संरा अमेरिकी रोजगारीको निम्ति घातक छ । भन्सार दर लादेपछि संरा अमेरिकी श्रम पुनः उत्पादन लागत बढ्नेछ, श्रमशक्तिको माग सीमित हुनेछ । संरा अमेरिकी इन्टरप्राइजेजले पनि कच्चा पदार्थका लागि उच्च मूल्य तिर्नुपर्ने हुन्छ ।
के यसले चीनको अर्थतन्त्रमा प्रभाव पार्ला ?
यो वर्ष, चिनियाँ अर्थतन्त्र राम्रो सुरुआतका लागि अवरोध झेल्दै छ । मुख्य आर्थिक सूचकाङ्कहरू तर्कसङ्गत सीमामा छन् । चीनको आर्थिक संरचना परिष्कृत बन्दै छ । विकासको तरिका रुपान्तरण भइरहेको छ । गुणस्तर र लाभमा प्रगति भइरहेको छ । स्वाभाविक ढङ्गले स्थिर र माथितिर वृद्धिको प्रक्रियामा चीनको अर्थतन्त्र अगाडि बढ्दै छ ।
चीन – संरा अमेरिकी आर्थिक तथा व्यापार विवादले चिनियाँ अर्थतन्त्रका लागि नयाँ अनिश्चितताहरू थोपरे पनि यसको अर्थतन्त्रको दीर्घकालीन वृद्धिका आधारभूत तत्वहरू÷पक्षहरू बदलिएको छैन । चीनको जनसङ्ख्या करिब १.४ अर्ब छ जसमा ९० करोड जनता श्रमशक्तिको रूपमा छन्, १७ करोड उच्च तहका शिक्षित छन् । अत्यधिक दक्ष मानवीय स्रोत र विश्वमै बृहत् मध्यम आम्दानी समूहले ओगटेको छ र १० करोडभन्दा बढी बजार संस्थाका रूपमा क्रियाशील छन् । आर्थिक विकास मोडेल घरेलु मागद्वारा सञ्चालित हुनु आपैmमा अन्तर्राष्ट्रिय व्यापारका चुनौतीविरुद्धको शक्तिशाली हतियार हो ।
रणनीतिकरूपले उदीयमान उद्योगहरू र साझा अर्थतन्त्रले अन्य अर्थतन्त्रको बीच पनि नयाँ गतिको प्रतिनिधित्व गर्छ साथै चिनियाँ अर्थतन्त्रको विकासमा नयाँ जोश भर्नेछ ।
वित्तीय, मौद्रिक, आम्दानी, औद्योगिक, प्राविधिक र लगानी नीतिहरूमा यथेष्ट ठाउँ अभैm छ । चीनसँग विविध चुनौती र अवरोधसँग सामना गर्ने गतिलो स्थान, क्षमता र आत्मबल छ । तथापि केही प्राविधिक पक्षमा अभैm पछाडि छ । चीनले प्रमुख प्राविधिक क्षेत्रको खोज र अनुसन्धानमा लगानी बढाइरहेको छ । प्रतिभाहरूलाई एकै ठाउँमा भेला पार्ने र चीनलाई घाँटी निमोठेर मार्न खोज्ने विदेशीबाट मुक्त गर्ने काम चीनले निरन्तर अगाडि बढाउने छ । चीनले विकासको दबाबलाई उच्च–गुणस्तरीय विकासका लागि तीव्रगतिमा रुपान्तरण गर्नेछ ।
चीनको अडान
संरा अमेरिकाद्वारा भड्काइएको र लम्ब्याइएको आर्थिक तथा व्यापार विवादको प्रकाशमा चीनले आफ्नो सैद्धान्तिक स्थानबारे बारम्बार स्पष्ट ग¥यो, “चीन व्यापार युद्ध चाहँदैन’ तर ‘व्यापार युद्धसँग डराउँदैन पनि र आवश्यक परे लड्न पनि तयार छ ।” संरा अमेरिकाले निरन्तर वर्तमान अन्तर्राष्ट्रिय व्यवस्था विथोल्न चुनौती र व्यवधानहरू खडा गरिरह्यो । विश्वव्यापी शासन प्रणालीको सुधार र निर्माणमा सक्रिय सहभागी बन्न चीनले सदैव परस्पर लाभजनक र जीत–जीतको अडान त्यागेन । चीन–संरा अमेरिकी व्यापार विवादको नकारात्मक प्रभावका सन्दर्भमा चीन स्वतन्त्र र आत्मनिर्भर रहिरहने छ । सुधारलाई गहिरो र व्यापक बनाउने, खुलापनलाई विस्तार गर्ने, उच्च गुणस्तरीय विकासको मार्गमा अविचलित रहने र आफ्ना आन्तरिक मामिलाहरूलाई राम्ररी व्यवस्थापन गर्नेतर्पm ध्यान केन्द्रित गर्ने जस्ता उपायहरूले चीन व्यापार युद्धका नकारात्मक प्रभावबाट उम्कन सफल हुनेछ ।
अनुवाद— आरोही
Beijing Review
July 4, 2019
Truths About the China-US Trade Relationship
Leave a Reply