भर्खरै :

दक्षिण एसियामा भूकम्पः सम्भावना र समाधानको उपाय

अडनन खान, अफ्रिन खान र भेर्दा सुब्जवारी
पाकिस्तान प्रशासित काश्मिरको मिरपुरमा गत वर्ष गएको भूकम्पभन्दा एक महिना पहिला मोहम्मद अल्ताफकी छोरीको विवाह भएको थियो । छोरीको विवाहमा उनले आफूसँग भएको सबै पैसा खर्च गरे । अल्ताफ प्लास्टिकका फर्निचरको व्यापार गर्छन् । उनको मिरपुर, जल्तनमा प्लास्टिकका फर्निचरको पसल छ । उनको आम्दानी घर खर्च चलाउन पुग्छ । गत वर्षको भूकम्प सम्झँदै उनले भने, ँछिमेकीले मेरो परिवारलाई जोगायो । तर, मेरो घर भने ध्वस्त भयो ।” उनले एनजीओहरूले बस्नको लागि पाल र खानको लागि खाना उपलब्ध गराएको तर सरकारले आजसम्म एक पैसा पनि नदिएको गुनासो पोखे ।
काश्मिरको सो भूकम्पबाट झन्डै चालीस मानिस मारिए भन्ने ८५० भन्दा बढी मानिस घाइते भए । भूकम्पको झट्का भारतको पञ्जाब, कास्मिर र नयाँ दिल्लीसम्म महसुस गरिएको थियो । दक्षिण एसिया र यहाँका जनता भूकम्पीय दृष्टिकोणले निकै जोखिमपूर्ण रहेको फेरि एकपटक सम्झाएर त्यो भूकम्प बिदा भयो ।
दक्षिण एसियाका पूर्वी र पश्चिम हिमालय दुवै क्षेत्रको लागि यो सत्य हो । सन् २०१५ मा नेपालमा गएको भूकम्प यो सत्यको ज्वलन्त प्रमाण हो । ७।८ रेक्टर स्केलको गोरखा भूकम्पले नेपालमा धेरै मानिसको ज्यान जानुका साथै ठूलो धनजनको क्षति भयो । मर्नेको सङ्ख्या ९ हजार पुग्यो भने झन्डै २२ हजार मानिस घाइते भए ।
गोरखा भूकम्पबाट बल्ल बल्ल ज्यान जोगिएका मध्ये एक जना हुन्–आशिष मिश्र । ँत्यत्तिबेला जताततै भवन भत्केको दृश्य मैले देखेँ । विडम्बनाको कुरा त, इन्जिनियरिङ कलेजहरूसमेत गल्र्यामगुल्र्युम ढले । भूकम्प प्रतिरोधी घर बनाउन सिकाउने कलेजको भवन नै ढलेपछि अरू के कुरा गर्नु ¤”, उनले भने । भाग्यवश मिश्रको ज्यान जोगियो, हजारौँ अरू त भग्नावशेमा पुरिए । त्यसको प्रभाव छिमेकी देशमा पनि प¥यो । भारतमा ७८ जनाको ज्यान गयो । चीनमा २७ र बङ्गलादेशमा चार जनाको मृत्यु भयो ।
दक्षिण एसियामा सानातिना भूकम्प सामान्य मानिन्छ । तर, गोरखा भूकम्प एउटा ठूलो भूकम्प थियो । भूकम्प, बाढीजस्ता प्राकृतिक विपत्तिले मानिसले बनाएका सिमानाको पर्वाह गर्दैन भन्ने कुराको प्रमाण थियो, त्यो भूकम्प । एउटा देशमा आइपर्ने कुनै पनि प्राकृतिक प्रकोपको प्रभाव अर्को देशमा सहजै पर्नसक्छ ।
के दक्षिण एसिया तयार छ ?
आर बिलहम र एन एमब्रेसेसले सन् २००५ मा प्रकाशित ‘ब्उउबचभलत ज्ष्mबबिथबल कष्उि मभाष्अष्त ाचयm तजभ कगmmबतष्यल या कभष्कmष्अ mयmभलतक ायच ज्ष्mबबिथबल भबचतजत्रगबपभक ज्ञछण्ण्९द्दण्ण्ण्’ शीर्षकको प्रतिवेदनमा भारतीय प्लेट प्रतिवर्ष १६–१८ मिमिको दरले युरेसियाली प्लेटतिर सरिरहेको उल्लेख छ । यो चालको क्रममा ठूलो दबाब सिर्जना भई भविष्यमा अरू भूकम्प जाने सम्भावना छ ।
दक्षिण एसियामा भूकम्पीय हिसाबले सबभन्दा जोखिमको क्षेत्र भनेको अफगानिस्तान हो । उत्तरी भारतको अधिकांश क्षेत्र भूकम्पीय हिसाबले चौथो क्षेत्र ९जोन ४० मा पर्छन् भने राजधानी नयाँ दिल्ली पाँचौँ क्षेत्र ९जोन ५० मा पर्दछ । चौथो क्षेत्र भूकम्पीय हिसाबले सबभन्दा जोखिमपूर्ण मानिन्छ ।
अधिकांश दक्षिण एसियाली देशको न्यून विकासको सूचकाङ्कको आधारमा यस्ता भूकम्पको कारण धेरै मानिस मारिनेमात्र होइन, ती देशको आर्थिक अवस्थामा समेत गम्भीर असर पार्ने देखिन्छ । भारतको प्रकोप व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्रविधि केन्द्रको अनुसार गोरखा भूकम्पले नेपालको अर्थतन्त्रमा ३ अर्ब अमेरिकी डलर बराबरको क्षति पु¥यायो । अप्रत्यक्ष रूपमा सो भूकम्पले १० अर्ब अमेरिकी डलर बराबरको क्षति भयो । सन् २०१८ मा नेपालको कुल गार्हस्थ उत्पादन ९जीडीपी० २७ अर्ब अमेरिकी डलरभन्दा बढी भयो ।
यस्ता बृहत् आकारका सङ्कटले सरकारलाई केही गर्न बाध्य पार्छ । तर, त्यस्ता काम निश्चित समयावधिमा सीमित हुने गर्छ । प्राकृतिक प्रकोपको पूर्वतयारी मुस्किलले मात्र ती देशको लागि महत्वपूर्ण विषय बन्ने गरेको छ । भूगर्भशास्त्रीहरूले दक्षिण एसियामा फेरि अर्को ठूलो भूकम्प आउन सक्ने भनी पटक–पटक चेतावनी दिइरहँदा पनि सरकारहरू यसमा गम्भीर छैनन् ।
सँगैको काम
आफ्नो नाम सार्वजनिक गर्न नरुचाउने नेपालका एक जना भूर्गभशास्त्रीले भने, ँसार्कका आठ सदस्य देशहरूबीच डाटा र स्रोतको आदानप्रदानले मात्र प्रभावकारी काम हुनसक्छ । तर, अफगानिस्तान र पाकिस्तानले यसमा कममात्र चासो देखाउने गरेको छ । पाकिस्तान र भारत एकआपसमा आशङ्काको नजरले व्यवहार गर्छन् । नेपाल स्वतन्त्र खेलाडी हो । तर, कालापानीमा भूमि अतिक्रमणलगायत विभिन्न मुद्दाले भारतप्रति नेपाली जनताको मत राम्रो छैन ।”
ँश्रीलङ्का र माल्दिभ्स सम्पर्क बाहिरका देश हुन् । भुटान एकप्रकारले अलग छ । त्यसकारण आपसी समन्वयनको त्यस्तो संरचना एक त बन्ने सम्भावना छैन । बनिहाले पनि काम गर्ने सम्भावना निकै न्यून छ”, उनले भने ।
पाकिस्तानको सिन्ध प्रान्तको प्रान्तीय प्रकोप व्यवस्थापन कार्यालयका सहायक निर्देशक मकसूद हुसेन साम्रोले ‘प्रकोपको शीघ्रातिशीघ्र प्रतिक्रियाको लागि दक्षिण एसियाली देशका सम्बन्धित सरकारी अधिकारीहरूबीच आपसमा समन्वय र सूचना आदानप्रदान हुनुपर्ने हो । तर, त्यस्तो कुनै संयुक्त मञ्च नै छैन ।”
भारतमा हैदराबादका एक जना भूकम्पविद्ले भने, ँयो विषय नियाल्दा धेरै थरी जटिलता देखा पर्छन् । उदाहरणको लागि, पाकिस्तान भूकम्पसम्बन्धी कुनै पनि तथ्याङ्क भारतलाई दिन चाहँदैन । त्यस्तै भारतले पनि पाकिस्तानलाई दिन चाहँदैन । आपसी सुरक्षाको कारण उनीहरू दिन चाहँदैनन् ।” यस्तो विषयमा सबै देश एकै ठाउँमा आउनुपर्ने उनले भने ।
सार्कको भूमिका
संसारका अन्य क्षेत्रमा भने अन्तरसिमाना सहकार्य सफल भएका उदाहरण छन् । युरोपेली भूकम्प आयोगले प्रकोप जोखिम व्यवस्थापन लक्ष्यलाई प्रकोप नियन्त्रण तथा जोखिम न्यूनीकरणलाई सबभन्दा अग्रस्थानमा राखेको छ । आयोगले युरोपेली सङ्घका देशहरूलाई प्रकोप रोकथाम, तयारी र प्रतिक्रिया सम्बन्धित नीति निर्माणमा सहयोग गर्ने गर्छ । दक्षिणपूर्वी एसियाली देशहरूको सङ्गठनमा पनि आसियान भूकम्प सूचना केन्द्र छ ।
दक्षिण एसियामा भूकम्पसम्बन्धी अन्तरसिमाना सहकार्य नभए पनि दक्षिण एसियाली देशहरूबीच यो विषयमा सहकार्य गर्नसक्ने एउटै संस्था भनेको दक्षिण एसियाली क्षेत्रीय सहकार्य सङ्गठन ९सार्क० हो । दक्षिण एसियाको सामाजिक–आर्थिक सहकार्य प्रवद्र्धनको लागि सो सङ्गठन स्थापना भएको हो । त्यसकारण भूकम्पसम्बन्धी बहुपक्षीय केन्द्र बनाउनु उसको क्षेत्राधिकारभित्र पर्छ । दक्षिण एसियाली देशहरूबीच डाटा शीघ्र आदानप्रदान हुने भएकोले त्यस्तो केन्द्रबाट सिङ्गो क्षेत्रले फाइदा उठाउन सक्नेछन् । त्यो केन्द्रले एकसेएक भूगर्भशास्त्री र भूकम्पविद्हरूलाई एकै ठाउँमा ल्याउनेछ । अहिलेजस्तो विदेशी विज्ञ र संस्थाको प्रतिवेदनमा भरपर्नुपर्ने अवस्थाको अन्त्य गरी त्यस्तो संस्थाले विस्तृत मौलिक अनुसन्धान गर्न मनग्य बजेट उपलब्ध गराउन सक्नेछ ।
सफलता प्राप्त गरेको अवस्थामा युरोपेली भूकम्पीय आयोगसँगको सहकार्यमा तालिम कोर्ष पनि विकास गर्नसक्छौँ । भूकम्पीयको बारेमा ज्ञान फैलाउने, अनुसन्धान गर्ने र सचेत बनाउने शक्तिशाली केन्द्रको रूपमा त्यसको विकास गर्न सकिन्छ । अहिले दक्षिण एसियाली देशहरूमा त्यस्तो कुनै पनि संरचना छैन ।
रोचक कुरा के हो भने सन् २०१५ सम्म सार्कअन्तर्गत मौसम अनुसन्धान केन्द्र नामको संस्था थियो । तर, सार्कअन्तर्गतका अन्य पाँच केन्द्रसँगै त्यो पनि बन्द गरियो । बजेटको अभाव भएको भन्दै सो सङ्गठन खारेज गरिएको थियो । सो सङ्गठनले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय जर्नलमा १५० वटा वैज्ञानिक अनुसन्धान प्रतिवेदन तथा लेख प्रकाशित गरेको थियो । सबै संस्थालाई मिलाएर सार्क प्रकोप व्यवस्थापन केन्द्र नामको अलगै संस्थाको स्थापना गरियो ।
संरा अमेरिकाका १२० वटा विश्वविद्यालय साझा दबु भूकम्पसम्बन्धी साझा अनुसन्धान प्रतिष्ठानमा विज्ञान सञ्चार विशेषज्ञ र भूगर्भशास्त्री जेन्डी बोहोनले भूकम्पलाई सही तरिकाबाट बुझ्न र पहिले नजानिएका कमजोरी पत्ता लगाउन अन्तरसिमाना सङ्गठनले मद्दत गर्ने विषयमा व्याख्या गरेका छन् ।
ँभूकम्पको अध्ययन र डाटा आदानप्रदान बढेसँगै त्यस्ता भूकम्पको खोजी गर्न र पत्ता लगाउन हामीलाई सक्षम बनाउने गर्छ । त्यसले वैज्ञानिकहरूलाई सम्भावित भूकम्पको खतरा निर्धारण गर्न मद्दत गर्छ । विगतका अनुभवका आधारमा यस्तो निक्र्योल गर्न मद्दत गर्छ । भूकम्पले ठूलो धनजन र जीवनको क्षति गर्नसक्छ । त्यसकारण मानिसको जीवन रक्षा र सम्पत्ति जोगाउन वैज्ञानिक र सरकारहरूले गम्भीरतापूर्वक काम गर्नुपर्छ”, उनले भने ।
दक्षिण एसियाका लाखौँ मानिसको जीवन खतरामा रहेको अवस्थामा सो क्षेत्रका सरकारहरूले यो खतराबारे बुझेर सहकार्यको मार्ग पत्ता लगाउनुपर्छ । आपसी वैमनस्यताबीच उनीहरूले आपसी हितका विज्ञानबारे कुरा गर्ने अवस्था बनाउनुपर्छ ।
स्रोत ः द थर्ड पोल
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *