भर्खरै :

देशभक्तिको आवश्यकता तथा महत्वबारे कोरियाली अनुभव

जमिला
नागरिकहरूमा देशभक्तिको भावना सबैभन्दा माथि हुन्छ । देश रहे जनता रहन्छन् र जनतामा देशभक्ति रहे देश रहन्छ । देशभक्तिपूर्ण भावनाले भिजेको माटोमा नै समृद्धिको पूmल फुल्छ । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सफलता पछाडि देशप्रेम नै सबैभन्दा अहम् र अविछिन्न ऊर्जा बन्ने गर्दछ । देशको स्वतन्त्रता र स्वाधीनताका निमित्त लडिने हरेक लडाइँहरूमा देशभक्ति नै महत्वपूर्ण हतियार बन्ने गरेको छ । अझ समाजवादी व्यवस्थामा त देशभक्ति प्राण जत्तिकै हो । समाजवादको रक्षा देशभक्त जनताले मात्रै गर्न सक्दछन् । हरेक क्रान्तिहरूमा जीत हासिल गर्न पुस्तौँपुस्तासम्म र युगौँयुगसम्म देशभक्ति फक्रन र फुल्न आवश्यक छ । पूर्वी एसियाको उत्तरतिर कोरिया प्रायः द्वीपमा अवस्थित समाजवादी देश प्रजग कोरियाले यही सन्देश दिँदै छ ।
‘समृद्धशाली देश निर्माणका पाइलाहरूमा किम जङ इलको देशभक्ति अनुसरण गरौँ’ भन्ने किम जङ उनलिखित पुस्तकले प्रजग कोरियाको सो सन्देशलाई उजिल्याउँछ । समाजवादको झन्डालाई सदासदा उँचो फहराउनको निम्ति कोरियाली जनताभित्र देशभक्ति पहिलो आवश्यकता हो । देशका राष्ट्रसेवक, पार्टी कार्यकर्ता, बौद्धिक समुदाय, मजदुर किसानहरूलाई आज पनि किम जङ इलको देशभक्तिबाट प्रशिक्षित गरिन्छ । महान् नेता किम इल सङको समर्पणभाव पढाइन्छ ।

बलियो सैन्यशक्ति निर्माणसँगै समृद्ध र शक्तिशाली देश निर्माणमा किम जङ इलको देशभक्तिको विचारले योगदान ग¥यो । देश हरेक हिसाबले समृद्ध हुनु भनेको देशभक्तिपूर्ण भावनाको उँचो अभिव्यक्ति नै हो । देशप्रेमले देशको शक्ति निर्धारण गर्दछ । देश शक्तिशाली रहे शत्रुको प्रतिकार गर्न सकिन्छ र आउने पुस्ताले सुखपूर्वक बाँच्न पाउँछन् । देशलाई माया गर्नु हरेक सङ्घर्ष या क्रान्तिको पहिलो आवश्यकताको रूपमा पुस्तकले औँल्याएको छ ।

किम इल सङले आफ्नो अन्तिम क्षणसम्म देशको स्वतन्त्रता र समाजवाद स्थापनार्थ सङ्घर्ष गर्नुभयो । साम्राज्यवादसँग जुझेर समाजवाद स्थापना र रक्षा गर्नु भनेको तरबारको धारमा हिँड्नुजस्तै हो । लाखौँ योद्धा र देशभक्तहरूको रक्तबीजले सिँचेको प्रजग कोरियाको समाजवादले विश्वका न्यायप्रेमी जनतालाई ऊर्जा प्रवाह गरिरहेको छ । साम्राज्यवादी आक्रमणविरुद्ध सशक्त प्रतिकारको विकल्प छैन । त्यसकारण जुच्छे विचार र सोन्गुन नीतिको धरातलमा कोरियाली जनता ‘गर या मर’ को उत्सर्गी भावना आत्मसात् गर्छन् । देशभक्ति र समर्पणको योभन्दा उत्कृष्ट उदाहरण अरू के होला ?
बलियो सैन्यशक्ति निर्माणसँगै समृद्ध र शक्तिशाली देश निर्माणमा किम जङ इलको देशभक्तिको विचारले योगदान ग¥यो । देश हरेक हिसाबले समृद्ध हुनु भनेको देशभक्तिपूर्ण भावनाको उँचो अभिव्यक्ति नै हो । देशप्रेमले देशको शक्ति निर्धारण गर्दछ । देश शक्तिशाली रहे शत्रुको प्रतिकार गर्न सकिन्छ र आउने पुस्ताले सुखपूर्वक बाँच्न पाउँछन् । देशलाई माया गर्नु हरेक सङ्घर्ष या क्रान्तिको पहिलो आवश्यकताको रूपमा पुस्तकले औँल्याएको छ । जनताको सुख समाजवादी व्यवस्थामा नै मात्र सम्भव हुन्छ । त्यसकारण समाजवाद जोगाउने र विकास गर्ने भावनाको उज्यालोमा मात्र किम जङ इलको देशभक्तिले जीवन प्राप्त गर्दछ । मातृभूमिप्रतिको गौरव र सच्चा श्रद्धाको आधारशीलामा किम जङ् इलको देशभक्ति हुर्कन्छ । उहाँका अनुसार समर्पणभाव नेता र नेतृत्वप्रतिको इमानदारी या श्रद्धा हो । नेतृत्वप्रतिको इमानदारी नै देशभक्तिको उँचो अभिव्यक्ति हो । “जनता नै मेरा भगवान हुन्” – उहाँको देशभक्तिको परिभाषामा ‘जनता’ केन्द्रमा राखिएको छ । देशभक्ति जनताको लागि र जनतामा देशभक्ति हुन नितान्त जरूरी छ । नारा लगाउँदैमा देशभक्तिको विजारोपण हुने गर्दैन । जनतालाई सिद्धान्त र विचारमा स्पष्ट पार्न नसकेसम्म त्यो सम्भव हुन्न । यसको लागि शिक्षा आवश्यक छ ।
‘देश र जनताको सेवा गर’ कोरियाली मजदुर पार्टीको नारा हो । किम जङ इलले सो नारालाई व्यवहारमा उतार्न देशभक्ति जगाउनुभयो । प्रजग कोरियालाई रक्षा, अर्थतन्त्र, राजनीतिक र सामाजिक व्यवस्थामा अब्बल बनाउन जनता सबल र बलियो हुनुपर्ने धारणा विकास गर्नुभयो ।
प्रजग कोरियाको वास्तुकला विकाससम्बन्धी महत्वपूर्ण पक्ष पनि पुस्तकले पस्केको छ । निर्माण र विकासको यो युगमा प्रजग कोरियाले जुच्छेउन्मुख वास्तुकलालाई अगाडि बढाएको छ । वास्तुकला र हरेक निर्माणमा देशभक्ति झल्कनुपर्नेमा जोड दिइएको छ । संरचनाहरू जनमूखी अर्थात् जनतालाई सुविस्ता दिने ढङ्गले निर्माण गरिनुपर्ने विचार अभिव्यक्त छ ।
युद्धले खरानी बनेको प्रजग कोरियाको पुनः निर्माणको इतिहासले कोरियाली जनताको बहादुरी प्रतिविम्बित गर्छ । आजको वास्तुकला र निर्माण पनि क्रान्ति र सङ्घर्षलाई जीवन्त राख्ने खालको हुनुपर्ने विचार पुस्तकमा छ । निर्माण र वास्तुकला २१ औँ शताब्दी सुहाउँदो हुनुका साथै देशभक्तिले भरिपूर्ण हुनुपर्दछ । यही नै जनता केन्द्रित निर्माण, जुच्छे र सोन्गुन केन्द्रित वास्तुकलाको उद्देश्य हो । निर्माणको यो सुनौलो युगमा प्रजग कोरियाली नेतृत्व सौन्दर्य, कला, गुणस्तरीयतामा अत्यन्त संवेदनशील देखिन्छ । साथै, समयमै निर्माण सम्पन्न गर्नु समाजवादी देशको विशेषता नै हो । आधुनिक उपकरणको विकासले पनि निर्माण सहज बन्यो । पर्यावरण र वातावरणमैत्री निर्माणमा जोड दिनु अर्को विशेषता हो । वैज्ञानिक र मितव्ययी निर्माण, स्रोतहरूको व्यवस्थित परिचालन देशको अर्थतन्त्रसँग पनि जोडिन्छ ।
कृषिका लागि आवश्यक माटो, बिउ, मल, सिँचाईमा प्रजग कोरियाली सरकार र पार्टीले निर्वाह गरेको भूमिका नेपालजस्तो कृषिप्रधान देशका लागि अनुकरणीय छ । कृषिक्षेत्रमा वैज्ञानिक र प्राविधिकहरूको संलग्नता र सहकारीको नेतृत्वले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने तथ्य पुस्तकले उजागर गर्छ ।
पुस्तकमा किम इल सङ विश्वविद्यालयको इतिहासका पृष्ठहरू पल्टाइएको छ । जुच्छे विचारको धरातलमा उभिएको किम इल सङ विश्वविद्यालय प्रजग कोरियाकै गौरव हो । समाजवादी शिक्षा नीति हुर्काउँदै गरेको सो विश्वविद्यालयले देशका लागि आवश्यक जनशक्तिसँगै देशभक्त योद्धाहरू तयार गर्दै छ । सम्भावित युद्धको तयारी विश्वविद्यालयभित्र हुन्छ भन्दा अतिशय नहोला । क्रान्तिका नयाँ उत्तराधिकारीहरू त्यहीँबाट जन्मिन्छन् । देशभक्तिको शिक्षा त्यहीँबाट दिइन्छ । विद्यार्थीलाई आत्मसम्मान, आत्मगौरव, आत्मनिर्भरता, आत्मविश्वासको पाठ सिकाइन्छ । नेतृत्वप्रति सम्मान र देशप्रति बफादार रहन विश्वविद्यालयले ज्ञान दिन्छ । किम इल सङ विश्वविद्यालय देशको रक्षार्थ अनुशासित सिपाही तयार गर्दै छ ।
यसरी प्रजग कोरियामा विद्यालयदेखि विश्वविद्यालयसम्म, खेतदेखि कारखानासम्म, बालकदेखि वृद्धसम्मका कोरियाली जनतामा देशभक्तिको भावना फैलाइँदै छ । किम इल सङ र किम जङ इलको योगदानहरू स्मरण गर्दै विश्वको एउटा उदाहरणीय समाजवादी देश बन्न सङ्घर्षरत छ । अङ्ग्रेजी भाषाको यस पुस्तक प्रजग कोरियाले सन् २०१९ मा प्रकाशन गरेको हो । ७७ पृष्ठको यस पुस्तकको अध्ययनबाट नेपालमा समाजवादी व्यवस्था स्थापनार्थ सङ्घर्षरत जनताले ऊर्जा प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *