वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
एडवार्ड होन–सिङ वङ
जनवरी महिनामा क्यानाडामा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण फेला प¥यो । लगत्तै क्यानाडाको मनितोबा प्रान्तको राजधानी विन्निपेगमा कार्यरत चिनियाँ मूलका स्वास्थ्यकर्मी डेभिड साओलाई उनका सहकर्मीहरूले घर (चीन) फर्किन र ‘भाइरस सङ्क्रमण नगर्न’ भनी हैरान बनाए । उनी कोरोना भाइरसबाट सङ्क्रमित होइनन् । साओ काम गर्ने ठाउँमा चिनियाँ उनी एक्लै छन् ।
साओ चीनको साङ्घाईबाट सन् १९८९ मा क्यानाडा पुगेका थिए । उनी कहिल्यै पनि उहान गएका छैनन् । वास्तवमा उनी क्यानाडाबाट बाहिर नगएको पनि वर्षौँ भइसकेको छ । दुर्भाग्यवश, साओको लागि आफ्ना सहकर्मीबाट यस्ता टिप्पणी सामान्य भइसकेको छ । सन् २००३ मा सार्सको महामारी फैलिँदा उनका सहकर्मीहरूले यसरी नै ‘टाढा बस्न’ र ‘घर (चीन) फर्किन’ भनेका थिए ।
साओले अहिले र सार्सको महामारीको समयमा बटुलेको अनुभव वास्तवमा क्यानाडा र अन्यत्र बसेका चिनियाँहरूको साझा अनुभव हो । अहिलेको कोरोना भाइरसको महामारीले सार्सको महामारी फैलिएको समयको गहिरो जातिवाद स्मरण गराएको छ । यस्तो जातिवादी सोचाइ राख्ने मानिसहरूले चिनियाँहरूलाई जन्मजात विदेशी, फोहोरी र रोग बोक्नेहरूको रूपमा हेर्ने गरेका छन् ।
सामाजिक सञ्जालमा चिनियाँहरूलाई ‘फोहोरी’ भनिएका असङ्ख्य भनाइ पढ्न सकिन्छ । उहानको एउटा रेस्टुराँमा एक जना चिनियाँ महिलाले चमेरोको सूप खाँदै गरेको भनिएको एउटा श्रव्यदृश्य सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । त्यो श्रव्यदृश्यबारे टिप्पणी गर्दै चिनियाँहरूको यस्ता परिकार खाने बानीले कोरोना भाइरस फैलिएको बताइएको छ ।
सामान्यतः हरेक चिनियाँ नयाँ वर्ष चिनियाँ व्यापारको व्यस्त समय हुने गथ्र्यो । तर, यो वर्ष महामारीको समाचारले क्यानाडाका चिनियाँ विशालबजार र रेस्टुराँहरू सबै खाली रहे । ओन्टारिओको मर्खेम सहरको चिनियाँ क्यानाडेली महासङ्घले दिएको जानकारीअनुसार कोरोना भाइरस सङ्क्रमणको परिणामस्वरूप चिनियाँ व्यापारले २० देखि ९० प्रतिशतसम्मको क्षति व्यहोर्नुपरेको छ । सन् २००३ को सार्स महामारीताका टोरोन्टोको चाइना टाउनको राजस्व ४० देखि ८० प्रतिशतले घटेको थियो ।
जब केही सीमान्तकृत समुदाय महामारीको कारण वित्तीय दुष्परिणाम भोगिरहेका छन्, क्यानाडा सरकार भने चीनविरोधी जातिवाद र गलत धारणा निराकरण गर्न केही पनि गरिरहेको छैन । बरु उल्टो केही ठाउँका स्थानीय मिडियाले गर्न सक्ने रोकथामलाई समेत नियन्त्रण गरिरहेको छ ।
पछि पत्ता लाग्यो, चमेरोको सूप खाँदै गरेको सो श्रव्यदृश्य प्रशान्त महासागरको पालो टापुमा खिचिएको थियो । चमेरोको सूप त्यहाँको स्थानीय परिकार हो । त्यसमाथि अहिलेको सङ्क्रमण चमेरोको सूपको कारण फैलिएको पनि होइन । तथापि, चिनियाँहरूले यस्ता ‘असामान्य’ परिकार खाने भएकाले नै रोग फैलिएको विश्वास गर्ने मान्छेहरूको कमी छैन ।
तर, रोग र खराब सरसफाइको सम्बन्ध कसले के खायो भन्ने कुरासँग भन्दा उसले खाएको खाना कसरी पकाइएको थियो भन्ने कुरासँग बढी सम्बन्धित छ । खानामा सरसफाइ कुनै आदिवासी समूहको खानाको अभिरुचिभन्दा खराब नीति र नियन्त्रणको कमीबाट निर्धारित हुने गर्छ ।
सार्स र अहिलेको कोरोना भाइरस फैलिनुभन्दा धेरै अघिबाट नै चिनियाँ जनतालाई ‘फोहोरी’ मान्छेको रूपमा हेर्ने गरिन्थ्यो । उन्नाइसौँ शताब्दीमा भएको अफिम युद्धदेखि नै चिनियाँहरूलाई ‘पूर्वी एसियाका बिरामी मानिस’ को रूपमा हेरिन्थ्यो । पछि उत्तर अमेरिकामा गएका चिनियाँ आप्रवासी फोहोर र रोगी अवस्थामा काम गर्ने भएपछि यस्तो भनाइले नयाँ मोड लियो ।
उन्नाइसौँ शताब्दीको उत्तराद्र्धमा क्यानाडाका गोराहरूको स्वामित्वका रेस्टुराँमा चिनियाँ कामदार काममा नलिने भनी विज्ञापन गर्नु सामान्य कुरा थियो । भिक्टोरियाको एउटा त्यस्तै रेस्टुराँको दाबी थियो– ‘खानाका पारखी कसैको पेट खराब गर्न त्यो खाना चिनियाँले बनाएको भनिदिए मात्र पुग्छ ।’ लगत्तै त्यो रेस्टुराँले सबै चिनियाँ भान्छे हटाएर जर्मन भान्छे राखेको थियो ।
चाइना टाउनको खराब अवस्थाको कारण चिनियाँहरू ‘फोहोरी’ हुन्छन् भन्ने धारणा बनेको हो । सन् १८८७ मा भानकोभरको चाइना टाउनलाई पत्रकारहरूले ‘सभ्यताकै कुरूप हिस्सा’ र ‘कीट उत्पादक’ भनी व्याख्या गरेका थिए । सन् १८९० मा भानकोभरमा हैजाको महामारी फैलियो । त्यतिबेला स्थानीय जनताले प्रशासनलाई चाइना टाउनमाथि कारबाही गर्न माग गरेका थिए ।
चाइना टाउनबाट हैजा फैलिएको कुनै प्रमाण नभए पनि भानकोभर सहर परिषद्ले चाइना टाउनलाई नै हैजाको ‘प्रवेशद्वार’ मानेको थियो । भानकोभरका मेडिकल स्वास्थ्य अधिकारी र स्वास्थ्य समितिको प्रतिवेदनमा त्यही कुरा लेखिएको थियो । त्यही आधारमा त्यहाँको कानुनअनुसार सो बस्तीलाई कडा निगरानीमा राखिएको थियो । हैजा फैलिनुका अन्य कारणमा ढलनिकास, फोहोरमैला थुपारिने थलो, बधशाला र सुङ्गुरको खोर आदि बताइएको थियो । तर, त्यहाँका अरू कुनै मानव बस्तीलाई हैजाको निम्ति जिम्मेवारी ठानिएको थिएन ।
निःसन्देह चिनियाँ जनता गरिब अवस्थामा बाँचेका हुन्थे । तर, रोग फैलिनुमा उनीहरूको बिरलै मात्र दोष हुने गथ्र्यो । पूर्वाधारमा सुधारको निम्ति पटक–पटक आग्रह गर्दा पनि स्थानीय सरकारले वर्षौंदेखि आप्रवासी बस्ने थलोलाई उपेक्षा गर्थे । आप्रवासी बस्ने ठाउँलाई कम प्राथमिकता दिइन्थ्यो । परिणामतः चाइन टाउन पूरै फोहोर र मलले भरिएका हुन्थे । त्यहाँ ढलनिकासको अभाव थियो । घना जनसङ्ख्या बस्ने त्यहाँ स्वच्छ हावाको अभाव हुन्थ्यो ।
सरकारले ती समुदायलाई गर्ने गरेको बेवास्ताका कारण क्षयरोगजस्ता सरुवा रोगको त्यस्ता समुदायमा उच्चतम सम्भावना हुन्थ्यो । सन् १८९६ मा ढल निकासको त व्यवस्था गरियो । तर, घना मानव बस्तीको समस्या भने अझै समाधान हुन सकेन । बरू, स्थानीय प्रशासनले ‘सहरको स्वास्थ्यको लागि ती बस्ती खतरनाक भएको’ भन्दै चाइना टाउनका घरहरू भत्कायो । फलतः धेरै चिनियाँ मजदुर घरबारबिहीन भए ।
क्यानाडाका विभिन्न सहरमा रहेका चाइना टाउनहरूको आजको अवस्थामा उल्लेख्यरूपमा सुधार भएको छ । तर, हिजोको पुरानो सोचाइ भने अझै मेटिइसकेको छैन । सार्स र कोरोना भाइरसजस्ता महामारीले आगोमा घ्यु थपेको छ ।
सामान्यतः हरेक चिनियाँ नयाँ वर्ष चिनियाँ व्यापारको व्यस्त समय हुने गथ्र्यो । तर, यो वर्ष महामारीको समाचारले क्यानाडाका चिनियाँ विशालबजार र रेस्टुराँहरू सबै खाली रहे । ओन्टारिओको मर्खेम सहरको चिनियाँ क्यानाडेली महासङ्घले दिएको जानकारीअनुसार कोरोना भाइरस सङ्क्रमणको परिणामस्वरूप चिनियाँ व्यापारले २० देखि ९० प्रतिशतसम्मको क्षति व्यहोर्नुपरेको छ । सन् २००३ को सार्स महामारीताका टोरोन्टोको चाइना टाउनको राजस्व ४० देखि ८० प्रतिशतले घटेको थियो ।
जब केही सीमान्तकृत समुदाय महामारीको कारण वित्तीय दुष्परिणाम भोगिरहेका छन्, क्यानाडा सरकार भने चीनविरोधी जातिवाद र गलत धारणा निराकरण गर्न केही पनि गरिरहेको छैन । बरु उल्टो केही ठाउँका स्थानीय मिडियाले गर्न सक्ने रोकथामलाई समेत नियन्त्रण गरिरहेको छ ।
ओन्टारिओमा डग फोर्डको अनुदारवादी सरकारले खर्च जोगाउन भन्दै ३५ वटा स्वास्थ्य चौकीलाई घटाएर दसमा झारेको छ । ती जनस्वास्थ्य एकाइहरू सरुवा रोग नियन्त्रण र रेस्टुराँहरूको अनुगमनको लागि जिम्मेवार निकाय हुन् । सरसफाइको मापदण्ड पूरा गर्न तिनीहरूको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । त्यस्ता स्वास्थ्य एकाइको प्रवद्र्धनले स्वास्थ्य सेवा विस्तारमा मद्दत गर्छन् ।
क्यानाडा सरकारले रोजगारी मापदण्ड ऐनको नाममा बिरामी बिदा कटौती र बिरामी बिदा पाउन पनि आफूलाई लागेको रोगबारे निवेदन दिनुपर्ने व्यवस्थासँगै ओन्टारिओमा स्वास्थ्य क्षेत्रमा बजेट कटौतीको घोषणा गरेको थियो । धेरै अध्ययनले बिरामी बिदा नभएका कामदारले घरमा आराम नगरी बिरामी भए पनि काममा आउने गर्दा उसलाई लागेको रोग अरू मजदुरलाई पनि सर्ने सम्भावना हुने गरेको देखाएको छ । त्यसकारण, बिरामी कामदारलाई तलबसहित बिरामी बिदा दिनुपर्छ ।
कोरोना भाइरसको महामारी पैmलिएको अवस्थामा १७५ भन्दा बढी कामदारले ओन्टोरिओ सरकारलाई बिरामी बिदाको तलब दिने बन्दोबस्त गर्न माग गरे ।
क्यानाडाले स्वास्थ्य सेवा क्षेत्र सबल बनाउन सके र त्यसको निम्ति आवश्यक वित्तीय बन्दोबस्त पूरा गर्न सके मात्र क्यानाडामा महामारी फैलिनबाट रोकथाम गर्न सकिन्छ । निश्चित जातिप्रतिको घृणा र चीनप्रतिको घृणाभावले कहिले कुनै पनि रोगको रोकथाम हुन सक्दैन ।
चिनियाँ क्यानाडेली राष्ट्रिय परिषद्को टोरोन्टो शाखाले भाइरस फैलिनुमा चिनियाँहरू दोषी भएको भन्दै असङ्ख्य इमेल, फोन र सामाजिक सञ्जालमा सन्देश प्राप्त गर्ने गरेको छ । हामीमाथि सामाजिक विभाजन फैलाएको जस्ता दोषारोपणसमेत लाग्ने गरेको छ ।
चिनियाँहरूप्रतिको शताब्दी पुरानो गलत धारणाले कोरोना भाइरसबाट क्यानाडालाई सुरक्षित गर्न सक्दैन । यसले आपसमा मिलेर बसेका समुदायबीच विभाजन मात्र ल्याउनेछ ।
(लेखक चिनियाँ क्यानाडेली राष्ट्रिय परिषद् टोरोन्टो शाखाका सह–अध्यक्ष हुनुहुन्छ । यो लेख लेख्न केट साओ र केनिस लिनले पनि सहयोग गर्नुभएको छ ।)
स्रोत ः अल–जजिरा
नेपाली अनुवाद ः नीरज
Leave a Reply