माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
वाङ कोङयु
संरा अमेरिकी सरकारले जनवरी ३१ मा नोबल भाइरसलाई जनस्वास्थ्य आपत्काल घोषणा ग¥यो । त्यसपछि संरा अमेरिकाले पछिल्लो दुई सातामा चीन पुगेका विदेशी नागरिकलाई संरा अमेरिकामा आउन निषेध ग¥यो । संरा अमेरिका जान चीनमा भिसा जारी बन्द गरियो । चीन जाने र चीनबाट आउने सबै विमान बन्द गरियो । संरा अमेरिकाको यो कदम ‘अन्तर्राष्ट्रिय व्यापार र यात्रामा अनावश्यक अवरोध नगर्ने’ विश्व स्वास्थ्य सङ्गठनको सिफारिसविरुद्ध हो ।
यसैबीच संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ‘नोबल कोरोना भाइरस २०१९ को महामारीसम्बन्धी अद्यावधिक प्रतिवेदन तथा अल्पकालीन निर्देशिका’ जारी ग¥यो । उसले भाइरस पत्ता लगाउने चिकित्सकीय सामग्री विकास ग¥यो । सम्भावित सङ्क्रमण रोकथाम गर्न क्लिनिकल व्यवस्थापन, संसर्गको पहिचान र सम्पर्क आदि अलग अलग विभागसहितको बहुमुखी टोली वाशिङ्टन, इलिनिओस, क्यालिफोर्निया र अरिजोनामा परिचालन गरेको छ ।
संरा अमेरिकाको चालू रोग रोकथाम प्रणालीमा अनेकन समस्या छन् । उदाहरणको लागि रोगको महामारी फैलिएको क्षेत्रमा सङ्घीय सरकार र स्थानीय विभागबीच समन्वयको अभाव र अप्रभावकारी छ । अमेरिकाका केही सहरका कमजोर जनस्वास्थ्य पूर्वाधारका कारण जनस्वास्थ्य आपत्कालसँग सामना गर्ने क्षमताको कमी छ । राज्य–राज्यबीच संरचनागत कमजोरी र वस्तुगत अन्तरविरोध छन् ।
प्रथमतः, जातीय विभेद, वर्गीय विभाजन र लिङ्गीय असमानताले दैनिक स्वास्थ्य परीक्षण र उपचारमा असमानता एउटा स्वाभाविक प्रक्रियाजस्तै बनेको छ ।
सन् २००१ को सेप्टेम्बर ११ को हमला यता संरा अमेरिकाले जनस्वास्थ्य आपत्कालको सामना गर्न बनेका कानुन र नियमावलीका कमजोरीलाई टाल्दै आएको छ । विभिन्न राज्य र केन्द्रीय कानुनबीच समन्वयको निम्ति अमेरिकीहरू काम गरिरहेका छन् ।
तुलनात्मकरूपमा परिपक्व कानुनी बन्दोबस्तले जनस्वास्थ्य आपत्कालको रोकथामको निम्ति संरा अमेरिकाले संसारकै नेतृत्वदायी भूमिका सुनिश्चित गरेको छ । तथापि संरा अमेरिकाले सन् २००१ मा एनथ्राक्स, सन् २००३ मा सार्स, सन् २००९ मा एच १ एन १ इन्फ्यून्जा, सन् २०१५ मा एभियन इन्फ्यून्जा (एच ५ एन १) र सन् २०१९–२० मा अहिलेको रुघा सामना गरेको छ ।
संरा अमेरिकाको चालू रोग रोकथाम प्रणालीमा अनेकन समस्या छन् । उदाहरणको लागि रोगको महामारी फैलिएको क्षेत्रमा सङ्घीय सरकार र स्थानीय विभागबीच समन्वयको अभाव र अप्रभावकारी छ । अमेरिकाका केही सहरका कमजोर जनस्वास्थ्य पूर्वाधारका कारण जनस्वास्थ्य आपत्कालसँग सामना गर्ने क्षमताको कमी छ । राज्य–राज्यबीच संरचनागत कमजोरी र वस्तुगत अन्तरविरोध छन् ।
प्रथमतः, जातीय विभेद, वर्गीय विभाजन र लिङ्गीय असमानताले दैनिक स्वास्थ्य परीक्षण र उपचारमा असमानता एउटा स्वाभाविक प्रक्रियाजस्तै बनेको छ । जनस्वास्थ्य आपत्कालमा पनि यस्ता चुनौती छन् । सन् १९९३ देखि २०१७ सम्म सीडीसीले सङ्कलन गरेको तथ्याङ्कको आधारमा सन् २०१९ को जूनमा जामा नेटवर्क ओपनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उच्च आम्दानी भएको श्वेत मानिसहरू संरा अमेरिकामा सबभन्दा स्वस्थ समूह हो । तर, न्यून आम्दानी समूहको स्वास्थ्य भने उल्लेखनीय ढङ्गले ओरालो लागेको छ ।
सन् २०१९ को डिसेम्बरमा सार्वजनिक गरेको द सेन्चुरी फाउन्डेसनको प्रतिवेदनमा ‘सन् २०१८ मा अफ्रिकी अमेरिकीहरूमध्ये ९.७ प्रतिशतको बीमा छैन । जबकि गोराहरूमध्ये ५.४ प्रतिशतको बीमा छैन ।’ अमेरिकामा एउटा परिवारले औसत आफ्नो घरको आम्दानीको झन्डै ११ प्रतिशत स्वास्थ्यमा खर्च गर्ने गरेकोमा एउटा अफ्रिकी अमेरिकी परिवार झन्डै २० प्रतिशत खर्च गर्न बाध्य छन् ।
बोस्टन विश्वविद्यालयको मेडिकल स्कूलले सन् २०१९ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार संरा अमेरिकाका गोरा बिरामीलाई रोगअनुसारको सम्बन्धित विशेष अस्पतालमा पु¥याइने प्रतिशत धेरै (६१.३) प्रतिशत छ । काला तथा हेस्पेनिक बिरामीलाई मूलतः बीमा नगरिएका बिरामीलाई उपचार गरिने साधारण अस्पतालमा पु¥याइने गरेको छ । संरा अमेरिकामा कदाचित कुनै रोग फैलियो भने यस्तो खालका विभेद नगरिने वा रोकिने सम्भावना निकै न्यूनमात्र छ ।
उदाहरणको लागि सन् २००५ को क्याटरिना आँधीलाई लिऔँ । वाशिङ्टन पोस्ट, कैसर फ्यामेली फाउन्डेसन र हर्वार्ड विश्वविद्यालयले ६८० जना उद्धार गरिएका मानिसमध्ये ९३ प्रतिशत अफ्रिकी अमेरिकी थिए । उनीहरूमध्ये ६८ प्रतिशतले भने उद्धारको क्रममा गोरा र धनी मानिसलाई पहिलो प्राथमिकता दिइएको प्रतिक्रिया दिएका थिए ।
न्युयोर्क टाइम्सका स्तम्भकार डेभिड ब्रुकले लेखेका थिए,“बाढीले समाजको सतह उदाङ्गो पारिदियो । समाजको अन्तरनिहीत संरचना, अन्याय, भ्रष्टाचारको ढाँचा र नस्वीकारिएको असमानतालाई उजागर गरिदियो ।”
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक वर्ष सन् २०२० को लागि सन् २०१९ को मार्चमा अमेरिकी काङ्ग्रेसमा बजेट प्रस्ताव गरे । त्यो बजेटमा ट्रम्पले स्वास्थ्य तथा मानव सेवा विभागको बजेट १२ प्रतिशतले कटौती ग¥यो । रोग नियन्त्रण तथा रोकथाम केन्द्रको कुल बजेटको १० प्रतिशत कटौती गरियो ।
अमेरिकी स्वास्थ्य कोषका सीईओ तथा सभापति जोन अउरबाचले भने, “ट्रम्प सरकारको प्रस्तावित रोग नियन्त्रण तथा रोकथाम केन्द्रको बजेट कटौतीले सङ्घीय सरकारको जनस्वास्थ्य क्षमतामा मात्र चुनौती दिएको छैन, बरू यसले राज्य र स्थानीय स्तरको जनस्वास्थ्य विभागहरूमा ‘हानिकारक’ प्रभाव पारेको छ । ती तल्लो तहका विभागहरू विशेषतः रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पठाउने बजेटमा निर्भर रहने गरेका छन् ।” संरा अमेरिकी पत्रिका नेसनल हेल्थमा लेखिएको छ ।
केही अमेरिकीहरूले यदि संरा अमेरिकाले पनि कोरोना भाइरसको सङ्क्रमण सामना गरिरहेको अवस्थामा ट्रम्पले चीनमा जस्तै १० लाख नागरिकको आवतजावत रोक्न, महामारी क्षेत्रलाई बन्द गर्न र देसभित्र नयाँ अस्पताल बनाउन सक्छन् वा सक्दैनन् भनी आशङ्का व्यक्त गरेका छन् ।
जनस्वास्थ्य आपतकाललाई राजनीतीकरण गर्ने मनसायले महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहकार्यमा अवरोध पु¥याएको छ । भूमण्डलीकरण भएको विश्वमा सबै देशको परम्परागत र गैरपरम्परागत सुरक्षा प्रणालीमा सङ्क्रामक रोगले ठूलो प्रभाव पार्ने गर्छ । खुलारूपमा अन्तर्राष्ट्रिय सहकार्य र विश्वव्यापी सुरक्षा सञ्जालको स्थापनाबाट हामी सबैको जीत हुने वातावरण बनाउन सक्छौँ ।
संरा अमेरिकी वाणिज्य सचिव विलबुर रोजले चीनमा कोरोना भाइरस फैलिएपछि अमेरिकामा रोजगारीको अवसर बढ्ने सम्भावना भएको भनी टिप्पणी गरे । त्यसले संरा अमेरिकी राजनीतिक नेतामा अन्तर्राष्ट्रिय नैतिकताको कमी भएको देखाएको छ । उनीहरू महामारीको रोकथामलाई एउटा राजनीतिक हतियारको रूपमा लिने गर्छन् भन्ने कुरा देखियो । यसले संरा अमेरिका र सारा विश्वकै जनस्वास्थ्य सुरक्षा अवस्थालाई जटिलतातिर धकेल्ने छ ।
(लेखक चिनियाँसामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत अमेरिका अध्ययन प्रतिष्ठानका सहायक रिसर्च फेलो हुनुुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः अनिल
Leave a Reply