भर्खरै :

मन्त्रीलाई डेँगु लागेपछि त केही गर

डेँगुको सङ्क्रमण तराईबाट काठमाडौँसम्म उक्लिएको छ । सर्वसाधारणदेखि मन्त्रीसमेत डेँगुबाट सङ्क्रमित भएका छन् । कृषिमन्त्री चक्रपाणि खनाल डेँगुबाट सङ्क्रमित भएका छन् । तर, स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने विदेश भ्रमणमा व्यस्त रहेको समाचार आइरहेका छन् । विभिन्न जिल्लामा फैलिरहेको रोगको रोकथाममा सरकार अझै गम्भीर देखिएको छैन । डेँगुको किट अभाव भएको समाचार पनि लगातार आइरहेको छ । विभिन्न जिल्लाका अस्पतालमा डेँगु र भाइरल ज्वरोका बिरामीको चाप बढिरहेको छ ।
जनताको स्वास्थ्यमाथि यस्तो खतरा हुँदा सरकारले जस्तो खालको तदारूकता देखाउनुपर्ने थियो, त्यस्तो तदारूकता देखिएको छैन । डेँगुविरूद्ध अभियानकै रूपमा प्रभावित जिल्लामा अघि बढ्न नसके यसले अझ विकराल रूप लिनसक्नेछ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लागेर यसको रोकथामको लागि अग्रसरता आवश्यक छ ।
डेँगुले विकराल रूप लिनुको मूल कारण जलवायु परिवर्तन र मौसममा आएको परिवर्तन नै हो । पक्कै पनि यो नेपालकै कारण मात्र भएको होइन र नेपाल एक्लैले जलवायु परिवर्तनको परिणाम रोक्न पनि सक्दैन । तथापि वातावरण संरक्षणको निम्ति नेपालले गर्नसक्ने कदम चाल्न सके कम्तीमा नेपाली जनता यस्ता सङ्क्रामक रोगव्याधीबाट जोगिने थिए । अव्यवस्थित सहरीकरण धेरै सङ्क्रामक रोगका मूल कारण हुने गरेका छन् । त्यसकारण विकासको नाममा जथाभावी सहर निर्माणको काम रोक्न जरूरी छ । अव्यवस्थित सहरीकरणले प्रदूषणको मात्रा बढाइरहेको छ । प्रदूषणको मात्राले विभिन्न रोगव्याधीको अनावश्यक भार नेपाली जनता बोक्न बाध्य छन् ।

जनताको स्वास्थ्यमाथि यस्तो खतरा हुँदा सरकारले जस्तो खालको तदारूकता देखाउनुपर्ने थियो, त्यस्तो तदारूकता देखिएको छैन । डेँगुविरूद्ध अभियानकै रूपमा प्रभावित जिल्लामा अघि बढ्न नसके यसले अझ विकराल रूप लिनसक्नेछ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लागेर यसको रोकथामको लागि अग्रसरता आवश्यक छ ।
डेँगुले विकराल रूप लिनुको मूल कारण जलवायु परिवर्तन र मौसममा आएको परिवर्तन नै हो । पक्कै पनि यो नेपालकै कारण मात्र भएको होइन र नेपाल एक्लैले जलवायु परिवर्तनको परिणाम रोक्न पनि सक्दैन । तथापि वातावरण संरक्षणको निम्ति नेपालले गर्नसक्ने कदम चाल्न सके कम्तीमा नेपाली जनता यस्ता सङ्क्रामक रोगव्याधीबाट जोगिने थिए ।

संविधानले स्वास्थ्यलाई नेपाली जनताको मौलिक अधिकारको रूपमा परिभाषित गरेको छ । तर, व्यवहारतः नेपालको स्वास्थ्य क्षेत्र भने क्रमशः नवउदारवाद अर्थव्यवस्थाको शिकार बनेको छ । सरकार जनताको स्वास्थ्यप्रति अझै जिम्मेवार छैन । पखाला लाग्दा अधिकांश नेपाली जनताले प्रयोग गर्ने जीवनजलमा समेत गुणस्तरहीन छन् । १ करोड ७८ लाख ८० हजार रूपैयाँ बराबर गुणस्तरहीन जीवनजल सरकारी निकायले खरिद गरी जिल्ला–जिल्लामा पठाइएको छ । यो नागरिकको स्वास्थ्यप्रति सरकारको खेलबाड नभए के ?
डेँगु रोगको रोकथाम बारेमा प्रचार र जनचेतना फैलाएरमात्र पुग्ने अवस्था छैन । स्थानीय तहले आफ्नो क्षेत्रमा जमेको फोहोर पानी नष्ट गर्ने, फोहोर जम्मा भएको क्षेत्रमा सरसफाइ गर्ने, औषधि छर्ने, झुलको प्रयोग गर्ने आदि काममा तदारूकता देखाउन जरूरी छ । काठमाडौँ उपत्यकाको अव्यवस्थित बस्ती, फोहोरमैला व्यवस्थापन, फोहोर नदी आदि समस्या समाधानको निम्ति सरकारले सस्तो लोकप्रियता कमाउने काम त्यागी दिगो उपचारको उपायको खोजी गर्न आवश्यक छ ।
जनतालाई मात्र दुःख हुँदा सरकारको आँखा नखुलेको भए मन्त्री स्वयम् यो रोगबाट पीडित भएपछि अब त यसको रोकथामको निम्ति तदारूकता देखाउन ढिला गर्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *