नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
नीरज
चर्चा यतिबेला अमेरिकी एससीसी परियोजनाको छ । पक्षधरहरू यो परियोजनाले देशमा विकासको मूल फुटाउने भनेर थाकेका छैनन् । उनीहरू यसको बचाउमा भौतिक निर्माणका लामा सूचि मात्र प्रस्तुत गर्दैनन्, तथ्याङ्क र परिकल्पनाको थुप्रोमा सामान्य दिमागलाई सजिलै पुरिदिन्छन् । मानौं, यो परियोजना लागू नभएकै कारण नेपालमा आजसम्म विकास नभएको हो ¤ उनीहरूका ‘विद्वतापूर्ण’ तर्क सुन्दा यस्तो लाग्छ–अचानक विश्वशक्ति अमेरिकाका शासकहरूमा मानवता छचल्किएछ र नेपाल जस्तो अल्पविकसित देशको विकासको लागि सहयोगको मुठ्ठी खोलेका छन् । अमेरिकी डलरकै वर्षा भएपछि अब नेपालमा विकासको मूल नफुट्ने कुरै भएन ?¤
तर, संसारको इतिहासले भने यसो भन्दैन । अमेरिकालगायत साम्राज्यवादी शक्तिले जुन पनि देशमा पाइला राख्छ वा लगानी गर्छ, त्यसको परिणाम घातक नै हुने गरेको छ । ती शक्तिहरूले कसैको उपकारको लागि कुनै पनि देशमा पैसा खर्च गर्ने गर्दैनन् । बरू उनीहरूले कुनै पनि देशमा गरेको खर्चको मूल्य जनताले पाइला पाइलामा चुकाउनु पर्ने बनाइदिन्छन् ।
इराकी भूमिकामा इरानी सैनिक नेता कासिम सोलेमनीको हत्यापछि इराकी संसदले अमेरिकी सेनालाई आफ्नो भूमि छोड्न भनेको थियो । त्यसको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, “इराकमा हाम्रो धेरै लगानी भएको छ । त्यत्ति सजिलै अमेरिकी सेनाले इराकी भूमि छोड्न मिल्दैन ।” ट्रम्पको यो अभिव्यक्तिले साम्राज्यवादी शक्ति कुनै पनि देशमा किन पस्छ भन्ने कुरा प्रष्ट हुन्छ ।
एमसीसी नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने माध्यम हो । देशको विकास गर्ने नेपाली जनताको चाहना बुझेका अमेरिकीहरूले विकासको लागि पैसा सहयोग गर्ने भन्नु खास विशेष कुरा होइन । तर, अमेरिकाले दिने पैसा फगत पैसा मात्र हुने गर्दैन । त्योसँगै जोडिएर अरू पनि धेरै कुरा आउने गर्छ । लामो समय अमेरिकी हस्तक्षेप र हमला सामना गरेका कोरियाली जनतालाई भन्दा राम्ररी यो विषयमा कसलाई अनुभव होला र !
कोरियाको विदेशी भाषा प्रकाशन गृहले सन् १९७० मा प्रकाशित ‘अन द क्रिमिनल एक्टस् कमिटेड बाई द युएस इम्पेरियलिस्ट एग्रेसन ट्रप्स इन कोरिया’
(कोरियामा संरा अमेरिकी साम्राज्यवादी सेनाले गरेका आपराधिक गतिविधि) पुस्तक साम्राज्यवादको वास्तविक चरित्र उजागर गर्ने पुस्तक हो । सन् १९५० यता कोरियाली जनताले अमेरिकी साम्राज्यवादको हस्तक्षेप र हमला प्रत्यक्ष सामना गर्दै आएका छन् । आज पनि दक्षिण कोरियामा दसौं हजार अमेरिकी सेना र हातहतियार तैनाथ छन् । यो पुस्तकमा सन् १९४६ देखि सन् १९७० को दसकसम्म अमेरिकी सेनाले कोरियाली जनतामाथि गरेका अपराधको फेहरिस्त सङ्कलन गरिएको छ । अमेरिकी सेनाले विभिन्न तरिकाबाट गरेका अपराध र बर्बरताका घटनालाई यसमा मिति, व्यक्तिको नाम र घटनाक्रमसहित विस्तृत रूपमा सङ्कलन गरिएको छ । पुस्तकमा सन् १९६८ को मे ७ र सन् १९६९ को जुन २१ मा कोरियाका विभिन्न पेशागत तथा जनवर्गीय समुदायले अन्तर्राष्ट्रिय समुदायको नाममा लेखेका दुई वटा पत्र प्रकाशित छन् । अमेरिकी सेनाले कोरिया (विशेषतः दक्षिणी भाग) का जनतामाथि गरिरहेको आततायी र बर्बर अपराधप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नु नै ती दुई चिठीको मूल ध्येय हो ।
तत्कालीन अवस्थामा अमेरिकी सेनाले कोरियाली जनतालाई मार्नु किरा फट्याङ्ग्रा मारे भन्दा हलुका मान्ने गरेको पुस्तकमा उल्लेखित घटनाले प्रष्ट पार्छ । आज पनि दक्षिण कोरिया र जापानको ओकिनावा टापुमा अमेरिकी ज्यादतीको विरोधमा बेलाबेला समाचार आउन बन्द भएको छैन । अमेरिकी सेनाले गोलीले निशाना लगाउने तालिमको क्रममा खेतमा काम गरिरहेका कोरियाली किसानहरूलाई गोली हानेर मार्ने गर्थे । सडक छेउमा हिँड्दै गरेको कोरियालीलाई अमेरिकी सेनाले बिना कुनै कारण किचेर मार्थे । रक्सी पसलमा गएर नमात्तुञ्जेल रक्सी खाने अनि रक्सीको पैसा माग्दा बियरको सीसीले कोरियाली पसलेलाई आक्रमण गर्थे । कोरियाली महिलालाई अमेरिकी सेना आफ्नो यौनदासी सम्झन्थे । बाटोमा हिँड्दै गरेको, राति कोठामा सुत्दै गरेको, पसलमा बसेको, खेतमा काम गरिरहेको कोही पनि महिलालाई बलात्कार गर्ने वा बलात्कारको प्रयास गर्थे अमेरिकी सेना । बलात्कार गरेर पनि प्रमाण नष्ट गर्न महिला र उसको घरमा समेत आगो लगाउने अमानवीय अपराध अमेरिकी सेनाहरू गर्थे ।
कोरियाली जनतालाई दुःख दिन अमेरिकी सेनाले जैविक हतियारसमेत प्रयोग गरेका थिए । उपियाँ, उडुस, लामखुट्टे, साङ्ग्लो, झिङ्गा आदि कीरामा विषाणु मिलाएर तिनलाई कोरियाली बस्तीमा छरिन्थ्यो । तिनै कीराफट्याङ्ग्राले कोरियाली जनता र जनताले लगाएको बालीनाली नष्ट गथ्र्यो । बालीनाली नष्ट हुँदा कोरियाली जनता खान नपाएर भोकै मर्थे । कोरियाली जनतालाई एउटै डोरीले बाँधेर जिउँदै बुसान समुद्रमा फालिन्थ्यो । सबैलाई एकै डोरीले बाँधिएका मानिसहरू पानीमा डुबेर मर्थे । अमेरिकी सेनाको आँखामा कोरियाली महिलाको कुनै इज्जत थिएन । कोरियाली महिलालाई पक्राउ गरी व्यारेकमा लाने, नाङ्गै बनाउने, पालैपालो बलात्कार गर्नेजस्ता अपराध लेखिसाध्य थिएन ।
अमेरिकी सेनाबाट भएको कोरियाली जनताको आमसंहारका घटनाको कुनै लेखाजोखा नै थिएन । सन् १९४९ को एक वर्षमा मात्र संरा अमेरिकाले दक्षिण कोरियाका १ लाख ९ हजार देशभक्त एवं निर्दोष कोरियाली जनताको हत्या गरेको थियो । १ लाख १८ हजार ६ सय मानिसलाई गिरफ्तार गरी कारागारमा कोचिएको थियो । सन् १९४९ को जनवरीदेखि अर्को सालको फेब्रुअरीसम्ममा अमेरिकी सेनाले २ लाख वटा किसानका घर जलाएका थिए । विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन आदिमाथि अमेरिकी सेनाको हमला र विध्वंश गनी साध्य थिएन । कोरियाली जनता मार्नु अमेरिकी सेनाको लागि कुनै अपराध नै थिएन । निर्दोष कोरियाली जनताको हत्यावापत कोही पनि अमेरिकी सेनालाई कुनै पनि सजाय दिइँदैनथ्यो । बरू कोरियालीलाई मार्न सके बहादुर भनी प्रशंसा गरिन्थ्यो । अमेरिकी सेनाका कमान्डरहरू भन्थे, “जोसुकैलाई मार । कोही केटाकेटी वा बुढाबुढी भए पनि मार्न हात नकमाऊ । जति धेरै कोरियाली मार्छौ, त्यत्ति धेरै तिमीले अमेरिकाको सेवा गरिरहेका हुनेछौ ।” त्यसले अमेरिकी सेना कोरियाली जनतामाथि थप अत्याचार गर्न अझ तम्सिन्थे ।
कोरियाली जनतालाई दुःख दिन अमेरिकी सेनाले जैविक हतियारसमेत प्रयोग गरेका थिए । उपियाँ, उडुस, लामखुट्टे, साङ्ग्लो, झिङ्गा आदि कीरामा विषाणु मिलाएर तिनलाई कोरियाली बस्तीमा छरिन्थ्यो । तिनै कीराफट्याङ्ग्राले कोरियाली जनता र जनताले लगाएको बालीनाली नष्ट गथ्र्यो । बालीनाली नष्ट हुँदा कोरियाली जनता खान नपाएर भोकै मर्थे । कोरियाली जनतालाई एउटै डोरीले बाँधेर जिउँदै बुसान समुद्रमा फालिन्थ्यो । सबैलाई एकै डोरीले बाँधिएका मानिसहरू पानीमा डुबेर मर्थे । अमेरिकी सेनाको आँखामा कोरियाली महिलाको कुनै इज्जत थिएन । कोरियाली महिलालाई पक्राउ गरी व्यारेकमा लाने, नाङ्गै बनाउने, पालैपालो बलात्कार गर्नेजस्ता अपराध लेखिसाध्य थिएन ।
साम्राज्यवाद कति क्रुर र निर्मम हुन्छ भन्ने धेरै उदाहरण यो पुस्तकमा सङ्कलन गरिएको छ । अमेरिकाप्रतिको पूर्वाग्रहको कारण निराधार र कपोलकल्पित तरिकाबाट यी घटना कथिएको होइन । यी सबै घटनाको विश्वसनीयता पुष्टि गर्न यसमा घटना भएको मिति, स्थान, पीडक र पीडितको नाम र घटनाक्रमसमेत प्रष्ट उल्लेख छ । साथै प्रसङ्गको स्रोतसमेत प्रष्ट लेखिएकोले यसलाई वास्तविक घटना भएको नस्वीकारी साध्य छैन ।
एमसीसीले देशको विकास गर्छ र नेपाली जनताले सुख र शान्ति पाउँछन् भनेर नथाक्ने पक्षपातीका कुरा कति झुट हो भन्ने कुराको सबुत हो–यो पुस्तक । साम्राज्यवाद आफू एक्लै आउँदैन, अपराध, अमानवता, र बर्बरता पनि सँगै बोकेर आउँछ भन्ने कुराको दसी हो–यो पुस्तक । इतिहासको यो पाटोलाई कति मानिस आज नेपालमा लुकाइरहेका छन्, कति मानिस चर्चा गर्न चाहँदैनन् । कति मानिस यस्ता कुरालाई पश्चिमा कोणले हेर्छन् र ‘प्रचारबाजी’ भनेर छलफलबाट भाग्छन् । नै तर, यी घटना र इतिहास अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमला जत्तिकै सत्य हुन् ।
नेपालमा यस्ता पुस्तकको प्रचार कम मात्र हुँदा साम्राज्यवाद के हो र कतिसम्म निर्मम हुन्छ भन्ने कुराको ज्ञान कमै मात्र नेपाली जनतामा देखिन्छ । यस्ता पुस्तकको व्यापक प्रचारप्रसार, छलफल र अध्ययनले नेपाली जनतालाई साम्राज्यवादबाट सचेत बनाउन मद्दत गर्छ । अनि एमसीसीजस्ता साम्राज्यवादी जालसाझीलाई चिन्ने क्षमताको विकास गर्न सक्छन् ।
Leave a Reply