युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
मोहम्मद नुरालम होसैन
चीनको चुङकिङ विश्वविद्यालयमा वातावरणीय इन्जिनियरिङमा स्नातकोत्तर पढ्न मेरो देश बङ्गलादेशबाट पहिलोपटक सन् २०१५ को सेप्टेम्बर ५ मा चीनको लागि म उडेँ । चीन सरकारको छात्रवृत्ति कार्यक्रमअन्तर्गत पढ्न म चीन गएको थिएँ । नयाँ भाषा, संस्कृति र परम्पराबारे सिक्न म सधैँ आतुर हुने गर्छु ।
सुरु–सुरुका दिनमा भाषाको खुब समस्या भयो । चमेनागृह र रेस्टुराँमा जाँदा होस्, कहीं घुम्न वा किनमेल गर्न जाँदा होस्, भाषा नै सबभन्दा प्रमुख समस्या बन्थ्यो । पछि मैले संसारकै सबभन्दा गाह«ो मानिने चिनियाँ भाषा सिक्दै गएँ । त्यसपछि भने जीवन सहज बन्दै गयो । नियमित जीवनबाहेक विश्वविद्यालय र मेरा चिनियाँ मित्रहरूले आयोजना गरेका अतिरिक्त गतिविधिमा म संलग्न भएँ । चार वर्षमा मैले चीनका विभिन्न ठाउँजस्तै यिछाङ, पेइचिङ, कुनमिङ, सिचुवान आदि प्रान्तको भ्रमण गरेँ । चुङकिङको मीठो हटपट, टोफू, परम्परागत चिनियाँ चियाको निकै मज्जा लिएँ । चीन विशाल देश हो र चीनमा धेरै जाति बसोबास गर्छन् । त्यसकारण चीनमा धेरै थरी मीठो खानाका परिकार छन् । चीन निकै पुरानो सभ्यताको देश हो । समारोह र श्रृङ्गारको भूमि हो । चीनमा घरमा कोही पाहुना आए उनीहरूलाई चिया खुवाउनु शिष्टता मानिन्छ । चिया खुवाउनुअघि पाहुनालाई कस्तो चिया खाने भनी सोधिन्छ । पाहुनालाई सबभन्दा राम्रो चियाको कपमा चिया खुवाइन्छ ।
एकजना राम्रो अनुसन्धानकर्ता बन्ने मेरो सपना हो । संसारलाई प्रदूषणमुक्त बनाउने र सबैको लागि दिगो पृथ्वी बनाउन योगदान गर्नु मेरो चाहना हो । त्यसकारण, स्नातक तहमा मैले चार वटा वैज्ञानिक अनुसन्धान लेख प्रकाशित गरेँ । एउटा आन्तरिक सेमिनारमा मैले प्रस्तोताको भूमिका खेलेँ । मेरो अध्ययनबापत म सीक्युयु–२०१७ बाट पुरस्कृत भएँ । अब म थप अध्ययन अनुसन्धान गरेर चीनमै विद्यावारिधि गर्दै छु । चीनमा मैले आफूले आफैँलाई चिन्ने मौका पाएँ । मैले मीठो चिनियाँ परिकारजस्तै चाओची, डम्पलिङ पकाउन सिकेँ । चिनियाँ चिया र चाउचाउ पकाउन जानेँ । विदेशमा पढ्नुको एउटा मुख्य फाइदा भनेको नयाँ भाषा, संस्कृति, परम्परासँगको साक्षात्कार हुनु हो । विभिन्न देशका साथीहरू बनाइन्छ । दिमाग र क्षितिज फराकिलो हुन्छ ।
चीन आज संसारकै सबभन्दा ठूलो उत्पादक अर्थतन्त्र र निर्यातकर्ता देश हो । म निर्धक्कका साथ भन्नसक्छु, चीनबाट हामी धेरै कुरा सिक्नसक्छौँ । बितेका दुई दसकमा चीन संसारकै उदयीमान र सबभन्दा तीव्रगतिमा आर्थिक विकास भइरहेको देश बनेको छ । चीन संसारकै सबभन्दा दोस्रो ठूलो आर्थिक केन्द्र बनेको छ । चीनको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन १४.२ त्रिलियन अमेरिकी डलर बराबर पुगेको छ । चीनको कुल गार्हस्थ उत्पादन वृद्धि दर ६.२ प्रतिशत छ । चीनमा संसारकै सबभन्दा धेरै जनसङ्ख्या छ । चीनमा १ अर्ब ४३ करोड जनता बस्छन् । चीनले कृषि, यातायात, अनुसन्धान र विकास, पर्यटन, संस्कृति आदि क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । यी उपलब्धि अंशतः दिगो भूमि व्यवस्थापन नीति, जनसङ्ख्या नियन्त्रण नीति र जनशक्ति स्रोत विकास नीतिको कारण सम्भव भएको हो ।
बितेको दसकमा चिनियाँ वैज्ञानिकहरूले सुपर हाइब्रीड धानको बीउ उत्पादन गरे । चीनको त्यो धानको बीउ आज संसारका धेरै देशमा खानाको अभाव कम गर्न उपयोग गरिएको छ । आज चीन सबभन्दा विकसित तीव्रगतिको रेल प्रविधि, निर्माण प्रविधि, औजार उत्पादन प्रविधि र कार्यस्थल व्यवस्थापन प्रविधिमा संसारमै अगाडि बढेको छ । चीनमा आज तीव्रगतिमा गुड्ने १३ सत्न्दा बढी रेल छन् । यो संसारकै सबभन्दा बढी हो । चिनियाँ रेलहरू प्रतिघण्टा दुई सय किलोमिटरदेखि ३८० किलोमिटरसम्म कुद्छन् ।
चीनले अनुसन्धान र विकासमा अभूतपूर्व परिमाणमा लगानी गरिरहेको छ । सन् २०१६ मा अनुसन्धान र विकास (आर एन्ड डी) मा चीनको राष्ट्रिय लगानी १.५६ त्रिलियन युआन थियो । युरोपका १५ वटै देशको औसत लगानीभन्दा त्यो क्षेत्रमा चीनको लगानी २.०८ प्रतिशतले बढी छ । यसले आर्थिक विकास, सामाजिक प्रगति, जनजीवनमा सुधार र राष्ट्रिय सुरक्षामा ठूलो टेवा पुगेको छ । चीनका वैज्ञानिक अनुसन्धान पत्र र प्याटेन्ट पनि लगातार तीव्रगतिमा बढिरहेको छ । सन् २००७ देखि २०१७ सम्ममा चिनियाँ वैज्ञानिकहरूका अनुसन्धानपत्रबाट अन्तर्राष्ट्रिय अनुुसन्धानपत्रमा १९ करोड ३० लाख पटक उद्धृत भएका छन् । सन् २०१६ यता यसरी गरिने उद्धृरण २९.९ प्रतिशतले बढेको छ । यो विषयमा चीन संरा अमेरिकापछि दोस्रो क्रममा पर्छ । सन् २०१७ को अक्टोबरमा चीनका २० हजार १३१ अनुसन्धानपत्र उद्धृरणमा प्रयोग गरियो । यो संसारभरकै उद्धृरणमा १४.७ प्रतिशत हुन आउँछ । सन् २०१६ मा १८.७ प्रतिशतले यो बढेको छ । यो विषयमा संसारकै चीन तेस्रो स्थानमा परेको छ । चीनका लाखौँ लाख प्रतिभा कार्यक्रम र चिनियाँ सरकारले प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमको परिणामस्वरुप यो उपलब्धि सम्भव भएको हो । संसारभरका प्रतिभाशाली विद्यार्थीलाई विश्वस्तरीय अनुसन्धानको लागि चीनमा आकर्षित गरेर चीनले यस्ता उपलब्धि हासिल गरेको हो ।
ऊर्जाको प्रमुख स्रोतको रूपमा धेरै कोइला प्रयोग गर्ने थोरै देशमा चीन पनि पर्दछ । चीनको कुल उर्जामा अहिले झन्डै ७० प्रतिशत कोइलाले धानेको छ । यसले गम्भीर वातावरणीय प्रदूषण र पर्यावरणीय क्षति पु¥याइरहेको छ । वर्षौँ वर्षको प्रयासपछि चीनले कोइला कम प्रयोग गर्ने, ऊर्जा उत्पादन, रुपान्तरण, खराब ग्यासको उत्सर्जन र अन्य प्रमुख प्राविधिक प्रणालीमा सुधार गरेको छ । कोइलालाई तरलीकरण र ग्यासमा रुपान्तरण गरी सकेसम्म सफा तरिकाबाट प्रयोग गर्न खोजिरहेको छ । चीनका ठूला उद्योग कलकारखानामा त्यससम्बन्धी प्रविधिको प्रयोग भइरहेको छ ।
चुङकिङ विश्वविद्यालयको वातावरण विज्ञान र इन्जिनियरिङ विभागमा विद्यावारिधिको लागि अनुसन्धानमा संलग्न हुनु मेरो अहोभाग्य हो । भविष्यको दिगो पृथ्वीको लागि मैले आफ्नो ज्ञान र क्षमतालाई विस्तार गर्ने यो राम्रो अवसर हो । यो क्षेत्रमा वैज्ञानिक ज्ञान हासिल गरेर मेरो देश बङ्गलादेशका नीतिनिर्माताहरूको लागि नयाँ अवसरको ढोका खेल्ने मेरो सपना हो ।
(लेखक चीनको छुङकिङ विश्वविद्यालयको वातावरण र पर्यावरण विभागमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
अनुवादः विकेस
Leave a Reply