भर्खरै :

कोरोना भाइरसविरुद्ध हातमा हात–काँधमा काँध

 ली छिङ
सुन चिनझोङ उहान विश्वविद्यालयअन्तर्गत रेनमिन अस्पतालको थाइराइड र स्तन शल्यक्रिया विभागका चिकित्सक हुन् । उनको वार्डमा नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै उनी बितेका दस दिनयता घर जान पाएका छैनन् ।
तर, सुनलाई कुनै गुनासो भने छैन किनभने उनकी छोरीको आँखामा उनी बहादुर लडाकु हुन् । दिनभरिको थकानपछि उनको सबभन्दा सन्तोषको समय भने साँझ आफ्नी छोरीसँगको भिडियो च्याटको समय हो । डा.सुनले आफ्नो पूरै अनुहार मास्कले ढाकेका छन् । सबै समय उनले ठूलो खालको चस्मा लगाउनुपरेको छ । त्यसकारण उनकी छोरीले उनका आँखामात्र देख्छिन् । छोरीसँगको भिडियो च्याटमा उनी भन्छन्, “छोरी, म बिरामी काका, काकीको जीवन रक्षा र उपचार गर्ने जिम्मेवारी पूरा गरिरहेको छु ।” छोरीसमक्ष यसोभन्दा उनको छाती गौरवले उँचो हुन्छ । अनि आफूसँग अहोरात्र बिरामीको उपचारमा खटेका सहपाठीहरू छोरीलाई देखाउने गर्छन् ।

चियाङ फाङकिन उहानको परम्परागत चिनियाँ औषधि अस्पतालका नर्स हुन् । उनले पनि आफ्नी छोरीलाई नभेटेको धेरै दिन भइसकेको छ ।
“तिमी मेरो लागि बहुमूल्य हौ । तर, म एक जना नर्स पनि हुँ । उपचारको लागि आएका बिरामीको सेवा सुसुसा गर्ने मैले सपथ खाएकी छु । अहिलेको कठिन समयमा अस्पतालका शैय्यामा रहेका बिरामीको लागि मेरो बढी खाँचो छ”, आफ्नी छोरीलाई उनले लेखिन् ।

“बुबाको अनुहार छोप्ने मास्क बाक्लो कुइरोजस्तो देखिन्छ,
तर पनि देख्नसक्छु,
ती आँखामा आँसु,
शक्ति र साहसको आभा ।”
सुनकी छोरीले लडाइँमा होमिएकी आफ्नी बुबाको नाममा यो कविता लेखेकी हुन् ।
कोरोना भाइरसले ग्रसित उहानका स्वास्थ्यकर्मीहरू आज समय र महामारीको धारविरुद्ध हिँडिरहेका छन् । रोगविरुद्धको यो कठिन लडाइँमा उनीहरूको हौसला र उत्साहको स्रोत भने उनीहरूका परिवारको प्रेम र सद्भाव हुने गरेको छ ।
चियाङ फाङकिन उहानको परम्परागत चिनियाँ औषधि अस्पतालका नर्स हुन् । उनले पनि आफ्नी छोरीलाई नभेटेको धेरै दिन भइसकेको छ ।
“तिमी मेरो लागि बहुमूल्य हौ । तर, म एक जना नर्स पनि हुँ । उपचारको लागि आएका बिरामीको सेवा सुसुसा गर्ने मैले सपथ खाएकी छु । अहिलेको कठिन समयमा अस्पतालका शैय्यामा रहेका बिरामीको लागि मेरो बढी खाँचो छ”, आफ्नी छोरीलाई उनले लेखिन् ।
कामको चापाचाप हुँदा श्वास फेर्न पनि चियाङलाई फुसर्द हुन्न । तर पनि त्यो बीचमा उनी कहिलेकाहीं झुलुक्क फोनमा हेर्र्ने गर्छिन् । मोबाइलमा सयौँ सन्देश आइरहेको देखिन्छ । चियाङको हौसला उँचो राख्न उनकी श्रीमान्ले आफ्ना सबै साथीहरूलाई श्रीमतीको फोन नं विच्याटमा पठाए । चियाङलाई हौसला प्रदान गर्ने सन्देश पठाउन उनका श्रीमान्ले सबैलाई आग्रह गरेका छन् ।
“हामीलाई यति धेरै मानिसले सहयोग गरिरहेको कुराले मलाई निकै भावुक बनाएको छ । म एक्लै छैन भन्ने भावनाले मलाई खुसी बनाउँछ”, उनले भनिन् ।
याङ लिङ हुपेई प्रान्तको यीचाङमा नर्स छिन् । उनकी बहिनी याङ हुई पनि नर्स हुन् । उहान चिनयिनतान अस्पतालमा बहिनी कार्यरत छिन् । त्यो अस्पतालमा कोरोना भाइरसका सङ्क्रमित सबभन्दा बढी छन् । याङ लिङ हरेक दिन आफ्नी बहिनीलाई भिडियो कल गर्छिन् र बिरामीको सेवामा दिलोज्यान दिइरहेकी बहिनीको हौसला बढाउँछिन् ।
“नआत्तिनु । मैले सबै परिवारको हेरविचार गरिरहेको छु”, बहिनीलाई उनले परिवारको खबर गर्दै भन्छिन् ।
उहानमा धेरै स्वास्थ्यकर्मी र सामग्रीको आपूर्ति बढेसँगै धेरै धेरै बिरामीको उपचार भइरहेको छ । त्यसले याङ हुईलाई खुसी बनाएको छ ।
उहानको उहान अस्पतालको बहिरङ्ग विभागमा काम गर्छन्–छेङ युनहुई । उनको श्रीमान् पनि लेइशन शान अस्पतालको निर्माणस्थलमा कार्यरत छन्, त्यहाँका मेनेजर हुन्–ताई तहाई ।
“तिमीले अस्पताल बनायौ । म त्यही अस्पतालमा बिरामीको सेवा गर्छु”, विजयको चिह्न देखाउँदै छेङले ताईलाई भनिन् ।
विजयको चिह्न छिङको सबभन्दा मनपर्ने चिह्न हो । ताईले विच्याटमा छेङलाई लेखेका छन्, “यस्तो बेला परिवारको सहयोग नै सबभन्दा ठूलो शक्ति हुन्छ । हामी सबै जित्ने क्षणको हामी मिलेर प्रतिक्षा गरौँ ।”
स्रोत ः बेइजिङ रिभ्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *