भर्खरै :

दिल्ली चुनाव ः नकारात्मक प्रचार शैलीको पराकाष्ठा

 राजन
केही क्षणको लागि मोदीहरू हड्डी नभएको गड्यौला घाममा निस्प्राण उतानो परेर लडेको जस्ता देखिन्थे । सन्दर्भ हो, भारतको राजधानी दिल्लीमा हालै सम्पन्न चुनाव । लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यधिक बहुमत पाएपछिको हरेक राज्यको विधान सभा चुनावमा मोदीको भारतीय जनता पार्टी (भाजपा) ले हार खानुपर्ने अवस्था दिल्लीको चुनावसम्म कायम रह्यो । भारतकै राजधानी राज्य भएकोले पनि हुनुपर्छ, मोदीले दिल्ली चुनावलाई प्रतिष्ठाको विषय बनाएका थिए । त्यसैले भाजपाका दोस्रो शक्तिशाली नेता गृहमन्त्री अमित शाहले सम्पूर्ण चुनावी अभियान आफ्नो काँधमा लिएका थिए । साह नकारात्मक चुनाव प्रचारको सीमा नाघेर दिल्लीको गल्ली–गल्ली घुमेका थिए । मोदीले आफ्ना दलका २ सय लोकसभा सदस्यहरू र १० राज्यका मुख्यमन्त्रीलाई दिल्लीको चुनावमा खटाएका थिए ।

‘हावा नचलेको बेला पनि पात हल्लाउन सक्ने मान्छे’ मोदीको लागि यसपालिको चुनावमा पनि ‘पाकिस्तान’ कृष्ण भगवानको सुदर्शन चक्रजस्तै प्रमुख चुनावी अस्त्र बन्यो । भक्तपुर–काठमाडौँ चल्ने गाडीका सहचालकले ‘रत्नपार्क’ ‘रत्नपार्क’ भनेर कराएजस्तै मोदी र भारतीय जनता पार्टीका नेताहरू भारतमा हुने चुनावमा ‘पाकिस्तान’को रटान लगाउने गर्छन् । उनीहरू आफ्नाविरोधी सबैलाई कुनै न कुनै तरिकाबाट पाकिस्तानसँग सम्बन्ध भएको आरोप लगाउँछन् । मोदीले आफ्ना विरोधीलाई ‘पाकिस्तानी’ भनेर मतदाताहरूमा रहेको राष्ट्रवादको गलत प्रयोग गर्ने गरेका छन् । एकजना मोदीका उम्मेदवारले त ‘चुनाव हुने दिन ८ तारिख दिल्लीमा पाकिस्तान र भारतबीच हुने म्याचमा भारतले जित्ने छ’ भनेर विरोधी सबैलाई पाकिस्तानी भनेर कटाक्ष गरेका थिए ।

ती सांसदहरूलाई चुनाव प्रचारको अन्तिम २ दिन दिल्लीको झुङ्गी झुपडीमा सुताएका थिए । यसलाई मोदीको प्रतिद्वन्द्वी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आलिसान महलमा बस्ने धनाढ्य सांसदलाई २ दिनको लागि भए पनि झुङ्गीमा घिसारेर ल्याउन सफल भएको भनेर पर्यवेक्षकबीच व्यङ्ग्य कसेका थिए । यसलाई केजरीवालको ठूलो विजयको रूपमा दिल्लीवासीले लिए ।
‘हावा नचलेको बेला पनि पात हल्लाउन सक्ने मान्छे’ मोदीको लागि यसपालिको चुनावमा पनि ‘पाकिस्तान’ कृष्ण भगवानको सुदर्शन चक्रजस्तै प्रमुख चुनावी अस्त्र बन्यो । भक्तपुर–काठमाडौँ चल्ने गाडीका सहचालकले ‘रत्नपार्क’ ‘रत्नपार्क’ भनेर कराएजस्तै मोदी र भारतीय जनता पार्टीका नेताहरू भारतमा हुने चुनावमा ‘पाकिस्तान’को रटान लगाउने गर्छन् । उनीहरू आफ्नाविरोधी सबैलाई कुनै न कुनै तरिकाबाट पाकिस्तानसँग सम्बन्ध भएको आरोप लगाउँछन् । मोदीले आफ्ना विरोधीलाई ‘पाकिस्तानी’ भनेर मतदाताहरूमा रहेको राष्ट्रवादको गलत प्रयोग गर्ने गरेका छन् । एकजना मोदीका उम्मेदवारले त ‘चुनाव हुने दिन ८ तारिख दिल्लीमा पाकिस्तान र भारतबीच हुने म्याचमा भारतले जित्ने छ’ भनेर विरोधी सबैलाई पाकिस्तानी भनेर कटाक्ष गरेका थिए । तर, दुर्भाग्य भनौँ या सौभाग्य, पाकिस्तानी भनेर जसलाई आक्षेप लगाइएको थियो उसैले बहुमतसहित विजय हासिल गरेको छ । के अब हार्ने भाजपालाई पाकिस्तानी भन्ने ?
मोदीको चुनावी शस्त्र पहिलेदेखि नै ‘हिन्दू खतरामा’, ‘राम मन्दिर’, ‘देशद्रोही’ बाहेक यो पटकको चुनावमा ‘गोली’ शब्द पनि निकै सुनियो । केन्द्रीय मन्त्रीसमेतले चुनावी सभामा भाजपाविरोधीलाई गोली हान्न उक्साएका थिए जसको लगत्तै तीन वटा गोली काण्ड भए । आफ्ना विरोधीलाई सीधै यमराजकहाँ पु¥याउने धम्की दिने उत्तर प्रदेशका मुख्यमन्त्री ‘रामभक्त’ योगी आदित्यको मुखबाट पटक–पटक गोलीको बोली निस्कियो । यी भाजपाका नेताले बडेमाको मुख खोल्नुभन्दा सानो गिद्दी खोल्दा राम्रो हुने थियो ।
नागरिकता संशोधन ऐनको विरोधमा दिल्लीस्थित शाहिन बागमा भेला भएका महिलाहरू ‘५ सय रूपैयाँमा पाकिस्तानबाट परिचालित भएका’ भनेर आफ्नै नागरिकमाथि तल्लो तहको टिप्पणी गर्न भाजपा पछि परेन । भारतीय गृहमन्त्री अमित शाहले त ‘दिल्लीको चुनावमा भाजपाको जितले पाकिस्तानी प्रधानमन्त्री इमरान खान रूने छन्’ भन्दै शाहिन बागलाई ‘मिनी पाकिस्तान’ समेत भन्न भ्याए । दिल्लीका मुख्यमन्त्री केजरीवालको सम्बन्ध पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग रहेको र केजरीवाल इमरान खानको भाषा बोल्छन् भनेर मतदातालाई उक्साउन कुनै कसर छोडेनन् । भाजपा नेताहरूको दिमागमा कति धेरै बिकार जमेको रहेछ ¤ उनीहरू यस्ता कुरा जति पनि गर्नसक्छन्, साउनमा खेतमा मुल फुटेजस्तै । मोदी सरकारले शाहिन बागमा यो हल्ला फैलाइरहँदा त्यहाँ शिख, मुसलमान, क्रिश्चियन, हिन्दू सबै मिलेर आ–आफ्नै परम्परा संस्कृतिअनुसार विभिन्न धार्मिक क्रियाकलाप गरिरहेका थिए । तर, यो सत्यलाई नदेखेजस्तै गरेर शाहिन बागमा भारतविरोधी नारा लागेको, देश टुक्रा गर्ने भाषण भइरहेको जस्ता झूठ फैलाइरहे । शाहिन बागमा भने कुनै सामाजिक सद्भाव भड्किएको छैन, सबै एकअर्कासँग मिलेर बसेका छन् । धेरै कराउँदैमा काग कोइली हुँदैन भनेजस्तै भाजपाको झूठो हल्लालाई दिल्लीका जनताले पटक्कै पत्याएनन् र लज्जाजनक हारको सामना गर्नुप¥यो ।
स्मरणीय छ, नागरिकता संशोधन ऐनमा अफगानिस्तान, बङ्गलादेश र पाकिस्तानबाट आउने मुसलमानबाहेक अरू धर्मका मानिसलाई भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ । नागरिकता ऐनमा मुसलमानलाई अलग्याएर अरू अल्पसङ्ख्यक धर्मलाई आफ्नो बनाउन खोजिएको छ । एउटा भनाइ छ, ‘चङ्गा जुधाउँदा चङ्गाले आफूहरूलाई आपसमा मिलाउन खोजेको सोच्छ । तर, वास्तवमा चङ्गा चैट गर्न नै मिलाइने हो ।’ भाजपाका यस्ता षड्यन्त्र बुझेर सबै अल्पसङ्ख्यक धर्मावलम्बीहरू अहिले एकजुट भएर मोदीको विरोधमा भारतभर आन्दोलन गरिरहेका छन् ।
नकारात्मक प्रचारको क्रममा अर्को भाजपाका सांसदले त ‘मोदी हारे भारतमा मुगल साम्राज्य फर्किने’ भनेर जनताबीच पूरै हिन्दू–मुस्लिमको द्वन्द्व सिर्जना गर्न ठूलै कसरत गरेका थिए । अर्कोतिर एक सांसद र उत्तर प्रदेशका मुख्यमन्त्री योगीले केजरीवाललाई ‘आतङ्कवादी’ समेत भन्न पछि परेनन् । गजबको कुरा के छ भने जसले आतङ्कवादी भनेर आरोप लगाए उनैको सरकार छ भारतमा । यदि केजरीवाल आतङ्कवादी हुन् भने किन पक्रेर छानबिन गरिएन ? यसले प्रस्ट पार्छ कि प्रमाण केही चाहिंदैन, मुखमा जे आउँछ त्यही भन्दै हिँड्ने गर्छ मोदी सरकार । तर, यी सबै नकारात्मक प्रचारको केजरीवालले विकासको मुद्दामा चुनावी बहस गर्न आव्हान गर्दै कूटनीतिक जवाफ दिए । विडम्बना ¤ प्रत्यक्ष बहसमा आउन भने कुनै भाजपा नेता तयार भएनन् ।
उल्लेखनीय कुरा के हो भने दिल्लीका जनताले प्रतिमहिना २०० युनिट बिजुली र २० हजार लिटर पानी निःशुल्क पाउँछन् । त्यसैगरी दिल्लीमा चल्ने सरकारी गाडीमा महिलाले निःशुल्क सेवा पाउँछन् । दिल्लीभरि लाखौँ सीसीटीभी क्यामेरा जडान गरिएका छन् । सरकारी अस्पतालमा औषधिसमेत निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सहरभरि वाईफाईको व्यवस्था गरिएको छ । यी सुविधाबाट दिल्लीका जनता खुसी भएर मोदीको तथाकथित राष्ट्रवादको नारालाई तिलाञ्जली दिएका छन् ।
लोकसभाको चुनावअघि पुलवामा आक्रमण घटाएजस्तै मोदीले दिल्ली चुनाव जित्न उस्तै खालको घटना रच्न खोजेको भनेर धेरै भारतीयले आशङ्का गरेका थिए । झिङ्गा पनि छिर्न नसक्ने ठाउँमा ३५० किलो आरडिएक्स विस्फोटक पदार्थ कसरी आए भनेर भारतीयहरू अझै अचम्मित हुन्छन् । काश्मिरबाट भारतीय सुरक्षा अधिकारी डीएसपी दबिन्दर सिंहको साथ दुई काश्मिरी विद्रोहीलाई दिल्ली ल्याइएको थियो । बाटोमै भारतीय सुरक्षाकर्मीले उनीहरूलाई विस्फोटक पदार्थका साथ पक्रेको थियो । धेरैको आशङ्का के थियो भने दिल्ली चुनावको मुखमा पुलवामा हमलाजस्तै केही घटना गरेर राष्ट्रवादको छद्मभेषमा चुनाव जित्ने मोदीको षड्यन्त्र हो । यदि यो हल्ला साँचो भए संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भनेर दाबी गर्ने मुलुक चुनाव जित्न कुन हदसम्म गिर्दोरहेछ, प्रस्ट हुन्छ ।
सम्हाल्नै नसक्ने सम्मानले उचाल्नै नसक्ने अभिमान जन्माउँछ भनेजस्तै ‘चाणक्य’ को पदवीले विभूषित अमित शाहले भाजपाको यो हालत बनाएको छ । अमित शाहले जस्तोसुकै बदनाम गरे पनि चाणक्य नीति भन्दै प्रशंसा गर्दा उनी झन्–झन् अलोकप्रिय निर्णय गर्न उद्यत हुँदै गए । काश्मिरबाट धारा ३७० हटाउनेदेखि राष्ट्रिय नागरिकता पञ्जिकरण (एनआरसी) लागू गर्ने निर्णय गर्न हतारिए । आफ्ना विरोधीहरूलाई सीवीआईजस्ता सरकारी निकायलाई आफ्नै निजी कम्पनीजस्तै प्रयोग गरेर आफ्नो पासोमा पारे । आफूले भनेजस्तै मानेर भाजपामा सामेल भए सबै भ्रष्टाचारबाट मुक्त हुने, यदि मानेन भने जेल हाल्नेजस्ता निरङ्कुश तरिकाले सरकार चलाउन थाले । पानी नाकमाथि आउँदा सहन नसकेजस्तै फाँसीवादी मोदी सरकारको यस्ता अपराधले सीमा नाघेको परिणाम हो, एकपछि अर्को गर्दै राज्यस्तरको चुनावमा मोदीको हार हुँदै छ । अहिले आँसु नझारीकनै रोइरहेछ, भाजपा ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *