भर्खरै :

भेनेजुयला, जनवरी २०२० ः कठिनाइ र प्रतिरोध–१

पिटर लाकोस्की (Peter Lackowski)
यसै जनवरीमा उत्तर अमेरिकीहरूको एक टोलीका साथ मैले भेनेजुयलाको भ्रमण गरेँ । हामीलाई आर्थिक प्रतिबन्धहरूले कसरी जनताको खाद्यान्नसम्मको पहुँचमा असर पुगिरहेको छ भनी हेर्नु थियो । आफ्नो आर्थिक समृद्धिमा त्यस्तो व्यापक आक्रमणको भेनेजुयलाका बहुमत कामदारवर्गका जनताले गरिरहेको प्रतिरोध देखेर हामी आश्चर्यचकित भयौँ ।
हामीले जटिल दृश्यहरू देख्यौँ । त्यहाँका हरेकखाले उत्पादन कार्य विभिन्न तवरले ‘लङ्गडो’ भएको पायौँ । कुनै – कुनै कार्य बाहिर – बाहिर ठीकै छ तर भित्र ठूलो समस्यासित जुझिरहेको पायौँ । निश्चय पनि भेनेजुयाली जनतासँग आफ्ना परिस्थितिसित सम्झौता गर्ने समय थिएन तर तिनीहरू सिर्जनशील, ऊर्जाशील, लगनशील र प्रतिबद्ध रहेका छन् । कम्युनहरूको सङ्ख्या वृद्धि भएको छ, सरकार बाँचिरहेको छ र जनमानसमा ‘आजको अवस्था २०१७ को अवस्था जस्तो नराम्रो छैन’ भन्ने अभिव्यक्ति सबैतिर सुनियो । आफ्नो देशको खाद्य सम्प्रभुताका लागि काम गरिरहेका धेरै मानिससित हामीले भेट्यौँ, तिनीहरूका आ–आफ्नै कथा–व्यथा र कठिनाइहरू छन् ।
भेनेजुयलाका बहुमत जनताले पर्याप्त खाद्यवस्तु पाउन नसक्नुको सबभन्दा ठूलो कारण विश्वभरमा जस्तै समान नै देखियो ः खाद्य वस्तु उत्पादन र वितरणको कार्य अधिकांश त पुँजीवादी प्रणालीको माध्यमले भइरहेको छ । भेनेजुयलामा २० वर्षभन्दा अघिदेखि समाजवादी पार्टीले शासन गरिरहेको छ र त्यसको गन्तव्य पनि समाजवाद र साम्यवाद नै हो । तर, अझै त्यस देशको ८० प्रतिशत अर्थतन्त्र पुँजीवादी क्षेत्रको नियन्त्रणमा छ, सरकारको लगानी विशेषतः तेल उत्पादन उद्योग र भारी उद्योगहरूमा मात्र छ ।

पुँजीवादी बन्दोवस्तअनुसार खाद्य वस्तुको उत्पादन र वितरणमा बिचौलियाको रूपमा रहनेहरूको नाफा निर्मूल गर्दाको परिणाम ठूलो सफलतामा त्यहाँ कृषकका बजारहरू छन्, ग्रामीण र सहरी समुदायबीचको प्रत्यक्ष सम्बन्ध (कारोबार) र उपभोक्ताहरूबाट पैसा सिधै किसानसम्म पुग्ने बन्दोबस्तले किसानलाई आवश्यक पुँजी वा लगानी जुटिरहेको छ । यो झण्डै संरा अमेरिकामा समुदायद्वारा समर्थित कृषि (Community Supported Agriculture– CSA) जस्तै हो । तर, भेनेजुयलाको हकमा सबैजसो उत्पादक कृषि क्षेत्रहरू सहरी केन्द्रभन्दा धेरै टाढा छन् ।

किराना स्टोर र रेष्टुराँहरू (भोजनालयहरू) मा पर्याप्त खाद्यवस्तु भण्डार गरिएका छन् तर तिनको मूल्य अत्यन्त उच्च छ, जुन सामान्य जनताले तिर्नै सक्दैनन् । गत वर्षसम्म त्यहाँ सरकारसँग बजार भाउ नियन्त्रण गर्ने प्रणाली थियो, बढी मूल्य असुल्ने व्यापारीमाथि जरिवाना र कैद सजायसमेत हुन्थ्यो, वस्तु आयात गर्ने व्यापारीलाई सहुलियत दरमा डलर पनि दिने गरिन्थ्यो र त्यसको उद्देश्य उपभोग्य वस्तुको खुद्रा मूल्य सस्तो बनाउनु थियो । संरा अमेरिकाले विभिन्न माध्यमले भेनेजुयलामाथि पूर्ण प्रतिबन्ध लगाइसकेपछि सरकारले उक्त कठिनाइपूर्ण व्यवस्था लागू गरिराख्न सकेन । त्यसबाहेक आयातको क्षेत्रमा ठूल्ठूला अनियमितता र भ्रष्टाचार देखिए, त्यसले उक्त बन्दोबस्तलाई नै अस्थिर बनाइदियो र जब भेनेजुयलाविरूद्ध पश्चिमा आर्थिक युद्ध अत्यन्त चुलियो उक्त बन्दोबस्त नै अहिलेलाई समाप्त भयो । त्यतिमात्र होइन भेनेजुयाली बैङ्कहरूसित व्यापारीहरूलाई बेच्नको लागि अहिले डलर छैन ।
सरकारको कदम वैकल्पिक प्रणाली विकास गरेर कृत्रिम अभाव सिर्जना गरी ठूलो नाफा लिइरहेका र खाद्यवस्तु किन्नै नसकिने बनाइरहेका बिचौलियाहरूको तह नै निर्मूल गर्नु पनि रहेको छ ।
अहिले सरकारले नै ठूल्ठूलो परिमाणमा खाद्यान्न र खाद्यवस्तु आयात गरिरहेको छ साथै चामल, दाल, सिमी, टुना, खाद्य तेल, पास्ता, मकैको पिठो, चिनी र दूधहरू प्याकेज बनाएर वितरण गरिएका छन् । यी खाद्य वस्तुहरूको काम स्थानीय सामुदायिक परिषद्अन्तर्गतका समितिहरूले गरिरहेका छन् । प्रत्येक समितिले कुनै समुदायका लगभग दुई सय घरधुरीहरू समेट्छ । उपभोक्ता वा जनताले नितान्त कम मूल्यमा ती चिज प्राप्त गरिरहेका छन् । यस प्रणालीलाई क्लाप (CLAP- Committees for Local Supply and Production भनिन्छ ।

उपाभोग्य सामान वितरणका लागि प्याकेजिङ गर्दै काराकसको एक क्लापका सदस्यहरू ।


हामीले केही त्यस्ता ठाउँहरू पनि भेट्यौँ जहाँ त्यस्ता खाद्य वस्तुका प्याकेज नियमितरूपमा आउँदैनन् । कतिपय ठाउँमा त आउँदै आउँदैनन् र कतिपय ठाउँमा एक–दुई पटक छुटेका थिए । पश्चिम भेनेजुयलाको मेरिडा र जुलिया राज्यका धेरै ठाउँहरूमा गम्भीर भोकमरी रहेको बताइयो । निश्चय पनि क्लाप परियोजनाले धेरैको ज्यान बचाइरहेको छ, ६० लाख घरधुरी यसमा भर परेका छन्, जुन कूल जनसङ्ख्याको ६० प्रतिशत हुन आउँछ ।
खाद्य वस्तुको वितरणको लागि बोलिभारियाली मिलिसियालाई स्वयम्सेवकको जिम्मेवारी दिइएको छ तर उपभोग्य वस्तु प्राप्तिका लागि सरकार व्यापारिक माध्यममै भर पर्नुपरेको छ । संरा अमेरिकाको आर्थिक युद्धको रणनीतिको उद्देश्य भेनेजुयलालाई पुँजीवादी विश्वसित व्यापारिक कारोबार गर्न नै असम्भव बनाउनु रहेको छ । भेनेजुयलाको ठूलो संस्थान– पोलारले अधिकांश खाद्यवस्तुको व्यापार गर्ने गर्दछ । यसका सामु गम्भीर चुनौती खडा गरिएका छन् तर कार्यक्रम चालू नै छ ।
विद्यालय, उद्योग, विश्वविद्यालय र अरू प्रतिष्ठानहरूमा खाना खुवाउने सुविधा उपलब्ध छन् । कयौँ कम्युनहरूले जनतालाई खाना खुवाउने बन्दोबस्त गरेका छन् । हाम्रो टोलीले काराकसको टाढा एक भिरालो पहाडी गाउँ अल्टोस डे लिडिसे (Altos de Lidice) को भ्रमण ग¥यो । त्यहाँ गरिबी निवारण कार्यक्रम सञ्चालन गरिएको र कुपोषण निर्मूल गरिएको तथा खाद्य घर सञ्चालन गरिएको पाइयो ।
त्यस्तै विभिन्न ठाउँमा दैनिक दुई सय मानिसलाई खाना खुवाउने बन्दोबस्त गर्ने जिम्मा लिइरहेका घरहरू पनि देखिए । सरकारले त्यस्ता घरलाई आवश्यक केही सामान दिएर भान्छाघर सुधार गर्न सहयोग गर्ने गर्दछ । भेनेजुयलामा खानामा केही भाग सरकारले र केही भाग कम्युनहरूले व्यहोर्ने बन्दोबस्त छ एवम् भान्सेहरूको टोलीलाई तिनीहरूको कामको ज्याला दिने गरिन्छ ।
कम्युनहरूलाई यी भान्छाहरू सञ्चालन गर्ने तथा त्यसको हिसाब कडाइपूर्वक राख्ने जिम्मेवारी दिइएको छ । हिसाब खाता समुदायका सबैका लागि खुला राखिएको छ, भ्रष्टाचार निर्मूल गर्ने उद्देश्यले त्यसो गरिएको हो । यस प्रकारको पारदर्शिता सबै कम्युनमा आधारभूत सर्तका रूपमा लागू गरिएका छन् । अल्टोस डे लिडिसेमा हामीले कम्युनको आफ्नै औषधालय (फार्मेसी), लुगा सिउने व्यवसाय र अरू उत्पादनमूलक परियोजनाहरू देख्यौँ । समुदायका सदस्यहरू हिसाब दुरूस्त राख्नमा र परियोजनाको काम गर्नमा सक्रिय रहेका छन् ।
पुँजीवादी बन्दोवस्तअनुसार खाद्य वस्तुको उत्पादन र वितरणमा बिचौलियाको रूपमा रहनेहरूको नाफा निर्मूल गर्दाको परिणाम ठूलो सफलतामा त्यहाँ कृषकका बजारहरू छन्, ग्रामीण र सहरी समुदायबीचको प्रत्यक्ष सम्बन्ध (कारोबार) र उपभोक्ताहरूबाट पैसा सिधै किसानसम्म पुग्ने बन्दोबस्तले किसानलाई आवश्यक पुँजी वा लगानी जुटिरहेको छ । यो झण्डै संरा अमेरिकामा समुदायद्वारा समर्थित कृषि (Community Supported Agriculture– CSA) जस्तै हो । तर, भेनेजुयलाको हकमा सबैजसो उत्पादक कृषि क्षेत्रहरू सहरी केन्द्रभन्दा धेरै टाढा छन् । जसका कारण उत्पादित वस्तुको ढुवानीमा कठिनाइ र बढी खर्च भइरहेको छ । यातायातका साधन (ट्रक, कन्टेनरहरू) को सामान बिग्रेपछि फेर्नका लागि स्पेयर पार्टस अहिले उपलब्ध छैनन् । संरा अमेरिकी प्रतिबन्ध नै त्यसको एकमात्र कारण हो । त्यस्तै कच्चा तेललाई प्रशोधन गर्नका लागि अत्यावश्यक रसायनिक पदार्थ सिद्धिएको छ, संरा अमेरिकाले त्यसको आयात–निर्यातमा प्रतिबन्ध लगाएकोले भेनेजुयलामा इन्धन अभावको सङ्कट समेत चुलिएको छ । यी सबै समस्याहरूले उत्पादित खाद्यवस्तु ढुवानीसमेत गम्भीर समस्या बनेको छ । आफ्नो उत्पादन प्रत्यक्षरूपमा उपभोक्तालाई बेच्न चाहने किसानहरूले त्यसो गर्न सकिरहेका छैनन् । उनीहरू विकल्प नै नभएर बिचौलिया व्यापारीहरूलाई आफ्ना उत्पादन बेच्न बाध्य छन् ।

अल्टोस डे लिडिसेको कम्युनका पदाधिकारीहरु आफ्नो कम्युनबारे जानकारी दिँदै


ह्युगो चाभेज राष्ट्रपति बनेलगत्तै भेनेजुयलाको तटीय समुद्रमा ठूल्ठूला औद्योगिक जहाजहरूको प्रवेशमा रोक लगाइयो । त्यसबाट समुद्र पिँधको पर्यावरण धेरै हदसम्म सुरक्षित भयो र अहिले त्यहाँ प्रशस्त माछा पाइन्छ । त्यहाँ खुला डुङ्गाबाट मात्र माछा मार्न पाइन्छ । तर, नाकाबन्दीका कारण त्यस्ता मोटरजडित खुला डुङ्गाको स्पेयर पार्टस र पुरानोको सट्टा नयाँ डुङ्गासमेत मिलिरहेको छैन । कठिनाइपूर्वक माछा मारिसकेपछि तिनलाई उपभोक्तासमक्ष पु¥याउन ट्रक नै जरूरी भयो, माछा सुरक्षित राख्नको लागि रेफ्रिजेरेसन आवश्यक छ र तिनीहरूको समेत समय–समयमा मर्मत सम्भार जरूरी भइरहन्छ । आवश्यक सामानहरूको आपूर्ति हुन नसक्दा त्यसरी ब्रिग्रेका साधन मर्मत गर्न सकिरहेका छैनन् । भेनेजुयालीहरूले ती कतिपय साधन मर्मत गर्नै पनि जान्दैनन् तर तिनीहरूले नयाँ साधन पनि किन्न पाइरहेका छैनन् ।
बिउबिजनको अभाव अर्को सङ्कट हो । भेनेजुयाली किसानहरू धेरै वर्ष अगाडिदेखि आयातित बिउबिजनमा भर परेका थिए र अहिले बजारमा त्यो उपलब्ध छैन । हामी याराकुये प्रान्तको खेतहरूमा गयौँ, त्यहाँ किसानहरूले बिउको कमीका कारण आफ्ना सबै खेतमा बाली लगाउन सकेका छैनन् । त्यतिमात्र होइन अल्टोस डे लिडिसेको कम्युनका मानिसले त मैले आफ्नो ब्यागमा बोकेर गएका केही बिउहरूका लागि ज्यादै नै आग्रह गरे र त्यो पाएर कृतज्ञ बने । त्यहाँ तिनीहरूले भिरालो पहाडमा समेत गराहरू बनाएर मकै र अरू थुप्रैथरी तरकारी लगाइरहेका छन् । अहिले तिनीहरूसित चुकन्दर र गाजरलगायत कयौँ तरकारीका बिउ छन् । तिनीहरू त्यसमध्ये केही भाग बचाएर बिउ बैङ्क बनाउन लागिपरेका छन् ।
खाद्य उत्पादनबारे भेनेजुयाली सरकारको दृष्टिकोण बुझ्न हामीले विज्ञान तथा प्रविधि मन्त्रालयको प्रान्तीय कार्यालय निर्देशक डियाना कास्टिलो र अभियानकर्मी एवम् वैज्ञानिक मिग्वेल एन्जेल नुनेजको अन्तर्वार्ता लियौँ । नुनेज भेनेजुयलामा प्राङ्गारिक कृषि पर्यावरण स्थापित गर्ने सङ्घर्षका नेता पनि हुन् । उनले भेनेजुयलामा रसायनिक मल र विषादी प्रयोग नगर्ने खेतीहरूको हेरचाह गरिरहेका छन् ।
उनीहरूले भेनेजुयलाले कृषि नीतिमा विगतभन्दा क्रान्तिकारी प्रस्थान गरेको बताए । नुनेजले विज्ञान–किसान एकताबारे बताउँदै किसानहरू आफ्नो खेतीपातीमा जसरी बसिराखेका छन् त्यसप्रति आदर गर्दै उनीहरूको अभ्यासमा बिरूवाबारे थप ज्ञानको आवश्यकता र माटोको पर्यावरणसम्बन्धी यथार्थ मिलाउनुपर्ने बताए । किसान परिवार बस्ने बारीलाई भेनेजुयलामा ‘कोनुको’ भनिन्छ भने मेक्सिको मा ‘मिल्पा’ भनिन्छ । तर, ती दिगो उत्पादनका रूप र नयाँ किसिमको कृषि उत्पादनका नमुना हुन् । भेनेजुयलाको विज्ञान र प्रविधि मन्त्रालयले उक्त बृहत् कार्यक्रमको मुख्य भागका रूपमा रहेको बिउबिजन अभाव हुन नदिन र माटो बचाउन प्राङ्गारिक पर्यावरणीय विधि उपयोग गर्न, विषादि नियन्त्रण गर्न तथा उत्पादन वृद्धि गर्नमा ध्यान केन्द्रित गरेको छ ।
यस दृष्टिकोणको एउटा उल्लेखनीय उपलब्धि त्यहाँको स्थानीय मौसममा उत्पादन हुने आलुको विकास हो । एन्डिज पर्वतमालामा रहेको मेरिडा राज्यको २४ वटा स्थानमा प्रामाणिक आलुको बिउ वितरण गर्ने केन्द्र स्थापना गरिएका छन् र अरू २१ वटा केन्द्र देशका अन्य राज्यहरूमा छन् ।
विज्ञान र प्रविधिले सुरक्षितरूपमा काम गर्न अरू मन्त्रालयसित पनि समन्वय गरिरहेको छ । त्यहाँको एउटा चिन्ता अरू गैरप्राङ्गारिक बिरूवाबाट जिन्सको सङ्क्रमण होला भन्ने हो । हुन पनि गैरप्राङ्गारिक बिरूवा तथा जनावरहरूको आयातले रोग पनि भिœयाइरहेको छ र माटो बिगार्ने जिवाणु ल्याइरहेको छ । जैविक विविधता भेनेजुयलाको विभिन्न तवरले सम्पदाका रूपमा रहेका छन् र तिनलाई संरक्षण गर्न आवश्यक छ । त्यस क्षेत्रमा राजनीतिक खतरा पनि रहेको छ । ग्वाइडोका मानिसहरूले धेरै पहिले नै आणुवंशिक परिवर्तन गरिएका (हाइब्रीड) बिउ ल्याउन पाउने कानुन मस्यौदा गरिसकेका छन् । संरा अमेरिकाको प्रयासअनुसार देशमा नवउदारवादी सरकार बनेमा भूमि सुधार कार्यक्रम उल्टिने र एकैखाले बाली लगाउने प्रवृत्ति पुनः फर्कने त्रास कृषकमाझ छ ।
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *