चीनमा नेपाली वैज्ञानिकको ख्याति
- पुष २८, २०८१
– मेरिना शाक्य
पद र पैसाको निम्ति राजनीति गर्ने र भागबन्डामा अल्झिने दलका नेता, मन्त्री र सांसदहरूले देश र जनताको कुरा उठाउँछन् तर उनीहरूको हितमा काम गर्दैनन् । हालको सत्तारुढ दल नेकपा या नेकपाका नेता, मन्त्री र सांसदहरूको ध्यान पद र पैसातर्फ केन्द्रित छ । पद र पैसाको भरमा पद र पैसाको निम्ति राजनीति गर्ने दलका नेताहरूले शोषित पीडित जनताको बखान गरेर मत लिने, दल ठूलो बनाउने र लामो समयसम्म सरकारको नेतृत्व गरिरहने आशय राखेर राजनीति गरिरहेका छन् । पुँजीवादी बन्दोबस्तमा आधारित दलका नेताहरू स्वदेशी र विदेशी दलालसित सम्बन्धित हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ हो । नेकपाले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा हाँके पनि नेता र मन्त्रीहरूमा व्यक्तिवादको हाबी देखिन्छ । व्यक्तिवाद पुँजीवादको चरित्रमात्र होइन सामन्ती शैली पनि हो । व्यक्तिवादी राजनीति देश र जनताको लागि राम्रो लक्षण होइन । जनता चेतित हुँदै छन् तर धेरै हन्डर खाए पनि नेताहरूमा अझै चेत आएनन् । दल र देश हाँक्ने नेताहरू किन पदको निम्ति हानथाप गर्छन् र असन्तोष पोख्छन् ? नेताहरूको चिन्ता त बहुमत जनताको हित कसरी हुन्छ भन्नेतर्फ हुनुपर्ने हो । नेकपाका नेता माधवकुमार नेपालले वरिष्ठता र योग्यता बेवास्ता गरेको भनी दलप्रति असन्तोष पोखे । आफू दलको चौथो वरीयतामा परेपछि उनी असन्तुष्ट भएका हुन् । यसअघि झलनाथ खनाल चौथो वरीयतामा पर्दा नेता नेपालले झैँ खनालले पनि दलभित्र असन्तोष पोखेका थिए । अहिले नेता नेपालले एक व्यक्ति एक पद हुनुपर्नेमा जोड दिँदै निकटलाई मात्रै जिम्मेवारी दिने गुटगत स्वार्थले एकता लम्ब्याउने र पार्टीको पद्धति र प्रणाली भत्काइरहेकोमा पार्टी नेतृत्वप्रति असन्तोष पोख्दै आएका हुन् । यसअघि यस्तै असन्तोष अर्का नेता वामदेव गौतमले पोखेका थिए । पार्टी अध्यक्ष ओलीले नेता गौतमलाई पार्टीको उपाध्यक्ष दिने प्रस्ताव गरेपछि उनी अहिले मौन छन् । पदकै निम्ति नेता गौतमले पार्टीभित्र ओलीको खूब विरोध गरेका थिए । एमाले र माओवादी सिद्धान्त र विचार मिलेर पार्टी एकता भएको होइन भन्ने राजनीतिज्ञहरूको विश्लेषण घटनाक्रमले पुष्टि गर्दै छ ।
जनताको चाहना कम्युनिस्ट नाउँको पार्टीको सरकार होइन कम्युनिस्ट सिद्धान्त र विचारको प्रतिनिधित्व गर्ने शासन हो । कम्युनिस्ट पार्टीको उद्देश्य समाजवादी व्यवस्था स्थापना गर्नु हो । हाल देशमा पुँजीवादी व्यवस्था छ । त्यही व्यवस्थाको प्रतिनिधित्व नेकपाको सरकारले गरिरहेको छ । कम्युनिस्टको सरकार दाबी गर्ने प्रम ओलीले अब कोसँग लड्नु छ र भनी पुँजीवादी व्यवस्थाकै वकालत गरे । संसदीय माध्यम या व्यवस्थाबाट समाजवाद कसरी प्राप्त हुन्छ ? संसदीय माध्यमबाट समाजवाद प्राप्त हुने हो भने कम्युनिस्ट पार्र्टी किन चाहियो ? हाल प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै नेकपाको अन्तिम लक्ष्य हो भने पार्टीको नाउँ किन कम्युनिस्ट राख्नुप¥यो ! कम्युनिस्टको भजन किन गाउनुप¥यो ?
Leave a Reply