पश्चिमा लोकतन्त्रको कन्तबिजोग
- आश्विन १८, २०८१
मोहम्मद इनामुल हस्सन
सन् १९४९ मा जनवादी चीनको स्थापना भयो । त्यतिबेला देखि नै पश्चिमा देशका चीनका वैचारिक र राजनीतिक विरोधीहरूले झुटा र अतिरञ्जनापूर्ण प्रचार गर्दै आएका छन् । तर, चीनले संयम कायम राख्दै आफ्नो देशलाई समृद्ध देश बनाउने आफ्नो प्रमुख लक्ष्यमा ध्यान केन्द्रित गरिरह्यो । त्यसैको परिणामस्वरूप आज चीन संसारकै दोस्रो ठूलो आर्थिक शक्ति बन्न सफल भएको छ । तथापि चीनका विरोधीहरूले चीनको खेदो खन्दै अनेकन झूटा र अतिरञ्जनापूर्ण प्रचार गर्न भने छोडेका छैनन् । उनीहरूले समय समयमा आफ्नो रणनीति र कार्यनीति बदलेका छन् । जस्तै रणनीति र कार्यनीति अवलम्बन गरे पनि उनीहरूले आखिरमा चीनविरुद्ध तल्लो स्तरको प्रचार युद्ध गरिरहेका छन् ।
त्यही प्रचार युद्धको सिलसिलामा उनीहरूले आज विभिन्न समाचारमाध्यमलाई प्रयोग गरेर मुसलमान देशहरूलाई चीनविरुद्ध आक्रामक बनाउने प्रयास गरिरहेका छन् । उनीहरूले मुसलमान बाहुल्य देशहरूमा झूटा प्रचारबाजी गरेर चीनविरुद्ध मुसलमानहरूलाई नकारात्मक बनाउन खोजिरहेका छन् । उनीहरूका सञ्चारमाध्यमले चीनमा मुसलमानहरूको धार्मिक पहिचान दबाउन चिनियाँ मुसलमानहरूलाई यातना दिने र दमन गर्ने गरेको झूटा प्रचार गर्ने गरेका छन् । ती सञ्चारमाध्यमले प्रसारण गरेका समाचारलाई नै सत्य मान्ने हो भने कोही पनि मुसलमानलाई आज चीनमा मस्जिद बाँकी छ भन्ने कुरा विश्वास गर्न पनि गा¥हो हुनेछ । तर, वास्तविकता भने निकै फरक छ ।
गत फेब्रुअरीमा म चीन पुगेको थिएँ । त्यहाँ जानुअघि म स्वयम्लाई नै यस्ता प्रचारले झुक्याएको थियो । चीनमा मुसलमानहरूले आफ्नो धार्मिक परम्परा पालना गर्न नपाउने र चीन सरकारले मुसलमानहरूका मस्जिद भत्काएकोजस्ता समाचार मैले पनि सुनेको थिएँ । तर, चीनको राजधानी पेइचिङमा म बसेको घरनजिकै मस्जिद देख्दा भने म तीनछक्क परें । पछि थाहा भयो, पेइचिङमा मात्र झन्डै ८३ मस्जिद रहेछन् र ३ लाखभन्दा बढी मुसलमान बसोबास गर्छन् ।
चीनमा शताब्दियौँदेखि त्यहाँका अन्य समुदायसँगै मुसलमानहरूले पूर्ण धार्मिक स्वतन्त्रताका साथ शान्तिपूर्वक सहअस्तित्वमा बसेको थाहा पाउँदा मेरो आश्चर्यको सीमा नै रहेन । विभिन्न मस्जिदको भ्रमणको क्रममा मैले मुसलमान समुदायसँग कुराकानी गर्ने मौका पाएँ । उनीहरूले आफ्नो धार्मिक परम्परा मनाउन चीन सरकारबाट कहिल्यै पनि कुनै अवरोध नभएको बताए । बरु सरकारले चीनका मस्जिदका खर्च बेहोर्ने गरेको छ । कुनै पनि मुसलमान बाहुल्य देशहरूमा पनि सरकारले यसरी मस्जिदको खर्च बेहोर्ने गर्दैन ।
लामो समय पेइचिङमा बसेका धेरै विदेशी मुसलमानहरूले पनि नियमितरूपमा दिनको ५ पटक प्रार्थना गर्ने गरेको सुनाए । कहिलेकाहीं त उनीहरूले आफ्नो कार्यालयमा चिनियाँ महिला तथा पुरुष सहकर्मीकैसामु प्रार्थना गरेको अनुभव सुनाए । हरेक शैक्षिक संस्थामा मुसलमानहरूको लागि हलाल गरिएको मासुका परिकारको व्यवस्था गरेको हुन्छ । चीनमा मुसलमानहरूकै लागि मात्र खोलिएका चारभन्दा बढी विश्वविद्यालयहरू छन् ।
गत सालको रहमादानमा सञ्चारमाध्यमले चीनमा मुसलमानहरूलाई उपवास बस्न नदिइएको समाचार प्रचार गरियो । तर, रहमादानको महिना चीनका मुसलमानहरूले खुशियालीका साथ मनाइरहेको मैले देखेँ । चिनियाँ मुसलमानहरू विदेशी मुसलमानहरूसँगै मस्जिदमा गएर उपवास तोडेका थिए ।
रहमादानको अन्त्यमा चिनियाँ र विदेशी मुसलमानहरूले इद अल–फित्र मनाएका थिए । चीनभरिका मस्जिदमा उनीहरूले इदको प्रार्थना गरेका थिए । इद मनाउन आयोजित भेलामा सबै मुसलमानहरू आफ्ना परम्परागत भेषभूषामा जम्मा भएका थिए । म स्वयम् पनि पेइचिङको सबभन्दा ठूलो र पुरानो न्युचे मस्जिदको इद भेलामा सहभागी बनेको थिएँ ।
चीनको आठ महिना लामो बसाईपछि चीन सरकार र जनता मुसलमानहरूका शत्रु नभएको निष्कर्षमा म पुगें । उनीहरू संवैधानिकरूपमा मुसलमान सङ्गठन खोल्न र सञ्चालन गर्न स्वतन्त्र छन् ।
तर, चीनविरोधी प्रचार अभियान भने रोकिएको छैन । त्यस्ता प्रचार अभियानको मूल ध्येय भनेको संसारका मुसलमान जनतालाई चीनको विरोधमा उतार्नु हो । त्यस्तो गर्नसके विश्व राजनीतिमा चीनको उदय रोक्ने उनीहरूको लक्ष्य सफल हुनेछ । तथाकथित मुसलमानमाथि दमनको यस्तो घातक प्रचारबाजीको चीनलाई शिकार बनाइएको छ ।
मुसलमान देशहरूसँग चीनको व्यापारिक चासो र रणनीतिक साझेदारी बृहत् छ । धेरै मुसलमान देशहरूसँग चीनको व्यापार छ । मध्यपूर्वका केही मुसलमान देशहरूबाट चीनले ठूलो परिमाणमा ऊर्जा आयात गरिरहेको छ । संसारभर चीनका वस्तु पु¥याउन रणनीतिक हिसाबले संवदेनशील ठाउँमा रहेका धेरै मुसलमान देशहरू महत्वपूर्ण छन् । संसारभरका झण्डै २ अर्ब मुसलमान जनता चीनको लागि ठूलो बजार हो । त्यसकारण चीन र मुसलमान देशहरूबीचको हार्दिक सम्बन्धलाई निशाना बनाइएको हो ।
पश्चिमा सञ्चारमाध्यमले मुसलमानहरूप्रतिको ‘माया’ भित्र लुकेको दुराशय इराक, अफगानिस्तान, सिरिया र प्यालेस्टाइनलाई हेरे प्रस्ट हुन्छ । ती देशमा भएको लाखौँ मुसलमानहरूको हत्यालाई सही ठह¥याउन तिनै पश्चिमा सञ्चारमाध्यमले भूमिका खेलेका थिए । पश्चिमा सञ्चारमाध्यमको यस्तो पाखण्डले उनीहरू मुसलमानहरूका मित्र नभएको बरु चीनविरुद्ध मुसलमानहरूलाई उक्साउन चाहन्छन् भन्ने कुरा गा¥हो छैन ।
संसारका मुसलमानहरूले पश्चिमा सञ्चारमाध्यमले चलाएको प्रचार अभियानको भ्रममा फस्नु हुन्न । अरू चीनको उदयले मुसलमानहरूलाई रक्तपात, ध्वंस र युद्धबाट जोगाउन सकिने कुरा मुसलमानहरूले बुझ्नुपर्छ ।
(लेखक बङ्गलादेशको अङ्ग्रेजी राष्ट्रिय दैनिक द डेली सनका कूटनीतिक संवाददाता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः बिकेस
Leave a Reply